राजु अधिकारी

प्रदेश १ : ५४ को नमुना संकलन

बुधबार, १९ चैत २०७६

प्रदेश १ मा बुधबार साँझसम्ममा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ। त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी छ।

प्रदेश १ मा कोरोना परीक्षणको दर बढ्यो

मङ्गलबार, १८ चैत २०७६

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना भएपछि प्रदेश १ मा कोरोना परीक्षण दर थोरै बढेको छ।

लकडाउन छिचोल्दै भित्री बाटो नेपाल प्रवेश गर्नेको लर्को

सोमबार, १७ चैत २०७६

जसरी पनि घर आइपुग्ने हुटहुटीले ‘लकडाउन’ छिचोलेर भारतबाट नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। लुकेर नेपाल भित्रने अनि क्वारेन्टाइन छल्नेहरुका कारण प्रदेश १ को सीमा क्षेत्र जोखिम बढाउने अड्डा बनेको छ।

प्रदेश १ : कोरोना त्रास, नमुना परीक्षण सुस्त

शुक्रबार, १४ चैत २०७६

प्रदेश १ मा कोरोना संक्रमणको आशंकामा १९ जनाको नमुना परीक्षण भएको छ। यो प्रदेशमा पैचालीस लाखभन्दा बढी जनसंख्या छ।

व्यक्तिगत पहलमा सुरक्षा सामग्री बनाएर स्थानीय सरकारलाई हस्तान्तरण

बिहिबार, १३ चैत २०७६

कोरोना त्रासका बेला स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अभाव उच्च छ । यहीबेला झापा मेचीनगरका युवा सागर शिवाकोटीले व्यक्तिगत मिहेनतमा पीपीइ सेटको ‘फेस शिल्ड’ बनाएका छन् ।

अनावश्यक फोनले चिकित्सकलाई हैरानी

बुधबार, १२ चैत २०७६

कोरोना त्रास फैलिएका बेला सर्वसाधारणलाई फोनबाटै सल्लाह दिने तयारीमा बसेका चिकित्सकहरु अनावश्यक फोन कल र प्रश्नले हैरान बनेका छन्। सरकारले कोरोनाकै लागि भनेर तयार राखेका चिकित्सकहरु अन्य समस्याका विरामीले तारान्तार फोन गरेर सोध्ने गरेको बताउँछन्।

प्रदेश तहमा परीक्षणको टुंगो छैन, त्रासमा नागरिक

बुधबार, १२ चैत २०७६

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वमा रहेको कोरोनाविरुद्धको उच्चस्तरीय समन्वय समितिले धरानसहित प्रादेशिक तहमा कोरोना परीक्षण ‘तत्काल थाल्ने’ निर्णय गरेको साता बित्न लाग्दा पनि सुरु हुने छाँट भने अझै छैन ।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना

मङ्गलबार, ११ चैत २०७६

मुलुक लकडाउन गरेर सीमा नाका थुनिएपछि प्रदेश र स्थानीय सरकारलाई कोरोनाविरुद्धको तयारीमा जुट्न सहज भएको छ। लकडाउन नहुँदासम्म सम्पुर्ण ध्यान खुला सीमातिर केन्द्रीत गर्नुपर्ने बाध्यतामा रहेका सरकारी अङगहरुले अन्य तयारीमा सहयोग भएको बताएका छन।

सांसदको चिन्ता : कोरोनाबारे तयारी कम भयो

सोमबार, ०३ चैत २०७६

कोरोना भाइरस रोकथामका लागि सरकारी तयारी कमजोर रहेको भन्दै प्रदेश नम्वर १ संसद्मा सांसदहरुले चिन्ता व्यक्त गरेका छन्। केही दिनअघि २३ बुँदे कार्ययोजना सार्वजनिक गरेर 'उच्च सतर्कता अपनाएको' दाबी गर्ने सरकारको भनाइ झुटो रहेको भन्दै सांसदहरुले आलोचना गरेका छन्।

