ध्रुव दंगाल

ध्रुव दंगाल

नेपाल–भारत दुःख, सुखका साथी : राजदूत राय

शुक्रबार, १४ माघ २०७३

नेपालका लागि भारतीय राजतदूत रणजित रायले नेपालसँगको सम्वन्ध अटुट र अनन्त रहने बताएका छन्। उनले नेपाल–भारत सम्वन्ध राजनीतिक मात्र नरहेको समेत प्रष्ट पारे।

भूकम्पपछिको पुनर्निर्माण प्रभावित, काठको गोदाम रित्तै

बिहिबार, १३ माघ २०७३

वन मन्त्रालयले प्रशस्त काठ दिन नसक्दा भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक पुनःर्निर्माणमा बाधा उत्पन्न भएको छ । सरकारले निजी आवास बनाउन पीडितलाई ९० प्रतिशत अनुदानमा सालको काठ उपलब्ध गराउने घोषणा गरेको थियो ।

खण्डहरबाट उभिँदै सिन्धुपाल्चोक (फोटोसहित)

बुधबार, १२ माघ २०७३

बिनासकारी भूकम्पको २० महिनापछि सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक खण्डहर र भग्नावशेषबाट क्रमशः उठ्दै छ । अर्थात, जिल्लामा भूकम्पपछिको पुनर्निर्माणले गति लिँदै गएको छ । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म घर बनाउने चटारो छ ।

चौतारालाई भूकम्प जोखिम मुक्त नगर बनाउने घोषणा

सोमबार, ११ पुष २०७३

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकको चौतारा नगरपालिकालाई भूकम्प जोखिममूक्त सहर बनाउने घोषणा गरिएको छ । नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय भवन संहिता २०६० पूर्ण रुपले कार्यान्वयन गर्ने संकल्प गर्दै सदरमुकामसमेत रहेको चौतारालाई भूकम्प जोखिममूक्त बनाउने घोषणा गरिएको हो ।

‘खासा–तातोपानी नाका नखुल्नुमा बाटो मुख्य कारण’

बुधबार, ०६ पुष २०७३

डेढ वर्षदेखि बन्द उत्तरको मुख्य नाका खासा–तातोपानी नखुल्नुमा खासातर्फको क्षतिग्रस्त सडक मुख्य कारण रहेको स्थानीय तिब्बती अधिकारीले बताएका छन् ।

पुनर्निर्माण प्राविधिक पुनः आन्दोलित

बुधबार, २२ मङि्सर २०७३

भूकम्पले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको आवास पुनर्निर्माणमा सघाउन खटिएका प्राविधिक माग पूरा नभएको भन्दै दोस्रोपटक आन्दोलनमा उत्रिएका छन्। पूर्ववत ६ बुँदे माग अघि सार्दै उनीहरूले काम ठप्प पारेका छन्।

पहेँलो कणले मेलम्चीको काम बिथोलियो

आइतबार, १९ मङि्सर २०७३

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रमा पहेँलो रंगको चम्किलो पदार्थ भेटिएपछि पानी सुरुङमा छिराउनका लागि इन्टेक बनाउन जारी चट्टाने पहाड खन्ने काम रोकिएको छ। उक्त चम्किलो पहेँलो पदार्थ 'सुन' हुन सक्ने आशंका गरिएपछि त्यस क्षेत्रलाई सुरक्षाकर्मीले तीन दिनदेखि नियन्त्रणमा लिएका छन्। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले चट्टाने पहाडको सुरक्षा गरिरहेको छ।

मेलम्चीमा भेटिएकाे पहेंलो वस्तु परीक्षण गर्न खानी विभाग पठाइयाे, निर्माण कार्य प्रभावित

शनिबार, १८ मङि्सर २०७३

बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रको चट्टाने पहाडमा सुन जस्तै पहेंलो रंगको चम्किलो पदार्थ भेटिएपछि त्यहाँ पहाड खन्ने काम रोकिएको छ।

भूकम्पपीडित साेध्छन्– 'कहिलेसम्म शीतकाे सिरानी ?'

शुक्रबार, १० मङि्सर २०७३

मध्याह्न १२ बज्न खोज्दै थियो । अग्लो डाँडो छिचोल्दै बुधबारको सूर्यको किरण जस्ताको टहरोमा ठोक्किएपछि स्याउले–९, धाउखानीकी ६३ वर्षीया रत्नकुमारी नेपाली बल्ल बाहिर निस्किन्, घाममा शरीर तताउन । बुढ्यौली शरीर घिसार्दै टुसुक्क भुइँमा मात्र के बसेकी थिइन्, प्राण जाला झैं गरी खोक्न थालिन् । दमकी रोगी रहिछन् । त्यहींमाथि नाम मात्रको अस्थायी टहरोको बसाइँले रोगले थप च्याप्दै लगेको छ । त्यसैले झन्–झन् शिथिल बन्दैछिन् उनी ।

दोस्रो र तेस्रो किस्ता पाउने बाटो खुल्यो

मङ्गलबार, २३ कार्तिक २०७३

पहिलो किस्ता पाएर व्यक्तिगत आवास (घर) पुनर्निर्माण थालेका भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ता अनुदान पाउने बाटो खुलेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप किस्ता निकासा गर्ने सम्वन्धी कार्यविधि ल्याएको हो । यसलाई प्रमाणीकरण कार्यविधि नाम दिइएको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले प्रमाणीकरण कार्यविधि स्वीकृत भइसकेको जानकारी दिए । ‘यसले पीडितलाई पहिलो र दोस्रो किस्ता अनुदान पाउन बाटो खोलिदिएको छ,’ उनले सोमबार भने ।

गिरानचौरबाट कलाकार धुर्मुसको सन्देश (भिडियो)

सोमबार, १५ कार्तिक २०७३

फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माणमा पाँच करोड १३ लाख ८५ हजार एक सय ८७ रुपैयाँ खर्च भएको बताए। उनका अनुसार बस्ती बनाउन देश–विदेशमा रहेका पाँच हजारभन्दा बढी व्यक्ति (संस्थासमेत) बाट ६ करोड १७ लाख एक हजार एक सय ३९ रुपैयाँ संकलन भएको थियो।

गिरानचौरका भूकम्पपीडितले पाए सुन्दर बस्ती

शनिबार, १३ कार्तिक २०७३

डेढ वर्ष अस्थायी टहरोमा कष्टप्रद दैनिकी गुजारेका मेलम्ची– ८ गिरानचौरका भूकम्पपीडित नयाँ घर सरेका छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित गिरानचौर एकीकृत नमुना बस्ती शुक्रबार हस्तान्तरण गरिएपछि स्थानीय पीडितले नयाँ घर पाएका हुन् ।

भूकम्प पीडितलाई तिहारमा आफ्नै घर, राष्ट्रपतिद्वारा वस्ती हस्तान्तरण

शुक्रबार, १२ कार्तिक २०७३

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज समुदायलाई हस्तान्तरण गरेकी छिन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्प पीडित स्थानीयलाई हन्तान्तरण गर्न उनी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।

धुर्मुस-सुन्तलीले ठड्याएको गिरानचौर एकीकृत नमूना बस्ती (फोटो फिचर)

शुक्रबार, १२ कार्तिक २०७३

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नेतृत्व गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमुना बस्ती आज स्थानीयलाई हस्तान्तरण हुँदैछ। मेलम्ची नगरपालिका-८ गिरानचौरमा बनेको सामुदायिक भवनसहित ६७ घरको बस्ती फाउन्डेसनको तर्फबाट एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले पीडितलाई हस्तान्तरण गर्दैछिन्।

