राजु अधिकारी

श्रेष्ठताको लडाईँमा मनाङ र झापा

सोमबार, २४ माघ २०७३

रमपम झापा गोल्डकप फुटबलको उपाधिका लागि आयोजक झापा ११ र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार आमने–सामने हुँदैछन्। केही वर्षयता नेपाली फुटबलमा बलियो उपस्थिति देखाएको घरेलु टोली झापा र स्टार खेलाडीको बाहुल्य रहेको परम्परागत महारथी मनाङबीचको निर्णायक भीडन्त 'टफ' हुने अपेक्षा सबैको छ।

आर्मीसँग बदला लिँदै मनाङ फाइनलमा

आइतबार, २३ माघ २०७३

साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई शनिबार १–० को नतिजामा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब रमपम झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ। फाइनलमा आयोजक झापासँगको भेट पक्का गरेसँगै मनाङ एकै सिजनमा उपाधि ह्याटि्रक गर्ने दुर्लभ सफलता नजिक पुगेको छ।

घरेलु मैदानमा झापाको सफलता निरन्तर

शनिबार, २२ माघ २०७३

घरेलु मैदानमा लगातार सफलता आत्मसात गर्ने क्रमलाई शुक्रबार सेमिफाइनलमा निरन्तरता दिँदै आयोजक झापाले लगातार दोस्रो वर्ष रमपम झापा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ।

मनाङ अन्तिम चारमा

शुक्रबार, २१ माघ २०७३

नेपालका स्टार खेलाडीहरुको बाहुल्य रहेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। न्यूरोड टिम (एनआरटी) माथि ४–० को फराकिलो जित हासिल गर्दै मनाङले मनाङले अन्तिम चारमा स्थान बनाएको हो।

झापाको जितमा मार्टिन नायक

बिहिबार, २० माघ २०७३

पाहुना टोली सुदूर पश्चिमलाई ४–० को फराकिलो गोल अन्तरले स्तव्ध पार्दै आयोजक झापा ११ रमपम झापा गोल्डकपको सेमिफाइनलान प्रवेश गरेको छ। बुधबार डोमालाल रंगशालामा खचाखच घरेलु दर्शकको साथ पाएको झापाले विपक्षीलाई कुनै पनि बेला खेलमा हावी हुन नदिई सहज जीत हात पार्‍यो।

खुवाउन नजान्दा कुपोषण

बुधबार, १९ माघ २०७३

‘कुपोषण’लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ । तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ। पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा कुपोषणले सताउँछ।

रुपन्देहीसँग बदला लिँदै आर्मी सेमिफाइनलमा

बुधबार, १९ माघ २०७३

साबिक विजेता त्रिभुवन आर्मी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार रुपन्देही ११ को चुनौती २–० को अन्तरमा समाप्त पार्दै विभागीय टोलीले अन्तिम चारमा आफूलाई उभ्याएको हो।

हिमालयन शेर्पाको नाटकीय पुनरागमन

मङ्गलबार, १८ माघ २०७३

खेलको अन्त्यतिर नाटकिय ढंगले पुनरागमन गर्दै हिमालयन शेर्पा रमपम झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार हिमालयन शेर्पाले विभागीय टोलीलाई एपिएफलाई टाइब्रेकरमा ३–२ ले हरायो। शेर्पालाई खेलमा फर्काउन सुनिल बल र निशान लिम्बुले महत्वपुर्ण योगदान गरे। ८७औं मिनेटसम्म एपिएफ २–० ले अगाडी थियो।

एनआरटीको जितमा राज नायक

सोमबार, १७ माघ २०७३

राज पौडेलले निर्णायक गोल गरेपछि न्युरोड टिम(एनआरटी)ले नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदैं रमपम झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेका छ। १–० ले अग्रता लिएको पुलिस जित नजिक पुगेर पनि सफलता हासिल गर्नबाट बञ्चित भयो।

नेपाली अलैंची उत्कृष्टः विज्ञ

आइतबार, १६ माघ २०७३

छिमेकी भारतले विभिन्न खोट देखाउँदै आयात नै रोकेको नेपाली अदुवा र अलैंचीलाई विदेशी अनुसन्धाताले भने ‘उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन् । नेपालका निर्यातजन्य प्रमुख दुई कृषि उत्पादन अदुवा र अलैंची गुणस्तरीय रहेकै कारण विभिन्न पाँच मुलुकका अनुसन्धाताले लामो समय लगाएर अध्ययन समेत गरेका छन् ।

