रुद्र खड्का

मधेसी मोेर्चा अविश्वासमा सघाउने, सरकारमा नजाने

सोमबार, ०३ साउन २०७३

कांग्रेस–माओवादीका शीर्षस्थ नेताले मधेसवादी दललाई आफ्नो गठबन्धनमा ल्याउन भरपूर प्रयास गरे पनि मधेसी मोर्चा भने यसबारे अझै अनिर्णित छ। नयाँ सरकारमा सामेल हुन कांग्रेस–माओवादीका नेताले ताकेता गरिरहेका बेला आइतबार बसेको संघीय गठबन्धन बैठकले नयाँ सरकारमा सामेल हुनेबारे निर्णय गर्न सकेन।

दाहाललाई फकाउँदै मन्त्री

शनिबार, ०१ साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव नेतृत्व गरेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग सत्तारूढ गठबन्धनकै मन्त्रीहरूले भेटघाट तीव्र पारेका छन्। नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरू व्यवस्थापिका संसद्देखि दाहालको निवासमै पुग्ने गरेका छन्।

सत्तालाई ओलीले दैवी शक्ति प्राप्त गरेको ठानेः दाहाल

शुक्रबार, ३१ असार २०७३

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तालाई दैवी शक्ति प्राप्त गरेको जस्तो ठानेको बताएका छन्।

'पर्ख र हेर' मा मधेसी मोर्चा

शुक्रबार, ३१ असार २०७३

नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकारमा सहभागिता हुने या नहुनेबारे  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले 'पर्ख र हेर' को रणनीति लिएको छ।

मधेसवादी फकाउँदै कांग्रेस-माओवादी

बिहिबार, ३० असार २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव सामना गर्ने तयारी गरेपछि नयाँ गठबन्धनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको जोड मधेसवादी दललाई फकाउन केन्द्रित छ।

माओवादीको तीन महिने कसरत

बुधबार, २९ असार २०७३

केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्न नेकपा माओवादी केन्द्रलाई करिब तीन महिना लागेको छ । गत असोजमा नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न समर्थन गरेको माओवादीले ६ महिनासम्म आफैँले समर्थन गरेको सरकारलाई सौहार्दपूर्ण तरिकाले सहयोग गरे पनि त्यसयता कहिले सरकारमा रहेर पनि अपहेलित भएको त कहिले प्रधानमन्त्रीले सहयात्रीलाई ध्वस्त पार्न खोजेको भन्दै विरोध गर्न थालेको थियो ।

नयाँ सरकारलाई माओवादी सक्रिय

मङ्गलबार, २८ असार २०७३

केही दिनदेखि केपी शर्मा ओली सरकारको विकल्प खोजिरहेको नेकपा माओवादी केन्द्रले नयाँ सरकारबारे सहमति जुटाउन भेटघाट तीव्र बनाएको छ। राष्ट्रिय सहमतिको सरकार गठन नभई संविधान कार्यान्वयनमा समस्या आउने तथा विद्यमान समस्या समाधान नहुने अडान राख्दै आएको माओवादीले सोमबार केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठक सकिएलगत्तै सक्रियता बढाएको हो।

सहमति खोज्दै नेतात्रय

शनिबार, २५ असार २०७३

सहमतीय सरकार गठनको प्रारुप तयार गर्न नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टाछुट्टै छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार नेताहरूबीच छलफल भएको हो।

माओवादी सहमतीय सरकारमै

शुक्रबार, २४ असार २०७३

नेकपा माओवादी केन्द्रले वृहत राष्ट्रिय सहमतिको सरकार बनाउन पहल लिने निर्णय गरेको छ। तीन दिन चलेको पोलिटब्युरो बैठकले राष्ट्रिय सरकारले मात्रै मुलुकका समस्या समाधान गर्नसक्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

माओवादी नेतृत्वलाई सरकार छाड्न दबाब

बुधबार, २२ असार २०७३

काठमाडौं-अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबार सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन्।

माओवादी जोड सहमतीय सरकार

मङ्गलबार, २१ असार २०७३

केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प खोज्न पार्टीभित्रै दबाब चुलिएपछि सत्तासाझेदार नेकपा माओवादी केन्द्र 'सहमतीय सरकार' गठनको कसरतमा जुटेको छ। सहमतीय सरकारबाट मात्र संविधान कार्यान्वयन तथा मुलुकका समस्या सम्भव रहेको ठहर गर्दै केन्द्रले सत्तारूढसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलसँग वार्ता तीव्र बनाएको छ।

सरकारको विकल्प खोज्दै माओवादी

सोमबार, २० असार २०७३

काठमाडौं-आफैँ सामेल सरकारलाई टिकाउन नौबुँदे सहमति गरेको माओवादी केन्द्रले दुई महिनापछि नै सरकारको विकल्पबारे छलफल बढाएको छ। सरकारबाट कसरी बाहिरिने र कोसँग साझेदार गर्ने भन्ने कसरतमा केन्द्रका नेताहरू लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ।

नौबुँदे पासोमा दाहाल

आइतबार, १९ असार २०७३

काठमाडौं- केही दिनयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जहाँ पुग्छन्, त्यहाँ प्रश्न उठ्ने गरेको छ– एमाले नेतृत्वको सरकार र केन्द्रबीच भएको नौबुँदे सहमति दुई महिना बित्नै लाग्दा किन कार्यान्वयन भएन?

मलेसिया पुगेपछि मन्त्रीको टोलीमा खटपट, आधी फर्किए

शुक्रबार, १७ असार २०७३

काठमाडौं—नेपालका सरकारी अधिकारी कति अव्यवस्थित र योजनाविहीन तरिकाले काम गर्छन् भन्ने उदाहरण मलेसिया भ्रमणमा पनि देखिएको छ। मलेसियामा काम गर्दै आएका श्रमिकको अवस्था बुझ्न भन्दै श्रम तथा रोजगार मन्त्री दीपक बोहराको नेतृत्वमा गएको ‘जम्बो’ टोलीमै खटपट भएपछि टोलीका आधा सदस्य बिहीबार स्वदेश फर्केका छन्।

क्रान्तिकारी माओवादीको अलमलमा

सोमबार, १३ असार २०७३

बहुमत केन्द्रीय सदस्य पुरानै पार्टीमा फर्केपछि केही नेताको पहलमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तीन दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ। करिब दुई सय केन्द्रीय पदाधिकारीमध्ये बहुमत सदस्य बाहिरिएका बेला उक्त पार्टीले आगामी कार्यदिशा कस्तो बनाउला भन्ने धेरैको चासो रहँदै आएको थियो।

म्यादी जीवन बिमामा कमिसन हटाइयो

शुक्रबार, १० असार २०७३

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको बिमा गर्ने विभिन्न कम्पनीका एजेन्टहरूले अब म्यादी जीवन बिमा गरेबापतको कमिसन नपाउने भएका छन्। वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको म्यादी जीवन बिमा गर्दा पीडितले अपेक्षित लाभ लिन नसकेको ठहर गर्दै बिमा समितिले उक्त निर्णय गरेको हो।

वैदेशिक रोजगारीमा बढ्दो ठगी, मेनपावरलाई कारबाही हुँदैन

शुक्रबार, १० असार २०७३

काठमाडौं– सजायको भागीदार हुन कतिवटा अपराध गर्नुपर्ला ? सायद सबैले फर्काउने जवाफ हो– हरेक व्यक्ति र संस्थाका लागि एउटै अपराध पर्याप्त हुन्छ। तर, नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहँदा पनि कारबाही भएको छैन।

'अफगानिस्तान घटना दोहोरिन सक्छ'

बिहिबार, ०९ असार २०७३

रोजगारीमा इराक पुगेका १२ जना नेपालीको हत्या भएको घटना बिर्सन नपाउँदै अफगानिस्तानमा त्यस्तैखाले घटना दोहोरिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली झनै असुरक्षित हुँदै गएको ठानिएको छ। असुरक्षित मुलुकमा नेपाली कामदारलाई श्रम स्वीकृति जारी गर्नु हुँदैन भन्ने सशक्त आवाज उठेका बेला श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति जारी गर्ने क्रम नरोकेपछि सरोकारवालाले सरकारी निकाय नै कामदार सुरक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन्।

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

बुधबार, ०८ असार २०७३

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा अात्मघाती बम अाक्रमणमा मारिएका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

नक्कली कम्पनी खोल्दै अफगान बोलाउँदै

मङ्गलबार, ०७ असार २०७३

महिनैपिच्छे आउने तलबले दैनिक आवश्यकता टार्न गाह्रो भएपछि वैदेशिक रोजगारीमा आँखा डुलाएका तामाङका लागि अहिले सोही वैदेशिक रोजगारीले 'घर न घाट' बनाएको छ। नेपाली सेनाले दिने पारिश्रमिकले चित्त नबुझेर वैदेशिक रोजगारीमा लोभिएका तामाङ यतिखेर अघिल्लो वर्ष जागिर छाड्न गरेको निर्णयप्रति पश्चाताप गरिरहेका छन्।