रुद्र खड्का

श्रम समझदारीको अन्तिम तयारीका लागि नेपाली टोली मलेसिया

बिहिबार, ११ असोज २०७५

लामो समयदेखि हुन नसकेको श्रम समझदारीलाई अन्तिम रुप दिन सरकारी टोली बुधबार मलेसिया गएको छ।

उच्चस्तरीय संसदीय टोलीद्वारा अनुगमनको माग

बुधबार, १० असोज २०७५

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता भएको आशंका गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित टोलीले छानबिन जारी राखेको बेला सांसदहरूले समेत उच्चस्तरीय अनुगमनको माग गरेका छन्।

पप्पुलाई ठेक्का दिएकोमा आपत्ति

बुधबार, १० असोज २०७५

पप्पु कन्स्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन बनाउन छनोट गरेकोेमा सांसदले विरोध जनाएका छन्।

ठूला कम्पनीलाई ६ र सानालाई तीन करोड

मङ्गलबार, ०९ असोज २०७५

म्यानपावर कम्पनीले राख्नुपर्ने धरोटी ६ करोड रुपैयाँ पु-याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ।

६/६ महिनामा बायोडाटा अपडेट

आइतबार, ०७ असोज २०७५

करिब २३ वर्षे जागिरेका क्यारियरमा आधा दर्जनभन्दा बढी संस्थाको अनुभव सँगाल्दा नारायण ज्ञवालीले आफूलाई असुरक्षित होइन कि झन् बढी सुरक्षाको अनुभूति गरेका छन् । लामो समयसम्म एउटै संस्थामा काम गर्नु हुँदैन भन्ने ‘आत्मनियम’ बनाएका ४५ वर्षे ज्ञवालीले पटक–पटक संस्था फेर्दा आजको दिनसम्म कहिल्लै बेरोजगार भएका छैनन् ।

साउदी जाने कामदारले बढेको पारिश्रमिक पाउलान्?

बिहिबार, ०४ असोज २०७५

गएको शुक्रबार सरकारले कामदारको हित हुने गरी एक गतिलो निर्णय ग-यो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा मन्त्रिपरिषद् बैठकले साउदी अरेबिया जाने कामदारको पारिश्रमिक एकैचोटि प्रतिमहिना तीन सय रियाल (करिब नौ हजार रुपैयाँ) वृद्धि गर्ने निर्णय गरेपछि कामदार खुसी हुनु स्वाभाविक हो।

आयोजनाका कर्मचारीसँग अख्तियारको बयान सुरु

मङ्गलबार, ०२ असोज २०७५

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बद्ध कर्मचारीसँग बयान लिन थालेको छ।

खाल्टाखुल्टी पुर्न वार्षिक १४ अर्ब बजेट

आइतबार, ३१ भदौ २०७५

समयमा सडक मर्मत नगरेको भन्दै जनस्तरबाट चर्को आलोचना हुँदै आएका बेला सडक विभागले पर्याप्त बजेट नभएकाले मर्मत गर्न नसकेको बताएको छ।

नौ हजार कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

बिहिबार, २८ भदौ २०७५

कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब ९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ।

माटो परीक्षणको रिपोर्ट पर्खंदै छानबिन टोली

सोमबार, २५ भदौ २०७५

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माणमा भएको अनियमितता छानबिन गर्न ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालयद्वारा गठित टोली अन्तिम प्रतिवेदन प्रकाशित गर्ने तयारीमा जुटेको छ । जसका लागि टोलीले माटो परीक्षणको अन्तिम प्रतिवेदन पर्खिरहेको छ।

वैदेशिक रोजगारको बेथिति : दिनहुँ बेरोजगारको ५० लाख लुट (भिडियो)

आइतबार, २४ भदौ २०७५

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैयाँ हाराहारी ठगी हुने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनका एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमिते जस्तै देखिन्छन्।

पहिलो चरणमै स्थगित भयो सार्क आप्रवासन प्राविधिक समितिको बैठक

शुक्रबार, २२ भदौ २०७५

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आप्रवासन प्राविधिक समितिको बैठक बस्न नपाई स्थगित भएको छ।

दुई वर्षमा सात प्रतिशत काम, दाताद्वारा सहयोग रोक्ने चेतावनी

बुधबार, २० भदौ २०७५

मुलुकका अधिकांश पुल निर्माणको ठेक्का लिएर काम नगरेको आरोप खेपेको पप्पु कन्स्ट्रक्सनले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माणमा समेत लापरबाही गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा पप्पुले काम नगरेपछि शाखा नहर निर्माण गर्न आर्थिक सहयोग गरेको दाताले समेत सहयोग रोक्ने चेतावनी दिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टामा पहिलोपटक सहयोग गर्ने दातृ निकाय साउदी विकास कोष हो ।

कोरियाबाट शव झिकाउन वर्षमा करोड

मङ्गलबार, १९ भदौ २०७५

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।

नेपाल–मलेसियाबीच श्रम समझदारी चाँडै

बिहिबार, १४ भदौ २०७५

लामो समयदेखि हुन नसकेको नेपाल र मलेसियाबीचको श्रम समझदारी (एमओयु) अन्तिम चरणमा पुगेको छ।

सिक्टा अनियमितताबारे प्रभावित क्षेत्रका सांसद चुपचाप

सोमबार, ११ भदौ २०७५

१४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताबारे प्रभावित क्षेत्र बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद अझै मौन जस्तै छन्।

मलेसियाले पठायो श्रम समझदारीको मस्यौदा

शुक्रबार, ०८ भदौ २०७५

विगतमा नेपालले गरेका कैयौं प्रयासलाई बेवास्ता गर्दै आएको मलेसियाले यसपटक भने आफैं श्रम समझदारी (एमओयु) को मस्यौदा पठाएको छ।

नहर निर्माणमा कमजोरी : छानबिन टोली

बिहिबार, ०७ भदौ २०७५

सरकारी छानबिन टोलीले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा कमीकमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

ठेक्का लगाउन हतार, काम गराउन बेवास्ता

बुधबार, ०६ भदौ २०७५

राष्ट्रिय गौरवको सिक्टा सिँचाइका आयोजना प्रमुखहरूको ध्यान पुराना ठेक्का सम्झौतालाई अनुगमन र नियमन गर्नुभन्दा नयाँ ठेक्का सम्झौता गरी कमिसन असुल गर्नेतिर ध्यान जाँदा मूल नहर कमसल बनेको पाइएको छ।

ठेकेदार जोगाउन चलखेल

शुक्रबार, २५ साउन २०७५

परीक्षण क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहरलाई आयोजना कार्यालय आफैंले मर्मत गरेर ठेकेदारलाई उन्मुक्ति दिने चलखेल गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।