ध्रुव दंगाल

ध्रुव दंगाल

खुला दिसारहित बन्दै स्थानीय तह

बुधबार, ०४ भदौ २०७६

सिन्धुपाल्चोकका स्थानीय तह धमाधम खुला दिसामुक्त घोषणा हुन थालेका छन्। झन्डै सतप्रतिशत घरमा शौचालय बनेर पनि विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषित हुनबाट रोकिएको थियो।

गौरवको योजना अन्तर्गत चौतारामा मिनी रंगशाला

सोमबार, ०२ भदौ २०७६

जिल्ला सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रंगशाला निर्माण थालिएको छ। ३ नं. प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माण थालिएको रंगशालाको सोमबार समाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरे।

तातोपानीबाट ४ वर्षपछि आयात

बिहिबार, २६ असार २०७६

एक महिनाअघि पुनः सञ्चालनमा ल्याएको चीन जाड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन सुरु गरेका छन्। पछिल्लो एक साताबाट सुरु आयात कारोबार बिस्तारै बढ्दै गएको छ।

आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

बिहिबार, ३० जेठ २०७६

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नभएको जिकिर गरेका छन्। बदलिएको राजनीतिक परिवेशमा यस विषयमा पार्टीका दुई अध्यक्षबीच अर्को सहमति हुन सक्ने उनले औँल्याए।

नयाँ विद्यालय भवन पाउँदा फुरुङ्ग

बिहिबार, १६ जेठ २०७६

भूकम्पपछिको पुनर्निर्माणमार्फत आकर्षक नयाँ भवन पाउँदा जयगणेश आधारभूत विद्यालयका अभिभावक तथा विद्यार्थी फुरुङ्ग परेका छन्। साढे दुईवर्ष लगाएर बनाएको भवन बिहीबार आफ्नै संरक्षणमा आएपछि उनीहरु अझ उत्साही देखिए।

तातोपानी नाका औपचारिक सञ्चालनमा

बुधबार, १५ जेठ २०७६

भूकम्पपछि चार वर्षदेखि बन्द रहेको उत्तरको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ।

नाका सञ्चालनार्थ दुरुस्त बनाइँदै राजमार्ग

बिहिबार, १९ बैशाख २०७६

नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जीर्ण बन्दै गएको थियो। आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ। ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौँ,’ प्रमुख इन्जिनियर झाले भने।

यसरी ठडिए सिन्धुका गाउँ–बस्ती (फोटो फिचर)

बिहिबार, १२ बैशाख २०७६

२०७२ वैशाख १२ गते निम्तिएको बिनासकारी भूकम्पको बिहीबार चार वर्ष पूरा भएको छ। बढी प्रभावित १३ र कम प्रभावित १९ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोक भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको जिल्ला हो। तीन हजार दुई सय ७२ को ज्यान लिएको भूकम्पले ९० प्रतिशतभन्दा बढी घर, संरचना ध्वस्त बनाएको थियो।

भूकम्पपीडितलाई सहुलियतमा ऋण दिन बैंकहरू सहमत

बुधबार, ०४ बैशाख २०७६

संवाद समूहद्धारा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा उपस्थित जिल्लाका दर्जन बैंक शाखाका प्रबन्धकले प्रभावितलाई सहज ढंगले सहुलियत ब्याजदरको ऋण प्रवाह गर्न सहमति जनाएका हुन्। उनीहरुले प्रक्रिया पु-याएर आउने प्रभावितलाई ऋणमा नढिलाउने सामूहिक प्रतिबद्धतासमेत जनाएका छन्।

तातोपानी नाका जेठ १७ देखि

मङ्गलबार, ०३ बैशाख २०७६

उत्तरी चीन जोड्ने मुख्य नाका तातोपानी आगामी जेठबाट सञ्चालनमा ल्याउने तयारी भएको छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उक्त नाका चार वर्षदेखि बन्द छ।

चौतारा साँगाचोकगढी मेयर कप : भगवती क्लब अन्तिम चारमा

शुक्रबार, २२ चैत २०७५

श्री भगवती क्लब टोखा सिन्धुपाल्चोकको सर्वाधिक पुरस्कार राशिको दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

विप्लवका १७ कार्यकर्ता तारेखमा छुटे

बुधबार, १३ चैत २०७५

सिन्धुपाल्चोक जिल्ला अदालतले राज्यविरुद्ध अपराध गरेको मुद्दा खेपिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ कार्यकर्तालाई पुर्पक्षका लागि तारेखमा छोड्न आदेश दिएको छ।

ग्यास सिलिन्डर पड्कँदा चारै जनाको मृत्यु भएको पुष्टि

मङ्गलबार, १२ चैत २०७५

सीमावर्ती भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा ग्याँस सिलिण्डर पड्किएर भएको दुर्घटनामा परी स्टोरकिपरसहित चारै जना कामदारको ज्यान गएको पुष्टि भएको छ।

ग्यास सिलिण्डर पड्किँदा २ को मृत्यु, दुई बेपत्ता !

सोमबार, ११ चैत २०७५

जिल्लाको भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको क्याम्पमा सोमवार साँझ ग्यास सिलिण्डर पड्किँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना वेपत्ता भएका छन्। आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको भान्सामा साँझ पौने ५ बजेतिर एक्कासी ग्यास सिलिण्डर पड्किएको थियो।

सिन्धुपाल्चोकमा पुनर्निर्माण अन्तिम चरणमा, ६२ हजार घर बने

आइतबार, १० चैत २०७५

जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (डीएलपीआईयू÷जिमाली) को तथ्यांकअनुसार झण्डै ७१ प्रतिशत नयाँ घर बनिसकेका छन्। पछिल्लो एक महिनामा मात्रै पाँच हजार घर पुनर्निर्माण भएका हुन्। फागुनसम्म ५८ हजार घर बनेका थिए।

एकीकृत बस्ती ठड्याउँदै विस्थापित (फोटो फिचर)

बिहिबार, ३० फागुन २०७५

भूकम्पबाट थातथलो छोडेर यहाँ विस्थापित जीवन गुजारीरहेका पीडितहरुका लागि साढे दुई महिनादेखि एकीकृत बस्ती पुनर्निर्माणको काम भइरहेको हो।

सीएमसीले साँढे एक अर्ब भुक्तानी तिर्न बाँकी : पीडित भन्छन्, 'नदिए काम अघि बढ्न दिँदैनाैं'

मङ्गलबार, २८ फागुन २०७५

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सीएमसी रेभेनाले उपठेकेदार, आपूर्तिकर्ता र मजदुरलाई झण्डै साँढे एक अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ।

सञ्चारकर्मी माथि भएकाे अभद्र व्यवहारप्रति महासंघको भर्त्सना

आइतबार, १९ फागुन २०७५

सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भर्त्सना गरेको छ।

यसरी बन्दैछ ह्योल्मो एकीकृत बस्ती (तस्बिर सहित)

बिहिबार, २४ माघ २०७५

चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्धार हो तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पाताला बस्ती छिचालेपछि पुगिने तेम्बाथाङले ध्यान खिच्यो। लाली गुराँश लगायत घना बुट्यानबीच झण्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरु ठडिँदै छन्। न ठूला, न साना, मझौला संरचना। हरियो रंगको कर्कटपाताले छाइएका घरहरु चिटिक्क देखिन्छन्।

हिमाल हेर्न हेलम्बु (फोटो फिचर)

मङ्गलबार, २२ माघ २०७५

ह्योल्मो समुदायको सुन्दर बस्ती हो हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राको लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् यहाँका गाउँ। प्राकृतिक छटाले भरिपूर्ण हेलम्बु मनमोहक छ।

Ncell Footer Ad