घरेलु मैदानमा झापाको रवाफ

आइतबार, १६ माघ २०७३

मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्ड कपमा आयोजक रमपम झापा–११ ले विजयी शुरुवात गरेको छ । शनिबार उद्घाटन खेलमा झापाले कालिम्पोङको शेर ‘ए’ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

आँखामा खेलाँची

शुक्रबार, १४ माघ २०७३

टाउको दुख्दा होस् वा झाडापखालाले नै किन नसताओस्, स्वास्थ्यप्रति सामान्य सचेतना भएको जोकोही उपचारमा दौडिहाल्छन्। शरीरको सबैभन्दा संवेदनशील अंग आँखाको स्वास्थ्यप्रति भने सचेत व्यक्ति पनि अचेतझैं बनिदिन्छन्, बेवास्ता गर्छन्।

एक सातामा २५ हजारलाई सेवा

आइतबार, ०९ माघ २०७३

कम्तीमा २५ हजार सर्वसाधारणको निःशुल्क उपचार गर्ने उद्घोषसहित नेपाली कांग्रेसको आयोजनामा झापामा 'प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव' शनिबार शुरु भएको छ। मेचीनगरको इँटाभट्टास्थित खुला मैदानमा निर्मित अस्थायी शिविरबाट एक सातासम्म तीन सय स्वास्थ्यकर्मीले सर्वसाधारणलाई उपचार सेवा दिनेछन्।

पेलाइमा विद्यार्थी

आइतबार, ०९ माघ २०७३

राजनीतिक दलदेखि विभिन्न संघसंस्थासम्मले सार्वजनिक कार्यक्रमका लागि विद्यालय प्रांगण नै रोज्दा विद्यार्थीको पढाइ सधैं बिथोलिने गरेको छ। हरेक संघसंस्था र दलले समाजमा आफ्नो उपस्थिति देखाउन केही न केही कार्यक्रम गरिरहेका हुन्छन्।

समस्या लुकाउँदा पाठेघर क्यान्सर बढ्दै

सोमबार, ०३ माघ २०७३

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् ।

झापालाई काँकडभिट्टा गोल्डकप

आइतबार, २४ पुष २०७३

लामो समयको उपाधिविहीन यात्रा अन्त्य गर्दै  रमपम झापा– ११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल उपाधि जित्न सफल भएको छ। घरेलु मैदानमा शनिबार विभागीय टोली सशस्त्र प्रहरीको एपिएफविरुद्ध ३–० को प्रभावशाली विजय हासिल गर्दै झापाले उपाधि हात पार्दा सशस्त्रको टोली भने महिना दिनभित्रै उपाधि ह्याटि्रक गर्ने अवसरबाट चुकेको छ।

काँकडभिट्टा गोल्डकपको उपाधि झापालाई

शनिबार, २३ पुष २०७३

लामो समयदेखिको उपाधि खडेरी तोड्दै रमपम झापा ११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको उपाधि जित्न सफल भएको छ। शनिबार विभागीय टोली एपिएफलाई ३–० ले हराउँदै झापाले ४ लाख नगदसहितको उपाधि चुमेको हो।

झापा र एपिएफको निर्णायक भेट

शनिबार, २३ पुष २०७३

सशस्त्र प्रहरीको एपीएफ क्लब र रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको उपाधि भिडन्तका लागि शनिबार मैदानमा उत्रिँदा भिन्न दबाबमा हुनेछन्।

दमकल पनि छैन एअरपोर्टमा

शनिबार, २३ पुष २०७३

सुरक्षाका दृष्टिले ज्यादै संवेदनशील क्षेत्र मानिने विमानस्थल नै चरम असुरक्षाका बीच सञ्चालन भइरहेका छन्। मेची अञ्चलमा दुई विमानस्थल चालू अवस्थामा छन्, झापाको चन्द्रगढी (भद्रपुर) र ताप्लेजुङको सुकेटार। तर, यी दुवै विमानस्थलले अत्यावश्यक पूर्वाधारको अभाव झेलिरहेका छन्।

टाइब्रेकरबाट एपिएफ फाइनलमा

शुक्रबार, २२ पुष २०७३

सशस्त्र प्रहरीको एपिएफ क्लबले बिहीबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको फाइनल प्रवेश गरेको छ। एपिएफको जितमा गोलरक्षक राजु योगी नायक बने। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। आयोजकका निशान्त लिम्बुको प्रहार एपिएफका गोलरक्षक राजुले रोकेका थिए।

Ncell Footer Ad