ध्रुव दंगाल

ध्रुव दंगाल

बाबुलाई भोट दिन पाइनन् देवयानीले

आइतबार, १० मङि्सर २०७४

राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देबयानी राणाले बाबु (पशुपति) लाई भोट दिन पाइनन्। उनका बाबु पशुपति सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

घर ठड्याउन छोडेर मतदानमा सिन्धुवासी (फोटो/ भिडियो)

आइतबार, १० मङि्सर २०७४

पुनर्निर्माणको चटारो र मंसिर थन्क्याउने व्यस्तता थाँती राखेर सिन्धुपाल्चोकका भूकम्प पीडितले उत्साहजनक ढंगले मतदान गरिरहेका छन्। दिउँसो साढे १ बजेसम्म झण्डै ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसपटक पनि टहरोमा मतदान केन्द्र

आइतबार, १० मङि्सर २०७४

निर्वाचनका लागि दुई दिनअघि नै गाउँ पुगेका कर्मचारीले अहोरात्र खटेर मतदान केन्द्रको तयारी पूरा गरेका छन् । भूकम्पका कारण मतदान केन्द्र हुने गरेका विद्यालय तथा अन्य भवन भत्किएका कारण् ायस वर्ष पनि मतदान केन्द्र टहरामा नै राखिएको छ ।

यसरी बन्दैछन् मतदान केन्द्र (फोटो फिचर)

शनिबार, ०९ मङि्सर २०७४

निर्वाचन गराउन दुई दिनअघि नै गाउँ पुगेका कर्मचारी मतदान केन्द्र निर्माणमा व्यस्त भएका भएका छन्। केन्द्रमा घेराबार गाउने कार्यमा उनीहरुलाई सुरक्षाकर्मीले सघाइ रहेका छन् ।

देवयानी राणामाथि माओवादीको अाक्रमण प्रयास

शुक्रबार, ०८ मङि्सर २०७४

चियाखान स्थानीय कार्यकताको घरमा जाने क्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देवीयानी राणालाई माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरी अाक्रमण प्रयास गरेका छन्। देवीयानी चौतरा साँगा चोक गढी–७ कल्लेरीस्थित काँग्रेसका नगर सभापति यज्ञप्रसाद दंगालको घरमा चिया खान जाँदै गर्दा माओवादीले अवराेध गरेका हुन्। स्थानीय मिरचौउर बजारदेखि नै झन्डै ४० मोटरसाइकलले पछ्याएका माओवादी कार्यकर्ताले दंगालको घर नजिकै पुग्न लाग्दा अवरोध गर्दै आक्रमण प्रयास गरेका थिए।

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री

शुक्रबार, ०८ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने भएको छ । सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाईजस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ ।

रोचक बन्दै सिन्धुपाल्चोकको भिडन्त (भिडियो)

बिहिबार, ०७ मङि्सर २०७४

चुनावी प्रचारलाई आक्रमक बनाउँदै सिन्धुपाल्चोकमा बाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु घरदैलोमा बस्त छन्। चुनाव नजिकिँदै गर्दा उनीहरु निकै व्यस्त र धपेडीमा छन्। एकै दिन पाँच–गाउँमा सभा, कोणसभा र घरदैलो गरेर उम्मेदवाहरु चुनावी प्रचारको अन्तिम तयारीमा जुटेका छन्।

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री (सूचीसहित)

बुधबार, ०६ मङि्सर २०७४

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने छ। सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाई जस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ।

सिन्धुपाल्चोकका ४ मतदान केन्द्र महिलाको जिम्मामा (फोटो फिचर)

बुधबार, ०६ मङि्सर २०७४

संविधान कार्यान्वयन गर्दै प्रतिनिधि चुन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउने जिम्मेवारी पाएका कर्मचारी बुधबारदेखि गाउँ खटिन थालेका छन्। मतदान केन्द्रमा प्रयोग हुने ६४ प्रकारका सामग्री बोकेका उनीहरु बिहीबार साँझसम्म कार्यक्षेत्र पुगिसक्ने छन्।  जिल्लाका चार वटा केन्द्रमा महिला मात्र कर्मचारी खटाइएका छन्।

माझीगाउँको सन्देश : बाचा पूरा गर्नेलाई भोट

आइतबार, ०३ मङि्सर २०७४

चौतारा–दोलालघाट सडकको बन्देउबाट धुले सडक हुँदै केही अघि बढेपछि आउने जामुने गाउँका माझी युवा टहरोमा दलीय झन्डा गाढ्दै थिए । अलि पर एक्लेबेसीमा उम्मेदवारका प्रचार सामग्री टाँस्न व्यस्त माझी युवाको अर्को टोली भेटियो । इन्द्रावती फाँटको झुम्म बस्ती महादेवटार अझ रंगीन थियो । टहरोको धुरीमा दलीय झन्डा फहराउँदै पाखा, भित्तैभरि छपक्क प्रचार सामग्री टाँसेर माझी समुदाय स्वागतसाथ चुनावको प्रतीक्षामा छ ।

