रोहित राई

प्लस–टुको रिजल्ट पर्खन एमबिबिएस, बिडिएसको परीक्षा स्थगित

बिहिबार, ०५ असार २०७६

कक्षा १२ (प्लस–टु) परीक्षाको रिजल्ट आउन ढिलाइ हुँदा नेपाली विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था बनेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्डर ग्र्याजुएट (एमबिबिएस÷बिडिएस) को प्रवेश परीक्षा स्थगित गरेको छ।

बिपीमा झन्झट, निजी ल्याब मालामाल

बुधबार, ०४ असार २०७६

ज्वरोका बिरामीको संख्या बढ्नाले प्रतिष्ठानको रगत परीक्षण प्रयोगशाला (ल्याब)मा बिरामीहरूले धेरै सास्ती बेहोर्नुपरिरहेको छ।

धरान डेंगु प्रकोप क्षेत्र घोषणा

बिहिबार, ३० जेठ २०७६

डेंगु रोग नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु रोग प्रकोप क्षेत्र घोषणा गरेको छ।

अफ सिजनमा डेंगुको महामारी

आइतबार, २६ जेठ २०७६

गत वैशाख ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत परीक्षणको क्रममा एकजना बिरामीको रिपोर्टमा डेंगु पोजेटिभ देखियो। चिकित्सकहरूको सल्लाहमा उपमहानगरपालिकाले बिपी प्रतिष्ठानका दुईवटा मेसिन मगाएर जोखिम क्षेत्रमा फगिङ (धुँवा फालेर मच्छर मार्ने) गरियो। यसअघि सन् २०१८ र २०१६ मा पनि धरानमा डेंगुका बिरामी भेटिएका थिए। डेंगु संक्रमण भेटिएको क्षेत्रमा फगिङ गरेपछि त्यसबेला नियन्त्रणमा आएको थियो। सोही अनुभवका आधारमा चिकित्सक र जनप्रतिनिधिहरूले यसपालि पनि डेंगु चाँडै नियन्त्रणमा आउला भन्ने आशा गरेका थिए। तर, वैशाख ३१ गतेयता हरेक दिन ज्वरो आएको भन्दै अस्पताल धाउने बिरामीको संख्या बढ्दै गयो भने परीक्षण गर्दा डेंगु पाजेटिभ हुने बिरामीहरू पनि दिन–प्रतिदिन बढ्दै गए। डेंगुका बिरामी कुनै एउटा वडामा सीमित रहेन, वडा १५ मा देखिएको डेंगु संक्रमण अन्य वडामा पनि फैलियो।

लामखुट्टेको लार्भा नष्ट गर्न जनपरिचालन

बिहिबार, २३ जेठ २०७६

धरानमा डेंगुका बिरामी भेटिएको झन्डै चार हप्तापछि नियन्त्रण अभियान थालिएको छ। प्रकोप नियन्त्रणभन्दा बाहिर गए पनि नियन्त्रणका लागि जनप्रतिनिधिहरू सक्रिय नभएको आलोचना हुन थालेपछि बल्ल बुधबारदेखि जनचेतनामूलक अभियान सुरु गरिएको हो। प्रिमनसुनमा देखिएको डेंगुको प्रकोप अहिल्यै नियन्त्रणमा नआए मनसुनपछि महामारीको रूप लिन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग, इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र चिकित्सकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले धरानका हरेक घरमा पुगेर लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्नुपर्ने सुझाव दिइरहे पनि अभियान सुरुआत गर्न भने ढिलाइ भएको थियो।

धरानमा दुईदिनमै डेंगुका ६८ बिरामी

बुधबार, २२ जेठ २०७६

– हालसम्म बिपी प्रतिष्ठानमा एक सय ७३ र विजयपुर हस्पिटलमा २६ जना भर्ना – बिरामीको संख्या बढ्दै जाने हो भने उपचारमा असहज अवस्था आउनसक्छ।

नियन्त्रण नगरे मनसुनपछि महामारी फैलने आशंका

मङ्गलबार, २१ जेठ २०७६

मनसुनपछि देखिने डेंगु ज्वरोको प्रकोप धरानमा भने प्रि–मनसुनमा नै फैलिएपछि चिकित्सकसँगै स्वास्थ्य विभाग र मन्त्रालय चिन्तित बनेका छन्।

धरानमा डेंगु नियन्त्रण बाहिर

सोमबार, २० जेठ २०७६

डेंगु ज्वरोको प्रकोप नियन्त्रणबाहिर गएपछि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ।

किरात संकीर्ण जातिवाद होइन : दाहाल

आइतबार, १९ जेठ २०७६

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले किरात संकीर्ण जातिवाद नभई सभ्यता, मनोविज्ञान र गौरवशाली इतिहास भएको बताएका छन्। साथै, उनले प्रदेश १ को नाम किरात राख्न पार्टीमा पनि सर्वसम्मत निर्णय होस् भन्ने चाहिरहेको बताएका छन्। शनिबार धरान १७ स्थित साकेला पार्कमा आयोजित साकेला उभौली समापन समारोहमा बोल्दै दाहालले नेपाल राष्ट्र निर्माणमा पनि किरातीको ऐतिहासिक र युगन्तकारी भूमिका रहेको बताए। नेपाल निर्माणमा किरातीको युगन्तकारी भूमिका कसैले मेटाउन चाहेर पनि मेट्न नसक्ने उल्लेख गर्दै उनले यसलाई सर्वसम्मतिबाटै स्थापित गर्न चाहिरहेको उल्लेख गरे।