प्रदेश १: हल्ला धेरै, काम कम

सोमबार, ०३ चैत २०७६

सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्।

सीमा नाकामा स्क्रिनिङ डेस्क स्थापना गर्ने

बिहिबार, २९ फागुन २०७६

विश्वव्यापी बनेको कोरोनाको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश १ सरकारले योजनाबद्ध तयारी थालेको छ। कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि सरकारले एकीकृत कार्ययोजना तयार पारेको हो।

कलिलैमा बिहे : बढ्दैछ स्वास्थ्य जटिलता

शनिबार, २५ माघ २०७६

‘कि मलाई बिहे गरेर जान दिनुस्, कि मेरो आत्महत्याको खबर सुन्न तयार हुनुस्,’ केही समयअघि जिल्ला प्रहरी कार्यालय मोरङको काउन्सिलिङ कक्षमा १५ वर्षीया एक किशोरीले सबैका अघि अभिभावकलाई धम्क्याइन् ।

नामांकन सकसपछिको राजनीति

शुक्रबार, २४ माघ २०७६

पूर्वएमाले पक्षका सांसदहरू जातीय नामले समस्या ल्याउने भन्दै त्यो बाटो हिँड्नै नहुने पक्षमा छन्। यद्यपि, उनीहरू यसबारे सार्वजनिक रूपमा खुल्दैनन्।

प्रदेश १ मा लोकसेवा आयोग गठन

सोमबार, ०६ माघ २०७६

प्रदेश १ मा प्रदेश लोकसेवा आयोग गठन भएको छ। प्रदेश प्रमुख समक्ष प्रदेश लोकसेवा आयोगका अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्न तीन जनाको नाम सिफारिस गरिएकाे हो।

बन्न सकेन समावेशी सरकार

सोमबार, ०६ माघ २०७६

गठन भएको २३ महिनापछि प्रदेश १ सरकारमा चारजना राज्यमन्त्री थपिए पनि प्रदेश क्याबिनेटले भने एकजना महिला राज्यमन्त्री मात्रै पाएको छ। आइतबार मुख्यमन्त्री शेरधन राईले चारैजना नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रदेश १ मा थपिए चार जना राज्यमन्त्री

आइतबार, ०५ माघ २०७६

प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले थपिएका चार जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ गराए।

नामै ताेक्न सकस

आइतबार, २७ पुष २०७६

‘सहमतिमा टुंग्याउँछौं’ भन्दै सार्वजनिक मञ्चहरूमा अभिव्यक्ति दिने तर व्यवहारमा भने सामान्य तयारी पनि नथाल्ने प्रदेश सरकारको कमजोरीकै कारण प्रदेश १ को नामकरण अनिश्चित बनेको छ।

प्रदेश र स्थानीय तहलाई केन्द्रको अंकुश

बिहिबार, २४ पुष २०७६

संविधानमै उल्लिखित अधिकार उपयोगमा प्रदेश र स्थानीय तहलाई अंकुश लगाउँदै आएको केन्द्र सरकारले संघीयताका ती दुवै आधारभूत संरचनाको भूमिका खुम्च्याउने गतिविधिलाई तीव्रता दिएको भन्दै प्रदेशमा असन्तोष चुलिएको छ।

पाँच हजार तिर्न नसक्दा सरकारी अस्पतालमै उपचारबाट बञ्चित

बुधबार, २३ पुष २०७६

संघीय सरकार होस् वा प्रदेश सरकार, जनताको उपचार सेवा सहज बन्दै गएको दाबी गरिरहेका छन्। तर, वास्तविकता भने ठीक उल्टो छ।

सबै पर्यटकीय स्थलमा १० बर्षभित्र यातायात सुविधा

बुधबार, १८ मङि्सर २०७६

जनघनत्व बढी भएका र प्रदेशका सबै पर्यटकीय स्थलसम्म १० वर्षभित्र सडक सुविधा पु-याउने महत्वाकांक्षी लक्ष्य गुरुयोजनामा समेटिएको छ।

Ncell Footer Ad