रमेशकुमार पौडेल

बाढीमा बगेको नवौं गैंडाको उद्धार

आइतबार, २६ कार्तिक २०७४

गत साउन अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार कार्य अझै जारी छ । बगेर भारत पुगेको एउटा वयस्क गैंडा उद्धार गरी शुक्रबार बिहान निकुञ्जको सौराहा नजिकको जंगलमा छाडिएको छ । बाढीमा बगेर उद्धार गरिएको यो नवौं गैंडा हो । यसअघि भारतबाट सात र नेपालबाट एक गैंडाको उद्धार गरिएको थियो ।

आजबाट नारायणगढ मुग्लिन सडक पटक-पटक बन्द हुने

आइतबार, २६ कार्तिक २०७४

नारायणगढ मुग्लिन सडक हुँदै गाडीमा यात्रा गर्नेहरुले आजदेखि बीच बीचमा बन्दको झन्झट पनि बेहोर्नु पर्ने छ । अल्लिा वर्षहरुमा दिनमा लगातार छ घण्टासम्म बाटो बन्द गरेर निर्माणको काम हुने गरेको यो खण्डमा आज आइतबारदेखि केही समय गाडी रोक्दै खुलाउँदै सडकको काम हुने भएको छ ।

बलियो वाम गठबन्धन, व्यवस्थित लोकतान्त्रिक गठबन्धन

शनिबार, २५ कार्तिक २०७४

चितवनमा चुनावका बेला कम्युनिस्ट घटक र कांग्रेसबीच सधैं तीव्र प्रतिस्पर्धा चल्ने गर्छ । २०४८ सालयताका चुनावमा कहिले कम्युनिस्ट हाबी भएका छन् कहिले कांग्रेस । यसपटक मुख्य दुई कम्युनिस्ट घटक गठबन्धन बनाई चुनावमा आएका छन् । ४८ सालको चुनावमा यस्तै गठबन्धन थियो र त्यस बेला जिल्लाका सबै तीन क्षेत्रमा वामपन्थी उम्मेदवारले जितेका थिए ।

नारायणगढ मुग्लिन सडक आज दिनभर बन्द हुने

शनिबार, २५ कार्तिक २०७४

निर्माणाधिन नारायणगढ मुग्लिन सडक आज बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म बन्द हुने भएको छ । सडकमा खस्ने खतरा रहेको चट्टानको टुक्रा झार्नका लागि दिनभर सडक बन्द गर्नु परेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

दाहाललाई बाँदरमुढेको सकस

शनिबार, २५ कार्तिक २०७४

कात्तिक १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराएपछि पाँच दिन जिल्लामै बिताए । कात्तिक २० गते काठमाडौं फर्कंदासम्म उनी दर्जनौं कार्यक्रममा सहभागी भए । उनको चुनावी अभियानमा असर पार्ने आकन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्यो ।

सत्ता कब्जा गर्दैनौं : दाहाल

शुक्रबार, २४ कार्तिक २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनले आउँदो चुनावमा बहुमत ल्याए पनि सत्ता कब्जा नगर्ने स्पष्ट पारेका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उम्मेदवार दाहालले बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा उक्त कुरा बताएका हुन् ।

बाम गठबन्धनको बहुमत आउँछ, अधिनायकवाद आउँदैनः दाहाल

बिहिबार, २३ कार्तिक २०७४

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम गठबन्धनले आउँदो चुनाबमा बहुमत ल्याउने तर अरुले भनेजस्तो सत्ता कब्जा गरेर अधिनायकबाद भने नल्याउने बताएका छन्। चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका दाहालले बिहीबार भरतपुरमा आयोजना भएको महिलाहरुको कार्यक्रममा यस्तो भनाइ राखेका हुन्।

मत गणना महिलाको जिम्मा

बुधबार, २२ कार्तिक २०७४

चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मत गणनामा महिलाहरू मात्रै राख्ने सोच बनाएको बताएका छन् ।  ‘मेरो मनमा यस्तो सोच पलाएको छ । म दलका नेता ज्यूहरूसँग आग्रह गर्दछु । सबै प्रतिनिधिहरू महिला पठाइदिनुस् । चितवनबाट एउटा नमूना योग्य काम सुरु गरौं,’ निर्वाचन सम्बन्धि मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शर्माले आग्रह गरे ।

‘अपराध ठहरिए दोषीमाथि कारबाही’

आइतबार, १९ कार्तिक २०७४

चितवन निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार माडी पुगेका छन् । माडी यस्तो ठाउँ हो, जहाँ माओवादीले सशस्त्र संघर्षका बेला  थापेको विद्युतीय धरापमा यात्रुबस पर्दा ३८ जनाको ज्यान गएको थियो । माडीको बाँदरमुढे भन्ने ठाउँमा २०६२ जेठ २३ मा सो घटना भएको थियो।

दाहालसँग भिड्दै पाण्डे

शुक्रबार, १७ कार्तिक २०७४

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वर्तमान सरकारका मन्त्री राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डे चुनावी भिडन्तमा उत्रेका छन् । दुवै नेताले बिहीबार चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराए । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाले उनलाई जिल्लामा एमालेको साथ रहने छ । त्यसैगरी पाण्डलाई नेपाली कांग्रेसको सहयोग हुनेछ ।

बाम गठबन्धनले पाँच वर्ष टिक्ने सरकार बनाउँछ : दाहाल

बिहिबार, १६ कार्तिक २०७४

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताएका छन्।

उपचार ढिलाइले बन्दै छ भयङ्कर

बिहिबार, १६ कार्तिक २०७४

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागबाहिर असोज २२ गते बिहान ११ बज्दा नबज्दै ठूलो भिडभाड जम्मा भयो । क्यान्सर भएर केमोथेरापी उपचार लिइरहेका बिरामी चिकित्सकलाई भेट्न जम्मा भएका थिए । झट्ट हेर्दा एक दिनको भिड हो कि जस्तो लाग्छ तर यहाँ मात्रै होइन हरेक क्यान्सर अस्पतालमा यस्तो भिड अचेल दिनदिनै बढ्न थालेको छ ।सोही भिडमा भेटिए कैलाली बौनिया लोहागढका सुरेश भुल ।

चितवन दुईमा ‘घाम’ कि ‘बादल’ ? टुगिंनै गाह्रो !

सोमबार, १३ कार्तिक २०७४

दशैंयताको मौसम र आउँदो निर्वाचनमा चितवनको क्षेत्र नं. २ मा वामपन्थी गठबन्धनबाट उम्मेद्वार हुने व्यक्तिको चर्चा एकै खालको छ । मौसम कहिले घाम कहिले बादल भए झै सो क्षेत्रमा कहिले घाम अर्थात् चुनाव चिन्ह सूर्य भएको एमाले पार्टीका कृष्णभक्त पोखरेलले टिकट पाएको खबर आउँछ भने कहिले बादल उपनाम भएका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा उठ्ने पक्का भयो है भन्ने हल्ला चल्छ ।

दाहाल चितवन आउँदा स्वागतमा एमाले नेताको लर्को

सोमबार, १३ कार्तिक २०७४

केन्द्रीय रुपमा नै एमालेसँग गठबन्धन गरेर चितवनबाट चुनावमा उठ्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार चितवन आउँदा भरतपुर विमान स्थलमा स्वागत गर्न लाम लाग्नेमा माओवादीका नेताहरु मात्रै थिएनन्।

यात्रु बससँग ट्रिपर ठोक्कियो, २६ यात्रु घाइते

आइतबार, १२ कार्तिक २०७४

नारायणगढ मुग्लिन सडक खण्डको रामनगर नजिक आँपटारी जंगलमा आइतबार बिहान यात्रु बस र गिट्टी ढुंगा बोक्ने ट्रिपर एक आपसमा ठक्कर खाँदा बसमा रहेका २६ जना यात्रुहरु घाइते भएका छन्। घटना बिहान साढे नौ बजे भएको थियो।

कमरेड देवी ज्ञवालीको हाँसो [ब्लग]

शनिबार, ११ कार्तिक २०७४

कार्तिक आठ गते दिउँसो एउटा फोटो सामाजिक सञ्जाल र केही अनलाईन समाचार पोर्टलहरुमा छ्याप छ्याप्ती भयो। फोटोमा गत स्थानीय तह चुनावमा भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर पदमा उम्मेद्वार रहेका देवी ज्ञवाली निकै उनमुक्त हाँसोमा थिए। स्थानीय चुनावयता देवी ज्ञवाली धेरै नेपालीले सुनेको नाम हो

बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

बिहिबार, ०९ कार्तिक २०७४

चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई समाएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र एकजना २२ वर्षका छन्। आरोपितहरुलाई थुनामा राखेर अनुशन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

एचआइभीको शंका भए अाैषधि निःशुल्क

बिहिबार, ०९ कार्तिक २०७४

अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ । सरकारले एचआइभी संक्रमण भएको प्रमाणित भएका व्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका व्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्रै हो।

अण्डा खान मान्दैनन् युवती

आइतबार, २९ असोज २०७४

कुखुराको अण्डा पोषणको प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । विश्व अण्डा दिवसका दिन शुक्रबार भरतपुरमा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो अनुभव सुनाएका हुन् ।

‘क्यान्सर मृत्युको पर्यावाची होइन’

आइतबार, २९ असोज २०७४

क्यान्सर रोगको नाम सुनेपछि धेरै झसंग हुन्छन् । कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो । परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गत असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेलिरहन्थ्यो ।

Ncell Footer Ad