राजु अधिकारी

दुई सय मेगावाटसम्मको लाइसेन्स प्रदेशबाटै

बिहिबार, २४ माघ २०७५

प्रदेश १ को सरकारले दुई सय मेगावाटसम्मको जलविद्युत् उत्पादनका लागि प्रदेशबाटै लाइसेन्स वितरण गर्ने र प्रदेशमै महसुल निर्धारण आयोग गठन गर्ने प्रावधानसहितको विद्युत्सम्बन्धी कानुन ल्याउने भएको छ।

प्रदेश १ को हिउँदे अधिवेशन सुरु

आइतबार, २० माघ २०७५

प्रदेश १  संसद्को तेस्रो तथा हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ। प्रारम्भदेखि आम  चासोको विषय बन्दै आएको प्रदेशको नाम र स्थायी राजधानीको मुद्दा यही अधिवेशनले टुंगो लगाउँदछ। चालु  अधिवेशनबाटै संसदीय समितिहरुको  नेतृत्व पनि चयन हुँदैछ।

प्रदेशको नाम र राजधानीमा केन्द्रको दवाब छैन : मुख्यमन्त्री राई

आइतबार, २० माघ २०७५

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नामाकरण र स्थायी राजधानीको मुद्दाबारे पार्टी केन्द्रले कुनै निर्देशन वा दबाब नदिएको दाबी गर्दै प्रदेश सभाबाटै त्यसको टुंगो लगाउने बताएका छन्। प्रदेश संसद्को हिउँदे अधिवेशन सुरु हुने दिन आइतबार बिहान सञ्चारकर्मीस्ँग कुरा गर्दै मुख्यमन्त्री राईले सहमतिमै यी दुवै मुद्दा टुंगिने प्रष्ट पारे।

अविनाश र किरणको २५ वर्षे दाम्पत्य

आइतबार, २९ पुष २०७५

उद्योगपति अविनाश बोहरा र किरण (पिंकी) बोहराको जीवनमा पनि त्यस्तै सूत्रहरु बन्दै गएका छन् । यही वर्ष विवाहको २५ वर्ष (रजत जयन्ती) पूरा गर्न लागेको यो जोडीको सुखद् दाम्पत्यको सूत्र एउटै छ ‘आपसी समझदारी ।’  ‘हामी पति–पत्नीभन्दा बढी असल साथी हौं’, हालैको एक बिहान परिवारसँगको गफको सुरुमै किरणले भनिन्, ‘पति–पत्नी जब असल र राम्रो साथी हुन्छन्, त्यसबेला सबै कुरा सजिलै अघि बढ्दोरहेछ ।’

नाम र राजधानीको टुंगो लागेन

मङ्गलबार, २३ असोज २०७५

सरकारी तयारी अभावले प्रदेश १ को नामकरण र स्थायी राजधानी तोक्ने विषय अझै पछि धकेलिने भएको छ ।

प्रदेश १ को राजधानी इटहरी बनाउने पक्षमा नेकपामा बहुमत

मङ्गलबार, १६ असोज २०७५

राजधानीका संरचनाहरु  विभिन्न जिल्लामा छर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव अस्वीकार गर्दै १ नम्बर प्रदेशको सत्तारुढ दल नेकपाका अधिकांश सांसदले इटहरी र आसपासको क्षेत्रमा एकीकृत रुपमा राजधानी स्थापना  गर्न माग गरेका छन्।

पहिला योजना निर्माण अनि छलफल

मङ्गलबार, १६ असोज २०७५

राजधानीबारे पहिले योजना बनाउने अनि संसदीय दलमा छलफल थाल्ने मुख्यमन्त्री शेरधन राईको कार्यशैलीको नेकपाकै सांसदहरूले विरोध गरेका छन्।

प्रदेशका मन्त्रीको आरोप : केन्द्रले प्रदेशको अधिकार रोक्यो

बिहिबार, ०४ असोज २०७५

एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै  असन्तोष  प्रकट गर्न थालेको छ। एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन्। नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् ।

‘निर्णय अवज्ञा संघीयतामाथिकै प्रहार’

शनिबार, २६ साउन २०७५

गृह मन्त्रालयकै उच्च अधिकारीको उक्साटहमा प्रदेश सरकारको निर्देशन अवज्ञा गर्ने प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुको कदमले ‘संघीयताको मर्ममा प्रहार गरेको’ भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन माग उठेको छ।

प्रदेश सरकारको बिदा निर्णय सिडिओबाट अवज्ञा

शुक्रबार, २५ साउन २०७५

प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरे।

प्रदेश सरकारले घोषणा गरेको विदा विवादमा

बुधबार, २३ साउन २०७५

प्रदेश नम्बर १ का जिल्ला प्रशासन कार्यालयहरुले प्रदेश सरकारले बिहीबारका लागि घोषणा गरेको सार्वजनिक विदा अवज्ञा गर्ने तयारी गरेका छन्। आफूहरु संघीय सरकार मातहतको निकाय भएको र गृह मन्त्रालयले निर्देशन नदिएसम्म कार्यालय बिदा नगर्ने भनाइ ती कार्यालयहरुको छ।

अदुवामाथिको भारतीय प्रतिबन्ध हट्यो

बिहिबार, २१ असार २०७५

कानुन बनाएर नेपाली अदुवा भित्रिन रोक्न खोजेको भारतले उल्टै नेपालको ‘फ्रेस जिन्जर’माथिको प्रतिबन्ध हटाएको छ । भारतीय पक्षले गत सोमबार यस्तो निर्णय लिँदै नेपालको ‘फ्रेस जिन्जर’को आयात खुला गरेको हो।

रोजगार केन्द्रित बजेट ल्याउने तयारी

शुक्रबार, १८ जेठ २०७५

संघीय सरकारले ‘केन्द्रीकृत मानसिकता’ प्रेरित बजेट ल्याएको भन्दै असन्तोष प्रकट गरिरहेको प्रदेश १ को सरकारले प्रदेशको न्यून रोजगारी र छद्म बेरोजगारी समस्या समाधान गर्नेगरी बजेट ल्याउने घोषणा गरेको छ। असार १ मा प्रदेशको बजेट ल्याउने तयारीमा जुटेको सरकारले बिहीबार सुरु संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गर्दै यस्तो घोषणा गरेको हो।

फिल्ड अफिस हटाउन भारतको आनाकानी

मङ्गलबार, १५ जेठ २०७५

विराटनगरको फिल्ड अफिस हटाउने निर्णय सार्वजनिक गरेको एक साता बितिसक्दा पनि भारतीय पक्षले कार्यालय बन्द गर्ने सुरसार गरेको छैन। उल्टै ‘कुनै जानकारी नआएको’ भन्दै फिल्ड अफिसका कर्मचारी नियमित काम गरिरहेका छन्।

विराटनगरमा के गर्छ फिल्ड अफिस ?

सोमबार, ०७ जेठ २०७५

२०६५ सालमा कोसी नदीमा आएको बाढीलगत्तै विराटनगरमा स्थापना भएको भारतीय दूतावासको फिल्ड अफिस ‘नेपालमा भारतीय हस्तक्षेप बढेको प्रमाण’ बनेर बारम्बार विवादमा आउने गरेको छ।

स्वार्थको बन्धनमा राजधानी मुद्दा

आइतबार, ०६ जेठ २०७५

सत्तारुढ दलभित्रैको फरक मत, निर्णय गरेर अप्रिय हुनुभन्दा अनिर्णयमै रहेर लोकप्रिय रहिरहने सरकारी लोभ लगायतका कारणले प्रदेश १ को स्थायी राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ। उच्च तहका नेताहरु सार्नै नखोज्ने तर प्रदेशसभाका अधिकांश सांसद भने विराटनगरबाट जसरी पनि सार्ने कसरतमा लागेकै कारण प्रदेश १ को स्थायी राजधानी तोक्ने विषय जटिल हुँदै गएको हो।

प्रदेश १ संसदमा नाम र राजधानीको विषयले प्रवेशै पाएन

बिहिबार, २७ बैशाख २०७५

११ वटा विधेयक पारित गर्दै र सातवटा विषयगत समिति गठन गर्दै प्रदेश १ को पहिलो संसद् अधिवेशन बुधबार सकिएको छ ।

श्रीनिवास गोली काण्ड : आचार्य आफैँले गोली हान्न लगाएको खुलासा

सोमबार, २४ बैशाख २०७५

धर्मगुरु आचार्य श्रीनिवास गोलीकाण्डमा आचार्य आफैँले नाटक गरी गोली हान्न लगाएको खुलासा भएको छ।  गत चैत २५ गते विहान १ बजे मोरङको विराटनगर १४स्थित रामजानकी मन्दिर परिसरमा धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनी विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि हालसालै घर फर्केका थिए।

समृद्धि सपना : निदाउने कि जाग्ने?

शुक्रबार, १४ बैशाख २०७५

२०७४ माघ ७ गते दिउँसो। विराटनगरस्थित वीरेन्द्र सभागृहमा उपस्थित प्रदेश १ का सांसदहरुको मुहारमा उत्साहको अनुपम चमक थियो । प्रदेशसभामा चुनिएर पद तथा गोपनीयताको सपथ लिँदै गर्दाको त्यो क्षण उनीहरुको व्यक्तिगत जीवनका लागि मात्रै महत्वपूर्ण थिएन।

‘वाम घोषणापत्रमा’ आधारित  प्रदेश सरकारको पहिलो बजेट

बिहिबार, २९ चैत २०७४

खुला रुपमा ‘वाम गठबन्धनको घोषणापत्र अनुरुप’ आएको  घोषणा गर्दै प्रदेश १ को सरकारले बिहीबार १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad