अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्यासिफिकको क्षेत्रगत निकाय आइसिइआईको आयोजनामा सोमबारदेखि राजधानीमा दुईदिने ‘सहकारी शिक्षाको पाठ्यक्रम विकास गर्नका लागि अन्तराष्ट्रिय गोष्ठी’ तथा वार्षिक बैठक सुरु भएको छ । कार्यक्रममा नेपाल, भारत, चीन, जापान, मलेसिया, सिंगापुर, फिलिपिन्सलगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।