धरानमा डेंगु भयावहतर्फ- १९ दिनमै ७३ जना बिरामी

शनिबार, १८ जेठ २०७६

पछिल्लो पटक धरानमा डेंगुका ७३ जना बिरामी भेटिएका छन्। यो संख्या धरानमा १९ दिनको अवधिमा भेटिएको हो।

धरानमा गोली प्रहार, लघुवित्तको पैसा लुटियो

आइतबार, १२ जेठ २०७६

धरानस्थित जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको चार लाख भन्दा रकम लुटिएको छ। धरान ५ साउनेबाट लघुवित्तका कर्मचारीमाथि शम्भु गच्छदारमाथि गोली प्रहार गरी रकम लुटिएको प्रहरीले जनाएको छ। रकम लुटिएको स्थान धरानबजारदेखि पूर्वतर्फ रहेकाे छ।

अहेब र ओभरसियरबाट जबरजस्ती काम

शुक्रबार, १० जेठ २०७६

भोजपुरको दक्षिण र पश्चिममा अवस्थित हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकामा कर्मचारीको चरम अभाव छ।

सिसाकाण्डको अनुसन्धानप्रति आफन्तको असन्तुष्टि

बिहिबार, ०९ जेठ २०७६

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारको वंश नै नरहने गरी सोमबार राति हत्या भएको घटना अघिको अर्को काण्डमा अनुसन्धान फितलो भएको भन्दै आफन्तले असन्तोष व्यक्त गरेका छन्।

खोलामा मनोमानी उत्खनन, नाममात्रको अनुगमन

सोमबार, ३० बैशाख २०७६

जनप्रतिनिधि र दलका नेताहरूलाई समेत हिस्सेदारी राखेर गरिएको धरानको खोला ठेक्कामा ठेकेदारले मनोमानी ढंगले उत्खनन गरे पनि स्थानीय तहले छुट दिएको छ।

‘लेडिज प्रोब्लम’हटाउन विद्यालयमा प्याड मेसिन

शुक्रबार, २७ बैशाख २०७६

विद्यालयमा नै प्याड वितरण गर्ने प्रबन्ध गर्दा पनि रजस्वला(महिनावारी) हुँदा छात्राहरु विद्यालय गयल हुने समस्या समाधान नभएपछि धरानको एक विद्यालयले नयाँ तरिका अपनाएको छ।

सट्टाभर्ना पाएको प्रतिवेदन मिलेमतोमा गुपचुप

बिहिबार, २६ बैशाख २०७६

धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको संरक्षण गर्न मोरङको बयरवन क्षेत्रमा सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरिएको थियो। तर साबिक जग्गाधनीको नाममा भूमाफियाहरूले सट्टाभर्ना नपाएको भन्दै जलाधार क्षेत्र अतिक्रमण गरे। सो विषय अदालतसम्म पुगेपछि सर्वोच्चले सट्टाभर्ना (मुअब्जा) दिएको प्रमाण पेस नभएको भन्दै साबिक जग्गाधनीकै पक्षमा फैसला गरिदियो। सो फैसलाले अतिक्रमणकारीलाई झनै सहजता मिलेको थियो।

मनको ज्योतिले चम्केका गगन

शनिबार, १४ बैशाख २०७६

गगन आले पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय, धरानमा कक्षा १० मा पढ्छन्। उनी पढाइमा पनि मेधावी छन्। उनले गीत गाएर थुप्रै पुरस्कार जितिसकेका छन्। गायनसँगै उनी बाँसुरी, गितार, हार्मोनियम, किबोर्ड र ड्रम पनि बजाउँछन्।

सट्टाभर्ना भइसकेको जग्गा भूमाफिया र व्यक्तिको कब्जामा

सोमबार, ०२ बैशाख २०७६

धरानको खानेपानीको प्रमुख स्रोत संरक्षण गर्न सरकारले सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरे पनि सर्दु जलाधार क्षेत्रका सयौं बिघा जमिन अझै व्यक्तिकै नाममा रहेको पाइएको छ। सरकारी निकायको लापरबाहीले लगतकट्टा नभएको थाहा पाएपछि चलखेल गरी जलाधार क्षेत्रको थुप्रै जग्गा भूमाफियाले आफ्नो कब्जामा पारिसकेको देखिन्छ।

केका लागि सम्झने मोदीलाई ?

मङ्गलबार, २६ चैत २०७५

उनका विरोधीहरूले उनलाई अत्यधिक विश्व भ्रमण गरेको र साम्प्रदायिक भावना उचाल्दै त्यसको नियन्त्रण गर्न नसकेको भनी आलोचना गर्नेछन्। लोकतन्त्रलाई कमजोर बनाएको आरोप पनि उनीलाई लाग्ने गरेको छ। भारतका हरेक प्रधानमन्त्रीले कुनै न कुनै विशिष्ट विरासत छाडेर गएका छन्।

धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २१ घाइते (फाेटाे फिचर)

सोमबार, २५ चैत २०७५

जिल्लाको धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको नम्बरको यात्रुबाहक बस सोमवार दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किँदा चालकसहित ४ जनाको मृत्यु भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।