हास्दाहास्दै तयार नमूना बस्ती

शुक्रबार, १२ कार्तिक २०७३

गुजुमुज्ज बस्ती रहेको गिरानचौर गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट तहसनहस भयो। बाक्लो बस्तीका घर ढलेर एकै ठाउँमा ढुंगामाटो र काठपात थुप्रिँदा पहाडै बन्यो। भूकम्पको वर्ष दिन पुग्दा २०७३ वैशाख १२ गते ढलेको बस्ती ठड्याउने संकल्प गर्दै कलाकार सीताराम कट्टेल 'धुर्मुस' र उनको पत्नी कुन्जना घिमिरे (सुन्तली) ले पहाडकै थुप्रोमाथि शिलान्यास गरे।

महाअभियोग प्रस्ताव पारित भएरै छोड्छ– योगेश भट्टराई

शुक्रबार, ०५ कार्तिक २०७३

सिन्धुपाल्चोक- एमाले युवा नेता योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्कीसँग राजिनामा दिएर बाहिरिने बाहेक कुनै बिकल्प नरहेको बताएका छन्। अन्यथा संसदले दुई तिहाइ बहुमतबाट महाअभियोग प्रस्ताव पारित गर्दै कार्कीलाई बिदाइ गर्ने दाबीसमेत उनले गरे।

कतै घर बनिसके, कतै जग खनिँदै

शुक्रबार, ०५ कार्तिक २०७३

बिहानीको खाना खाइवरी एकैछिन आराम गरेपछि बुद्धिबहादुर विक कोदालो र फलामे गल निकालेर टहरोबाहिर निस्के। सँगै पछि लागिन् पत्नी कल्पना पनि। बुद्धिबहादुरले जमिनमा कोदालो बजार्न थाले। खन्दै जाँदा सायद ढुंगा फेला पर्‍यो। पत्नीले फलामे गल दिइन्।

गुठी जग्गाले भूकम्प पीडितको उठीबास

बिहिबार, ०४ कार्तिक २०७३

पश्चिमी किउल गाउँका शोभाराम विकको घर गत वर्षको भूकम्पले ढाल्यो । कमाउँदै आएको जमिनमा पनि पहिरो लाग्यो । विक परिवार नजिकै सुरक्षित स्थानमा स¥यो । गत फागुनमा उनले घर बनाए । ऋणधन गरेर बनाएको घरमा सर्नसम्म पाएनन् उनी । उनले बनाएको त्यो घर आँखैअघि भत्काइयो । न्यायका लागि उनी कतै जान सकेनन् । कानुनले शोभारामको हातगोडा बाँधेको थियो ।

निरीक्षण कार्यविधि नबन्दा दोस्रो किस्ता निकासा भएन

बुधबार, ०३ कार्तिक २०७३

दास्रो किस्ता नपाउँदा भूकम्पको डेढ वर्षपछि बल्ल पुनर्निर्माणमा जुटेका पीडितको संरचना अलपत्र पर्न थालेको छ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका पीडितसँग अनुदान सम्झौता र ५० हजार वितरण अन्तिम चरणमा पुग्दा दोस्रो किस्ता निकासाबारे अन्योल नै छ । घर बनाउन थालेका पीडितले कहिले अर्को किस्ता कहिले पाउने पत्तो छैन।

बाको क्यासेटमा पानको पात...

बिहिबार, २७ असोज २०७३

योसमेत तीन साल भइसकेछ दसैँमा टीका नलगाएको । पूर्खा दाङ जिल्लाबाट बसाईँ सरी आएकाले दङ्गाली भन्दाभन्दै दङ्गाल थर लेख्दै आएका छौं हामी । एउटै बाजेको सन्तान हामी बढ्दै जाँदा अहिले डेढ सय परिवारमा बाँडिएका छौं । ठूलो परिवार भएकाले सुतक पर्दा होस् या जूठो, चाडबाड बिथोलिइहाल्छ । यो साल ठूली आमा र ठूलोबाको जूठो बारिरहका छौँ । खानपिन चले पनि टीकाटाला चलेन । दसैँको रौनक मान्यजनबाट टीका, जमरा र आर्शिवाद लिनुमा छ । त्यसबाट बञ्जित हुँदा दसैँ खल्लो हुने नै भयो ।

Ncell Footer Ad