राजु अधिकारी

शिवसताक्षी नगरपालिकामा एमाले विजयी

बिहिबार, २२ असार २०७४

झापाको शिवसताक्षी नगरपालिकामा मेयर, उपप्रमुखसहित बहुमत वडा जितेर एमालेले आफ्नो पुरानो किल्लामा पुनरागमन गरेको छ। संविधानसभाको दुई वटै चुनावमा काँग्रेसले जितेको क्षेत्रमा पर्ने शिवसताक्षीमा यसपटक एमालेले विपक्षीहरु भन्दा ज्यादै ठूलो अन्तरले जितेको हो।

झापाको विर्तामोडमा एमालेका ध्रुव शिवाकोटी विजयी

बिहिबार, २२ असार २०७४

झापाको राजनीतिक र ब्यापारिक केन्द्र विर्तामोड नगरमा एमालेले जितेको छ। प्रमुख, उपप्रमुखसहित बहुमत वडामा एमाले विजयी भएको हो।

कांग्रेस नेता सिटौलाको गृहनगर भद्रपुरमा एमालेको जित

बिहिबार, २२ असार २०७४

कङ्ग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुर नगरपालिकामा प्रमुख, उपप्रमुख र बहुमत वडासहित एमालेले जितेको छ। एमालेका जीवनकुमार श्रेष्ठ प्रमुखमा र एमालेकै चन्द्रा श्रेष्ठ उप प्रमुखमा निर्वाचित भएका छन्।

यस्तो छ झापाको नतिजा

बुधबार, २१ असार २०७४

नेकपा एमालेको सबैभन्दा बलियो किल्ला मानिने झापाको गौरादह नगरपालिकाको प्रमुख पद जितेर काँग्रेसले महत्वपूर्ण उपलब्धि हात पारेको छ। काँग्रेसका रोहितकुमार साह १० हजार ३ सय ८ मत प्राप्त गरी विजयी भएका छन् ।

गोलाप्रथाबाट कमल गाउँपालिकामा एमालेकी काफ्ले विजयी

मङ्गलबार, २० असार २०७४

झापाको कमल गाउँपालिकाको प्रमुखमा मेनुका काफ्ले विजयी भएकी छन्। नेपाली कांग्रेसका उम्मेदवार हुकुम सिंह राई र काफ्लेको बराबर मत आएपछि गोला तान्दा काफ्ले विजयी भएकी हुन्। उनीहरुको ८२७५ समान मत थियो।

यस्तो छ झापाको पछिल्लो नतिजा

सोमबार, १९ असार २०७४

झापामा सोमबार साँझसम्ममा एक नगरसहित चार वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। तीमध्ये कनकाई नगरमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। दुई गाउँपालिकामा राप्रपा र एउटामा काँग्रेस विजेता बनेको छ।

झापामा एमालेको विजयी सुरुवात

सोमबार, १९ असार २०७४

झापाको कनकाई नगरपालिकामा नेकपा एमालेका राजेन्द्र पोखरेल मेयरमा विजयी भएका छन्। उनले ८४१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका एकराज उप्रेतीले ६१९७ मत प्राप्त गरे।

सिटौलाको क्षेत्रमा राप्रपा उदायो, कचनकवलमा अन्जार आलम विजयी

सोमबार, १९ असार २०७४

सबैभन्दा होचो गाउँपालिका भनेर चिनिने झापाको कचनकवलको अन्तिम परिणाम सार्वजनिक हुँदा रोचक दृश्य देखा परेको छ। कुनैबेला वामपन्थी किल्ला मानिने यो ठाँउमा काङ्ग्रेस नेता कृष्ण सिटौलाको उदय भएपछि काङ्ग्रेस नै बलियो भयो। तर यसपट भने सिटौलाकै मुख्य प्रभाव क्षेत्रमा हिन्दूवादी दल राप्रपाले प्रमुख उपप्रमुखसहित बहुमत स्थानमा जितेको छ।

झापामा वडाको परिणाम धमाधम

शुक्रबार, १६ असार २०७४

नगर र गाउँ नेतृत्वमा एमाले र काँग्रेसबीच नै प्रतिष्पर्धा देखिएको झापाका विभिन्न वडाहरुमा राप्रपा र माओवादीले पनि ती दललाई कडा चुनौति दिएका छन् ।

झापाका सबै नगरपालिकामा एमाले अग्रता

बिहिबार, १५ असार २०७४

मतगणनाको पहिलो दिन बिहीबार झापाका सबै नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता कायम गरेको छ। बिहीबार बिहानैदेखि शुरु भएको मतगणना ज्यादै सुस्त छ।

ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता

बिहिबार, १५ असार २०७४

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा माओवादी केन्द्रले अग्रता लिएको छ। यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा भने एमालेले अग्रता लिएको छ।

पारिका नागरिक वारिका मतदाता !

बुधबार, १४ असार २०७४

लामो समयदेखि भारतीय भूमिमा बसेर उतैको नागरिकता लिइसकेका धेरै ‘पूर्व नेपाली’ स्थानीय चुनावमा मतदान गर्नकै लागि नेपाल भित्रिएका छन् । मधेसमा ‘नवनागरिक’ को संख्या लगातार बढिरहेको चर्चा बाक्लै भइरहेका बेला पहाडी भूभागमा पनि यस्ता नागरिक संख्या धेरै रहेको उनीहरूको आगमन दरले देखाउँछ ।

सुरक्षा अंगलाई झुक्याउँदै बहिष्कारवादीको बम आतंक

मङ्गलबार, १३ असार २०७४

ग्रामीण क्षेत्रका ४८ वटा मतदानस्थललाई सुरक्षा दृष्टिले अति संवेदनशील मानेर त्यतैतिर बढी ध्यान केन्द्रीत गरेको सुरक्षा अंगलाई झुक्याउँदै बहिष्कारवादीहरुले झापाका सहरमै निर्वाचनविरोधी गतिविधिको प्रयास थालेका छन्।

झापामा बाढी नियन्त्रण दलहरुको मुख्य अजेण्डा

आइतबार, ११ असार २०७४

स्थानीय तह चुनावको घोषणा पत्रमा सम्भव–असम्भव सबैथरी सपनाको बिस्कुन फिँजाएका दलहरुले झापामा बाढीको विनाश नियन्त्रणलाई मुख्य अजेण्डा बनाएका छन्।

दलहरूका भरोसा मजदुरकै बिचल्ली

आइतबार, ११ असार २०७४

कुनै आन्दोलन होस् वा चुनाव, दलहरूले ठूलो भीड देखाउनुपरे सुरुमै सम्भि्कने वर्ग हो चिया मजदुर। व्यवस्थित रूपमा विभिन्न संगठनमा आबद्ध उनीहरूको नेतृत्वलाई इसारा मात्रै गरे पुग्ने भएका कारण पनि दलहरूको शक्ति प्रदर्शनमा चिया मजदुर नै बलियो आड बन्दै आएका छन्।

ओलीलाई असन्तुष्टको, सिटौलालाई बागीको तनाव

शनिबार, १० असार २०७४

झापाका १५ वटा स्थानीय तहमध्ये सबैभन्दा चाखलाग्दो भीडन्तको थलो बनेका दमक र भद्रपुरमा सबैको नजर सोझिएको छ । नेपाली राजनीतिका दुई प्रभावशाली खेलाडी केपी शर्मा ओली (दमक) र कृष्णप्रसाद सिटौला (भद्रपुर) को गृहनगरमा उनीहरु आफैं चुनावमा खटिएका कारण पनि यी दुई नगरले ध्यान तानेका हुन् ।

आश्वासनसँगै हेपाइ सहन बाध्य सुकुमबासी बस्ती

आइतबार, ०४ असार २०७४

जब गाउँघरमा चुनावी माहोल तातिँदै जान्छ, आफ्नो बस्तीबारे चल्ने अनेकथरी हल्लाले मंगल मुर्मुलाई सधैँ आक्रोशित बनाउँछ। भद्रपुर–१० मा रहेको सुकुमबासी बस्तीका पुराना बासिन्दा उनलाई चिनेजानेका धेरैलेे सोध्ने प्रश्न एउटै हुन्छ, 'तिम्रो बस्तीमा पार्टीका मान्छेले पैसा बाँडे अरे हो?'

सेनाको गोलीबाट तीनको मृत्यु

आइतबार, ०४ असार २०७४

विद्यालय तहमा बंगाला भाषालाई अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारको निर्णयविरुद्ध आन्दोलन चर्किएको दार्जिलिङमा सरकारी दमन चुलिएको छ। यसक्रममा शनिबार भारतीय सेनाले चलाएको गोली लागेर तीन आन्दोलनकारीको ज्यान गएको छ।

सुकुमवासी बस्तीका साना सपना

शुक्रबार, ०२ असार २०७४

स्थानीय चुनावमा उम्मेदवार बनेका, उनीहरूलाई जसरी पनि जिताउने होडमा दौडेका नेता, तिनका पार्टीले निकालेका घोषणापत्र र दिइरहेका वचनको आकार मान्दा किस्कुको सपनाभन्दा धेरै फराकिलो छ।

भोटका लागि जेष्ठ नागरिक फकाउँदै राजनीतिक दल

आइतबार, २८ जेठ २०७४

'सधैं भोटका लागि मात्रै प्रयोग हुने समाजको ठूलो हिस्सा (पाकाहरु) ले अहिले आफ्नो पक्षमा काम गछर्ौं भन्ने दल र उम्मेदवार भेटेका छन्। त्यसैले हामी उत्साहित भएका छौं।'

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad