निर्मल घिमिरे

निकुन्जको एक बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा

आइतबार, २६ जेठ २०७६

बर्दिया राष्ट्रिय निकुन्जको एक बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ। कोहलपुर–सुर्खेत राजमार्ग खण्ड निर्माणका क्रममा सडक डिभिजन कार्यालय, बाँकेले उपकरण राख्न प्रयोग गरेको बाँसगढी नगरपालिका–१, चेपाङस्थित एक बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको पाइएको छ। मध्यवर्ती क्षेत्रमा पर्ने सो जग्गा निकुन्जको स्वामित्वमा हुने व्यवस्था ऐनमा छ।

उपभोक्ताको सहभागितामा बबई सिँचाइको मूल नहर

आइतबार, १९ जेठ २०७६

सयौं उपभोक्ताको सहभागितामा शनिबार बबई सिँचाइ आयोजनाको मूल नहर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। विगतमा झैं रोपाइँ सुरु हुनुपूर्व साविकका तीन गाविस (पदनाहा, धधवार र मगरागाडी) का सयौं उपभोक्ताको सहभागितामा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा ३ हजार ५ सय जनाको सहभागिता रहेको बबई सिँचाइ आयोजना कार्यालयको रेकर्डमा उल्लेख छ। शनिबार बिहान ८ बजे नहरभित्र पसेका उपभोक्ताले दिउँसो १२ बजेसम्म नहर सफा गरेका थिए।

निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका वामदेव त्यहाँको विकास देखेर दंग

मङ्गलबार, १४ जेठ २०७६

प्रतिनिधिसभाको निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका नेकपा नेता एवं पूर्वउपप्रधामन्त्री वामदेव गौतमले आइतबार पूर्वाधार विकास प्रगतिबारे स्थलगत अनुगमन गरे।

जग्गाधनी र किसानबीच द्वन्द्व बढाउन चलखेल

शुक्रबार, १० जेठ २०७६

अन्न भण्डारको रूपमा परिचित राजापुरको भवराटप्पुका किसान र जग्गाधनी एकै थलोमा बसेर बुधबार एउटा निष्कर्षमा पुगे। जग्गाधनीले उत्पादित अन्नको तिक्कुर बटैया (चार भागको तीन भाग) नदिए खेती नगर्ने किसानले घोषणा गरे भने जग्गाधनीले किसानलाई तिक्कुर नदिने निर्णय गरेका छन्। राजापुर, हनुमानगढी मन्दिरपरिसरमा भएको भेलामा दुवै पक्षका सय÷सय जनाको उपस्थिति थियो।

अवैध क्रसर उद्योगमा विद्युत् काटियो

आइतबार, ०५ जेठ २०७६

पाँच महिनाअघि स्थापित उद्योग अवैध रूपमा सञ्चालन भइरहेको थियो। सो पुलदेखि कम्तीमा पाँच सय मिटरमा स्थापना गर्नुपर्ने बाध्यकारी नियम क्रसर उद्योगको हकमा लत्याइएको छ।

गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित

सोमबार, ३० बैशाख २०७६

बढ्दो गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ। यसको प्रत्यक्ष प्रभाव मुख्य व्यापारिक केन्द्र बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, रूपन्देहीका भैरहवा र बुटवलमा देखापरेको छ। चर्को गर्मीका कारण पश्चिम तराईका मुख्य सहरका सडकमा आवागमनकर्ताको संख्या पातलिएको छ। मौसम पूर्वानुमान शाखा काठमाडांैले आइतबार बिहान ९ बजे भैरहवाको तापक्रम ३४, नेपालगन्जको ३० र कैलालीको ३२ डिग्री मापन गरेको छ। शाखाले शनिबार बिहान नेपालगन्जमा ३० डिग्री रेकर्ड गरेको तापक्रम आइतबार अहिलेसम्मकै अधिकतम ४३ दशमलव ५ डिग्री पुगेको छ। भैरहवा र धनगढीमा अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको छ।

‘सडकमै बाघ मरेको देख्दा मन रुन्छ ’

मङ्गलबार, २४ बैशाख २०७६

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन तथा संरक्षण अधिकृत रमेश थापा दुर्लभ वन्यजन्तु वाघ सडक दुर्घटनामा पर्ने त्रासले उनलाई सताईरहेको छ। २४ वर्ष बर्दिया राष्ट्रिय निकुन्जमा काम गरेर जागीरबाट रिटायर्ड भएका थापा सडक दुर्घटना परेर दुर्लभ वन्यजन्तु वाघ मर्ने हो कि भन्ने चिन्ता गर्छन।

हराभरा बन्दै बाँके र बर्दिया

आइतबार, २२ बैशाख २०७६

सरकारको प्राथमिकतामा परेका आयोजनामध्येमा पर्छन्– बबई (बर्दिया) र सिक्टा (बाँके) सिँचाइ आयोजना। पश्चिम तराईका बाँके र बर्दियाका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु-याएर उत्पादन बढाउने अठोटका साथ यी आयोजना सुरु गरिएका हुन्। तर तीन दशक बित्दा पनि यी आयोजना पूरा हुन सकेका छैनन्। भारतीय हस्तक्षेप, बजेट र दक्ष जनशक्तिको अभावमै यी आयोजना बेलैमा बन्न नसकेका हुन्।

१०३ वर्षे महिलाको सहज जिन्दगी

आइतबार, १५ बैशाख २०७६

आँखा टाढा छन्। कान पनि उस्तै सुनिहाल्ने। युवा अवस्थाको जस्तै चम्किलो अनुहार छ। हातखुट्टा पनि मजाले चल्छन्। कुराकानी गर्दा अरूले बोलेको कुरा आनन्दसँग सुनेर सहज रूपमा जवाफ फर्काउन सक्ने शक्ति छ। कुरा सुन्ने र फर्काउने हुनाले दिउँसोको समय कुरा गर्नकै लागि उनको घरमा छिमेकी आउँछन्। जीवनको उत्तराद्र्धमा पनि उनी घरव्यवहारमा व्यस्त हुन्छिन्।

विकास अघिअघि, सिडिओ कुरुम्बाङ पछिपछि

शुक्रबार, ०६ बैशाख २०७६

सबैका अ–आफ्नै सपना हुन्छन। राष्ट्र सेवक कर्मचारी जुन प्रमुख जिल्ला अधिकारीको पदमा आसिन छन् – बिकास, सुशासन र सुरक्षाको प्रत्याभुति दिलाउँने सपना प्रथामिकतामा पर्छ। जसले समन्वयकारी भूमिका निभाएर उदाहरणीय काम गर्न सक्छ उसैको सफल प्रजिअको परिचय बन्छ। उसैले सर्वसाधरणको वाह– वाही कमाउँछ।

कर्णाली नदीमा बेपत्ता भएका युवाको शव भेटियो

मङ्गलबार, ०३ बैशाख २०७६

नयाँ वर्षको दिन कर्णाली नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव भेटिएको छ। गत १ गते कर्णाली नदीको गेरुवा भंगालोमा पर्ने कोठियाघाटमा पौडी खेल्ने क्रममा बाँके कोहलपुरका १८ वर्षिय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षिय प्रज्वल कोईराला वेपत्ता भएका थिए।

प्राथमिक उपचारको पनि व्यवस्था छैन

सोमबार, ०२ बैशाख २०७६

जिल्लाको तीन ठाउँमा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरूको व्यवस्थापन पक्ष फितलो भएको छ । ग्रामीण क्षेत्रमा जारी कबड्डी प्रतिस्पर्धाको व्यवस्थापन फितलो भएको पाइएको हो । जिल्लाको बाँसगढी नगरपालिका–४ मगरपुरस्थित सामुदायिक वन फाँटमा निर्माणाधीन कभर्डहलमा आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि कबड्डी प्रतिस्पर्धा जारी छ । शनिबार सुरु भएको उद्घाटन खेलमा विभागीय टोली पुलिसकी संगीता गौतम खुट्टामा चोट लागेर घाइते भइन् ।

