रमेशकुमार पौडेल

पोलोमा एमई ग्रुपलाई उपाधि

आइतबार, १६ पुष २०७४

क्षेत्रीय होटल संघ, चितवन सौराहाको आयोजनामा सौराहा बाघमारामा सञ्चालन भइरहेको हात्ती महोत्सव शनिबार सकिएको छ । महोत्सवअन्तर्गत हात्ती पोलोको उपाधि माउन्ट एभरेस्ट ग्रुपअन्तर्गतको एमई टुर्स एन्ड ट्राभल्सले जितेको छ ।

हात्तीमय सौराहा

शुक्रबार, १४ पुष २०७४

सौराहा र हात्ती एकअर्काका परिपुरक हुन् । चितवन काठमाडौं र पोखरापछि नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य हो । चितवन घुम्न आउने सबैजसो प्रायः सौराहा पुगेकै हुन्छन् । सौराहा पुगेकाहरु हात्ती चढेर चितवन निकुञ्जमा जंगल सफारी गर्छन् । पर्यटकको सेवामा तल्लीन तिनै हात्तीलाई सहभागी गराएर १४ वर्षयता सौराहामा हात्ती महोत्सव हुँदै आएको छ । महोत्सव हेरेर पर्यटक रमाउँने नै भए सहभागी हात्ती पनि खुसी हुने गर्छन् ।

डेरी उद्योगीका कार्ययोजना र सुझाव सार्वजनिक

शुक्रबार, १४ पुष २०७४

नेपाल डेरी एसोसिएसनले २१ बुँदे कार्ययोजना र पाँचबुँदै सुझाव सार्वजनिक गरेको छ । एसोसिएसनको केन्द्रीय समितिले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी दूध र दुग्ध पदार्थको गुणस्तर सुधारका लागि खाद्य ऐन २०२३ लाई समयसाक्षेप परिमार्जन गर्न पहल गर्नेसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

माघे संक्रान्तिमा नेपथ्यको लाइभ कन्सर्ट

बिहिबार, १३ पुष २०७४

माघे संक्रान्तिको अवसरमा नेपथ्यको लाइभ कन्सर्टको आयोजना हुने भएको छ । आगामी सोमबार चितवनमा देवघाट सांगीतिक व्यान्ड नेपथ्यले कन्सर्टको आयोजना गर्ने भएको छ । ‘नेपथ्य व्यान्डले नेपाली संगीतमा छुट्टै पहिचान बनाइसकेको छ । त्यसैले माघे संक्रान्तिको अवसर पारेर नेपथ्यको लाइभ कन्सर्टको आयोजना गर्दैछौं,’कार्यक्रम आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले भने ।

छक्क पर्दै प्रधानमन्त्रीले सोधे- ‘नारायणगढ मुग्लिन-सडक अझै बनेको छैन’

बिहिबार, १३ पुष २०७४

पर्यटकीय होटल व्यवसायीहरुको संस्थाले सौराहामा आयोजना गरेको हात्ती महोत्सव उद्घाटन गर्न मंगलबार चितवन आएका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष वक्ताहरुले नारायणगढ मुग्लिन सडक खण्डको निर्माण चाडै नसकिएका कारण पर्यटन चैपट भएको कुरा राखे । व्यवसायीको कुरा सुनेर प्रधानमन्त्री देउवा आफैँ छक्क परे । केही महिनाअघि आफैँले निरीक्षण गरेर काम चाडै सक्न निर्देशन दिएको सम्झना उनले गरे ।

अर्को हप्तादेखि नारायणगढ-मुग्लिन सडक राती बन्द

बुधबार, १२ पुष २०७४

आउँदो हप्तादेखि नारायणगढ मुग्लिन सडक रातमा बन्द हुने भएको छ । बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गतेदेखि नारायणगढ मुग्लिन सडक राती १० बजेदेखि बिहान चार बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।

सौराहामा सुरु भयो हात्ती महोत्सब

मङ्गलबार, ११ पुष २०७४

पर्यटकीय क्षेत्र सौराहामा मंगलबारबाट १४ औं हात्ती महोत्सब सुरु भएको छ। क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको महोत्सव शनिबारसम्म चल्ने छ। सौराहा नजिक बाघमारा मध्यवर्ती सामुदायीक वनको चौरमा सञ्चाल हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे।

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

मङ्गलबार, ११ पुष २०७४

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफु आतुर भएको बताएका छन्। चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले मन्तब्यको क्रममा भने ‘संवैधानिक प्रकृयामा सवैबाट सवै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको छु ।

देउवा ओर्लँदै, दाहाल फर्कँदै

मङ्गलबार, ११ पुष २०७४

सरकार गठन र राष्ट्रिय सभा अध्यादेशको अन्योल कायमै रहेका बेला देशका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री चितवन आउजाउ गर्न थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दिन लामो चितवन बसाइपछि आज काठमाडौं फर्कदै गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आउँदैछन् ।

अब बलियो सरकार बन्नेछ : अध्यक्ष दाहाल

सोमबार, १० पुष २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहालले नेपालमा अब बलियो सरकार बन्ने र आयात निर्यातसँग सम्बन्धित राष्ट्रहित विपरितका कानुनहरूलाई संसोधन गर्ने बताएका छन् । चितवन उद्योग संघले आइतबार साँझ आयोजना गरेको जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा दाहालले सो कुरा राखेका हुन्।

चितवनको नदीमा बर्दियाको भाले घडियाल

शनिबार, ०८ पुष २०७४

नारायणी नदीमा रहेको दुर्लभ जलचर घडियाल गोहीको एकमात्र भाले मरेपछि चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरु निकै चिन्तामा थिए । नेपालमा निकै संकटमा रहेको घडियाल गोही अलि धेरै चितवन निकुञ्जको राप्ती र नारायणी नदी क्षेत्रमा थिए । तर प्रजनन्मा सक्रिय एक मात्र भाले मरेपछि निकुञ्जका अधिकारीहरु भाले गोही ल्याउँन बर्दिया पुगेका थिए ।

राष्ट्रिय सभा समावेशी समानुपातिक बनाउने अन्तराष्ट्रिय चलन नै हो: दाहाल

शुक्रबार, ०७ पुष २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तराष्ट्रिय रुपमा नै रहेको बताएका छन्। शुक्रबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने ‘यो कसरी हुन सक्छ भोलि नै बाम गठबन्धनको बैठक बसेर सकारात्मक ढंगको निकास निकाल्ने गरी अन्तिम धारणा सार्वजनिक गर्ने छौं।’

रेलिङ मर्मतलगत्तै नारायणगढ मुग्लिन सडक सुचारू

बिहिबार, ०६ पुष २०७४

गाडीको ठक्करबाट पुलकाे रेलिङ भत्केकाे नारायणगढ मुग्लिन सडक खण्डमा बिहीबार बिहानदेखि सञ्चालनमा अाएकाे छ । पुलको क्षतिग्रस्त रेलिङ बुधबार राति मर्मत गरेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए ।

पुलको बार भत्केपछि नारायणगढ मुग्लिन सडकमा यातायात प्रभावित

बुधबार, ०५ पुष २०७४

गाडीको ठक्करले हिजो मंगलबार साँझ पुलको बार (रेलिङ) भत्केपछि नारायणगढ मुग्लिन सडक खण्डमा आज राम्रोसँग गाडी चल्न सकेका छैनन् । मुग्लिनदेखि लगभग एक किलो मिटर पर नारायागढ तर्फ तुईन खोला पुलको रेलिङ भत्केको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिवप्रसाद खनालले जानकारी दिए।

चप्पलको भरमा १५ किलोमिटर दौडिए चेपाङ धावकहरु

सोमबार, ०३ पुष २०७४

‘बजारमा दौडन जानु छ’ हप्ता दिनअघि यस्तो सूचना पाएपछि चितवनको विकट पाहाडी गाउँ वासबाङका सुभलाल चेपाङलाई जाउँ कि नजाउ भयो। भिर पाखा फटाफट हिँड्ने सुभलाललाई बजार गएर दौडनु गाह्रो कुरा थिएन। तर खुट्टामा लगाउने जुत्ता नभएका कारण आयोजकहरुले दौडन दिने हुन वा हैनन् भन्ने दुविधा थियो । यस्तै दुविधाबीच उनी चप्पलकै भरमा बजार हिँडे।

साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल

शुक्रबार, २९ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रोपटक चुनाव जिते । आफू हुर्केबढेको जिल्ला चितवनबाट भने पहिलोपटक चुनावमा उठेर जिते पनि । कस्तो रह्यो उनको अनुभव ? बिहीबार बिहान दाहालले भने, ‘वास्तवमा चुनावमै उठेजस्तो पहिलोपटक महसुस भयो ।’

चितवनमा समानुपातिकमा एमाले, काँग्रेस, माओवादीपछि विवेकशिल

बिहिबार, २८ मङि्सर २०७४

चितवनमा समानुपातिक तर्फको मत गणना जारी छ। मत गणना आज साँझसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसपटक साँच्चै चुनाव लडेजस्तो भयो : दाहाल (भिडियो)

बिहिबार, २८ मङि्सर २०७४

त्यसकारण मलाई व्यक्तिगत रुपले चुनावको तितो मिठो, त्यसको मर्म भावना मलाई थाहा रहेनछ भन्ने कुरा बल्ल चितवनको लडेपछि बुझेको छु ।रोल्पाको चुनाव लड्दा एउटा सभा गरेर जितियो । काठमाडौमा पनि पहिलो चोटी चुनाव लड्दा एक दुईटा सभा गरेर चुनाव जितियो । सिराहामा पनि मैले त्यस्तो गर्न परेको होइन ।

चितवनमा विवेकशिल कतै तेस्रो कतै चौथो

मङ्गलबार, २६ मङि्सर २०७४

वैकल्पिक शक्तिको नारा दिएर भर्खर गठन भएको नयाँ दल विवेकशिल साझा पार्टीका उम्मेदवारहरुले चितवनमा निकै कम मत ल्याएका छन् । तर सो पार्टीका उम्मेदवारहरु कुनै क्षेत्रमा तेस्रो स्थानमा त कुनैमा चौथो भएका छन् ।

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

सोमबार, २५ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad