ध्रुव दंगाल

ध्रुव दंगाल

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता निरन्तर

शुक्रबार, २२ मङि्सर २०७४

रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाम गठबन्धनले सुरुदेखि नै निरन्तर अग्रता लिइरहेको छ । सिन्धुपाल्चोक–१ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले निरन्तर ४ हजार मतको अग्रता बनाएका छन् । सुरुदेखि नै अग्रता हाँसिल गरेका उनले ९ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा बाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ।

पशुपतिलाई पछि पार्दै शेरबहादुर अगाडि

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणालाई पछि पार्दै एमाले उम्मेदवार शेरबहादुर तामाङ अगाडि लागेका छन्।

सिन्धुपाल्चोक २ मा पशुपति सम्शेरको प्रारम्भिक अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति समशेर राणाले प्रारम्भिक अग्रता लिएका छन् ।

माओवादी केन्द्रका सापकोटा अग्रता बढाउँदै

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले अग्रता बढाइरहेका छन्। उनले १ हजार ५ सय ३० प्राप्त गरेका छन्। उनलाई कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले पछ्याइरहेका छन् । उनले ६ सय ४६ मत पाएका छन्। चारवटा केन्द्रको मत गणना भएको हो।

सिन्धुपाल्चोकमा यसरी हुँदैछ मतगणना (भिडियो)

बिहिबार, २१ मङि्सर २०७४

सिन्धुपाल्चोकमा ठीक पाँच बजेबाट मतगणना भइरहेको छ। प्रतिनिधिसभा सदस्यको मतगणना भइरहेको हो । यहाँ दुईटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्।

सिन्धुपाल्चोकमा माओवादी केन्द्रको प्रारम्भिक अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन् ।

मतगणनास्थल खुला, गणना तयारी (फोटो फिचर)

बिहिबार, २१ मङि्सर २०७४

सिन्धुपाल्चोकमा मतगणनाको लागि मतगणनास्थल खुला गरिएको छ। उम्मेदवार, दलका प्रतिनिधि गणनास्थलमा प्रवेश गरिरहेका छन्।

सिन्धुपाल्चोकमा ठीक ५ बजेबाट मतगणना

बिहिबार, २१ मङि्सर २०७४

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोस्रो चरणमा मतदान सकिनासाथ बिहीबार पाँच बजेदेखि मतगणना थाल्ने तयारी गरेको छ । मतगणनाको सबै तयारी पूरा भएको सिन्धुपाल्चोकमा पहिलो चरणमा मतदान भएको थियो ।

निर्वाचन अधिकृत सम्मानित (भिडियो)

बुधबार, २० मङि्सर २०७४

शान्त र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराएका मतदान अधिकृतहरुलाई सम्मान गरिएको छ। सिन्धुपाल्चोकमा पहिलो चरणमा मंसिर १० मत मतदान भएको थियो।

यसरी गरियो मतदान अधिकृतलाई सम्मान (भिडियो)

मङ्गलबार, १९ मङि्सर २०७४

शान्त र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराएका मतदान अधिकृतहरुलाई मंगलबार सम्मान गरिएको छ। सिन्धुपाल्चोकमा पहिलो चरणमा मंसिर १० मत मतदान भएको थियो।

यस्तो छ मतगणनाको तयारी (भिडियो)

सोमबार, १८ मङि्सर २०७४

पहिलो चरणमा मतदान भएको सिन्धुपाल्चोकमा दोस्रो चरणको निर्वाचन सकिँनासाथ मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना सुरु गरिने भएको छ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभामा कति मत खस्यो ?

मङ्गलबार, १२ मङि्सर २०७४

पछिल्ला १० वर्षमा भएका दुईटा संविधानसभा र स्थानीय तह चुनावको तुलनामा सबैभन्दा कम मत खस्ने क्रममा सिन्धुपाल्चोकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६९ प्रतिशत मतदाताले मात्र मताधिकार प्रयोग गरेका छन्।

सात भाइ किरियापुत्री मतदानमा

आइतबार, १० मङि्सर २०७४

उनीहरु सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका कुञ्चोक केन्द्रमा मतदानका लागि आएका किरियापुत्री दाजुभाइ हुन्।

बाबुलाई भोट दिन पाइनन् देवयानीले

आइतबार, १० मङि्सर २०७४

राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देबयानी राणाले बाबु (पशुपति) लाई भोट दिन पाइनन्। उनका बाबु पशुपति सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

घर ठड्याउन छोडेर मतदानमा सिन्धुवासी (फोटो/ भिडियो)

आइतबार, १० मङि्सर २०७४

पुनर्निर्माणको चटारो र मंसिर थन्क्याउने व्यस्तता थाँती राखेर सिन्धुपाल्चोकका भूकम्प पीडितले उत्साहजनक ढंगले मतदान गरिरहेका छन्। दिउँसो साढे १ बजेसम्म झण्डै ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसपटक पनि टहरोमा मतदान केन्द्र

आइतबार, १० मङि्सर २०७४

निर्वाचनका लागि दुई दिनअघि नै गाउँ पुगेका कर्मचारीले अहोरात्र खटेर मतदान केन्द्रको तयारी पूरा गरेका छन् । भूकम्पका कारण मतदान केन्द्र हुने गरेका विद्यालय तथा अन्य भवन भत्किएका कारण् ायस वर्ष पनि मतदान केन्द्र टहरामा नै राखिएको छ ।

यसरी बन्दैछन् मतदान केन्द्र (फोटो फिचर)

शनिबार, ०९ मङि्सर २०७४

निर्वाचन गराउन दुई दिनअघि नै गाउँ पुगेका कर्मचारी मतदान केन्द्र निर्माणमा व्यस्त भएका भएका छन्। केन्द्रमा घेराबार गाउने कार्यमा उनीहरुलाई सुरक्षाकर्मीले सघाइ रहेका छन् ।

देवयानी राणामाथि माओवादीको अाक्रमण प्रयास

शुक्रबार, ०८ मङि्सर २०७४

चियाखान स्थानीय कार्यकताको घरमा जाने क्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देवीयानी राणालाई माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरी अाक्रमण प्रयास गरेका छन्। देवीयानी चौतरा साँगा चोक गढी–७ कल्लेरीस्थित काँग्रेसका नगर सभापति यज्ञप्रसाद दंगालको घरमा चिया खान जाँदै गर्दा माओवादीले अवराेध गरेका हुन्। स्थानीय मिरचौउर बजारदेखि नै झन्डै ४० मोटरसाइकलले पछ्याएका माओवादी कार्यकर्ताले दंगालको घर नजिकै पुग्न लाग्दा अवरोध गर्दै आक्रमण प्रयास गरेका थिए।

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री

शुक्रबार, ०८ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने भएको छ । सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाईजस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।