रोहित राई

इन्जिनियरको ठगी छानबिनकाे दायरामा

आइतबार, २० पुष २०७६

इलेक्ट्रिकल विभाग प्रमुख नेत्र खड्काले पैसा यहाँ बुझाउने होइन भनेपछि व्यवसायीहरू झस्किएका थिए।

धरानको सडकबाट ३० जनाको उद्दार

शनिबार, १९ पुष २०७६

प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियान धरानबाट शुरुवात भएको छ। धरानको सडकमा आश्रित बालबालिकासहित ३० जनाको शुक्रबार राति उद्दार गर्दै तीनै तहको सरकारले प्रदेश १ लाई सडक बालबालिका मुक्त बनाउने अभियान शुरुवात गरेको हो।

तस्बिरमा धरान महोत्सव

शनिबार, १९ पुष २०७६

धरानको स्थापना दिवससँगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले तीन दिने धरान महोत्सव २०७६ शुक्रबार सुरु भएको छ।

धरानको कार्यपालिका बैठक नेकपा पक्षद्वारा बहिष्कार

शनिबार, १२ पुष २०७६

मंसिर १४ गतेको उपनिर्वाचतबाट विजयी मेयर तिलक राईले बोलाएको पहिलो कार्यपालिका बैठक नेकपा पक्षका उपमेयरसहित कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन्।

माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद

सोमबार, ०७ पुष २०७६

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ।

पूर्वमाओवादी कार्यकर्ताको घरबाट १० हजार गोली बरामद

आइतबार, ०६ पुष २०७६

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साविक भरौल गाविस) स्थित एक पूर्वमाओावदी कार्यकर्ताको घरबाट खिया लागेको एसएमजी र ठुलो परिणाममा गोली बरामद भएको छ।

प्रधानमन्त्रीका हातमा प्रमाण

शुक्रबार, ०४ पुष २०७६

सरकारको नाममा हुनुपर्ने अढाई सय बिघा जग्गा व्यक्तिकै नाममा भएको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा परेको छ।

चार वर्षदेखि दीक्षान्त रोकिँदा विद्यार्थी समस्यामा

बिहिबार, ०३ पुष २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दीक्षान्त समारोह चार वर्षयता हुन सकेको छैन। जसका कारण सन् २०१६ यता उत्तर्ण विद्यार्थीले दीक्षित हुन पाएका छैनन्। उनीहरूले प्रतिष्ठानबाट प्रमाणपत्र नपाउँदा थप उच्च शिक्षासँगै सरकारी जागिरका लागि भिड्न थुप्रै समस्या भोग्नु परिरहेको छ।

चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मङ्गलबार, ०१ पुष २०७६

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ।

एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

सोमबार, २३ मङि्सर २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ।

चुनावी तरंगपछि कर घटाउन होडबाजी

बिहिबार, १९ मङि्सर २०७६

धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन्। उनले साढे १२ बजेको साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्।

धरानमा सत्ता पल्टियो

मङ्गलबार, १७ मङि्सर २०७६

धरान नगर प्रमुख पदका लागि मंसिर १४ को भएको उपनिर्वाचनको मतगणना सुरु भएदेखि नै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लागि सुखद भएन। नेकपाले वडा नम्बर सातको अध्यक्ष त जोगायो तर प्रमुख (मेयर) पदमा दुई हजार सात सय ९५ मतान्तरले विरासत गुमायो।

धरानमा कांग्रेसको ऐतिहासिक जीत, नेकपाका राई २७९५ मतान्तरले पराजित

सोमबार, १६ मङि्सर २०७६

नेकपाको लालकिल्ला भनिने धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित हासिल गरेको छन्।

धरान ७ को नतिजामा विवाद, पुनः गणनाको माग गर्दै कांग्रेसद्वारा नाराबाजी

सोमबार, १६ मङि्सर २०७६

धरानको वडा नम्बर ७ को अध्यक्ष पदको मतपरिणाममा विवाद उत्पन्न भएको छ। मतगणना सकिदा नेकपाबाट अध्यक्षका उम्मेदवार जीवनराम सुवेदी १ मतले अगाडि देखिएको थियो।

धरानमा कांग्रेसलाई ७ सय ४५ मतको अग्रता

आइतबार, १५ मङि्सर २०७६

धरानमा मेयर पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कामय गरेका छन्। उनले ७ हजार ९ सय १५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन्। कांग्रेसले ७ सय ४५ मतले अग्रता कामय गरेको हो।

धरानमा नेकपा-कांग्रेसबीच कडा टक्कर

आइतबार, १५ मङि्सर २०७६

धरानको मेयर पदको लागि भएको निर्वाचनको मतगणना मध्य रातिदेखि जारी छ। अहिलेसम्म ४ वटा वडाको मतगणना सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु(मृतकको नामावलीसहित)

आइतबार, १५ मङि्सर २०७६

अस्पतालमा शिवमाया राइको मृत्यु भएपछि उनको शव लिएर फर्कदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक भने फरार छन्। तीब्र गतिका कारण घटना भएको हुनसक्ने शर्माले बताए।

तीन घेरामा सुरक्षा

शनिबार, १४ मङि्सर २०७६

धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को अध्यक्ष छान्न शनिबार मतदान हुँदै छ। मतदानका लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मौन अवधिमा मतदाता जोगाउन झनै सकस

शुक्रबार, १३ मङि्सर २०७६

मंसिर १४ गतेको उपनिर्वाचनको मौन अवधि बुधबार मध्यरातीबाट सुरु भइसकेको छ। धरानको मेयर र वडा नं ७ को वडाध्यक्षमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारले झण्डै एक महिना लामो प्रचारप्रसार तथा घरदैलो कार्यक्रम रोकिसकेका छन्।

खतरनाक मौन अवधि

बिहिबार, १२ मङि्सर २०७६

एक महिना चुनावी प्रचारप्रसार गरेका दलहरुलाई ४८ घण्टा मतदाता सुरक्षित राख्दै सकस

Ncell Footer Ad