ध्रुव दंगाल

ध्रुव दंगाल

तीन पूर्वमन्त्री आमनेसामने, राणालाई तामाङको चुनौती

बिहिबार, ०९ कार्तिक २०७४

साढे तीन दशक लामो आफ्नो राजनीतिक यात्रामा तत्कालीन राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले २०६४ को संविधानसभा निर्वाचनमा पहिलो हार चाखे । २०३१  सालमा पञ्चायतकालीन राजनीति सुरु गरेर २०४६ को परिवर्तनपछिका तीनवटै संसदीय निर्वाचन जितेका राणालाई हारको स्वाद चखाएर राष्ट्रिय स्तरमै चर्चित बनेका थिए, तत्कालीन माओवादीका जिल्ला नेता दावा तामाङ।

म्यादी प्रहरी बन्न तीव्र प्रतिस्पर्धा (फोटो फिचर)

सोमबार, ०६ कार्तिक २०७४

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा छानिन प्रतिस्पर्धीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। झण्डै दुई हजार आवेदक आपसमा कडा प्रतिस्पर्धा गरिरहेका छन्।

लोकतान्त्रिक गठबन्धनमा उत्साह

सोमबार, ०६ कार्तिक २०७४

वबाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् । ढिलो गरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए ।

पशुपति शम्सेरको मनोनयन दर्ता गराउन सिन्धुपाल्चोक पुगिन् रेखा थापा

आइतबार, ०५ कार्तिक २०७४

वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। ढिलोगरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए।

झाडीमा भेटिएका शिशुको उपचारमा रकम अभाव

बिहिबार, २६ असोज २०७४

बेबारिसे अवस्थामा सालनालसहित झाडीबाट जीवित उद्दार गरिएका नवजात शिशुको उपचारमा आर्थिक कठिनाइ भएको छ। उनको तीन सातादेखि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुमा सबा २ लाख मतदाता

सोमबार, २३ असोज २०७४

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक दुई लाख २६ हजार पाँच सय १५ मतदाता पुगेका छन् । स्थानीय तह निर्वाचनपछि २६ हजार नयाँ मतदाता थपिएका हुन् । त्यतिबेला एक लाख ९९ हजार पाँच सय मतदाता थिए ।

वैशाखअघि आउँदैन मेलम्ची पानी

आइतबार, २२ असोज २०७४

चौथोपटक सरकारको नेतृत्वमा पुगेपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्गको स्थलगत अवलोकन गर्दै गएको साउन २५ गते मुहानस्थल हेलम्बु पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि पोखे ।

एमाले सिन्धुपाल्चोकले पठायो उम्मेद्वारकाे सूची

शनिबार, २१ असोज २०७४

नेकपा एमाले सिन्धुपाल्चोकले वाम एकतालाई स्वागत गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

उम्मेदवार छान्दै सिन्धुका दल

शुक्रबार, २० असोज २०७४

दसैं अवधिभर चुनाव केन्द्रित छलफल र बैठकमा व्यस्त सिन्धुपाल्चोकमा क्रियाशील राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेदवार छनोट र सिफारिस थालेका छन् ।

उम्मेद्वार छान्दै सिन्धुका दल

बिहिबार, १९ असोज २०७४

दशैँ अवधिभर चुनाव केन्द्रीत छलफल र बैठकमा व्यस्त सिन्धुपाल्चोकमा क्रियाशील राजनीतिक दलहरूले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेद्वार छनोट र सिफारिस गर्न थालेका छन्।

भूकम्प पीडितको दसैं यस पटक पनि टहरामै

शुक्रबार, ०६ असोज २०७४

बिहानीको झुल्के घामसँगै नुवाइधुवाइ चित्त शुद्ध बनाएपछि बाँडेगाउँका भरतप्रसाद तिमिल्सिनालाई जमरा राख्ने हतारो सुरु भयो । सफा जमिनको मलिनो माटो धुलो बनाए अस्थायी टहरोको एउटा कुनामा खन्याएपछि उनी जमरा राख्न जुटे।

जलविद्युत आयोजना निर्माणमा व्यवसायीको अग्रसरता

शुक्रबार, ०६ असोज २०७४

ब्रह्मायणी नदी भूमिगत सुरुङमार्फत इन्द्रावतीमा खसालेर त्यहाँ बहुउद्देश्यीय जलाशययूक्त जलविद्युत आयोजना निर्माण गर्न जलविद्युत व्यवसायी अग्रसर भएका छन्।

किर्ते मुद्दाका दोषी पूर्वगाविस अध्यक्ष पक्राउ

मङ्गलबार, २७ भदौ २०७४

सरकारी छाप दस्तखत तथा नागरिकता र राहदानी किर्ते गरेको दुई मुद्दामा २३ महिना कैद सजायँ पाएका पूर्वगाविस अध्यक्ष पक्राउ परेका छन्। दोषी ठहर भएपछि १० वर्षदेखि फरार तत्कालीन मेलम्ची गाविसका पूर्वअध्यक्ष कुमार पाण्डे मंगलबार पक्राउ परेका हुन्।

सरकार साह्रै ‘निर्दयी’

सोमबार, २६ भदौ २०७४

आफूहरुको सहयोगका लागि देश, विदेशबाट संकलित २ करोड २४ लाख रुपैयाँ तीन वर्षदेखि कोषमै थन्किएपछि गाँसवासको समस्या रहेका जुरेपीडित सरकारसँग आक्रोशित छन् । भन्छन्, ‘पहिरोमा त बाँच्यौँ । बरु सरकारले पो मार्‍यो।’

बेखर्ची बन्यो जिसस

बिहिबार, १५ भदौ २०७४

आर्थिकसहित सबै अधिकार स्थानीय तह (गाउँ÷नगरपालिका) मा गएपछि तिनीहरूको कामको अनुगमन र संयोजन गर्ने भूमिकामा खुम्चिएको जिल्ला समन्वय समिति बेखर्ची भएको छ । आन्तरिक स्रोत संकलन र परिचालन गर्ने जिम्मेवारी खोसिएको समन्वय समितिले अहिलेसम्म प्रशासनिक खर्चको अख्तियारी पाएको छैन । आन्तरिक कोष बन्द भएपछि उसलाई प्रशासनिक खर्च जुटाउनसमेत मुस्किल परेको छ ।

छिटो मेलम्ची सक्न प्रधानमन्त्रीको निर्देशन

बिहिबार, २६ साउन २०७४

साढे २७ किमी लामो अम्बाथान–सुन्दरीजल सुरुङमार्गमध्ये अब करिब दुई किमीमात्र खन्न बाँकी छ। आगामी पुसभित्र मेलम्ची पानी राजधानी पुग्नेमा आयोजनाका अधिकारी विश्वस्त छन् ।

भूकम्पपीडित किस्ता पाउनबाट वञ्चित

बुधबार, १८ साउन २०७४

खर्चको अख्तियारी नआउँदा भूकम्पपीडित दोस्रो र तेस्रो किस्ता अनुदान पाउनबाट वञ्चित भएका छन्। ओत लाग्न ऋणसापट गरेर पुनर्निर्माणमा जुटेका पीडितले अनुदान नपाउँदा थप समस्यामा परेको बताएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएपछि पीडितले अनुदान किस्ता पाउन सकेका छैनन्।

तुइनले जोडियो तातोपानी, फड्के भने लच्कियो

आइतबार, १५ साउन २०७४

आगामनको एकमात्र बिकल्प लार्चा पुल भाँचिएपछि साता लामो नाकाबन्दीमा परेको सीमा नाका तातोपानी तुइनले जोडिएको छ। भोटेकोसी नदीमाथि शनिबार साँझ तुइन राख्ने काम सकिएपछि आइतबार स्थानीय ओहोदोहोर गर्न थालेका छन्।

तातोपानी नाका झन् अनिश्चित

शुक्रबार, १३ साउन २०७४

कम्पपछि बन्द रहेको उत्तरी तातोपानी नाका सञ्चालनमा ल्याउन लबिङ गर्दै भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल नेतृत्वको टोली गएको आइतबार राजधानी पुग्यो।

भोटेकोसीमा तत्काल फड्के हाल्न मन्त्रीको निर्देशन

बिहिबार, १२ साउन २०७४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पुल भाँचिएपछि सडक सम्पर्क टुट्दा चार दिनदेखि नाकाबन्दीमा परेको उत्तरी तातोपानी सीमा नाका तत्काल जोड्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

Ncell Footer Ad