कलेन्द्र सेजुवाल

उत्कृष्ट सन्तुलन

मङ्गलबार, १५ फागुन २०७४

शनिबारको संसद बैठकपूर्व बसेको सर्वदलीय बैठकमा मुख्यतयाः दुई विषयमाथि लामो छलफल भयो । पहिलो प्रदेशको नाम र दोस्रो प्रदेशको राजधानी । निचोड निस्कियो, नाम– कर्णाली र राजधानी– सुर्खेत । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यसमा सहमत हुनुको प्रमुख आधार थियो– सन्तुलन।

राजीनामा फिर्ता लिने मुडमा सांसद शाही

सोमबार, १४ फागुन २०७४

सरकार गठनमा असन्तुष्टि जनाउँदै राजीनामा घोषणा गरेका एमालेका कर्णाली प्रदेश सांसद चन्द्रबहादुर शाही राजीनामा फिर्ता लिने मुडमा पुगेका छन्।

युद्धमा कमिसार, शिविरमा कमान्डर

सोमबार, ०७ फागुन २०७४

करिब १५ वर्ष ९ महिनाको अवधि महेन्द्रबहादुर शाहीको जीवनमा निकै चाखलाग्दो छ । यही ‘समय’ ले हो, बाहिरी दुनियाँमा उनलाई लडाकु कमान्डरको परिचय दिलाएको । २०५३ भदौ ७ गते तत्कालीन माओवादीको सेनामा प्रवेश गरेका उनी २०६९ मंसिर १० गते त्यहाँबाट बाहिरिएका थिए ।

कँडेलको महत्वाकांक्षा कायमै

बुधबार, ०२ फागुन २०७४

‘६ नम्बर प्रदेशको हकमा वाम गठबन्धनले गरेको निर्णय ‘गम्भीर गल्ती’ हो ।’ संसदीय दलको नेता चुनिनुअघि एमाले नेता यामलाल कँडेलले बोलेको यो वाक्यांशभित्र गहिरो अर्थ लुकेको छ । र, उनले नागरिकसँग थप खुलासा गरे, ‘गल्ती सच्याउन पार्टीभित्र औपचारिक पहल पनि भइसकेको छ ।’

यी हुन् तीन राजनीतिक खम्बा

आइतबार, २८ माघ २०७४

आइतबारको पहिलो प्रदेशसभा बैठकमा एमाले, माओवादी केन्द्र र कांग्रेसको साझा प्रतिबद्धता थियो– ६ नम्बर प्रदेशको समृद्धिका लागि हामी सँगसँगै हिँड्नेछौं । पार्टीका तर्पmबाट यस्तो प्रतिबद्धता व्यक्त गर्ने तीन नेता थिए, क्रमशः यामलाल कँडेल, महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही । ती तीनैजना अहिले संसदभित्र आ–आफ्नो पार्टीका संसदीय दलका नेता बनेका छन्।

वाम गठबन्धनलार्इ बहुमत

बिहिबार, २५ माघ २०७४

प्रदेश ६ वाम गठबन्धनका ५ उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार दलित कोटाबाट नरपति लोहार, अपांग कोटाबाट जीवन बुढा र महिला कोटाबाट नन्दा चपाई, युटुल तामाङ र कबिता बोगटी विजयी भएका छन् । खुलातर्फ भने राति अबेरसम्म मतगणना भइरहेको छ।

मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि

मङ्गलबार, २३ माघ २०७४

मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि प्रदेशको अर्को महत्त्वपूर्ण पद सभामुख एमालेलाई परेको छ । तर, प्रदेशसभामा एमालेका दुई शीर्ष नेताले उक्त पदमा रुचि देखाएका छैनन् । बरु उनीहरुको ध्यान संसदीय दलको नेतामा छ। यामलाल कँडेल र प्रकाश ज्वाला दुवै एमाले पोलिटब्यूरो सदस्य छन् । यीमध्ये एकलाई सभामुख र अर्कोलाई संसदीय दलको नेता बनाउने पार्टी योजना छ । तर, दुवै संसदीय दलको नेता बन्ने दौडमा छन् । ‘सभामुखमा मेरो रुचि छैन, मेरो प्रयास दलको नेता बन्नेतिरै हुनेछ,’ ज्वालाले भने, ‘सहमतिबाट भए राम्रो, नभए चुनावमै जाने मनस्थिति बनाइसकेको छु।’

संसदीय दलको नेता छान्न केन्द्रको भर

सोमबार, २२ माघ २०७४

प्रदेशसभा गठनपछि ६ नम्बर प्रदेशमा एमाले संसदीय दलको दुईपटक बैठक बस्यो । तर, बैठकले आफ्नो नेता छान्न सकेन । माघ ८ गते बसेको पहिलो बैठकमा नेता छनोटसम्बन्धी अजेण्डाले प्रवेश पाएन । शनिबार बसेको बैठक पनि बिनानिस्कर्ष टुंगियो । बैठकले पोलिटब्यूरो सदस्यद्वय यामलाल कँडेल र प्रकाश ज्वालालाई बुधबारसम्म सहमति गरी एकजनाको नाम दलको नेतामा प्रस्ताव गर्न जिम्मा दियो।

तस्बिरमा ६ नम्बरको पहिलो प्रदेशसभाको तयारी

शनिबार, २० माघ २०७४

आइतबार सुरु हुने ६ नम्बर प्रदेशको पहिलो बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णध्वज खड्काको नेतृत्वमा संसद सचिवालयको टोलीले सभा सञ्चालन तथा व्यवस्थापनको काम गरिरहेको छ।

प्रदेश प्रमुखलाई सुरक्षाकर्मी ‘सकस’

