रोहित राई

सशस्त्र र आर्मीको जित

शनिबार, ०९ पुष २०७३

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शुक्रबार सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलतर्फ आ–आफ्ना खेल जितेका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा समूह 'ख' को पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई ८–० को फराकिलो अन्तरले हराएको हो। एपिएफको जितमा युवराज खड्काले ह्याटि्रकसहित ४ गोल गरे भने रञ्जन विष्ट, श्याम नेपाली र राजेन्द्र रावलले पनि १/१ गोल गरे।

मध्यमाञ्चल र पुलिसको विजयी सुरुआत

शुक्रबार, ०८ पुष २०७३

मध्यमाञ्चल र नेपाल पुलिस क्लबको पुरुष फुटबल टोलीले सातौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टर मैदानमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० ले हरायो।

इस्टर्न ओपनमा शिवराम च्याम्पियन

बिहिबार, ०७ पुष २०७३

नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बुधबार सिजनको पहिलो प्रतियोगिता सूर्य नेेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। पार ७० को निर्वाण कन्ट्री क्लब गल्फ कोर्षमा बुधबार २ अन्डर ६८ खेलेका शिवरामले कुल ४ अन्डर २ सय ६ स्कोरका साथ उपाधि जितेका हुन्।

इस्टर्न ओपनमा शिवराम च्याम्पियन

बिहिबार, ०७ पुष २०७३

नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बुधबार सिजनको पहिलो प्रतियोगिता सूर्य नेेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। पार ७० को निर्वाण कन्ट्री क्लब गल्फ कोर्षमा बुधबार २ अन्डर ६८ खेलेका शिवरामले कुल ४ अन्डर २ सय ६ स्कोरका साथ उपाधि जितेका हुन्।

शिवराम र सञ्जय अग्रस्थानमा

मङ्गलबार, ०५ पुष २०७३

नेपाल नम्बर एक शिवराम श्रेष्ठ र संजय लामाले सूर्य नेेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन ३ स्ट्रोकको अग्रता लिएका छन्। निर्वाण कन्ट्री क्लबस्थित ७० पारको कोर्समा पहिलो दिन शिवराम र संजयले समान ३ अन्डर ६७ स्कोर गरे।

धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुुरु (फाेटाेफिचर)

सोमबार, २७ मङि्सर २०७३

पूर्वमा साहसिक खेल पर्यटनको विकास तथा प्रर्वद्धन गर्ने लक्ष्यसहित धरानमा पनि प्याराग्लाइडिङको व्यावसायिक सुरुवात गरिएको छ। बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरान २४ स्थित रमिते डाँडाबाट सोमबारदेखि व्यावसायिकरुपमा प्याराग्लाइडिङको सुरुवात गरेको हो ।

संशोधन विधेयक राष्ट्रघातीः एमाले सचिव ज्ञवाली

शनिबार, २५ मङि्सर २०७३

सरकारले संविधान संशोधन विधेयक दर्ता गराएर राजनीतिक दलहरुबीच तिक्तता बढाएको र समाजलाई पनि ध्रुवीकरण गराएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन्। पार्टी चार महिना अभियानअन्र्तगत शनिबार धरानमा कार्यकर्ता प्रशिक्षणमा आएका नेता ज्ञवालीले पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै सरकारको संशोधन विधेयकले पहाड र तराईको बेग्लै राष्ट्रियता भन्ने मधेस केन्द्रित दलहरुको राष्ट्रघाती सोचलाई स्थापित गराउने षड्यन्त्र भएको पनि ठोकुवा गरे।

धरानमा थपियो नयाँ प्याराग्लाइडिङ कम्पनी

बिहिबार, २३ मङि्सर २०७३

साहसिक खेल पर्यटन अन्र्तगतमा पर्ने प्याराग्लाइडिङको धरानमा व्यावसायिक सुरुवात गर्न नयाँ कम्पनी थपिएको छ । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरानमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ गर्न सरकार तथा नागरिक उड्यान प्राधिकरणबाट सबै प्रक्रिया पूरा गरी अनुमति लिएको हो।

वन कार्यालयले नगरपालिकालाई भन्यो: वन क्षेत्र खनजोत गर्नुको कानुनी आधार के?

आइतबार, ०५ मङि्सर २०७३

सरकारी निकायकै अगुवाईमा कानुन मिचेर सरकारी वन क्षेत्र खनजोत गर्नुको साथै रुखविरुवा मासेको भन्दै वन कार्यालयले धरान उपमहानगरपालिकालाई त्यसो गर्नुको कानुनी आधार मागेको छ।

विद्युत् सर्ट भई आगलागी हुँदा एक घर नष्ट, ५० लाखको क्षति

बुधबार, ०१ मङि्सर २०७३

विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

दुई दशकपछि जनता माझमा हिमायती

बुधबार, ०१ मङि्सर २०७३

निरंकुश पञ्चायती व्यस्वथा र सामान्ती विरुद्ध किसान विद्रोह गर्दा तत्कालीन राज्य सत्ताले २०३६ सालमा धनकुटाको खाल्सा क्षेत्र(आँखीसल्ला, खोकु र छिन्ताङ) छिन्ताङमा क्रुर दमन गरेको थियो। प्रहरीले डेढ दर्जनको क्रुरतापूर्वक हत्या गर्यो भने थुप्रैलाई थुनामा पुर्यायो । नेपालमा यो घटना छिन्ताङ काण्डले चर्चित छ।

बलबहादुरलाई इन्द्र बराह गल्फ उपाधि

शनिबार, २७ कार्तिक २०७३

तेस्रो इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगिताको उपाधि धरानका बलबहादुर राईले जितेका छन्। धरानको निर्वाणा कन्ट्री क्लबस्थित पार ७० को कोर्षमा शनिबार आयोजित प्रतियोगितामा नेट २ अण्डर ६८ स्कोर गर्दै बलबहादुरले उपाधि जितेका हुन्। एघार ह्याण्डीक्याप खेलाडी राईको कुल स्कोर भने ९ ओभर ७९ थियो।

सभामुखद्वारा ‘थाउजेन्ड बिग बुद्ध’ शिलान्यास, कारवाही गर्ने वनकाे चेतावनी

मङ्गलबार, २३ कार्तिक २०७३

पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ। जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो ।

माझी दाई डुँगामा तारिदेउ...

शनिबार, २० कार्तिक २०७३

निरन्तर चार घण्टा पैदल यात्रा गर्दा पनि गन्तव्य आएन । पहिलो पटक त्यता निस्केकाले गन्तव्य कति टाढा छ, अनभिज्ञ थियौं । मध्याह्न बाह्र बज्यो, घाम चर्केर झन समस्या । हिँडिरह्यौं हामी । तराइको बाटोमा हिँड्न कठिन रहेछ । बरु उकालो ओरालोमै सजिलो हुन्छ । प्रायः सबैको भनाई यस्तै थियो ।

पाकिस्तानी क्षेत्रबाट फायरिङ हुँदा विमल ‘शहीद’

बुधबार, १७ कार्तिक २०७३

भारत–पाकिस्तान सिमा क्षेत्रमा तनाव भएदेखि धरान ११ विष्णुचोक सोलिङका बलबहादुर तामाङ स्याङ्बो (विकास लामा) निकै चिन्तित थिए। राती अबेरसम्म उनी भारतीय न्युज च्यानल हेर्थे। दुई देशको सिमाक्षेत्रमा गोली हानहान भएको खबर सुन्दा उनको मन आत्तिन्थ्यो।

विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेता पक्राउ

बिहिबार, ०४ कार्तिक २०७३

भारतबाट ल्याएर लुकाई राखेको रक्तचन्दनसहित ठूलो परिमाणमा अवैध विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेतालाई प्रहरीले धरानबाट पक्राउ परेको छ। संखुवासभाको चेपुवा गाविस– ६ स्थायी घर भएका ३८ वर्षीय ङिमा अन्दी भोटेलाई प्रहरीले मंगलबार राति विष्फोटक पदार्थसहित पक्राउ गरेको हो। उनी धरान १५ मा बसोबास गरिरहे पनि विष्फोटक पदार्थ भने धरान ६ स्थित दुर्गा रिजालको घरमा भाडामा लिएको कोठाबाट प्रहरीले बरामद गरेको हो।

तीन चिकित्सकको भर्ना रद्द

बिहिबार, २० असोज २०७३

स्वास्थ्य मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको पोस्ट ग्रयाजुएट (एमडी÷एमएस) तहको स्पोन्सर कोटामा अपारदर्शीरुपमा भर्ना भएका तीनजनाको भर्ना रद्द गर्ने निर्णय गरेको छ ।

खोर्साने खापको प्रर्वद्धनमा धराने टोली

बिहिबार, १३ असोज २०७३

धरान जेसिजका अध्यक्षसमेत रहेका ट्राभल एजेन्सी सञ्चालक अतुलदिप श्रेष्ठको दैनिकी मंगलबार अरुबेला भन्दा बेग्लै रह्यो। उनले आफ्नो बुलेट बाइक घरमै थन्काए, अनि एनएनबी बैंकमा जागिरे श्रीमती पुनमका साथ माउण्टेन बाइकमा निस्किए।

मिलापत्रको मुख्य योजनाकार पत्रकार

आइतबार, ०९ असोज २०७३

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महिला सुरक्षा गार्डमाथि भएको यौन दुर्व्यवहारको घटनालाई मिलापत्र गराएको विवादास्पद प्रकरणमा एक पत्रकार मिलापत्रको मुख्य योजनाकार भएको आरोप लागेको छ।

कलाकार सन्तोष पन्तले पहुँच देखाएपछि...

बिहिबार, ०६ असोज २०७३

रोगजारदाता कम्पनीका प्रमुखसमेतको उपस्थितिमा दुर्व्यवहार भएको भन्दै आवाज उठाइरहेकी एक महिला सुरक्षा गार्डलाई प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख(एसपी)को उपस्थितिमा पीडक पक्षसँग मिलापत्र(सहमति) गराइएको छ ।

Ncell Footer Ad