सिद्धराज राई

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

बुधबार, ०५ माघ २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन् । उनले सरकार कतिबेला दुघर्टनामा पर्ने हो टुंगो नभएको बताए ।

महिलामाथि जबरजस्ती गर्ने युवकको हत्या

बुधबार, ०५ माघ २०७३

महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने धनकुटाको महाभारत गाविसका ३५ वर्षीय तिलक राईको हत्या भएको छ।

जीप दुर्घटनामा तीनको मृत्यु

सोमबार, ०३ माघ २०७३

गएराती धनकुटाको फाक्सिव गाविस स्थित लेउतीटारमा ल्याण्डरोभर जीप भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।

युवती भगाउने युवक पक्राउ

बुधबार, १३ पुष २०७३

युवती भगाएर भारत लैजादै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आँखिसल्ला गाविस– ८ निवासी ३४ वर्षीय लेखबहादुर परियारलाई प्रहरीले काँकडभित्ताबाट पक्राउ गरेको हो ।

शीर्ष वरियता खेलाडीको विजयी सुरुवात

आइतबार, १० पुष २०७३

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत राष्ट्रिय वुद्धिचाल(चेस) प्रतियोगिता शनिवारदेखि धनकुटामा सुरु भएको छ । पहिलो दिन शीर्ष बरियताका धेरै खेलाडीले जित हात पारेका छन्।

अख्तियारको निर्देशनमा अवैध सामान सहित ब्यापारी पक्राउ

आइतबार, ०३ पुष २०७३

धनकुटा प्रहरीले भन्सार छलि गरेर ल्याएको सामानसहित व्यापारी र एउटा बलेरो पिकअप नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयमा भूकम्प पीडित परिवारलाई वितरण गर्नकालागि आएको ब्लयाङ्केट बिक्री भइरहेको सूचना आएपछि प्रहरीले पिछा गरेर उक्त गाडीलाई धनकुटाको डाँडाबजारमा पक्राउ गरेको हो।

सातौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टनका १२ खेलाडी छनौट

बिहिबार, २३ मङि्सर २०७३

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलवाट ब्याडमिन्टन खेलका लागि सात जना पुरुष र ५ जना महिला खेलाडी छनौट भएका छन् ।

धनकुटाको छिन्ताङमा गाँजा फडानी

बिहिबार, २३ मङि्सर २०७३

धनकुटाको छिन्ताङमा प्रहरीले गाँजा फडानी गरेको छ। प्रहरी उपरीक्षक सुदिप राजभण्डारीको कमाण्डमा गएको प्रहरी टोलीले छिन्ताङ गाविस वडा नं. ९ तित्रेडाँडामा १४ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार ५५ बोट र छिन्ताङ– ५ मा दुई रोपनीमा रोपिएको ५ सय बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भरुवा बन्दुकसहित एक पक्राउ

बिहिबार, २३ मङि्सर २०७३

धनकुटाको चुङवाङवाट बिहीबार प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई प्रक्राउ गरेको छ।

महाअभियोग प्रस्ताव गल्ती सच्चाउने मौका: सचिव आचार्य

बुधबार, १० कार्तिक २०७३

नेकपा एमालेका सचिव एवं प्रदेस नं. १ का इन्चार्ज भीम आचार्यले महाभियोग प्रस्ताव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्दा गरेको गल्ती सच्याउने मौका आएको बताएका छन्। राजनीतिक दलका शीर्ष नेताहरुको सहमति गरिएको नियुक्ति पछि लोकमानसिहले राज्य प्रणाली ध्वस्त बनाउने, राजनीतिक दललाई कमजोर पार्ने र अख्तियारको दुरुपयोग गरेकाले महाअभियोग लगाउनु परेको सचिव आचार्यले बताए ।

पहिरोले पुरेर एकको मृत्यु, अर्का घाइते

बुधबार, ०५ असोज २०७३

पहिरोले पुरेर धनकुटाको पाख्रिबासमा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रातिदेखि लगातार वर्षा भएका कारण बुधबार बिहान घरमाथि झरेको पहिरोले पाख्रिबास नगरपालिका ८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको घटना स्थलमा नै मृत्यु भएको हो।

हुलाक सेवालाई सूचनाको भण्डारण बनाइने: सञ्चारमन्त्री कार्की

आइतबार, ०२ असोज २०७३

धनकुटा- सूचना तथा सन्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले हुलाक कार्यालयलाई सूचनाको भण्डारको रुपमा विकास गरिने बताएका छन्। धनकुटाको नाम्जे स्थित रेडियो नेपाल क्षेत्रीय प्रसारण अन्तर्गत एफएम रिले केन्द्रको उद्घाटन गर्न आएका मन्त्री कार्कीले यस्तो बताएका हुन्।

अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

शनिबार, ०१ असोज २०७३

धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न रहेका एक युवाको गोली हानी हत्या गरिएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्।

संखुवासभामा खेमराजलाई अन्तिम श्रद्धाञ्जली

आइतबार, १२ भदौ २०७३

लोक तथा आधुनिक गायक खेमराज गुरुङको पार्थिव शरिरमा गृह जिल्ला संखुवासभाबासीले अन्तिम श्रद्धाञ्जली दिएका छन्। सदरमुकाम खाँदबारीको टुडिखेलमा भेला भएका हजारौं आफन्त र शुभचिन्तकले श्रद्धाञ्जली दिएका हुन्।

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

शुक्रबार, १० भदौ २०७३

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तिएको बताएका छन्। मुख्य तीन राजनीतिक दलबीचको सहकार्य र सहमति सत्तासँग मात्रै जोड्ने कार्य नेताहरुले गरेकाले सम्बन्धमा चिसो पसेको उनले बताए ।

धनकुटा बस दुघर्टनाः थप २ सहित १५ को मृत्यु, ६ जनाको सामुहिक अन्त्यष्टी

शुक्रबार, १४ साउन २०७३

धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै बिहीबार भएको बस दुघर्टनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। विपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान धरानमा उपचारको क्रममा गए राती थप २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा आँखिभुई गाविस वडा नं. ९ का २३ वर्षीय खगेन्द्र कार्की र धरान– १७ का चेतबहादुर मगर रहेका छन्।

घुम्तीमा ब्रेकफेल हुँदा दुर्घटना, १३ को मृत्यु

शुक्रबार, १४ साउन २०७३

कोसी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारनजिकै बिहीबार बस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित १३ जनाको ज्यान गएको छ। दुर्घटनामा २८ यात्रु घाइते छन्।

धनकुटा बस दुघर्टनाः १३ को मृत्यु, २८ घाइते

बिहिबार, १३ साउन २०७३

धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै भएको यात्रुबाहक बस दुघर्टनामा १३ जनाको ज्यान गएको छ भने २८ जना यात्रु घाइते भएका छन्। सात जनाको घट्नास्थलमै र ६ जनाको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। बसमा ४१ यात्रु सवार थिए।

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुग्याे, ७ को सनाखत

बिहिबार, १३ साउन २०७३

धनकुटा– धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ। धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत घाेषाणा गरेपछि मृतककाे संख्या ११ पुगेकाे हाे। यसअघि ७ जनाकाे घटना स्थलमै मृत्यु भएकाे थियाे।

धनकुटामा बस दुर्घटना: पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु

बिहिबार, १३ साउन २०७३

संखुवासभाको मुडे शनिश्चरेबाट धनकुटा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पूर्व राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ।

Ncell Footer Ad