रमेशकुमार पौडेल

मुग्लिनमा पहिरोले थिच्दा कार कच्याककुचुक, सवाधानी अपनाउँदा यात्रु जोगिए

मङ्गलबार, १४ असार २०७३

लामो समय जाम हुने नारायणगढ मुग्लिन सडक खण्डाको यात्रा असुरक्षित पनि हुन थालेको छ। सोमबार मध्यरातमा भएको घटनाले सो सडकमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने खतरा बढेर गएको छ।

कुख्यात गैंडा सिकारी राजकुमार चेपाङलाई १५ वर्ष कैद

मङ्गलबार, १४ असार २०७३

दुर्लभ वन्यजन्तु एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले पनि १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उक्त सजाय सुनाएकाे हाे।

१० घण्टापछि नारायणगढ मुग्लिन सडक खुल्यो

सोमबार, १३ असार २०७३

सोमबार बिहान चार बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड १० घण्टापछि दिउँसो दुई बजेबाट सञ्चालनमा आएको छ। मुग्लिनदेखि पूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमा पहिरो खसेको थियो।

चार किलोमा फेरि पहिरो, नारायणगढ मुग्लिन सडक अवरुद्ध

सोमबार, १३ असार २०७३

मुग्लिनदेखिपूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमासोमबार बिहानै पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ। बिहान चार बजे पहिरो गएसँगै यातायात रोकिएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ।

स्कुल बनाउने बालुवा लिन गएकी चेपाङ बालिकाको ढिस्कोले पुरिएर मृत्यु

आइतबार, १२ असार २०७३

चितवनको विकट पहाडी गाविस लोथरको वडा नं. ७ स्यामराङमा विद्यालय बनाउन बालुवा लिन गएकी एकजना चेपाङ बालिकाको ढिस्कोले पुरेर निधन भएको छ।

थलियो निकुञ्ज पर्यटन

शनिबार, ११ असार २०७३

भूकम्पले थलिएको चितवनको पर्यटन क्षेत्र अझै उठ्न  सकेको छैन। पर्यटक कम भएपछि पर्यटन व्यवसायी सुस्ताएका छन्। केही वर्षयता तीव्र बनेको नयाँ होटल खोल्ने कार्य भूकम्पपछि ठप्प जस्तै छ।

पहिरोले छेक्न थाल्यो सडक

शुक्रबार, १० असार २०७३

चितवन– घोषित रुपमा दिउँसो चार घन्टा बन्द हुँदै आएको असार १ गतेयता पूरै समय चालु हुने भनिए पनि निर्माणाधीन नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्न थालेपछि आवागमन असहज र पट्यारिलो बन्दै गएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रु र मालवाहक गाडी घन्टौं जाममा पर्न थालेका छन्।

घट्न थाले चितवन निकुञ्ज घुम्ने पर्यटक

शुक्रबार, १० असार २०७३

चितवन– चैतमा आसलाग्दो देखिएको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या वैशाखबाट ओरालो लाग्न थालेको छ । चैतको तुलनामा वैशाख र जेठमा पर्यटक संख्या क्रमशः घढिरहेको छ । गत वर्ष वैशाखमा आएको भूकम्पपछि सुस्ताएको पर्यटन असोजमा संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीले थप मारमा परेको थियो ।

मुग्लिन नारायणगढ सडक १४ घण्टापछि खुल्यो

बिहिबार, ०९ असार २०७३

वर्षाका कारण पहिरो गएर बुधबार राति नौ बजेदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड १४ घण्टापछि बिहिबार मध्यान्ह ११ बजेदेखि खुलेको छ। मुग्लिन नारायणगढ सडक दुई लेनको बनाउने काम सुरु भएसँगै पहाड काटेको ठाउँमा पहिरो गएर दुख दिन थालेको हो ।

सुत्केरी गैंडालाई भेल्लरको दाना

बिहिबार, ०९ असार २०७३

विगतमा स्थानान्तरण गरेका धेरै गैंडा मरेका कारण यस पटक फेरि चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा लैजाने बेला विरोधका स्वरहरु उठे। तै पनि सरकारले फागुन १८ गते चितवनमा गैंडा समाउन सुरु गरेर २२ गतेभित्र पाँचवटा गैंडा बर्दिया पुर्याएरै छाड्यो । बर्दिया पुगेका पाँचमध्ये एउटा गैंडाले बच्चा जन्माएपछि त्यहाँ खुसीको माहौल छ ।

घरबाट फर्केको १८ औं दिनमा दुखद खवर

मङ्गलबार, ०७ असार २०७३

अफगानिस्तानको राजधानी काबुल विष्फोटमा ज्यान गुमाउने चितवनका कृष्णबहादुर ढुंगाना घर विदामा आएर १८ दिनअघि मात्रै कार्य क्षेत्र फर्केका थिए। ‘अस्ती भर्खर फर्केको हो आज यस्तो दुखद खबर सुन्नु पर्यो’, कृष्णका बुबा उत्तरकुमार ढुंगनाले भने।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad