ध्रुव दंगाल

ध्रुव दंगाल

‘न जग्गा न पैसा, कहाँ बनाउने घर?’

शुक्रबार, २१ असोज २०७३

गत वर्ष वैशाख १२ को भूकम्पले सर्वाधिक क्षति पुर्याएकोे सिन्धुपाल्चोकमा घर बनाउन पहिलो किस्ता अनुदान ५० हजार रुपैयाँ निकाल्ने चटारो छ । मुलुकमै सबैभन्दा बढी भूमी समस्या भएको सिन्धुपाल्चोकका पीडित भने दोहोरो पीडामा छन् । भूकम्प पीडितसमेत रहेका उनीहरु बर्षौँदेखि भूमी पीडित हुँदै हुन् ।

सिन्धुपाल्चोकका पाँच बस्ती उच्च जोखिममा

बुधबार, १९ असोज २०७३

भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका पाँच बस्ती उच्च जोखिममा रहेको बिज्ञले औँल्याएका छन् । जोखिम बस्तीलाई सुरक्षित स्थान पहिचान गरी पुनर्वास गराउनसमेत उनीहरुले सुझाएका छन् ।

सिन्धुपाल्चोकमा झण्डै ४ हजार पहिरो

आइतबार, १६ असोज २०७३

गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा साना–ठूला गरी झण्डै ४ हजार पहिरो गएको पाइएको छ। भूकम्पको एक वर्षपछि जाइका (जापान अन्तर्राट्रिय सहयोग नियोग) ले पहिरोको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। लामो समयको अध्ययनपछि सार्वजनिक प्रतिवेदनअनुसार सिन्धुपाल्चोकमा भूकम्पले ३ हजार ७ सय ३३ वटाभन्दा धेरै पहिरो निम्त्याएको छ।

पहिरोले टहरो पुर्दा तीनको मृत्यु

शनिबार, १५ असोज २०७३

भारी बर्षापछि आएको पहिरोले टहरो परिँदा राम्चे–७ पूरानागाउँमा एकै परिवारका तीनको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार बिहान साढे दुई बजेतिर गाउँमाथिको राम्चे भिर खसेर टहरो पुर्दा ३५ वर्षीय रामकुमार तिमिल्सिना, उद्धव तिमिल्सिना र सम्झना तिमिल्सिनाको मृत्यु भएको हो । पहिरो पन्छाएर प्रहरीले उनीहरुको शब फेला पारेको थियो ।

राम्चे भीर खस्दा एकको मृत्यु, दुई जना बेपत्ता

शनिबार, १५ असोज २०७३

अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा राम्चे-७ पुरानो गाउँमा एक जनाको मृत्यु भएको छ। पहिरोले दुई जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन्। मृत्यु हुनेमा ३५ वर्षीय रामकुमार तिमल्सिना छन्। घाइते हुनेमा चन्द्रकान्त तिमल्सिना र कमला तिमल्सिना छन्।

बसाइँ सर्छन् चौंरी पनि

शुक्रबार, ०७ असोज २०७३

गत वर्ष सिन्धुपाल्चोकमा चौंरी र याकको संख्या घट्दै १ हजार भएको अनुमान गरिएको थियो। घट्दो चौंरी, याकको संख्याले यसको अस्तित्व नै समाप्त हुने हो कि भन्ने चिन्ता व्याप्त थियो। वंश लोप हुन नदिन संरक्षणमा बर्सेनि ठूलो धनराशी खर्चंदा समेत घट्दो चौंरी, याक सरकारको ठूलो टाउको दुखाइको विषय बन्दै आयो।

अनुदानले थप्यो सुरक्षा चुनौति

सोमबार, ०३ असोज २०७३

सिन्धुपाल्चोक- इर्खु–१, सिन्धुपाल्चोकका बुद्धिबहादुर बिकले गत मंगलबार चौतारास्थित जनता बैंक शाखाबाट आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ झिके। उत्साहको ‘बन्डल’ बोकेर घर पुगेका उनी रातभर निदाउन सकेनन्।

सिन्धुपाल्चोकमा १२ स्थानीय तह

बिहिबार, ३० भदौ २०७३

चारवटा जातीय संरक्षित क्षेत्र प्रस्ताव गर्दै सिन्धुपाल्चोकमा रहने स्थानीय तहको संख्या र सीमा टुंगो लगाइएको छ । जिल्लामा तीन नगरपालिकासहित १२ तह (गाउँपालिका) रहने प्रस्ताव गरिएको छ।

भूकम्पपछिको पुनर्निर्माण कार्य रोकियो

बुधबार, २९ भदौ २०७३

भूकम्पपछिको पुनर्निर्माणमा सघाउन सिन्धुपाल्चोक खटिएका प्राविधिकहरुले ६ बुँदे माग अघि सारेर आन्दोलन घोषणा गर्दै मंगलबारदेखि सबै काम ठप्प पारेका छन्।

सवा ३ लाख भूकम्प पीडितलाई पहिलो किस्ता

शुक्रबार, २४ भदौ २०७३

गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ३ लाख १९ हजार पीडितले आवास निर्माण अनुदानको पहिलो किस्ताबापत् ५० हजार रुपैयाँ पाएका छन् । ७६ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएका मध्ये ६० प्रतिशतले अनुदान रकम पाएका हुन् ।

सिन्धुपाल्चोकमा आपत्कालीन भवन सञ्चालन

मङ्गलबार, २१ भदौ २०७३

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा जिल्ला आपत्कालीन केन्द्र बनेको छ।

५० हजार झिक्ने चटारो

मङ्गलबार, २१ भदौ २०७३

सिन्धुपाल्चोक-भूकम्पबाट सर्वाधिक नोक्सानी ब्यहोरेका सिन्धुपाल्चोकका पीडित केही दिनदेखि घर बनाउन पहिलो किस्ता निकाल्ने चटारोमा छन्।

छुटेको भन्दै झण्डै १ लाख ६० हजार भूकम्प पीडितको निवेदन

मङ्गलबार, २१ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले लाभग्राहीको सूचीमा छुटेकाको नाम छिट्टै संकलन गर्ने बताइ रहँदा जिल्ला–जिल्लामा भने भूकम्प पीडितका गुनासा बढेको बढ्यै छन्। छुटको पुनः लगत संकलन गरी लाभग्राहीमा समेट्न ठूलो संख्यामा गुनासो फारम संकलन हुने क्रम जारी छ ।

आधा भूकम्प पीडितले पाए पहिलो किस्ता

सोमबार, २० भदौ २०७३

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को बिनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका झण्डै ५२ प्रतिशत पीडितले आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका छन्। पहिचान गरिएका लाभग्राहीमध्ये ७७ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ।

अनुदान वितरणमा सिन्धुपाल्चोकको अग्रता

शनिबार, १८ भदौ २०७३

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकले आवास अनुदान वितरणमा अग्रता लिएको छ। आवास अनुदान सम्झौता र पहिलो किस्ता वितरण थालिएका ११ भूकम्प प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक अघि देखिएको हो।

पूर्व प्रधानमन्त्री अोलीले जग हालेको घर अलपत्र

शुक्रबार, १७ भदौ २०७३

तस्बिरमा देखिएको उनको यो घरको संरचनाको जग गत वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हाल्दिएका थिए । हातमा अनुदान सम्झौतापत्र थमाउँदै चौतारा–३ स्याङवा टोलस्थित सर्वेको घरको शिलान्यास गरेर तत्कालीन प्रधानमन्त्री ओलीद्वारा भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण अभियान थालनी भएको घोषणा गरेका थिए ।

मर्मतपछि सुनकोसीको उत्पादन पुनः सुरु

बिहिबार, १६ भदौ २०७३

भोटेकोसी बाढीले क्षति पुर्याउँदा अवरुद्ध सुनकोसी जलविद्युत केन्द्रले मर्मतपछि पुन विद्युत उत्पादन थालेको छ। केहीदिन अघिबाट साढे २ मेगावाट क्षमतामा उत्पादनमा आएको केन्द्रले क्षमता बढाउँदै तीन दिनदेखि ६.२ मेगावाट पुर्याएको छ।

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

मङ्गलबार, १४ भदौ २०७३

सिन्धुपाल्चोक-विनासकारी भूकम्पको झण्डै १६ महिनापछि आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गाउँ जान थालेको छ। अनुदान सम्झौता थालेको साढे तीन महिनापछि गाउँका पीडितले पहिलो किस्ता पाउन थालेका हुन्।

मुडेको आलु ब्रान्ड नामसहित राजधानीमा

शुक्रबार, १० भदौ २०७३

सिन्धुपाल्चोकको स्वच्छ लेकाली हावापानीमा उत्पादित मुडेको आलु 'ट्यागिङ' र 'प्याकिङ' सहितको 'ब्रान्ड' नाममा राजधानी निर्यात हुन थालेको छ। सरकारले 'प्याकिङ' र 'ट्यागिङ' कार्यक्रम दिएपछि यहाँको अर्गानिक उत्पादनले 'मुडे आलु' ब्रान्ड नाम पाएको हो।

दाता सम्मेलनमा कवोल ८० प्रतिशत रकम आउँदै: प्राधिकरण

मङ्गलबार, २५ साउन २०७३

सिन्धुपाल्चोक- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दाता सम्मेलनमार्फत भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकायले घोषणा गरेकोमध्ये ८० प्रतिशत रकम छिट्टै प्राप्त हुने बातावरण बनेको दाबी गरेको छ।

Ncell Footer Ad