राजु अधिकारी

बाढी पीडितहरु घर फर्किए, खुसी कहिले फर्किने ?

शनिबार, ०३ भदौ २०७४

ठूलो बाढीपछि मौसममा आएको सुधारले खोलामा पानीको सतह लगातार घट्दै गएको छ। सर्वसाधारणका डुबानमा परेका घरआँगन ओभाउँदै गएका छन्। त्यसैले विस्थापितहरु धमाधम घर फर्किरहेका छन्। तर, भीषण बाढीका बीच ज्यान जोगाएर थातथलोमा फर्किन पाउँदा पनि पीडितको खुसी भने फर्किन पाएको छैन।

टोलमै जनप्रतिनिधि, ढोकामै राहत

बिहिबार, ०१ भदौ २०७४

गाउँगाउँमा जनप्रतिनिधि भएकै कारण बाढीपीडित हुन् वा उद्धार–राहतकर्ता दुवैले यसपटक पहिलेभन्दा सहज महसुस गरेका छन्।

‘आँखैअघि आमा र बहिनी बगे’

बुधबार, ३२ साउन २०७४

एकैपटक असह्य पीडाले सताउँदा मान्छे रुन पनि सक्दो रहेनछ ! मनमा गाँठो परेको वेदना आँसु भएर पोखिन पनि समय लाग्दोरहेछ! १७ वर्षे राजकुमार घोर्सानेका लागि पछिल्ला चार दिन यस्तै उकुसमुकुसपूर्ण रहे।

बेचेको मूल्य नभन्न निगमका अधिकारीद्वारा जग्गाधनीलाई धम्की

मङ्गलबार, ३१ साउन २०७४

नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन्। चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन्।

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

सोमबार, ३० साउन २०७४

बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन्। गृहमन्त्री जनार्दन शर्मासहित झापा आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरकारी अधिकारीको ब्रीफिङ सुनेर फर्केका हुन्। गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चाएको थियो।

झापामा बाढीले ज्यान गुमाउनेको संख्या ७ पुग्यो

सोमबार, ३० साउन २०७४

बाढीका कारण ज्यान गुमाउनेको संख्या झापामा ७ पुगेको छ। आइतबार साँझसम्म चार जनाको शव भेटिएको जिल्लामा सोमबार थप तीन जनाको शव फेला परेको छ। थप पाँच जना चार दिनदेखि बेपत्ता रहेका कारण मृतक संख्या अरु थपिन सक्ने प्रहरीको अनुमान छ।

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

शनिबार, २८ साउन २०७४

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।

सधैं बाहिर किन्नुपर्दा मर्कामा बिरामी

आइतबार, १५ साउन २०७४

‘सरकारले निःशुल्क दिने भनेको औषधि देखाउने दाँत मात्रै हो । बिरामीलाई औषधि लेखिदियो, सधैं नपाएको गुनासो गर्छन् । कर्मचारी कहिले स्टक सकिएको, कहिले आइनपुगेको त कहिले टेन्डर प्रक्रियामा रहेको बताउँछन् ।’

१९ दिनदेखि भारतले रोकेको अदुवा निर्यात खुला, ढुक्क हुने अवस्था नरहेको व्यापारीको भनाइ

बुधबार, ०४ साउन २०७४

अनेकौं बहाना गर्दै मुख्य सिजनमा १९ दिन अदुवा आयात रोकेपछि भारतले बुधबारदेखि अवरोध हटाएको छ। बुधबार साँझसम्ममा ५० वटा अदुवा बोकेका ट्रक भारतको पानीट्यांकी आइपुगेका छन्। नेपाली भूमिमा रहेका थप ट्रकहरु आउने क्रम जारी छ।

अदुवा बाेकेका ६० ट्रक भारतले राेक्याे

बुधबार, ०४ साउन २०७४

नेपालीपक्षले कागजीप्रक्रिया पूरा गरे निकासी नरोक्ने बताएको भारतीयपक्षले ‘सर्भर बिग्रिएको’ कारण देखाउँदै नेपालीअदुवाको भन्सार जाँचपास गर्न अस्वीकार गरेको छ । भारतीय अनिच्छाका कारण काँकडभिट्टाको मेचीभन्सार परिसरमाअदुवाबोकेका ६० भन्दा बढी ट्रक थन्किएका छन् ।

नेपाली भाषाका भारतीय अभियन्ता भण्डारीको अवसान

मङ्गलबार, ०३ साउन २०७४

डेढ दशकसम्म लगातार भारतको पहाडी राज्य सिक्किममा शासन सत्ताको बागडोर सम्हालेका नरबहादुर भण्डारीको जीवनको उत्तरार्द्ध लगभग गुमनाम जस्तै रह्यो। औपचारिक कार्यक्रमहरूमा हुने कहिलेकाहीँको उपस्थितिबाहेक भण्डारीको राजनीतिक उपस्थिति सिक्किममा कमजोर नै रह्यो।

ओलीको जिल्लामा राप्रपा बलियो माओवादी कमजोर

सोमबार, २६ असार २०७४

जिल्लाका १५ स्थानीय तहका ६ सय ८५ जनप्रतिनिधिमध्ये ४ सय ६१ सीट जित्दै एमाले झापामा पहिलो दल बनेको छ। कम्तीमा १० वटा तहको प्रमुख पद जित्ने दाबी गरिरहेको उसले सात तहमा मात्रै प्रमुख पद जित्न सकेको छ। पाँच तहको प्रमुख पद जितेको काँग्रेसले १ सय ६३ सीट मात्रै जितेको छ।

जोगिएन ‘हेभिवेट’ को विरासत

आइतबार, २५ असार २०७४

उम्मेदवार चयन विवादरहित भएका कारण एमाले चुनावी अभियानमा आक्रामक रूपमा लाग्यो । कांग्रेस घरझगडामै अलमलियो । अझ बागी उम्मेदवारी पनि पर्‍याे । चुनावभन्दा साताअघि नै आएर विवाद साम्य पार्न रातदिन खटिएका कृष्णप्रसाद सिटौलाको प्रयास सफल भएन । फलतः नतिजा एमालेका पक्षमा गयो ।

झापाको मेचीनगरमा कांग्रेसका विमल आचार्य विजयी

शनिबार, २४ असार २०७४

एमालेको बलियो किल्ला मानिने झापाको मेचीनगरमा प्रमुख पद जितेर कङ्ग्रेसले महत्त्वपूर्ण सफलता हात पारेको छ। कङ्ग्रेस उम्मेदवार विमल आचार्य २० हजार ७ सय ७६ मत प्राप्त गर्दै विजयी भएका छ्न्।

ओलीको गृहनगरमा काँग्रेस-माओवादी शून्य

शुक्रबार, २३ असार २०७४

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा सत्तारुढ दुई दल काङ्ग्रेस र माओवादी केन्द्र सबै पदमा हारेका छ्न्। यी दुवै दलले दमकमा एउटा सदस्य पद पनि जित्न सकेनन्।

एमाले झापाका अध्यक्षलाई पराजित गर्दै बुद्धशान्तिमा कांग्रेस भुजेल विजयी

शुक्रबार, २३ असार २०७४

एमाले झापाका अध्यक्ष चिन्तन पाठकलाई पराजित गर्दै कङ्ग्रेसका रमेश भुजेल बुद्धशान्ति गाउँपालिकाको प्रमुख पदमा विजयी भएका छन्। एमालेको पुरानो किल्ला मानिने बुद्धशान्ति झापा ४ र १ नम्बर क्षेत्रमा पर्छ। संविधानसभा चुनावमा यी दुवै क्षेत्र एमालेले जितेको थियो।

शिवसताक्षी नगरपालिकामा एमाले विजयी

बिहिबार, २२ असार २०७४

झापाको शिवसताक्षी नगरपालिकामा मेयर, उपप्रमुखसहित बहुमत वडा जितेर एमालेले आफ्नो पुरानो किल्लामा पुनरागमन गरेको छ। संविधानसभाको दुई वटै चुनावमा काँग्रेसले जितेको क्षेत्रमा पर्ने शिवसताक्षीमा यसपटक एमालेले विपक्षीहरु भन्दा ज्यादै ठूलो अन्तरले जितेको हो।

झापाको विर्तामोडमा एमालेका ध्रुव शिवाकोटी विजयी

बिहिबार, २२ असार २०७४

झापाको राजनीतिक र ब्यापारिक केन्द्र विर्तामोड नगरमा एमालेले जितेको छ। प्रमुख, उपप्रमुखसहित बहुमत वडामा एमाले विजयी भएको हो।

कांग्रेस नेता सिटौलाको गृहनगर भद्रपुरमा एमालेको जित

बिहिबार, २२ असार २०७४

कङ्ग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुर नगरपालिकामा प्रमुख, उपप्रमुख र बहुमत वडासहित एमालेले जितेको छ। एमालेका जीवनकुमार श्रेष्ठ प्रमुखमा र एमालेकै चन्द्रा श्रेष्ठ उप प्रमुखमा निर्वाचित भएका छन्।

यस्तो छ झापाको नतिजा

बुधबार, २१ असार २०७४

नेकपा एमालेको सबैभन्दा बलियो किल्ला मानिने झापाको गौरादह नगरपालिकाको प्रमुख पद जितेर काँग्रेसले महत्वपूर्ण उपलब्धि हात पारेको छ। काँग्रेसका रोहितकुमार साह १० हजार ३ सय ८ मत प्राप्त गरी विजयी भएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।