रमेशकुमार पौडेल

नारायणगढ मुग्लिन सडक चार दिन चौबिसै घण्टा खुल्ने

शनिबार, २९ पुष २०७४

रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक आज शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ। चितवन जिल्ला ट्राफिक कार्यालयले शनिबार सूचना जारी गरेर सो जानकारी गराएको हो। माघे संक्रान्तिको समय परेका कारण बाटो चौबिसै घण्टा खुला हुने बताइएको छ।

‘उत्पादनमा अनुदान दुग्ध उत्पादक किसानका लागि उत्तम,’

शुक्रबार, २८ पुष २०७४

दूध उत्पादन गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको दूधमा नै अनुदान दिनु लाभदायक देखिएको बुधबार भरतपुरमा सम्पन्न एक कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

८६ केजी गाँजासहित दुई भारतीय गिरफ्तार

बुधबार, २६ पुष २०७४

चितवन प्रहरीले लागू औषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले दिएको जानकारी अनुसार मंगलबार दिउँसो पौने दुई बजे भारतीय जीपबाट ८६ किलो ४७० ग्राम गाँजा बरामद भएको हो । प्रहरी सहायक निरीक्षक (असई) अक्ष्यकुमार साहको नेतृत्वमा रहेको गस्ती टोलीले भरतपुर महानगरपालिका वडा नं. ९ गोन्द्राङमा जीप फेला पारेको डिएसपी शर्माले बताए ।

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन

बुधबार, २६ पुष २०७४

अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आयोजना गरेका कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागी भए । डा.केसीले सर्वसाधारणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिक दायित्व भएको सहभागीहरूको प्रतिक्रिया थियो ।

कृष्ण अधिकारी हत्या प्रकरण : मुद्दाको पेसी सरेको सरैै

बुधबार, २६ पुष २०७४

माओवादी सशस्त्र संघर्षका बेला चितवन रत्ननगरमा मारिएका गोरखा फुजेलका कृष्ण अधिकारीका हत्यारालाई कारबाही माग गरी चितवन जिल्ला अदालतमा दायर मुद्दामा अन्तिम फैसला सुनाउन निकै ढिलासुस्ती भएको छ । मुद्दा दायर भएको पौने चार वर्ष र अन्तिम बहस सकिएको पनि एक वर्षभन्दा बढी भयो तर फैसला हुने भनेर तोकिएको पेसी पटकपटक सरिरहेको छ ।

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन, सांसदसमेत सहभागि

मङ्गलबार, २५ पुष २०७४

अदालतको अवहेलना गरेको आरोपका आधारमा पक्राउ परेको डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनैतिक दल र नागरिक समाजले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागि भए ।

खरको घरबाट मुक्त हँदै महानगर

सोमबार, २४ पुष २०७४

स्थानीय तहको चुनावताका देशका जुनसुकै महानगर, उपमहानगर र नगरपालिकाका मेयर उपमेयरका उम्मेदवारको बाचा भनेको चुनावजितेपछि आफ्नो नगरलाई ‘स्मार्ट सिटी’ बनाउने भन्ने हुन्थ्यो । देशको मध्य भागमा रहेको भरतपुर महानगर पनि यसबाट अछुतो थिएन । तर शुक्रबार पहिलो नगरसभा भइरहँदा ‘स्मार्ट सिटी’ को चर्चा गर्ने भने कोही भएन ।

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

आइतबार, २३ पुष २०७४

मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।

‘पर्याप्त कानुनी ज्ञान दिइनुपर्छ’

आइतबार, २३ पुष २०७४

स्थानीय तहमा न्यायिक समिति गठन गरेर केही खास मुद्दामामिलाको छिनफान गरी न्याय–निसाफ दिने व्यवस्था भए पनि चितवनका सातमध्ये केही तहमा यो समिति गठनसमेत हुनसकेको छैन । सात स्थानीय तह भएको चितवनका दुईवटा स्थानीय तहमा अझै समिति गठन भएको छैन । प्रत्येक स्थानीय तहमा उपप्रमुख÷उपमेयरको संयोजकत्वमा तीनसदस्यीय न्यायिक समिति गठन हुने प्रावधान छ ।

आगामी दशक समृृद्धिको : दाहाल

आइतबार, २३ पुष २०७४

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो दशक समृद्धिको दशक हुने बताएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दाहालले शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनको उद्घाटन गर्दै दाहालले सो भनाइ राखेका हुन् । संसारकै सुन्दर र विविधतायुक्त देश नेपाललाई विकासको मोडल बनाउन गाह्रो नभएको उनले बताए ।

दाहालले भने: हण्डर ठक्कर खाँए, मेरो रियल इमेज अहिले बनेको छ (भिडियो)

शुक्रबार, २१ पुष २०७४

वाम गठबन्धले चुनावमा अत्याधिक ठाउँमा जित हासिँल गरेसँगै एमाले र माओवादीबीच पार्टी एकता होला नहोला? यी दुई पार्टीलाई अन्य कुनै पक्षले जुट्न नदिने पो हो कि? काँग्रेसले बाम गठबन्धन फुटाउने भयो रे जस्ता चर्चा दिन दिनै चल्छ। भरतपुरमा शुक्रबार बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने ‘हामी कसैले पनि मिल्नेलाई फुटाउने कोशिस नगरौं, मिल्ने जतिलाई मिल्नै दिउँ।’

नारायणगढमा नेपथ्यको कन्सर्ट

शुक्रबार, २१ पुष २०७४

माघेसंक्रान्तिका दिन प्रख्यात सांगीतिक ब्यान्ड नेपथ्यले नारायणगढमा लाइभ कन्सर्ट गर्ने भएको छ । नारायणी नदी किनारमा नेपथ्यले तीन वर्षपछि कार्यक्रम गर्न लागेको हो ।

पत्नी र छोरीसँगै देवघाटधाम घुम्दै प्रचण्ड

बिहिबार, २० पुष २०७४

प्रख्यात धार्मिक स्थल देवघाटधाममा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहीबार घुमघाम गर्न पुगेका छन्।

अस्थायी केन्द्र तोक्दैमा धेरै टेन्सन नलिउँ: अध्यक्ष दाहाल

बिहिबार, २० पुष २०७४

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्दैमा धेरै तनावमा कोही बस्न नपर्ने बताएका छन् । माओवादी केन्द्र र एमाले निकटका दुई पत्रकार संगठनले बिहीबार भरतपुरमा राखेको पत्रकार सम्मेलनमा दाहालले भने ‘अहिले सरकारले तोकेपछि त्यही नै अन्तिम हुने होइन । प्रदेश सभाको बैठकले आवश्यकता अनुसार निर्णय लिन्छ ।’

सरकार गठनअघि नै पार्टी एकीकरण : अध्यक्ष दाहाल

बिहिबार, २० पुष २०७४

ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनपछि नै सरकार गठन हुने बताएका छन्।

विकट चेपाङ गाउँ कान्दामा स्वर्ण पदकको चमक

बुधबार, १९ पुष २०७४

कान्दामा च्याउका कारण निम्तेको दु:खद कथा मात्र छैन, अब त्यहाँ चमत्कार गर्न सक्ने च्याम्पियनहरु पनि भेटिने छन्। कान्दा यस्तो विकट पहाडी गाउँ हो जहाँ सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको बाक्लै बसोबास छ। सदरमुकाम भरतपुरबाट धेरै नै टाढा र सडक सञ्जालबाट पनि पर रहेको सो गाउँको नाम ६७ सालको जेठमा एकाएक चर्चामा आयो। गाउँका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका आठजनाको ज्यान गयो। तरकारी नखाएका बाबुरामका नौ महिने नाती मात्रै बाँचे।

कलामन्दिरमा ‘ वीरबहादुर’

बुधबार, १९ पुष २०७४

‘मदन पुरस्कार’ विजेता साहित्यकार रामलाल जोशीको कथा संग्रह ‘ऐना’मा रहेको कथा ‘श्रीमान वीरबहादुर’ नाटकका रुपमा मञ्चन हुने भएको छ । कर्मी नाट्य समूहले नारायणगढको नारायणी कलामन्दिरमा बुधबारदेखि चारदिनसम्म लगातार नाटक देखाउन लागेको हो ।

दिएर नथाक्ने महादानी मैयादेवी

मङ्गलबार, १८ पुष २०७४

भरतपुर चौबीस कोठीनजिक पूर्व–पश्चिम राजमार्गबाट पूर्वतर्फ हेर्दा एउटा भव्य तीन तले भवन देखिन्छ । सो भवन चितवनको एउटा प्रख्यात कलेजको हो । जहाँ स्नातकोत्तर तहसम्म पढाइ हुन्छ । लगभग हजार जना विद्यार्थी त्यहाँ पढ्छन् । पढ्नेमा सबै युवती मात्रै छन् । १२ कठ्ठा जमिनमा बनेको सो भवन महिला शिक्षाका लागि नमुना बनेको छ । सो कलेजको जग्गा किन्न र भवन बनाउने सबै खर्च सुश्री मैयाँदेवी श्रेष्ठले बेहोरेकी हुन् । त्यसैले कलेजको नाम नै छ मैयाँदेवी कन्या कलेज । नारायणगढ बजारको मुख्य क्षेत्र सहिद चोकबाट केही भित्र बालकुमारी कन्या स्कुल छ । सो स्कुललाई श्रेष्ठले १० कठ्ठा जग्गा आमाको नाममा दान दिएकी हुन् ।

आजदेखि नारायणगढ-मुग्लिन सडक छ घण्टा बन्द

मङ्गलबार, १८ पुष २०७४

निर्माणाधन नारायणगढ–मुग्लिन सडक आजदेखि रातमा छ घण्टा बन्द हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले दिएको जानकारीअनुसार राति १० बजेदेखि बिहानपख चार बजेसम्म सो सडक खण्डमा कुनै पनि गाडी चल्ने छैनन् । यो समयमा पहाड काट्ने लगायतका गर्न मिल्ने कामहरु ठेकेदारहरुले गर्नुपर्ने हुन्छ ।

बाघ आक्रमण बेहोरेका बद्रहनीबासीको ब्यथा

आइतबार, १६ पुष २०७४

बद्रहनी गाउँ नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र सौराहाभन्दा लगभग तीन किलो मिटर पश्चिममा पर्छ । सौराहाको आडमा पनि राप्ती नदी नै बग्छ । त्यो गाउँ पनि राप्ती नदीकै आडमा छ । नदीभन्दा पर सौराहामा पनि चितवन निकुञ्जको जंगल नै छ, बद्रहनी पारी पनि निकुञ्जकै जंगल छ । तर सौराहा पर्यटनका कारण चम्किलो छ भने बद्रहनीमा जंगली जनावरबाट पीडित भएकाहरु गाउँभरि नै भेटिन्छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad