ध्रुव दंगाल

ध्रुव दंगाल

पूर्व प्रधानमन्त्री अोलीले जग हालेको घर अलपत्र

शुक्रबार, १७ भदौ २०७३

तस्बिरमा देखिएको उनको यो घरको संरचनाको जग गत वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हाल्दिएका थिए । हातमा अनुदान सम्झौतापत्र थमाउँदै चौतारा–३ स्याङवा टोलस्थित सर्वेको घरको शिलान्यास गरेर तत्कालीन प्रधानमन्त्री ओलीद्वारा भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण अभियान थालनी भएको घोषणा गरेका थिए ।

मर्मतपछि सुनकोसीको उत्पादन पुनः सुरु

बिहिबार, १६ भदौ २०७३

भोटेकोसी बाढीले क्षति पुर्याउँदा अवरुद्ध सुनकोसी जलविद्युत केन्द्रले मर्मतपछि पुन विद्युत उत्पादन थालेको छ। केहीदिन अघिबाट साढे २ मेगावाट क्षमतामा उत्पादनमा आएको केन्द्रले क्षमता बढाउँदै तीन दिनदेखि ६.२ मेगावाट पुर्याएको छ।

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

मङ्गलबार, १४ भदौ २०७३

सिन्धुपाल्चोक-विनासकारी भूकम्पको झण्डै १६ महिनापछि आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गाउँ जान थालेको छ। अनुदान सम्झौता थालेको साढे तीन महिनापछि गाउँका पीडितले पहिलो किस्ता पाउन थालेका हुन्।

मुडेको आलु ब्रान्ड नामसहित राजधानीमा

शुक्रबार, १० भदौ २०७३

सिन्धुपाल्चोकको स्वच्छ लेकाली हावापानीमा उत्पादित मुडेको आलु 'ट्यागिङ' र 'प्याकिङ' सहितको 'ब्रान्ड' नाममा राजधानी निर्यात हुन थालेको छ। सरकारले 'प्याकिङ' र 'ट्यागिङ' कार्यक्रम दिएपछि यहाँको अर्गानिक उत्पादनले 'मुडे आलु' ब्रान्ड नाम पाएको हो।

दाता सम्मेलनमा कवोल ८० प्रतिशत रकम आउँदै: प्राधिकरण

मङ्गलबार, २५ साउन २०७३

सिन्धुपाल्चोक- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दाता सम्मेलनमार्फत भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकायले घोषणा गरेकोमध्ये ८० प्रतिशत रकम छिट्टै प्राप्त हुने बातावरण बनेको दाबी गरेको छ।

'जोखिममा बढी मज्जा'

मङ्गलबार, २५ साउन २०७३

असार २८ गते ९एन–एकेए कल साइनको फिस्टेल एयरको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोकतिर उड्यो। जमिन छाडेर उचाइ लिँदै आकाशतिर घुसेपछि पाइलट रञ्जन लिम्बूले हेलिकप्टर हावामा सुइँसुइँ कोल्ट्याउँदै उडाए। अगाडि सिट (चालकसँगैको लहर) मा बसेका अक्सफामका सञ्चार अधिकृत वेद ढकाल निकै डराए।

पहिरो छलेर ट्र्याक खोलिँदै

शुक्रबार, ०७ साउन २०७३

भोटेकोसी बाढीले दुई सातादेखि अवरुद्ध उत्तरी सीमा–नाका तातोपानी सडकमार्गले जोड्न नयाँ ट्र्याक खन्न थालिएको छ। अरनिको राजमार्गको आधा खण्ड (सिन्धुपाल्चोक) हेर्ने डिभिजन सडक कार्यालय चरिकोटले सातादेखि नाका जोड्ने प्रयास जारी राखेको छ।

भोटेकोसीले पार्यो उठिबास (फोटो फिचर)

बिहिबार, ३० असार २०७३

तातोपानी (सिन्धुपाल्चोक)–उर्लिरहेको भोटेकोसी नदीको पानी सतह घट्ने कुनै संकेत छैन । धार परिवर्तन गरेको भोटेकोसीको कटान तीब्र छ । नदी कटानले अहिलेसम्म यस क्षेत्रका ७६ घर बगिसकेका छन् । असार २१ गतेको भोटेकोसी बाढीले २० घर बगाएको थियो । बाँकी ५६ घर नदी कटानले बगाएको हो ।

भोटेकोसीमा ७६ घर बगे, त्रास कायमै

बिहिबार, ३० असार २०७३

भोटेकोसी नदीमा पानीको सतह नघट्दा सीमा नाका तातोपानीका बासिन्दा एक सातादेखि त्रासमै छन्। नदी कटान नरोकिँदा त्रास बढेको छ। भिरबाट निरन्तर पहिरो खसिरहेकै छ। पहिरो र नदी कटानले घर भत्कने क्रम नरोकिएको तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठले बताए।

सीमावर्ती छ गाविस नाकाबन्दीमा

बिहिबार, ३० असार २०७३

मार्मिङ, चाकुका अर्जुन प्रधानको बायाँ हात सुन्निन थाल्यो। बिना कारण सुन्निएको हात निको होला भनेर उनी त्यत्तिकै बसे। बीसको उन्नाइस भएन। स्थानीय स्वास्थ्य चौकीमा देखाए पनि तर, रोग पत्ता लागेन। भोटेकोसी बाढीले सडकै बगाएपछि उनलाई उपचारका लागि टाढा जान मुस्किल पर्‍यो। सडक तत्काल खुल्ने छाँटकाँट नदेखेपछि पैदल हिँडेर उपचारमा निस्कने निर्णयमा पुगे उनी।

चट्टान छल्दै पहिरोको यात्रा (फोटो फिचर)

बुधबार, २९ असार २०७३

तातोपानी-भोटेकोसी नदी सतह नघट्दा तलबाट सडक कटान तीव्र छ। माथि भिरबाट लगातार चट्टाने पहिरो खसिरहेको छ। दुबै प्रकोपले सडक क्षतविक्षत छ। सवारी आवागमन ठप्प छ। स्थानीय ज्यान जोखिममा राखेर पैदल हिँडडुल गर्न बाध्य छन्।

लामो प्रक्रियाले आवास अनुदान पाउनै सकस

आइतबार, २६ असार २०७३

भूकम्पको १४ महिनापछि सिन्धुपाल्चोकका पीडितलाई आवास अनुदानको पहिलो किस्ता रकम उपलब्ध गराउन थालिए पनि हात पर्न भने सकेको छैन। अनुदान सम्झौता र रकम निकासमा अपनाइएको झन्झटिलो र लामो प्रक्रियाका कारण पीडितले सहजै लाभ पाउन नसकेका हुन्।

निम्तिरहने भोटेकोसी कहर

शनिबार, २५ असार २०७३

मंगलबार राति पौने ९ बजे। तातोपानीमा झरी दर्किरहेकै थियो। बर्खामा भोटेकोसी अलि चर्कै गडगडाउँछ, स्वाभाविकै थियो। रातको समय, त्यसमाथि हुस्सुले चारैतिर निष्पट्ट। कोदारीस्थित ब्यारेकमा सशस्त्रका डिएसपी मनोज थापा सुतिसकेका थिएनन्।

तातोपानीबाट ५८ को उद्धार

शनिबार, २५ असार २०७३

भोटेकोसी बाढीले घरवारविहीन ५८ पीडितलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार तातोपानीबाट उद्धार गरेको छ। सेनाको एमआई१७ हेलिकप्टरले दुई खेपमा उनीहरुको उद्धार गरिएको हो। उद्धार गरिएकामा धेरै बालबालिका र महिला छन्।

सेनाको हेलिकोप्टरमार्फत तातोपानीबाट ५८ जनाको उद्दार

शुक्रबार, २४ असार २०७३

काठमाडौं– भोटेकोशीमा आएको बाढीपछि घरवारविहिन भई ४ दिनदेखि आपत्मा फसिरहेका तातोपानीका ५८ जना पीडितलाई शुक्रबार उद्दार गरिएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट पटकमा ५८ जनालाई तातोपानीबाट बाह्रविसे बजारमा ल्याएर उद्दार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले बताए।

तातोपानीका बाढीपीडितलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिँदै

शुक्रबार, २४ असार २०७३

चौतारा(सिन्धुपाल्चोक)– भोटेकोशी बाढीपछि घरवारविहिन भई ४ दिनदेखि आपतमा फसिरहेका तातोपानीका पीडितलाई शुक्रबार उद्दार गरी काठमाडौं लाने तयारी भइरहेको छ। बाढीले अरनिको राजमार्ग क्षतविक्षत बनाउँदा सडक यातायात सञ्चालन गर्न नसकिएपछि हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं लान लागिएको हो।

भोटेकोसी किनारमा अझै त्रास

शुक्रबार, २४ असार २०७३

भोटेकोसी नदीमा पानीको सतह घट्दै गए पनि जग्गा कटान नरोकिँदा त्रास कायमै छ।  नदी कटानले थप घरसंरचना बगाएको छ। बिहीबार तातोपानीका पाँच घर नदीमा मिले।

भोटेकोसी अचानक उर्लँदा

बिहिबार, २३ असार २०७३

नेपाल–चीन सीमा तिब्बती क्षेत्रमा भीषण वर्षासँगै भोटेकोसीमा '३५ वर्षयताकै ठूलो बाढी आउँदा' सिन्धुपाल्चोक नदीको तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुगेको छ। सम्भावित क्षतिको समयमै आँकलन, सूचना र सचेतताले मानवीय क्षति हुन नपाए पनि सीमा क्षेत्रका बस्ती र सडक क्षतविक्षत छन्।

पहिरोले भोटोकोसी थुनियो, क्षति विवरण आउन सकेन

बुधबार, २२ असार २०७३

सिन्धुपाल्चोक- गए राती सीमा नाका तातोपानीमा भोटेकोसी नदी थुनिएपछि त्यस क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ। तर त्यस क्षेत्र सडक र सञ्चार सम्वन्ध विच्छेद भएकाले क्षतिको विवरण आउन सकेको छैन।

ठडिँदै सिन्धुका सामुदायिक विद्यालय

शनिबार, १८ असार २०७३

सिन्धुपाल्चोक-पांग्रेटारकी सोनु पहरीले भूकम्पले विद्यालय भवन ढालेपछिको वर्षदिन निकै कष्ट सहेर पढिन्।

Ncell Footer Ad