रोहित राई

सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु(मृतकको नामावलीसहित)

आइतबार, १५ मङि्सर २०७६

अस्पतालमा शिवमाया राइको मृत्यु भएपछि उनको शव लिएर फर्कदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक भने फरार छन्। तीब्र गतिका कारण घटना भएको हुनसक्ने शर्माले बताए।

तीन घेरामा सुरक्षा

शनिबार, १४ मङि्सर २०७६

धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को अध्यक्ष छान्न शनिबार मतदान हुँदै छ। मतदानका लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मौन अवधिमा मतदाता जोगाउन झनै सकस

शुक्रबार, १३ मङि्सर २०७६

मंसिर १४ गतेको उपनिर्वाचनको मौन अवधि बुधबार मध्यरातीबाट सुरु भइसकेको छ। धरानको मेयर र वडा नं ७ को वडाध्यक्षमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारले झण्डै एक महिना लामो प्रचारप्रसार तथा घरदैलो कार्यक्रम रोकिसकेका छन्।

खतरनाक मौन अवधि

बिहिबार, १२ मङि्सर २०७६

एक महिना चुनावी प्रचारप्रसार गरेका दलहरुलाई ४८ घण्टा मतदाता सुरक्षित राख्दै सकस

मतदान केन्द्रमा तीन घेराको सुरक्षा

बिहिबार, १२ मङि्सर २०७६

मंसिर १४ मा मेयर र एक वडाअध्यक्ष पदको उपनिर्वाचन हुन लागेको धरान उपमहानगरपालिकाको मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ।

ओलीलाई सच्याउन कांग्रेस जिताऔं : देउवा

बुधबार, ११ मङि्सर २०७६

प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बन्दै गएको भन्दै उनलाई सच्याउन मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेताहरूले आह्वान गरेका छन्।

बिरासत जोगाउन र भत्काउनको रस्साकस्सी

मङ्गलबार, १० मङि्सर २०७६

मौसम चिसिँदै गए पनि मंसिर १४ गते हुन लागेको उपनिर्वाचनले धरानको राजनीतिक पारो भने तातेको छ। मतदान गर्ने दिन आउन एक साता मात्र बाँकी रहँदा मनोनयन दर्ता गराएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आक्रमकशैलीमा चुनावी प्रचारप्रसारमा जुटेका छन्।

विरासत जोगाउने र भत्काउने रस्साकस्सी

शनिबार, ०७ मङि्सर २०७६

मौसम चिसिदै गएपनि मंसिर १४ गते हुन लागेको उपनिर्वाचनले धरानको राजनीतिक पारो भने तातेको छ। मतदान गर्ने दिन आउन एक साता मात्र बाँकी छ। मनोनयन दर्ता गराएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु आक्रमक शैलीमा चुनावी प्रचारप्रसारमा जुटेका छन्। अनेक प्रचार शैली अपनाएर उम्मेदवारहरु मतदातालाई आकर्षित गर्ने प्रयत्नमा छन्। उम्मेदवार घरदैलो र नेताहरु कोणसभामा ब्यस्त छन्।

साहसिक खेलकुद हब बन्दै धरान

बिहिबार, २८ कार्तिक २०७६

खेलको रूपमा विकास भएकाले साइक्लिङमा युवा र युवती दुवैको क्रेज छ। राष्ट्रिय प्रतियोगितामा धरानका युवा खेलाडीहरूले पुरस्कार पनि जित्दै आएका छन्। अझ अहिले सागको तयारीमा रहेको नेपालको राष्ट्रिय टोलीमा धरानबाट ४ युवती क्लोज क्याम्पमा छन्।

साहसिक खेलकुद हब बन्दै धरान

बुधबार, २७ कार्तिक २०७६

स्वास्थ्यका लागि भन्दै धरानमा साइक्लिङ गर्नेको जमात बढेको धेरै अघिदेखि नै हो। स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु भएको साइक्लिङ अभियानले बिस्तारै खेलकुदको रूप लियो। धरानका युवाहरूले विभिन्न साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुन थालेको नै झन्डै ७ वर्ष भयो। त्यस बेला खेलाडीका रूपमा आंैलामा गन्न सकिने मात्र युवा थिए। अधिकांश स्वास्थ्य र रमाइलोका लागि साइक्लिङ गर्थे।

ब्लड बैंकमा‘ब्लड’अभाव

शनिबार, १६ कार्तिक २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको रेडक्रसको रक्त सञ्चार केन्द्रमा केही दिनयता रगतको चरम अभाव भएको छ। रगत अभावले कतिपय गम्भीर प्रकृतिको बिरामीहरूको उपचारसमेत प्रभावित हुने अवस्था छ।

‘फुड–सप्लिमेन्ट सिफारिस देशभरिकै समस्या’

आइतबार, १० कार्तिक २०७६

फुड–सप्लिमेन्ट (आहार–पूरक सामग्री) लाई औषधिका नाममा देशभरको सरकारी तथा निजी अस्पतालका डाक्टरहरूले सिफारिस गर्ने गरेका छन्। कानुनी रूपमा औषधि व्यवस्था विभागमा दर्ता नभएको फुड–सप्लिमेन्ट डाक्टरहरूले सिफारिस गर्दा वार्षिक रूपमा अर्बाैं रुपैयाँ बाहिरिने गरेको छ।

‘फुड–सप्लिमेन्ट सिफारिस देशभरिकै समस्या’

शनिबार, ०९ कार्तिक २०७६

फुड–सप्लिमेन्ट (आहार–पूरक सामग्री) लाई औषधिका नाममा देशभरको सरकारी तथा निजी अस्पतालका डाक्टरहरूले सिफारिस गर्ने गरेका छन्। कानुनी रूपमा औषधि व्यवस्था विभागमा दर्ता नभएको फुड–सप्लिमेन्ट डाक्टरहरूले सिफारिस गर्दा वार्षिक रूपमा अर्बाैं रुपैयाँ बाहिरिने गरेको छ।

फुड सप्लिमेन्ट सिफारिस नगर्न अस्पताल प्रशासनको परिपत्र

बिहिबार, ०७ कार्तिक २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना चिकित्सकहरूलाई औषधि भन्दै फुड सप्लिमेन्ट (खाद्य पूरक सामग्री) बिरामीलाई सिफारिस नगर्न निर्देशन दिएको छ।

दर्ता भएको औषधि दिँदा ‘हुँदैन’ भन्छन्

आइतबार, ०३ कार्तिक २०७६

‘हामीलाई थाहा छ, ‘क्याबोडिन’ औषधि व्यवस्था विभागमा दर्ता छैन र यो औैषधि पनि होइन। तर डाक्टरले लेखिदिएपछि भुस पनि औषधि नै हुन्छ।’

बिरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ सिफारिस

शनिबार, ०२ कार्तिक २०७६

औषधि व्यवस्था विभाग विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहिरका मेडिकल पसलहरूमा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ। बिक्रेताका अनुसार ती सबै चिकित्सकको सिफारिसमा पसलमा राखिएका हुन्।

वीपीका डाक्टरले विरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ किनाउने गरेको खुलासा

शुक्रबार, ०१ कार्तिक २०७६

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दक्षिण एयिसाकै प्रतिष्ठित एवं बिशेषज्ञ चिकित्सकहरु भएको नमुना अस्पताल मानिन्छ। तर, यहीँका चिकित्सकहरु भने कमिशनको लोभमा परेर विरामीहरुलाई प्रतिबन्धित र अनावश्यक औषधी प्रेस्काइब गरेर आर्थिक भार बोकाउने गरेको खुलेको छ।

प्रदेश १ पनि फौजी किराको चपेटामा

बिहिबार, ३० असोज २०७६

पाकेर धान काट्ने बेलामा फौजी किराको प्रकोपले बाला भुँइभरि भयो। उनले हत्तपत्त धान काटेर भित्र्याउन थाले। धान ५० पाथी मात्र भयो। ‘एक वर्षलाई खान पुग्ने धान फल्छ भन्ने आशा थियो, फलेको पनि राम्रो थियो,’ उनले भने, ‘तर किराले सखाप पा-यो। राज्यले किसानलाई हेरिदिनुपर्छ।’

उद्योगी, व्यवसायी उत्साहित

बुधबार, २९ असोज २०७६

यो भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडक हुनेछ। यो सडकबाट व्यापार गर्दा दुवै देशलाई लाभ हुन्छ। दुवै छिमेकीले यसलाई व्यापारिक सडकको रुपमा प्रयोग गर्दा नेपाललाई पनि ठूलो लाभ हुनेछ।

कोशी कोरिडोरः उद्योगी, व्यवसायीहरु उत्साहित

मङ्गलबार, २८ असोज २०७६

नेपाल सरकारले कोशी जोगवन-किमाथांका सडक निर्माण गर्न थालेको एक दशक बढी भइसकेको छ। तर, अपेक्षित प्रगति हुन सकेको छैन्।

Ncell Footer Ad