सिद्धराज राई

पहिरोले कोसी राजमार्ग पुरियो

सोमबार, १० साउन २०७३

धनकुटाको खुरिलामा गएको पहिरोले कोसी राजमार्ग पुरिएको छ । लगातार बर्षा भएपछि सोमबार विहान पहिरो झरेको थियो । ठूलाठूला ढुंगा झरेको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

कर्मचारीले सेवाग्राहीको गुनासो घटाउनु पर्छः मुख्यसचिव

मङ्गलबार, १४ असार २०७३

मुख्य सचिव सोमलाल सुवेदीले सेवाग्राहीको गुनासो घटाउने जिम्मेवारी सरकारी कर्मचारीको भएको बताएका छन्। सरकारी सेवा दिने क्रममा मानवीय त्रुटीहुँदा सेवग्राहीले गुनासो गर्ने भन्दै गुनासोलाई महाभारत पर्वत जस्तो अग्लो नबनाइ पर्छौट गर्दै लगे सरकारी सेवा गुणस्तरीय हुने उनको भनाइ थियो।

जुत्ता चप्पल बनाउन जातले छेकेन

शुक्रबार, १० असार २०७३

धनकुटा– छालाजुत्ता बनाउने पेसा कुनै एक जातिले मात्रै गर्नुपर्छ भन्ने सामाजिक मन्यता धनकुटा मौनाबुधुकका महिलाले तोडेका छन् । उनीहरुले तालिम लिएर छालाको जुत्ता–चप्पल बनाउने पेसा सबै जात र समुदायले अपनाउन सकिन्छ भन्ने गतिलो उदाहरण देखाएका छन्।

ढुंगा-गिट्टी निकासी रोकियो

मङ्गलबार, ०७ असार २०७३

जिल्लाका खोलाहरूबाट ढुंगा–गिट्टी, बालुवा उत्खनन र बिक्री–वितरण रोकिएको छ। सरकारको निर्णयअनुसार हरेक असारदेखि भदौ मसान्तसम्म खोलाबाट ढुंगा-गिट्टी र बालुवा निकाल्न रोकिएको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए।

Ncell Footer Ad