ध्रुव दंगाल

ध्रुव दंगाल

सञ्चारकर्मी माथि भएकाे अभद्र व्यवहारप्रति महासंघको भर्त्सना

आइतबार, १९ फागुन २०७५

सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भर्त्सना गरेको छ।

यसरी बन्दैछ ह्योल्मो एकीकृत बस्ती (तस्बिर सहित)

बिहिबार, २४ माघ २०७५

चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्धार हो तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पाताला बस्ती छिचालेपछि पुगिने तेम्बाथाङले ध्यान खिच्यो। लाली गुराँश लगायत घना बुट्यानबीच झण्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरु ठडिँदै छन्। न ठूला, न साना, मझौला संरचना। हरियो रंगको कर्कटपाताले छाइएका घरहरु चिटिक्क देखिन्छन्।

हिमाल हेर्न हेलम्बु (फोटो फिचर)

मङ्गलबार, २२ माघ २०७५

ह्योल्मो समुदायको सुन्दर बस्ती हो हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राको लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् यहाँका गाउँ। प्राकृतिक छटाले भरिपूर्ण हेलम्बु मनमोहक छ।

यस्तो छ रामबहादुर बम्जनको तोड्केभिर आश्रम (भिडियो)

बुधबार, ०९ माघ २०७५

बाँडेगाउँको तोड्केभिर । नाम जस्तै तोड्केभिर डर लाग्दो छ । एक्लै–दुक्लै हिँड्न साहसै बटुल्नु पर्ने । मोटरबाटो पुग्ने अन्तिम बस्ती थलडाँडाबाट चिलाउने र ढाल्नेका घना जंगल छिचोल्दै झण्डै २० मिनेट ओह्रालो हिँडेपछि भेटिन्छन् जस्ताले बनेका अस्थायी संरचना ।

बम्जन आश्रम प्रकरण: सञ्चलाल अनुसन्धानमा प्रहरी केन्द्रीत

शुक्रबार, २७ पुष २०७५

‘तपस्वी’ रामबहादुर बम्जनका विभिन्न आश्रमबाट बेपत्ता भएका पाँच अनुयायीमध्ये मकवानपुरका सञ्चलाल वाइबाको अनुसन्धानमा प्रहरी केन्द्रीत भएको छ। उनको आश्रमभित्रै हत्या भएको बलियो तथ्य बाहिरिएपछि प्रहरी पहिलो चरणमा सञ्चलालको अनुसन्धानमा केन्द्रीत भएको हो।

बम्जन आश्रम फलोअप: नुनका पोका र कोइला लिएर फर्कियो सिआइबी टोली

आइतबार, २२ पुष २०७५

‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ।अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

खानेपानी योजना समुदायलाई

बुधबार, २६ मङि्सर २०७५

भूकम्पपछि पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

२३ खानेपानी योजना समुदायलाई

शनिबार, २२ मङि्सर २०७५

भूकम्पपछिको पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

निर्मलाको न्यायका निम्ति कविता (भिडियो)

बिहिबार, २० मङि्सर २०७५

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका निम्ति सिन्धुपाल्चोकका कवि एवम् सर्जकहरुले कबिता बाचन गरेका छन्।

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग

आइतबार, ११ कार्तिक २०७५

विद्यालय हाताभित्रै चिटिक्क परेको सुविधायूक्त छात्रावास भवन पाउँदा दृष्टिविहिन विद्यार्थी कृष्ण थापामगर फुरुंग देखिन्थे। छात्रावासदेखि विद्यालय कोठासम्मको आउ जाउ सहज भएपछि उनमा खुशीकाे सिमा छैन। नेपाल हिल्फे वाइलिङग्रिस जर्मन नामक संस्थाले छात्रावास भवन निर्माण गरेर भूकम्पपछि गुमेको दृष्टिविहिन विद्यार्थीको खुशी फर्काएको हो।

आउँदो जेठबाट तातोपानी नाका खुल्छ : मन्त्री महासेठ

आइतबार, २८ असोज २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले साढे तीन वर्षदेखि बन्द उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल–चीनबीच सहमति भइसकेको खुलासा गरेका छन्। उनले आगामी वर्षको अंग्रेजी महिना मे (वैशाख/जेठ)देखि नाका सञ्चालनमा आउने दाबी गरे।

भूकम्पपछिको पुनर्निर्माण : घर बनाउनेलाई धमाधम सम्पन्न प्रमाणपत्र

मङ्गलबार, १६ असोज २०७५

सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले भूकम्पपछिको पुनर्निर्माण सकेका प्रभावितलाई आवास निर्माण सम्पन्न प्रमाणपत्र वितरण थालेको छ। वडा कार्यालयले मंगलबार एक कार्यक्रम गरी आवाशीय पुनर्निर्माण सकेका १ सय २८ भूकम्प प्रभावितलाई सम्पन्न प्रमाणपत्र वितरण गरेको हो।

छिया–छिया सीमा सडक (भिडियो)

शुक्रबार, ०५ असोज २०७५

भूकम्प तथा लगातारको बाढी, पहिरोले उत्तरी सिमा नाका चीन जोड्ने अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड क्षतविक्षत बनाएको छ। बिनासकारी भूकम्पपछि सीमा नाका तातोपानी बन्द हुँदा सरकारी उपेक्षामा परेको ३६ किलोमिटर लामो यो सडक मर्मत सम्भार अभावमा छिया–छिया बनेको हो।

बेपत्ता व्यक्तिका आफन्तसँग बयान, भक्कानिए पीडित

बुधबार, ०६ भदौ २०७५

वेपत्ता व्यक्तिको छानविन आयोगसँग बयान दिने क्रममा द्वन्द्वको घाउ कोट्याउँदा पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्। आयोगले दुई दिनदेखि सदरमुकाम चौतारामा उजुरीकर्ता बेपत्ता व्यक्तिका परिवारका सदस्य तथा आफन्तसँग बयान लिइरहेको छ।

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

मङ्गलबार, ०८ साउन २०७५

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

शिक्षक सरुवा रोक्न सर्वोच्चको अन्तरिम आदेश

बुधबार, ०९ जेठ २०७५

सर्वोच्च अदालतले त्रिपुरासुन्दरी गाउँपालिकाले गरेको शिक्षक सरुवा अधिकार क्षेत्र बेगर भएको ठहर गरेको छ। साथै सर्वोच्चले शिक्षकको उक्त सरुवा कार्यान्वयन नगर्न गाउँपालिकाको नाममा अन्तरिम आदेशसमेत जारी गरेको छ।

स्थानीय स्तरबाट एकीकृत बस्ती ठड्याउँदै पीडित

सोमबार, २४ बैशाख २०७५

भूकम्पले खण्डहर बनाएको बस्ती ठड्याउँदै ‘सहरोन्मुख’ गाउँमा बदल्न ठूलोसिरुवारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन्।

चिराचिरा परेको पहरोमुनि नयाँ वस्ती

सोमबार, २४ बैशाख २०७५

माथिल्लो सिगार्चे गाउँकी कृष्टी तामाङको परिवार केही महिनायता नयाँ घरमा सरेको छ। तीन वर्ष छाप्रोमा बिताएपश्चात् उनको परिवार नयाँ घरमा सरेको हो। तर नयाँ घर पाए पनि उनको परिवारमा खुसी होइन चिन्ता छाएको छ।

सिन्धुपाल्चोकमा बन्दै १० एकीकृत नमुना बस्ती

बुधबार, १९ बैशाख २०७५

तीन वर्षअघिको विनाशकारी भूकम्पपछिको विपद्मा प्रगाढ पारिवारीक र दरिलो सामाजिक एकताको महत्व बुझेका सिन्धुपाल्चोकका पीडित त्यसलाई जीवन्त राख्दै एकीकृत बस्ती विकासमा आकर्षित भएका छन्।

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

शुक्रबार, १४ बैशाख २०७५

महिला सशक्तीकरण र लैंगिक समानताका लागि सदरमुकाम चौतारामा शुक्रबार एक दिने सामुदायिक मेला आयोजना गरियो । ‘सही हो’ अभियानले आयोजना गरेको उक्त मेलामा ठूलो संख्याका महिलासहित सयौँले सहभागिता जनाए।

Ncell Footer Ad