अमर खड्का

‘साइड क्लियर’ नहुँदा विस्तारमा अलमल, धुलोले व्यापारी र सर्वसाधारण मारमा

सोमबार, ०४ कार्तिक २०७६

प्रदेश एकका मुख्यमन्त्रीसँगको भेलामा इटहरी उपमहानगरपालिकाका नगरप्रमुखबाट ६ लेन आयोजना आफैंले रिक्स लिएर अघि बढ्न सुझाव आयो।

मानवीय क्षति रोक्न मकुनालाई ‘डार्ट’

आइतबार, २६ असोज २०७६

कोसीटप्पु वन्यजन्तु आरक्षमा जंगली जनावरको संख्या बढी भो क्षेत्रफल सानो, जसले गर्दा मानवीय क्षतिको त्रास दिनदिनै बढ्दै छ।

स्वास्थ्य समस्या भएकाले बचावटमा लाग्न चिकित्सकको सुझाव

सोमबार, १३ असोज २०७६

२०७४ चैत १२ गते राति पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिकको रहस्यमय ढंगले मृत्यु हुन पुग्यो। त्यति बेला गणमा कार्यरत बर्दिया नेउलापुरका सैनिक अमलदार भरत विक र सल्यान दमाचौर प्युठ दोलख चन्दको मृत्यु हुन पुगेको थियो।

आफन्तबाटै छोरी–चेली असुरक्षित

आइतबार, १२ असोज २०७६

आफन्तबाट वा नचिनेका व्यक्तिबाट यौन दुव्र्यवहार हुँदा कतिपय बालिका, किशोरी र महिलाले पहिले त डराएर भन्दैनन्। जसले यस्ता समस्या बारम्बार समाजमा दोहोरिने गरेका छन्।

झुट्टा मुद्दा खारेज गर्ने विषयमा पार्टीभित्र सैद्दान्तिक निर्णय भएको प्रचण्डको खुलासा

आइतबार, ०५ असोज २०७६

‘टीकापुर घटनाको बिषयमा निर्णय कार्यान्वयनको चरणमा छ,’ अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आइतबार जितिया पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने, ‘यो घटनामा संलग्न जनमत पाएर निर्वाचित सांसदलाई स–सम्मान राजनीतिमा ल्याउने वातावरण बनाइनेछ।’

२० वर्ष नपुगी विवाह, जोखिमपूर्ण गर्भाधान

आइतबार, २९ भदौ २०७६

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीमै पछिल्लो चार महिनामा मात्र १ सय १५ जना २० वर्षमुनिका गर्भवती भएको तथ्यांक रहेको छ।

रेबिजलाई सामान्य सम्झँदा मृत्यु

मङ्गलबार, १७ भदौ २०७६

कुकुरले सुनसरी इनरुवा वडा नं. ५ की ४९ वर्षीया थुनीदेवी चौधरीलाई चार महिनाअघि टोक्यो। उनी कृषि विकास बैंकको इनरुवा शाखामा किस्ता बुझाएर फर्कंदा कुकुरको एउटा समूहलाई छेउमै मासु काट्नेले ढुंगाले हान्दै खेदाए। थुनीदेवीले कुदाइरहेको साइकलमा भाग्दै आएको एउटा कुकुर ठोकिन पुग्यो अनि टोक्यो।

कोसीकिनारमा लगातार अनशन

शनिबार, १४ भदौ २०७६

पूर्वका तीन जिल्लाका कोसीपीडितले १४ दिनदेखि आन्दोलन गरिरहेका छन्। सुनसरी, सप्तरी र उदयपुरका कोसीपीडित सुनसरीतर्फको कोसी ब्यारेज क्षेत्रमा भेला भएर मुआब्जा र क्षतिपूर्तिको माग राखेर दबाब दिन आन्दोलन जारी राखेका हुन्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने जनाएका छन्।

कोसी टप्पु आरक्षआसपास सधैं त्रास

बिहिबार, ०५ भदौ २०७६

जेठ २६ गते राति बिजुली नभएका बेला सुनसरीको कोसी गाउँपालिका–८ का सदरुल मियाँ घरबाहिर निस्किए। त्यही बेला उनलाई कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको रैथाने जंगली हात्तीले आक्रमण ग¥यो। उनी सिकिस्त घाइते भए। ५५ वर्षीय मियाँको उपचारकै क्रममा मृत्यु भयो। उनी सप्तरीको बोधे बरसाइन स्थायी घर भई १४ वर्षदेखि कोसी गाउँपालिकाको भेन्टाबारीमा बस्दै आएका थिए। आरक्ष क्षेत्रकै रैथाने हात्तीको आक्रमणबाट केही समयअघि सुनसरी बराह क्षेत्रका सत्यनारायण चौधरीको पनि मृत्यु भएको थियो।

' कहिल्यै निको नहुने घाउ'

सोमबार, ०२ भदौ २०७६

एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

मुआब्जा माग्दै कोसी बाँधमा अनशन

आइतबार, ०१ भदौ २०७६

सुनसरीमा पर्ने साबिकको बराहक्षेत्र गाविस–९ निवासी नारायण मुखियाको जग्गा सप्तकोसीको मुख्य भँगालोमा पर्छ । उनको करिब १५ बिघा जग्गामा वर्षौंदेखि सप्तकोसी बगिरहेको छ । मुआब्जाको आशामा उनले थुप्रै वर्ष बिताइसके । कैयौंपटक सम्बन्धित निकाय धाए पनि उनका लागि हात लाग्यो शून्य भनेझै भएको छ ।

सुनसरीमा डेंगुः तीन हजार २६६ बिरामी, एक जनाको मृत्यु

शनिबार, ३२ साउन २०७६

तीन महिनाको अवधिमा सुनसरीमा डेंगुका बिरामीको संख्या तीन हजार २६६ जना पुगेको छ। जसमा सबैभन्दा बढी धरान क्षेत्रमा मात्र तीन हजार १७३ जना बिरामी पुुगेका छन्। एक जनाको डेंगुले गर्दा मृत्यु भएको छ।

‘एन्थ्रेक्स’को जीवाणु थप परीक्षणमा

मङ्गलबार, २८ साउन २०७६

चार दिनअघि कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाईगोरुमा ‘एन्थ्रेक्स’को जीवाणु भएको रिपोर्ट प्रारम्भिक चरणमा देखिए पनि थप परीक्षण गरिने भएको छ।

कोसी टप्पुका अर्ना र आसपासका बासिन्दालाई खतरा

सोमबार, २७ साउन २०७६

आरक्ष सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। यो क्षेत्रमा छाडा चौपाया बग्रेल्ती चरिचरनका लागि छाड्ने गरिएको छ।

कोशी टप्पुका अर्ना र आसपासका बासीन्दालाई खतरा

आइतबार, २६ साउन २०७६

तीन दिनअघि कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाई–गोरुमा एन्थ्रेक्सको जीवाणु भएको रिपोर्टमा देखिएपछि आरक्षका अर्नासँगै अरु जनावर र आसपासका मानिसमा पनि रोग सर्न सक्ने खतरा बढेको छ।

प्रदेश १ मा माटोमा अम्लीयपन बढी

आइतबार, २६ साउन २०७६

पूर्वको प्रदेश १ का १४ जिल्लाको माटोमा अम्लीयपन बढ्दै गएको छ। धेरै माटोमा अम्लीयपन बढ्दै जानु र बाली–बिरुवालाई नभई नहुने नाइट्रोजन–फस्फोरसको मात्रा घट्दै गएकाले उत्पादन शक्तिमा पनि बर्सेनि कमी आउने गरेको छ।

पहाडमा इ–कोली, तराईमा आर्सेनिक

शनिबार, २५ साउन २०७६

मानिस वा जनावरको दिसाको मात्रा मिसिएको पानीमा इ–कोली ब्याक्टेरिया हुने र त्यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँजस्ता रोग लाग्ने तथा आर्सेनिक भएको पानी लामो समयसम्म पिउँदा क्यान्सर हुने खतरा हुन्छ।

अस्तव्यस्त विराटनगर–इटहरी–तरहरा सडक

शुक्रबार, २४ साउन २०७६

यातायातको सहजताले गर्दा प्रदेश एककै केन्द्रमा पर्ने इटहरीको चौरास्ता चोकदेखि सय मिटर दक्षिणपट्टि विराटनगर लाइनमा अनगन्ती खाल्डाखुल्डी छन्।

सुनसरीमा डेंगुका बिरामी बढ्दो

आइतबार, १९ साउन २०७६

अढाइ महिनाअघिदेखि धरानमा देखापरेको डेंगु अझैसम्म नियन्त्रण हुन सकेको छैन। जिल्लाका अन्य क्षेत्रमा पनि डेंगुका बिरामी बढिरहेका छन्।

चीनमा लाेकप्रियता कमाउँदै कारागारका मुडा

आइतबार, १९ साउन २०७६

आकर्षक र गुणस्तरीय सामान बनाउन सके विश्व बजारलाई कब्जा गरेको उत्तरी छिमेकी चीनमा सामान निर्यात गर्न सकिन्छ भन्ने उदाहरण सुनसरीको झुम्का काराकारका कैदीबन्दी बनेका छन्।

Ncell Footer Ad