बुधबार, १७ माघ २०७४

'बाबुहरू ! मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि बिहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’ प्रदेश ६ प्रमुख दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो । यसो भन्नुमा उनको बाध्यता थियो– कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नहुनु । ‘मलाई त केही छैन, बिचरा यी बाबुहरू (सेना) लाई अहिले पनि उस्तै समस्या छ,’ मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, ‘सरकारका तर्पmबाट केही पनि व्यवस्थापन भएको छैन ।’

प्रदेश ५ र ७ काे माघ २१ मा

आइतबार, १४ माघ २०७४

प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको पहिलो बैठक आव्हान गर्न परामर्श लिने हेतुले शुक्रबार सरोकारवालालाई कार्यालयमा बोलाए । उनीहरूको कुरा सुनेपछि खनालले बैठक आव्हान गर्न सकेनन् । ‘प्रदेश संसद सचिवालय नै स्थापना भएको छैन, यस्तो अवस्थामा बैठक आव्हान कसरी गर्ने भन्नेमै अलमल भयो,’ छलफलमा सहभागी एक कर्मचारीले भने, ‘त्यसैले उहाँ (प्रदेश प्रमुख)ले बैठक आव्हान गर्न सक्नुभएन।’

प्रदेश ६ मा ढुक्क छैन एमाले

बुधबार, १० माघ २०७४

६ नम्बर प्रदेश संसदमा एमालेको हिस्सा ५० प्रतिशत छ । कूल ४० मध्ये २० सिट एमालेसँग छ ।

पोखरेलको चुनौतीपूर्ण यात्रा

सोमबार, ०८ माघ २०७४

५ नम्बर प्रदेशको ‘वेटिङ’ मुख्यमन्त्रीका रूपमा हेरिएका एमाले नेता शंकर पोखरेल आइतबार शपथग्रहणलगत्तै संसदीय दलका नेता चयन भए । योसँगै उनको मुख्यमन्त्रीको कुर्सीतिर पाइला अघि बढेको छ । चुनावकै बेला वामगठबन्धनबीच पोखरेललाई मुख्यमन्त्री बनाउने ‘सहमति’ भएकोले उनको गन्तव्य लक्ष्यमा पुग्ने करिब निश्चितजस्तै देखिन्छ । तर, पोखरेलको राजनीतिक जीवनमा ‘राजधानीरूपी’ चुनौतीको ठूलो चट्टान खडा भएको छ।

चुनावी नाराले जन्माएको महत्वाकांक्षा

शनिबार, ०६ माघ २०७४

प्रदेशसभा निर्वाचनमा दाङ–२ (क) बाट चुनाव लडेका एमाले नेता शंकर पोखरेलद्वारा जारी चुनावी प्रतिबद्धतापत्रको पहिलो बुँदा हो यो । चुनावकै बेला ‘वेटिङ’ मुख्यमन्त्रीका रुपमा हेरिएका पोखरेलको यही प्रतिबद्धता सुनेर दंगाली मतदाता निकै उत्साहित भए । जनतामा राजधानीको महत्वाकांक्षा ह्वावत्तै बढ्यो ।

‘हिन्दुत्व’मार्फत् शक्ति अभ्यास

मङ्गलबार, २५ पुष २०७४

र्वराजा ज्ञानेन्द्र शाह पुस १३ गते साँझ नेपालगन्ज ओर्लिंदा उनलाई स्वागत गर्ने लाइनमा विभिन्न ‘राजनीतिक रङ’का मान्छेहरू थिए । उनीहरू त्यहाँ पुग्नुको उद्देश्य भने साझा थियो– हिन्दु धर्मअनुसार ‘देव अबतार’ मानिने पूर्वराजालाई भेट्ने । नेपालगन्जमा खुलेको होटल सोल्टीको प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य बताइए पनि १० दिन लामो बसाइँका क्रममा उनी मठमन्दिर दर्शन र पूजाआजामै केन्द्रित भए ।

राजधानीका लागि पूर्वाधार तयारी तीव्र

शनिबार, २२ पुष २०७४

सरकारले प्रदेश अस्थायी राजधानी तोकिनसके पनि ६ नम्बर प्रदेशको सुर्खेतमा भने राजधानीका लागि आवश्यक पूर्वाधार तयारी तीव्र पारिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा तयारी अघि बढाइएको जनाएको छ ।

भेरी–बबई डाइभर्सनमा विकास हेर्नेको घुइँचो

बिहिबार, २० पुष २०७४

नेपाल प्रहरीका जागिरे नेपालगन्ज, गणेशपुरका रबिन खड्कालाई धेरै अघिदेखि एउटा उत्सुकता थियो– मेसिनबाट सुरुङ खनिन्छ भन्छन्, कस्तो होला ! उनी यही उत्सुकता मेट्न घरबिदामा आएको बेला मोटरसाइकल चढेर निर्माणस्थल (सुर्खेत, हात्तीखाल) मै पुगे ।

प्रदेश ६ मा मुख्यमन्त्री ‘सपना’

शनिबार, १५ पुष २०७४

करिब दुई दशकअघि मन्त्री भइसकेका एमालेका यामलाल कँडेल ६ नम्बर प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितमध्ये सबैभन्दा वरिष्ठ हुन् । आपूmभन्दा कनिष्ठलाई संघीय संसद्मा पठाएर उनी प्रदेशसभामा बसेका हुन् । यसको एकमात्र कारण हो– मुख्यमन्त्री सपना ।

मतदान स्थलमा सञ्चार सम्पर्कसमेत छैन

आइतबार, १० मङि्सर २०७४

पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् । अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् ।

सुरक्षामा खेलाँची

बिहिबार, ०७ मङि्सर २०७४

पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी (सचिव) प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहीन छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad