राजु अधिकारी

चुनावी तिर्सना मेट्दै दल

बिहिबार, १६ भदौ २०७३

झन्डै दुई दशकयता स्थानीय चुनावको अभ्यास गर्न नपाएका राजनीतिक दलहरू संघसंस्थाको चुनावमार्फत त्यसको तिर्सना मेट्दैछन्। संघसंस्थामा चुनाव लडेर विजेता बनेकाले चुनावी परिणामलाई स्थानीय स्तरमा आफ्नो दलको शक्तिका रुपमा अर्थ्याउँछन्।

भारतमा अदुवा निर्यात प्रतिबन्धित

बुधबार, १५ भदौ २०७३

पानीट्यांकी (भारत)- चियामा विषादी र अलैंचीमा मिसावटको कारण देखाउँदै कारोबार नै प्रभावित पारिदिएको भारतीय बजारले नेपालको अर्को कृषि उत्पादन अदुवामा पनि खोट देखाउँदै आयात रोक लगाएको छ।

यातायात व्यवसायीको दादागिरी, प्रहरीको लाचारी

मङ्गलबार, १४ भदौ २०७३

गाडी लिएर राजमार्गमा निस्कनासाथ आफैलाई ‘डन’ सम्झने यातायातकर्मीको दादागिरी र तिनको ‘शक्ति’ का अघि सधैँ लाचार बन्नुपर्ने प्रहरी बाध्यता सडक असुरक्षाको मुख्य कारण बनेको छ । विभिन्न राजनीतिक आवरणमा रहेका यातायात संघहरु तथा मजदुर संगठनको आडमा यातायातकर्मी सडकमा आफ्नो राज चलाइरहेका छन् । यसले सडक अराजकतालाई मौलाउने अवसर दिइरहेको छ ।

टल्काइदिनेले लुट्छ सुन

मङ्गलबार, १४ भदौ २०७३

गहना मैलोधैलो भएको छ? चिन्ता नलिनुस्, घरघरै सफा गरिदिने समूह डुल्दै छन्। टलक्क टल्कने सफा गहना लगाउने चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनीहरुबाटै लुटिन सक्नुहुन्छ।

राजमार्गमा ‘एनिमल एम्बुस’

सोमबार, १३ भदौ २०७३

दुई महिना अघि मात्रै पश्चिमबाट पूर्वतिर गइरहेको एउटा यात्रु बसले माइधार नजिकै भैँसीलाई ठक्कर दियो । भैँसी ठहरै भयो । भरी यात्रु बोकेको र तीव्र गतिमा भएको बस तत्कालै नियन्त्रित हुन सकेन । अनियन्त्रित बस पश्चिमतिर गइरहेको बाइकलाई ठक्कर दिँदै रुखमा गएर ठोक्कियो । बाइकमा सवार दुई जनाको ज्यान घटनास्थलमै गयो

एक सातादेखि गाउँ अन्धकार

सोमबार, १३ भदौ २०७३

विद्युत सहकारीले गरेको लापरबाहीले दक्षिण इलामको चुलाचुलीका बासिन्दा साताभन्दा लामो समयदेखि विद्युत सेवा उपभोगबाट बञ्चित भएका छन्। ग्रामीण विद्युत सहकारी संस्था चुलाचुली इलामले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत लाइन काटिदिएको छ।

१० हजार दिए हातैमा नक्कली सवारी लाइसेन्स

सोमबार, १३ भदौ २०७३

यातायात व्यवस्था कार्यालयहरूले चालकलाई सवारी लाइसेन्स दिँदा नै लापरबाही गरेको गुनासो आइरहेका बेला झापामा धमाधम नक्कली लाइसेन्सधारी भेटिएका छन्। एकपछि अर्कोसँग नक्कली लाइसेन्स फेला परेपछि  यो धन्दामा  गिरोह नै सक्रिय रहेको प्रहरी बताउँछ।

लागुऔषधका भरिया नजिकमात्र पुग्छ प्रहरी

बुधबार, ०१ भदौ २०७३

झापा-ज्यालामा लागुऔषध ओसार्न खटिनेहरु समातिने तर मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधैँ जोगिने समस्याले लागु औषध तस्करीको जालो तोड्न प्रहरी असफल छ। जसका कारण झापालाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो हुँदै गएको छ।

चिया किसान फेरि आन्दोलित

बुधबार, ०१ भदौ २०७३

प्रत्येक वर्ष चर्किने चियाको हरियो पत्तीको मूल्य विवाद यसपटक पनि सुरु भएको छ । उद्योगीले मूल्यमा मनपरी गरेको भन्दै वर्षौंदेखि गुनासो गर्दै र पटक–पटक आन्दोलित बन्दै आएका झापाका चिया किसान फेरि आन्दोलनमा जुटेका छन् ।

सधैं अब्बल रञ्जन

मङ्गलबार, २५ साउन २०७३

कक्षामा होस् या पेसामा, सधैं अरूभन्दा अब्बल हुनुपर्ने मान्यता राख्थे पाइलट रञ्जन लिम्बू। स्कुलमा कहिल्यै दोस्रो हुनुनपरेका उनले पाइलट कोर्स पनि सहपाठीभन्दा दुई वर्षअघि नै पूरा गरे। र, जहाज उडाउने सानैदेखिको सपना अरूभन्दा छिट्टै साकार पारे। तर, दुर्भाग्य! रञ्जनका बाँकी सपना भने अधुरै रहे। हेलिकोप्टर दुर्घटनामा कलिलै उमेरमा ज्यान गुमाए उनले।

ठूलो अवसर गुमाउँदै नेपाल

सोमबार, २४ साउन २०७३

बंगलादेशसँगको द्विपक्षीय व्यापारलाई आफ्नो पक्षमा पार्न सकिने सम्भावना नेपालले बर्सेनि गुमाइरहेको छ। निर्यात बढाउन अधिकतम प्रयास गर्ने सरकारी तथा निजी क्षेत्रको प्रतिबद्धता व्यवहारमा अनुवाद हुन नसक्दा नेपालले द्विदेशीय कारोबारबाट हात पार्न सकिने फाइदा लिन सकेको छैन।

सद्दे छैनन् झापाका सडक

शुक्रबार, ०७ साउन २०७३

झापा बुधबारेका त्रिलोचन रिजाल बिहीबार बिहानै मोटरसाइकल दुर्घटनामा परे। बिहानै बाइक चढेर भद्रपुरतिर जाँदै गरेका उनी सडकमा जमेको पानी पार गर्दै गए। जब चन्द्रगढीको नापी कार्यालयभन्दा थोरै अघि बढे, उनी बाइकसहित पानीमा पछारिए। बाइकले शरीर थिच्यो, पानीले शरीर र ब्यागमा बोकेका कागजात भिजायो।

मावल गएकी बालिकाको हत्या

बुधबार, ०५ साउन २०७३

स्कुल छुट्टी भएको मौका छोपेर मावल गएकी एक नाबालिकाको हत्या भएको छ बुधबारे–५ स्थित डिल्लीराम प्रसाईको घरमा पाहुना आएकी शान्तिनगर–१ की ११ बर्षीया तनुजा कोइराला बिहान कोठामा मृत फेला परेकी थिइन् । उनको घाँटी रेटिएको अवस्थामा फेला परेको छ ।

सहरको फोहोर सडकमा

बिहिबार, ३० असार २०७३

सहरलाई सुन्दर र सफा पार्न भन्दै बर्सेनि धेरै बजेट खर्चिने नगरपालिकाहरूले फोहोर जथाभावी फ्याँक्नेक्रम अझै रोकेका छैनन्। कहिले खोलामा अनि कहिले मानव बस्तीनजिकै फोहोर फ्याँकेर संवेदनहीनता देखाएका झापाका अधिकांश नगरले अहिले ज्यादती झन् चर्काएका छन्।

कौडीको भाउमा चैते धान

आइतबार, १९ असार २०७३

झापा- असार १५ को मौका छोपेर ‘हिले मनोरञ्जन’ गर्न किसानले हिल्याएको खेतमा दलका नेता कार्यकर्तादेखि प्रशासकसम्मको ताँती लाग्यो।

नक्कली मदिरा छ्यापछ्याप्ती

बिहिबार, १६ असार २०७३

तपाइँ कत्तिको पियक्कड हुनुहुन्छ? बजारमा चलेको र स्थापित  ब्रान्डको रक्सी पिएर आनन्द मानिरहनुभएको छ भने होसियार रहनुस्, तपाइँले चुस्की लिइरहेको मदिरा नक्कली पनि हुनसक्छ।

चेली छाडेर मिर्गौला व्यापारमा

बुधबार, १५ असार २०७३

झापा-कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्।

सडकले ल्याएको समृद्धि

मङ्गलबार, १४ असार २०७३

'अभावले निराशा र आयस्ताले उत्साह बढाउँछ' भन्ने भनाइ बाहुनडाँगी–९ बाँसेका नेत्रप्रसाद भट्टराईको जीवनमा ठ्याक्कै मेल खान्छ।  जतिबेला आम्दानीका नाममा मंसिरमा थन्क्याइने धान र जेठ असारमा भित्र्याउने मकै मात्रै थियो, त्यसबेलाको अधिकांश समय  निराशा उनको  पेवाजत्तिकै थियो।

बर्खा लागेसँगै सम्पर्क विच्छेद

शुक्रबार, १० असार २०७३

झापा– प्रत्येक बर्खामा आफ्नो देशसँगै सम्पर्कविहीन बनेर बस्न बाध्य ‘मेचीपारिको नेपाल’का नेपालीको दुःखका दिन फेरि सुरु भएका छन् । मनसुन सक्रिय बनेर सातायता लगातार झरी परिरहँदा मेचीपारिका नेपालीको भने बिजोग हुने गरेको छ ।

खोला धमिलियो, खानेपानी हाहाकार

मङ्गलबार, ०७ असार २०७३

झापाका विभिन्न ग्रामीण इलाकामा खानेपानी समस्या भयावह बन्दैछ। मनसुन सुरु भएर खोलानाला धमिलिन थालेपछि त धेरै ठाउँमा खानेपानीको हाहाकार नै हुने गरेको छ। सरकारले २०६२ सालमै पानीको राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेर २०७२ सालमा पानी वितरण गर्ने संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्ने नीति अघि सारेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad