रुद्र खड्का

गाम्का, बायोमेट्रिक अध्ययन कार्यदल प्रतिवेदनः सरकारले सिन्डिकेटलाई प्राथमिकता दिएको ठहर

आइतबार, ०९ असोज २०७३

वैदेशिक रोजगारीका लागि साउदी र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको क्रमशःगाम्का र बायोमेट्रिक प्रणालीको अध्ययन गर्न गठित कार्यदलले श्रम तथा रोजगार मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाएको छ ।

'थप व्ययभार रोक्न कूटनीतिक पहल'

आइतबार, ०९ असोज २०७३

वैदेशिक रोजगारीका लागि साउदी र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको क्रमशःगाम्का र बायोमेटि्रक प्रणालीको अध्ययन गर्न गठित कार्यदलले श्रम तथा रोजगार मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाएको छ।

माओवादी नेतृत्वको कडा आलोचना

आइतबार, ०९ असोज २०७३

नेकपा माओवादी केन्द्रका नेताहरूले पछिल्ला दिन पार्टीले विचार र विधिलाई बेवास्ता गरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्। शनिबार सुरु सचिवालय बैठकमा नेताहरूले माओवादी पार्टी दस वर्षे सशस्त्र द्वन्द्वको आडमा स्थापित भए पनि पछिल्ला दिन नेतृत्वले विचार र विधिलाई पूरै बेवास्ता गरिरहेको बताए।

विदेशबाट हारगुहार बढेको बढ्यै

शुक्रबार, ०७ असोज २०७३

रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका नेपाली समस्यामा पर्ने क्रम दिन प्रतिदिन बढेको बढ्यै छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न कार्यक्रममा जोड दिए पनि रोजगारीमा गएका नेपाली पीडित हुने क्रम जारी छ।

मोर्चा-सरकार दूरी बढ्दो

शुक्रबार, ०७ असोज २०७३

संविधान संशोधनबारे सरकारले सीमित मधेसी दलसँग मात्र छलफल अघि बढाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच दूरी बढ्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विषयबारे मोर्चामा आवद्ध सबै दलसँग समान छलफल गर्नुको साटो एक/दुई दलका नेतासँग मात्र छलफल गर्न थालेपछि अन्य दल चिढिएका हुन्।

अख्तियारको पत्रबारे सत्तारुढ बेखबर

बुधबार, ०५ असोज २०७३

तत्कालीन माओवादी लडाकु शिविरको आर्थिक अनियमितताबारे छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गर्ने तयारी गरिरहेको सूचनाले मंगलबार नेपाली राजनीति गरमागरम हुँदै गर्दा सत्तारुढ दल भने ‘बेखबर’ छन् । सत्तारुढ दलका नेताले भने अख्तियार तयारीबारे कुनै जानकारी नभएको बताए ।

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

मङ्गलबार, ०४ असोज २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिनलाई 'कालो दिन' मनाउन निकै तामझाम गरे पनि अन्ततः उक्त कार्यक्रममा निकै थोरै सहभागी भए। मधेसका जिल्लामा विरोध कार्यक्रम केही प्रभावकारी देखिए पनि राजधानीमा भने विरोध कार्यक्रम 'सांकेतिक' रूपमा सीमित रह्यो।

मधेसी मोर्चामा विवाद चर्कियो

सोमबार, ०३ असोज २०७३

मधेसवादी दलले असोज ३ गतेलाई 'कालो दिन' को रूपमा मनाउने निर्णय गरे पनि विरोध कार्यक्रम भने फरक–फरक स्थानमा गर्ने तय गरेका छन्।

दाहाल दिल्लीमा, मुख्य वातचित आज

शुक्रबार, ३१ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको पहिलो दिन दिल्लीमा निकै व्यस्त रहे। बिहीबार अपराह्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि दाहाल रातिसम्म विभिन्न भेटघाट र छलफलमा सहभागी भए।

संविधान संशोधन ‘चार विषयमा'

बिहिबार, ३० भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसवादी दललाई चार विषयमा संविधान संशोधन तयारी भइरहेको जानकारी गराएका छन्। साढे एक महिनाअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग तीनबुँदे सम्झौता गरेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले सहमति कार्यान्वयनमा ढिलाइ गरिरहेको मधेसवादी दलको गुनासोपछि बुधबार दाहालले असन्तुष्ट समूहका माग सम्बोधन गर्न गम्भीर रहेको बताएका हुन्।

दाहालसँग मधेसी मोर्चा क्रुद्ध

बुधबार, २९ भदौ २०७३

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल तीनबुँदे सम्झौता कार्यान्वयन प्रक्रियामा नलगी भारत भ्रमणमा जान थालेपछि मधेसवादी दल आक्रोशित भएका छन्। नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभएपछि मधेसवादी दलको आक्रोश चुलिँदै गएको हो ।

वैद्य माओवादी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट चुनाव लड्ने

मङ्गलबार, २८ भदौ २०७३

काठमाडौं–मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी अब देशभक्त जनगणतान्त्रिक मोर्चाबाट चुनाव लड्ने भएको छ।

मलेसियाले फेरि शुल्क बढायो

मङ्गलबार, २८ भदौ २०७३

कामका लागि मलेसिया पुगेका कामदार रोजगारदाता र स्थानीयबाट पीडित हुने क्रम जारी रहेको बेला मलेसिया सरकारले कामदारलाई आर्थिक भार पर्ने गरी 'वन स्टप सेन्टर'को नाममा थप शुल्क उठाउने तयारी गरेको छ।

विदेशी कामदारको उद्धार हम्मे

सोमबार, २७ भदौ २०७३

सिराहा, तुल्सीपुर–५ का २० वर्षीय नगेन्द्रप्रसाद महतो दुबईमा अलपत्र परेको खबर पाएपछि यतिखेर परिवार बेचैन छ। आर्थिक जोहो गर्न २०६९ साल चैत २ गते वैदेशिक रोजगारीमा गएका महतो केही महिनायता कम्पनीको यातना सहन नसकेपछि लुकेर बसेको जनाउँदै परिवारले उद्धार गरिदिन सरोकारवाला निकायमा हारगुहार गरे पनि ती निकाय चुपचाप झैं छन्।

सरकारसँग झस्किए मधेसी दल

सोमबार, २७ भदौ २०७३

प्रधानमन्त्री भएको एक महिनामै प्रक्रिया थाल्ने आश्वासन दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनमा ढिलाइ गर्दै गएपछि मधेसवादी दल सशंकित हुन थालेका छन्।

संविधान संशोधन अन्योलमा, मधेसी दल निराश

आइतबार, २६ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि नै संविधान संशोधन प्रक्रिया थाल्ने घोषणा गरे पनि दलहरूबीच सहमति नजुट्दा अन्योल बढेको छ । पछिल्लोपटक सरकारप्रति आशावादी रहेका मधेसवादी नेताहरू प्रधानमन्त्रीको भारत भ्रमण (भदौ ३० गतेदेखि) नजिकिँदै गर्दा निराश बन्न थालेका छन् ।

असोजभित्रै सीमांकन टुंगिन्छः प्रधानमन्त्री

शुक्रबार, २४ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकायको सीमांकन र संख्या असोजभित्रै टुंगो लगाउन प्रयासरत रहेको बताएका छन् । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणको काम सहमतिकै माध्यमबाट गरी असोज मसान्तभित्र स्थानीय तहको संख्या र सीमांकन विवाद टुंगो लगाउन पूरै प्रयत्न गर्ने उनले बताए ।

स्थानीय निकाय पुनःसंरचनाका काम नरोकिने

बुधबार, २२ भदौ २०७३

काठमाडौं-सीमा निर्धारण आयोगले गरिरहेको स्थानीय निकाय पुनःसंरचनाको कामलाई निरन्तरता दिन प्रमुख तीन दल सहमत भएका छन्।

नेताका टकराबले संविधान संशोधन सर्दै

बुधबार, २२ भदौ २०७३

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तारुढ तथा प्रतिपक्ष दलका नेताबीच बढेको व्यक्तिगत टकराबले संविधान संशोधन प्रक्रिया पछि सर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ अन्तिम साता भारतको भ्रमण गर्नुअघि नै संशोधन प्रक्रिया थाल्ने बताउँदै आए पनि नेताहरूबीच टकराब बढ्दा उक्त प्रक्रिया भारत भ्रमणपछि मात्र सुरु हुने भएको छ।

संविधान संशोधनमा मोर्चा विभाजित

मङ्गलबार, २१ भदौ २०७३

संविधान संशोधनका लागि सहजीकरण गर्न मधेसवादी दलले आन्तरिक रूपमा कार्यदल गठन गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजित भएको छ। २८ दल आबद्ध संघीय गठबन्धनको आइतबार बैठकले संविधान संशोधनका लागि सहजीकरण तथा संशोधन प्रस्ताव अघि बढाउन सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad