सिद्धराज राई

विप्लप पार्टीका १० नेता पक्राउ

बिहिबार, ०७ मङि्सर २०७४

निर्वाचनविरोधी गतिविधि सञ्चालन गर्ने आशंकामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

प्रदेश १/धनकुटा : बिरासत जोगाउन दुवै गठबन्धनलाई चुनौती

शुक्रबार, ०१ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । धनकुटामा वाम र लोकतान्त्रिक गठबन्धनको मात्रै चुनावी प्रचार देखिएको छ । साना दलहरु छायामा परेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख ५ हजार १८८ मतदाता छन् । जिल्लामा वाम गठबन्धनमा २ र लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल छन्।

तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन

बुधबार, २२ कार्तिक २०७४

अन्तराष्ट्रिय क्षेत्रमा नेपालकाे नाम उच्च राखेको भन्दै धनकुटाका तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन गरिएको छ । तेक्वान्दो डोजाङ्ग हिलेको आयोजनामा सम्पन्न भएको अभिनन्दनमा धनकुटा १ हिलेका बिनिता घिमिरे, सुनिता तामाङ्ग र धनकुटा राजारानीका शुक्र बिकलाई हिले बजार परिक्रमा गराई अभिनन्दन गरिएको हो ।

संखुवासभा : लोकतान्त्रिक गठबन्धन बलियो

मङ्गलबार, २१ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा संखुवासभामा चुनावी चहलपहल बढ्न थालेको छ । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्ने हो जिल्लामा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ ।

म्यादी प्रहरीमा मागेभन्दा तीन दोब्बरको आवेदन

सोमबार, ०६ कार्तिक २०७४

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय२ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन्।

मूल्य घट्दा अलैंची किसान र व्यापारी चिन्तित

सोमबार, ३० असोज २०७४

अलैंचीको मूल्यमा भारी गिरावट आएपछि किसान र व्यापारी चिन्तित बनेका छन् । प्रतिमन (४० केजी) अलैंचीको मूल्य एक लाख १० हजारबाट घटेर ३० हजार रुपैयाँमा झरेको छ।  छथर जोरपाटी–५ परेवादिनका किसान बमबहादुर लिम्बुले अलैंचीको मूल्य कम भएका कारण कामदारको ज्यालासमेत उठाउन मुस्किल परेको बताए । १२ रोपनी क्षेत्रफलमा लगाएको अलैंची खेतीबाट वार्षिक दुई मन (८० केजी) सम्म अलैंची बेचेर दुई लाखसम्म कमाए।

जुवाकाे खालबाट राप्रपा नेता पक्राउ

शुक्रबार, २० असोज २०७४

धनकुटाको पाख्रीबासबाट जुवा खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयवासीको उजुरीको आधारमा जुवाको खालमै पुगेर पक्राउ गरेको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए।

धनकुटा बजारमा ठूला गाडी प्रवेश रोक

शुक्रबार, ३० भदौ २०७४

चाडबाडको बेला धनकुटा बजार क्षेत्र भित्र ठूला सवारी साधान प्रवेश गर्न नपाउने भएका छन्। बजारमा चहलपहल हुने र मान्छेको आवतजावत धेरै हुने भएकाले ठुला गाडीलाइ प्रवेश गर्न रोक लगाएको धनकुटाका प्रहरी उपपरीक्षक सुदिप राजभण्डारीले बताए।

धमिलो पानी पिउन बाध्य छन् भैँसेटारवासी

आइतबार, २५ भदौ २०७४

तमोर नदीको किनारमा रहेको बस्तीमा बसोबास गर्ने बासिन्दाहरू यतिबेला धमिलो पानी पिउन बाध्य छन् । वर्षात लागेपछि नदीको पानी धमिलो हुन्छ । पानीको विकल्प नभएपछि डिङ मान्दै पिउनु परेको उनीहरुको भनाई रहेको छ ।

माओवादी केन्द्रका जिल्ला ईन्चार्जद्वारा पदबाट राजीनामा

आइतबार, १८ असार २०७४

धनकुटाको एक तहमा पनि बिजय नगरेपछि नेकपा माओवादी केन्द्रका धनकुटा ईन्चार्ज तथा केन्द्रीय सदस्य हेमराज भण्डारीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