सिन्धुपाल्चोकमा के गर्दैछिन् रेखा थापा? (भिडियो)

शुक्रबार, ०१ मङि्सर २०७४

नायिका रेखा थापालाई चुनावी चटारो छ। फिल्म कर्मलाई स्थगित गरेर उनी केही दिनयता सिन्धुपाल्चोकका गाउँघर चाहार्दै भोट माग्न व्यस्त छिन्। उनी राप्रपा (प्रजातान्त्रिक) की सहमहामन्त्रीसमेत हुन्। उनका पार्टी अध्यक्ष पशुपति राणा सिन्धुपाल्चोक–२ प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन्।

कुबिन्डेमा २२ वर्षपछि छिर्यो कांग्रेस

मङ्गलबार, २८ कार्तिक २०७४

१० वर्षे ‘जनयुद्ध’ को उद्गमस्थल तथा तत्कालीन विद्रोही माओवादीको किल्ला कुबिन्डेमा २२ वर्षपछि कांग्रेस छिरेको छ । हाल चौतारा–साँगाचोकगढी नगरपालिका–५ मा समेटिएको साबिक कुबिन्डे गाविस माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको गाउँ हो ।

आपसमा ‘ह्याट्रिक’ हार चखाउने दाउ

आइतबार, २६ कार्तिक २०७४

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ आपसमा एकअर्कालाई ‘ह्याट्रिक’ हार चखाउँदै जितको खोजीमा छन् ।

जो भएपनि वृद्ध उमेरकै !

शनिबार, २५ कार्तिक २०७४

राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले 'वृद्ध' नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ ।

पहिलो चरणको निर्वाचनको तयारी पूरा: प्रमुख आयूक्त यादव

मङ्गलबार, २१ कार्तिक २०७४

प्रमुख निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको बताएका छन्।

युवा उम्मेदवारबीच रोचक भिडन्त

मङ्गलबार, २१ कार्तिक २०७४

पूर्वसभासद्, लडाकु र युवा सम्मिश्रणसहितको त्रिकोणात्मक भिडन्तले सिन्धुपाल्चोक प्रतिनिधिसभा–२, प्रदेशसभा (क) र (ख) को चुनाव तरंगित भएको छ । कलिलै उमेरमा जिल्लामा सशक्त युवा नेताको पहिचान बनाएर राजनीतिमा फड्को मार्दै गरेका वाम–लोकतान्त्रिक गठबन्धनबीचको द्विपक्षीय प्रतिस्पर्धाले यहाँको चुनावले सर्वत्र चासो बढाएको छ ।

युवा भिडन्तले सिन्धुपाल्चोकको चुनाव तरंगित

सोमबार, २० कार्तिक २०७४

पूर्वसभासद्, पूर्व लडाकु र युवा सम्मिश्रण सहितको त्रिकोणात्मक भिडन्तले सिन्धुपाल्चोक प्रतिनिधिसभा–२, प्रदेशसभा (क) र (ख)को चुनाव तरंगित भएको छ। कलिलै उमेरमा जिल्लामा सशक्त युवा नेताको पहिचान बनाएर राजनीतिमा फड्को मार्दै गरेका वाम–लोकतान्त्रिक गठबन्धनबीचको द्विपक्षीय प्रतिस्पर्धाले यहाँको चुनावले सर्वत्र चासो बढाएको छ।

राजनीतिक हस्तीलाई युवा व्यापारीको टक्कर

बिहिबार, १६ कार्तिक २०७४

राजनीति गरेरै कपाल फुलाएका हस्ती र युवा व्यवसायीबीचको प्रतिस्पर्धाले सिन्धुपाल्चोक प्रतिनिधिसभा–१, प्रदेशसभा (क) र (ख) को निर्वाचन जिल्लामा चर्चा र चासोको विषय भनेको छ ।

सिन्धुपाल्चोकका उम्मेदवार अझै घरदैलोमा निस्किएनन्

सोमबार, १३ कार्तिक २०७४

मनोनयन दर्ता गरेको साता बितिसक्दा उम्मेदवारहरु मतदातासँग भोट माग्न घरदैलोमा निस्किएका छैनन्। वाम र लोकतान्त्रिक धुव्रिकरणले चुनाव पेचिलो बन्दा दलहरु आन्तरिक रणनीति र योजना बनाउनमै ब्यस्त छन्।

राणा दसौंपटक चुनावी मैदानमा

बिहिबार, ०९ कार्तिक २०७४

कांग्रेससँग गठबन्धन बनेपछि उत्साही पशुपतिशमशेर राणा ‘प्रत्यक्ष निर्वाचन लड्ने यो पटक अन्तिम’ भन्दै प्रतिस्पर्धामा होमिएका छन् । त्यसैले उनी वाम गठबन्धनलाई हराएर एकैपटक बदला लिँदै पुरानो साख फर्काउने दाउमा देखिएका हुन् । आफ्नो पुरानो पकड रहेको क्षेत्रमा कांग्रेसको मत थपिएपछि चुनाव जित्नेमा उनी विश्वस्त छन् ।

Ncell Footer Ad