रुद्र खड्का

अब आर्थिक सहायता स्थानीय तहबाटै

शुक्रबार, ०६ भदौ २०७६

सरकारले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरी वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरेको हो।

१६ अर्ब माग्दा ३३ करोड पाए

बुधबार, ०४ भदौ २०७६

वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदन अनुसार युवाले १६ अर्ब रुपैयाँ भन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ।

अफगानिस्तान भन्दै दुबई पुर्‍याएर ठगी

मङ्गलबार, ०३ भदौ २०७६

अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्थ्यो– अब दुःखका दिन सकिए। अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन ।

रोजगारीका नाममा आफ्नैले ठग्छन्

शनिबार, ३२ साउन २०७६

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्।

भारत पठाउँदा पनि शुल्क

बिहिबार, ३० साउन २०७६

खाडी, मलेसिया, युरोप, अमेरिकालगायत मुलुकमा रोजगारीका लागि पठाउँदा ठगी गर्ने विषय नयाँ होइन। वैदेशि रोजगारीका लागि ती मुलुक जाने युवालाई विभिन्न बहानामा ठगी गर्नेे धन्दा मौलाइरहेका बेला छिमेकी मुलुक भारतमा काम लगाइदिने नाममा समेत यस्तै हुन थालेको छ। सिनामंगलमा रहेको एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले भारतको विहारमा मासिक २०–२६ हजार भारतीय रूपैयाँ पारिश्रमिक दिलाउने भन्दै आठ युवालाई ठगी गरेपछि भारतमा पनि रोजगारीका नाममा युवालाई ठगी गर्ने गरिएको खुलेको हो।

माग १८ हजारको, पाउने ५० जना

मङ्गलबार, २८ साउन २०७६

स्वरोजगार बनाउने नाममा दिने ऋणको अनुभव सकारात्मक छैन। उद्यम गर्नलाई लिएको ऋण फजुल खर्च गरी साँवासमेत नतिर्ने उदाहरण धेरै भएकाले बैंकहरूले विदेशबाट फर्केका युवालाई ऋण दिन आनाकानी गरेका हुन्।

प्रदेशका कर्मचारी संघमा ल्याउने चलखेल बिफल

आइतबार, २६ साउन २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले थालेको प्रदेशमा समायोजभएका कर्मचारीलाई संघमा फर्काउने प्रयास बिफल भएको छ।

प्रदेशका कर्मचारीलाई संघमै रोक्ने चलखेल

बिहिबार, २३ साउन २०७६

प्रदेशमा समायोजन भइसकेका कर्मचारीलाई विभागले पुनः संघमै फर्काउन प्रयास गरेपछि प्रदेश सरकारका प्रतिनिधि रुष्ट भएका छन्।

श्रमदानले हुने काममा साढे २ अर्ब खर्च

शुक्रबार, १७ साउन २०७६

गत आवमा पाँच सय ९९ स्थानीय तहले ६ हजार आठ सय ६४ कार्यक्रममा संलग्न भएर सरसफाइ, नाला मर्मत र झार टिपेबापत एक लाख ७५ हजार नौ सय नौजनालाई साढे २ अर्ब रुपैयाँ भुक्तानी दिएका छन्।

जाजरकोट–दुनै सडकबाट बाहिरिँदै सेना, अब सडक विभागको जिम्मा

बिहिबार, १६ साउन २०७६

दुनैमा गाडी पुगेपछि अब हुम्ला सदरमुकाम सिमकोट मात्र सडक सञ्जालमा जोडिन बाँकी छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुम्ला सदरमुकाम सिमकोटमा सडक पुग्न भने अझै तीन–चार वर्ष लाग्छ।

सरकारलाई गिज्याउँदै गौरवका आयोजना

बुधबार, १५ साउन २०७६

राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलासुस्ती र बजेट खर्च नगर्ने प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्जाइरहेको छ।

उद्यमी बन्न चाहन्छन् विदेशबाट फर्केका युवा

मङ्गलबार, १४ साउन २०७६

साउदी अरेबिया जानुअघि काभ्रे, पाँचखालका रमेश लामालाई लाग्थ्यो– वैदेशिक रोजगारीभन्दा अर्को विकल्प छैन।

अयोग्य छनाेट गर्न चलखेल

सोमबार, १३ साउन २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांङ्कनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ।

जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन याेग्य

मङ्गलबार, ०७ साउन २०७६

तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस्। अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ।

सयजना विदेश पठाउन नसक्ने म्यानपावर पाँच सय भन्दा धेरै

शुक्रबार, ०३ साउन २०७६

दर्ता भएकामध्ये आधाभन्दा बढी म्यानपावरले वर्षमा सय युवालाई पनि वैदेशिक रोजगारी पठाउन नसक्ने गरेको पाइएको छ।

६२ प्रतिशत ठगी म्यानपावरबाटै

बुधबार, ०१ साउन २०७६

राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ६२ प्रतिशत श्रमिकलाई म्यानपावरले नै ठग्ने गरेको तथ्य फेला परेको हो।

२० हजार श्रमिक सूचीकृत

मङ्गलबार, ३१ असार २०७६

निजी क्षेत्रमा काम गर्ने श्रमिकले पेन्सन पाउने योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ।

नौ महिना काम गरेर तीन महिनाको पारिश्रमिक

बुधबार, २५ असार २०७६

पछिल्लो समयमा युवाको मोह देख्दा लाग्छ–वैदेशिक रोजगारी भनेको सुखैसुखको संसार हो। पैसा कमाउने उपयुक्त माध्यम वैदेशिक रोजगारीभन्दा अरु छैन। तपाईले पनि यस्तै सोच्नु भएको छ भने त्यो गलत सावित हुन्छ। किनकि वैदेशिक रोजगारीबाट कमाउने मात्र नभई गुमाउने युवाको संख्या पनि बढ्दै गएको पाइएको छ।

सिंहदरवारको ‘एक्सन रुम’ बाट ओलीकाे अनुगमन

बुधबार, २५ असार २०७६

सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन्।

स्वदेशमै मृत्यु भए पनि राहत

सोमबार, २३ असार २०७६

सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर विदामा घर फर्केका बेला (स्वदेशमै) मृत्यु भए पनि उनीहरूका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ।

Ncell Footer Ad