पौडी खेल्ने क्रममा बर्दियामा दुई युवक बेपत्ता

आइतबार, ०१ बैशाख २०७६

६ जना मिलेर देशको लामो पुल कोठियाघाट घुम्न गएका थिए। नदीमा प्रज्वल र दीपेन्द्र बेपत्ता भएका कोहलपुरका राजेन्द्र शाहीले बताए।

विप्लवका जिल्ला नेताले गरे आत्मसमर्पण

सोमबार, २५ चैत २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा समूहका जिल्ला सदस्यले जिल्ला प्रशासन कार्यालयमा सोमबार आत्मसमर्पण गरेका छन्। ठाकुरबाबा नगरपालिका ७ का ४७ वर्षीय यज्ञ प्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्।

दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

आइतबार, १७ चैत २०७५

विपरित दिशावाट आउँदै गरेको मोटरसाइकल ठोक्किदा आइतवार विहान तीन जनाको मृत्यु भएको छ।

सांसदको घरमा छापा प्रकरण, प्रहरीलाई कारवाही गर्न माग

शनिबार, ०२ चैत २०७५

ईलाका प्रहरी कार्यालय मैनापोखरले खानतलासी गर्ने बहानामा नेपाली कांगेसका प्रदेश सभा सदस्य भूवनेश्वर थारुको घरमा मध्यरात छापा मारेको विषयलाई लिएर सम्वन्धित प्रहरीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ। प्रदेश सभा सदस्य भुवनेश्वर  घरमा नियतवस दुर्व्यवबाहर गर्ने उदेश्यले मध्यरात छापा मार्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।

६७ लाखको भवन शिलान्यास

आइतबार, २६ फागुन २०७५

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८, लक्ष्मणास्थित पूर्णहिरा माध्यामिक विद्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ। नागरिक दैनिकका संस्थापक अध्यक्ष एवं स्थानीय समाजसेवी हेमराज ज्ञवालीले स्थापना गरेको उक्त विद्यालयका लागि नयाँ भवन बनाउन लागिएको हो। शनिबार उक्त भवनको शिलान्यास गरिएको छ।

भेरी बबईको पानी कुर्दै बर्दियाका किसान

सोमबार, ०६ फागुन २०७५

बहुप्रतिष्ठित आयोजना भेरी बबई डाइभर्सनबाट बबई नदीमा खसालेको पानी किसानको खेतसम्म पुर्‍याउन बबई सिँचाइ आयोजनाले नहर निर्माण कार्यलाई तीव्र पारेको छ।

बाँसगढीमा मेयर कप जारी

बिहिबार, १७ माघ २०७५

दोस्रो बाँसगढी अन्तरमावि मेयर कप प्रतियोगितामा एथलेटिक्स र भलिबलतर्फ दोस्रो चरणका खेल हुँदै छन्। भलिबलतर्फ पूर्णहीरा माविलाई पराजित गरी भृकुटी मावि र जनता मावि बठुवालाई पराजित गरी जनप्रिय मावि दमौली दोस्रो चरणमा प्रवेश गरेका छन्।

शहीद परिवारकाे गुनासाे : नेताको कुर्सी सुरक्षित भयो, हाम्राे गाँस सुरक्षित भएन

मङ्गलबार, १५ माघ २०७५

१९ दिने जनआन्दोलनका २५ सहिद मध्यका प्रथम सहिद गुलरिया नगरपालिकाका  ५१ बर्षिय यमलाल लामिछाने हुन। २०६३ बैशाख ७ गते व्यबस्था परिवर्तनका लागि प्रर्दशनमा उत्रेका बेला गुलरीयाको राधाकृष्ण चौकमा सुरक्षाकर्मीले चलाएको गोली लागि लामिछानेको मृत्यु भयो। शहीद परिवारलाई राज्यले १० लाख दिएपनि शहीद परिवारले पाउनुपर्ने सम्मान राज्य दिन नसक्दा शहीदको अवमूल्यन भएको परिवारलाई अनुभुति भइरहेको छ।