रमेशकुमार पौडेल

तगारोहरु तोड्न दाहालको भरमग्दुर प्रयास

सोमबार, १८ मङि्सर २०७४

पार्टी एकीकरण नै गर्ने सहमतिसहित बाम गठबन्धन गरेर चुनाबमा जुटेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चितवनको माडीमा आयोजित चुनाबी सभालाई संयुक्त रुपमा सम्बोधन गरे । दाहालको चुनाबी क्षेत्रमा आयोजित सभालाई सम्बोधन गरेर ओली हिँड्न थाल्दा दुवैले कसिलो अंकमाल गरे ।

बाँदरमुढे घटनाका पीडित र दाहालबीच तीन बुँदे सहमति

आइतबार, १७ मङि्सर २०७४

बाँदरमुढे घटनाका पीडित र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन बुँदे सहमति भएको छ। वाम गठवन्धनले माडीमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न माडी पुगेका दाहालसँग घटनामा पीडित प्रतिनिधिसँग सहमति भएको हो।

माडी पुगेर राप्रपा नेता लामाले दाहालको पक्षमा भोट मागे

आइतबार, १७ मङि्सर २०७४

राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले चितवन पुगेर पुषपकमल दाहालका लागि भोट मागेका छन्। चितवन ३ बाट वाम गठवन्धनका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा उत्रेका छन्। लामा उद्योग राज्यमन्त्री समेत हुन्।

महानगरपालिकाको वडा कार्यालयमा ग्रिनेट विष्फोट

आइतबार, १७ मङि्सर २०७४

भरतपुर महानगरपालिका वडा नं. ५ को कार्यालय परिसरभित्र गएराति विष्फोट हुँदा वडा कार्यालयसँगै रेहको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा पनि क्षति पुगेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार राति दुई बजे ग्रिनेट जस्तै देखिने वस्तु विष्फोट भएको थियो ।

काखबाट छुटेर खोँचमा पुग्दा पनि बाँचे १० महिने बालक

शुक्रबार, १५ मङि्सर २०७४

आठजना यात्रुको ज्यान गएको बुधबारको चुम्लिङटार बस दुर्घटनामा एकजना १० महिने बालक भने संयोगले बाँचेका छन् । दुखको कुरा उनको आमाको अवस्था भने अज्ञात नै छ । बस सडकबाट लगभग डेढ सय मिटर तल खसेको थियो । ती शिशु नदी किनारमा रुँदै गरेका भेटिएका थिए ।

मेघौलीमा सात वर्षपछि जहाज

बिहिबार, १४ मङि्सर २०७४

पश्चिम चितवनको मेघौली विमानस्थलमा बुधबारबाट जहाज आउन जान थालेको छ । जिल्लाको निकै पुरानो सो विमानस्थल पछिल्लो सात वर्षदेखि बन्द भएको थियो । बुधबारदेखि नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले उडान सुरु गरेको छ । आइतबार, बुधबार र शनिबार सो विमानस्थलबाट काठमाडौंसम्म नियमित उडान हुने विमानस्थल कार्यालयले जनाएको छ।

चितवनको चुम्लिङटारमा बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु, ९ घाइते

बुधबार, १३ मङि्सर २०७४

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने ९ जना घाइते भएका छन्।

विप्लबका जिल्ला नेताले पार्टी छोडे, वैद्य माओवादी प्रवेश

शुक्रबार, ०८ मङि्सर २०७४

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको राष्ट्रिय युवा जनस्वयमसेवक संघका केन्द्रीय समितिको सचिवालय सदस्य तथा सो पार्टीको चितवन जिल्ला समिति सचिवालय सदस्य सुरज शर्मा रघुबीरले पार्टी परित्याग गरेका छन्।

निर्वाचन सुरक्षाका लागि नौ सय महिला प्रहरी

शुक्रबार, ०८ मङि्सर २०७४

चितवनमा निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रमा परिचालन हुने सुरक्षाकर्मीमा नौ सयजना महिला प्रहरी छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा एक हजार ८ सय ९५ प्रहरी र एक हजार ७ सय १० जना म्यादी प्रहरी परिचालन हुनेछन् ।

भरतपुरको सभामा शोकाकुल दाहाल परिवार

मङ्गलबार, ०५ मङि्सर २०७४

आइतबार बिहान मात्रै पुत्र बियोगमा परेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रममा सपरिवार सहभागि भए । तर सभामा दाहालले सम्बोधन गरेनन्। उनको शोक अनुहारमा प्रष्टै झल्कन्थ्यो । दाहाल पत्नि सीता दाहाल त बेला बेलामा भक्कानिएकी थिइन्।

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

मङ्गलबार, ०५ मङि्सर २०७४

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ।

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

मङ्गलबार, ०५ मङि्सर २०७४

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा कम्युनिष्टको शासन आउन कसैले रोक्न नसक्ने बताएका छन्। तर कम्युनिष्ट शासन आउँदा लोकतन्त्र रहँदैन भनेर कोही चिन्तित र त्रसित नहुने उनले आग्रह गरे।

पुत्र शोकपछि दाहाल चितवनको सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

मङ्गलबार, ०५ मङि्सर २०७४

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको अचानक भएको निधनपछि आज पहिलो पटक चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

भारतीय क्षेत्रबाट गैंडाको उद्धार

मङ्गलबार, ०५ मङि्सर २०७४

गत साउनको अन्तिममा आएको बाढीले बगाएर भारत पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार अझै जारी छ । बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार गर्ने काम अरूभन्दा केही फरक भयो । भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा चढाउनु परेको थियो ।

भारत पुगेको गैंडालाई डुंगामा राखेर उद्दार

सोमबार, ०४ मङि्सर २०७४

गएको साउनको अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार गर्ने कार्य अझै पनि जारी नै छ। बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार कार्य अरुभन्दा केही पृथक पनि भयो। भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा पनि चढाउनु परेको थियो।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

आइतबार, ०३ मङि्सर २०७४

चुनाब विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्जार्च लालबहादुर बिसीलाई गिरफ्तार गरेको छ।

दलहरुद्वारा चितवनमा चुनाबी कार्यक्रम स्थगित

आइतबार, ०३ मङि्सर २०७४

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र शोकमा परेपछि चितवनका दलहरुले चुनाबी प्रचार प्रसारका कार्यक्रमहरु स्थगित गरेका छन्।

राजधानी दाबी चितवनबाट मकवानपुर सर्दै

शुक्रबार, ०१ मङि्सर २०७४

‘देशको मध्य भागमा रहेका कारण यसलाई राजधानी बनाइनेछ ।’ यो चितवनमा हुने हरेक सभा र कार्यक्रममा नेता र विकासे कार्यकर्ताले प्रायः नछुटाउने वाक्य हुने गथ्र्यो । केही समययता भने चितवनमा ‘राजधानी’ को चर्चा पनि हुन छाडेको छ । संघीय अर्थात् केन्द्र सरकारको राजधानी नभए पनि प्रदेशको राजधानी बनाउने मुद्दा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उठेको थियो । अहिले यो सन्दर्भ कसैले सम्झँदैनन् ।

सरकार निकै पुर्वाग्रही भएर बुढीगण्डकीको सम्झौता खारेज गर्योः दाहाल

बुधबार, २९ कार्तिक २०७४

दाहाल प्रधानमन्त्री हुँदा भएको सो सम्झौता रद्द गर्ने निर्णय सोमबारको मन्त्रीपरीषद बैठकले गरेको थियो । ‘एकलौटी ढंगले त्यसलाई खारेज गर्ने निर्णय गरेर सरकार देशको आर्थिक विकास र सम्वृद्धि होइन निक्कै संकिर्ण राजनैतिक स्वार्थ र पुर्वाग्रहमा चलेको छ भन्ने प्रमाण मात्रै हो यो’ दाहालले भने । कम्पनीसँग मात्रै नभएर चीन सरकारका प्रतिनिधिसँग पनि सँगै बसेर गरेको निर्णय एकाएक खारेज हुनु गलत भएको उनले बताए ।

काँग्रेसद्वारा आतंककारीलाई संरक्षणः दाहाल

सोमबार, २७ कार्तिक २०७४

चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पामा सो पार्टीका उम्मेद्वारमाथि भइरहेका हमला नेपाली काँग्रेसलाई सहयोग पुर्‍याउने नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको आरोप लगाएका छन्। आफ्नो निर्वाचन क्षेत्र शिवनगरमा हालै मात्र भाडामा लिएको घरमा सोमबार बिहान चितवनका सञ्चारकर्मीहरुसँग कुरा गर्दा नेता दाहालले सो कुरा बताएका हुन्।

Ncell Footer Ad