धनकुटा बन्यो एमाले किल्ला, सबै तहमा कब्जा

आइतबार, १८ असार २०७४

नेकपा एमालेले धनकुटा जिल्लालाई लालकिल्ला बाएको छ। ७ वटै स्थानीय तह जितेर कांग्रेस राप्रपा र संघियसमाजबादी फोरम गठ्बन्धनलाई पराजित गर्दै लाल किल्ला बनाएको हो। एमालेले मेयर उपमेयर सहित ४२ वटा वडाध्यक्ष समेत जितेको छ। यो जित संगै धनकुटा जिल्ला सभा समेत एमालेको बन्ने भएको छ।

धनकुटामा ५ स्थानीय तहमा एमाले विजयी

शनिबार, १७ असार २०७४

नेकपा एमालेका चिन्तन तामाङ धनकुटा नगरपालिकाको मेयरमा विजयी भएका छन् । उनले ४ हजार ९३३ मत प्राप्त गरी विजयी भएका हुन्।

धनकुटाको पाख्रीबासमा एमालेको क्लिनस्वीप

शनिबार, १७ असार २०७४

नेकपा एमालेले पाख्रीबास नगरपालिमा क्लिनस्वीप गरेको छ। मेयर, उपमेयर, वडाध्यक्ष र सबै सदस्यहरुमा एमालेका उम्मेदवार विजय भएका छन्। एमालेका विर्खबहादुर राईले ४ हजार ४३९ मत प्राप्त गरी मेयरमा विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा थापाले एक हजार ६२८ मतमात्रै प्राप्त गरेकी छन्।

माओवादीका मगर एक मतल विजयी

शुक्रबार, १६ असार २०७४

माओवादी केन्द्रबाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार वनेका कृष्णकुमार मगरले निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्र बहादुर सारु मगरलाई १ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

धनकुटाको ७ वटै तहमा एमालेको अग्रता

शुक्रबार, १६ असार २०७४

धनकुटाको सातवटै स्थानीय तहमा एमालेका उम्मेदुवारले अग्रता लिएका छन्। धनकुटा नगरपालिकामा एमाले उम्मेदुवारले मेयरमा १ हजार ८३३ र उपमेयरले १ हजार ९८९ मत पाएका छन्।

धनकुटामा नक्कली मतदाता पक्राउ

बुधबार, १४ असार २०७४

धनकुटाको चौबिसे गाउँपालिका वडा नं. – ६ को जनशिक्षा सदन आधारभुत विद्यालय थाप्रोङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन्।

मतदाता फकाउँदै चुनावी प्रतिश्पर्धामा उम्मेद्वार

बुधबार, ०७ असार २०७४

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा धनकुटाको तीनवटा नगरपालिकामा कांग्रेस, एमाले, माओबादी केन्द्र र राप्रपाका उम्मेदवारहरू मतदातालाई फकाएर आफ्नो पक्षमा पार्न प्रतिस्पर्धा गरिरहेका छन् । एमालेलाई पुरानो बर्चश्व जोगाउन र अरु दललाई नयाँ ईतिहास कायम गर्नको लागि मतदाताको मन जित्न घरघरमा चुनावी कार्यक्रम गरिरहेका छन् ।

श्रीमान्–श्रीमती र दाजुभाइ उम्मेदवार

मङ्गलबार, ३० जेठ २०७४

स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलले उम्मेदुवार टुंगो लगाउदै गर्दा धनकुटामा एकै वडाका ३ जना मेयरका प्रतिस्पर्धी देखिएका छन्। धनकुटा नगरपालिकाको मेयरमा वडा नं. १ बाट जना मेयर र एक जना उपमेयरको उम्मेदुवार भएका छन्।

पैसा उठाउदै हिड्ने दुई युवा पक्राउ

सोमबार, १८ बैशाख २०७४

व्यक्ति र सरकारी कार्यालयबाट जर्वजस्ती पैसा उठाउदै हिड्ने नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना युवालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।

दलहरूलाई उम्मेद्वार छनौटमा सकस

बुधबार, १३ बैशाख २०७४

स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वार बन्न धेरै आकांक्षी हुँदा धनकुटाका राजनीतिक दलहरुले उम्मेद्वार छनौट गर्न सकेका छैन । निर्वाचनको मिति सरेकाले उम्मेद्वार छनौट रोकिएको भन्दै राजनीतिक दलका नेता पन्छिएपनि उम्मेद्वारका आकांक्षीलाई मिलाउन नसकेकै कारण रोकिएको हो । त्यसैले दलहरुलाई सर्वसम्मत उम्मेद्वार घोषणा गर्न सकस परेको राजनीतिक विश्लेषक एवं सहप्राध्यपक गोपाल अधिकारीले बताए ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad