रुद्र खड्का

कालिका र पप्पु ठेक्का लिन वञ्चित

सोमबार, ०६ जेठ २०७६

मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याइँ गरेको आरोप लागेका ठेकेदार कम्पनी सिटिसिई कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्। सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन्। राम्रो काम नगरेको आरोपमा यी दुवै कम्पनीको मुद्दा अदालतमा विचाराधीन छ। कालिका र पप्पुजस्तै अदालतमा मुद्दा परेका अन्य कम्पनीले पनि अब ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

वैदेशिक रोजगारीमा जान सीप र भाषा अनिवार्य

शुक्रबार, ०३ जेठ २०७६

सीप र भाषालाई अनिवार्य गर्न पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रम संशोधन गर्ने अन्तिम तयारी भइरहेको बताए। हाल वैदेशिक रोजगारीमा जाने युवामा अदक्षको वर्चस्व रहँदै आएको छ।

उपलब्धि गुम्ने खतरा

शुक्रबार, ०३ जेठ २०७६

एकातिर मलेसियासँगको एमओयूलाई ऐतिहासिक भन्ने र अर्कोतर्फ के समस्या आएको हो, त्यसलाई सार्वजनिक नर्गदा वास्तविकता बुझ्न गाह्रो भयो

उजुरी पर्छन्, न्याय पाउँदैनन् पीडित

बिहिबार, ०२ जेठ २०७६

महोत्तरी, बर्दिबास–८ का भक्तबहादुर मोक्तानले कतारमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएको चार महिना भयो। यो चार महिनामा विभागका कर्मचारीले मोक्तानलाई कानुन अनुसार क्षतिपूर्ति दिलाउन त सकेनन् नै, विभागका कर्मचारीले गम्भीरतापूर्वक कुरा नै नसुनेपछि मोक्तान निराश छन्। ‘कतारमा चार महिनासम्म काम गर्दा पूरै पारिश्रमिक नपाएपछि स्वदेश फर्केर न्यायका लागि हारगुहार गरिरहेको छु,’ बुधबार मोक्तानले नागरिकसँग भने, ‘न्याय पाइएला भन्ने आस लागेको बेला उल्टै विभागका कर्मचारी म्यानपावरको कुरा सुनेर हप्कीदप्की गर्छन्।’

जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चल्न अझै कम्तीमा चार महिना लाग्ने

मङ्गलबार, ३१ बैशाख २०७६

जिटुजी स्तरबाट खरिदबिक्री नगरी बिचौलिया नियुक्त गर्ने प्रयासले गर्दा दुई देशबीचको सम्झौता लम्बिएको हो।

नेपालको प्रस्तावमा गन्तव्य मुलुकको बेवास्ता

आइतबार, २९ बैशाख २०७६

नेपाली युवा रोजगारीमा जान थालेको करिब दुई दशकपछि गत कात्तिक १२ गते मलेसिया र नेपालबीच श्रम समझदारी (एमओयू) भयो। त्यसअघि नेपालले लामो समयदेखि मलेसियासँग एमओयू गर्न खोजे पनि मलेसियाले अनेक बहाना निकाल्दै आलटाल गरिरहेको थियो।

साना र मझौला उद्योग जान अनिच्छुक

शुक्रबार, २७ बैशाख २०७६

सरकारले साना मजदुर–कर्मचारीको भविष्यको सुरक्षाका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरे पनि साना र मझौला उद्योग प्रतिष्ठानले आर्थिक व्ययभार बढ्ने कारण देखाउँदै यो कार्यक्रममा सूचीकृत हुन मानेका छैनन्।

रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु

सोमबार, २३ बैशाख २०७६

केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन्। काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन्। रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरूले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए।

ठूला आयोजना सरकारको प्राथमिकतामा

आइतबार, २२ बैशाख २०७६

सरकारले ठूला आयोजनाको निर्माणलाई प्राथमिकता दिने भएको छ। शुक्रबार आर्थिक वर्ष २०६६/०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ठूला आयोजना प्राथमिकतामा परेको बताएकी हुन्। लामो समयअघि सुरु गरिएका ती आयोजनाहरूको हाल भौतिक प्रगति सन्तोषजक छैन।

श्रमिकका अधिकार भाषणमा सीमित

बिहिबार, १९ बैशाख २०७६

विगतका वर्षझै यसवर्षको एक सय ३० औं श्रमिक दिवस बुधबार धुमधामपूर्वक मनाइयो। श्रमिक दिवसमा ट्रेड युनियनका नेता मात्र नभई प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीति दलका नेताहरूले श्रमिक, हित र अधिकारको पक्षमा अनेक भाषण गरे।

ठूलामा ढिलाइ, सानामा सन्तोषजनक

बुधबार, ११ बैशाख २०७६

भौतिक पूर्वाधारका ठूला आयोजनामा ढिलासुस्ती भइरहेको गुनासो व्याप्त रहेको बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक वर्षमा (२०७४ चैतदेखि २०७५ चैतसम्म) देशभर नयाँ र स्तरोन्नतिसहित सात सय ४७ किलोमिटर सडकलाई कालोपत्रे गरेको जनाएको छ ।

१५ हजार किलोमिटर संघको जिम्मा

मङ्गलबार, १० बैशाख २०७६

देश संघीयतामा गएसँगै विकासका योजना तय, निर्माण र रेखदेखको सोही अनुसार बाँडफाँट हुन थालेको छ। नयाँ योजना अनुसार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि निर्माण भएका कुल सडकमध्ये १५ हजार किलोमिटर मात्र जिम्मा लिने जनाएको छ।

ठेक्का व्यवस्थापनमा सधैं ढिलासुस्ती

बिहिबार, ०५ बैशाख २०७६

आर्थिक कार्यविधि २०६४ बमोजिम ठेक्कापट्टा स्वीकृत गर्ने कार्य आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा गरिसक्नु पर्छ

ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण

सोमबार, ०२ बैशाख २०७६

ठेकेदार र कर्मचारीको मिलेमतोमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण सामग्रीको प्रयोग र गुणस्तरहीन काम भएको पाइएको छ। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उक्त आयोजनाको मूल नहर भत्कनुको मुख्य कारण कमसल निर्माण सामग्रीको प्रयोगलाई औंल्याइएको हो।

परामर्शदाताका नाममा लुट

शनिबार, ३० चैत २०७५

कानुनको धज्जी उदाउँदै सरकारी कार्यालयहरूले परामर्शको नाममा ब्रह्मलुट गरेको पाइएको छ। कार्यरत जनशक्तिले गर्न सक्ने कामसमेत परामर्शदाताबाट गराएर सरकारी ढुकुटीमा लुट मच्चाइएको महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६औं प्रतिवेदनमा उल्लेख छ।

निजगढ–हेटौंडा–भरतपुर खण्डमा अर्को डिपिआर

बिहिबार, २८ चैत २०७५

सरकारले भारतबाट दुई थान डेमो रेल (डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने) खरिद गर्ने तयारी गरिरहेको बेला मेची–महाकाली मार्गको केही खण्डमा पुनः डिपिआर तयार गरिने भएको छ। यसअघिको मेची–महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन अन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डमा विरोध आएपछि रेल विभागले पुनः अर्को डिपिआर बनाउने तयारी गरेको हो।

मृतकका परिवारलाई साउदीबाट अढाई करोड

बुधबार, २७ चैत २०७५

रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ। लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए। साउदीस्थित नेपाली राजदूतावासले जनाए अनुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको  छ।

सम्झौता कम्पनीको, काम घरमा

मङ्गलबार, २६ चैत २०७५

कम्पनीको नाममा श्रम स्वीकृति निकाल्ने र खाडी मुलुक पु-याएर महिलालाई घरेलु काममा लगाउने गिरोह सक्रिय रहेको पाइएको छ।

भेरी बबईको सुरुङ एक वर्ष छिटो

आइतबार, २४ चैत २०७५

तोकिएको समय र लागतमा अधिकांश ठूला आयोजनाको निर्माण सम्पन्न हुन नसकेको बेला राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा भने फरक अवस्था देखिएको छ।

रोजगार कार्यक्रमले तानेन युवा

मङ्गलबार, १९ चैत २०७५

चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु ग-यो। उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो– अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एकपटक सोच्नेछन्।

Ncell Footer Ad