रुद्र खड्का

त्यो रुकुम, यो रुकुम

शनिबार, १० फागुन २०७६

माध्यमिक तहमा अध्ययन गर्दाताका हाजिरीजवाफ प्रतियोगितामा सोधिन्थ्यो, ‘५२ पोखरी, ५३ टाकुरीको जिल्ला कुन हो ?’ आफ्नो जिल्ला (रुकुम) को पहिचान विद्यार्थीले सम्झिरहून् भन्ने हेतुले होला, शिक्षकले यो प्रश्न प्रायः प्रतियोगितामा छुटाउँदैनथे।

तीन महिना काम गरेर साउदीबाट रित्तो हात

शुक्रबार, ०९ फागुन २०७६

रुपन्देहीको मायादेवी–५ का २८ वर्षीय भीमनारायण अहिर यादवको सकेसम्म स्वदेशमा कुनै न कुनै उद्यम गरौं भन्ने रहर थियो। तर उनले चाहेजस्तो स्वदेशमा उद्यम गर्नसक्ने अवस्था सिर्जना नभएपछि वैदेशिक रोजगारीमा जाने निर्णय गरे।

साइट क्लियरको माग गर्दै तीन पत्र

बिहिबार, ०८ फागुन २०७६

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानी ठेकेदार कम्पनीले साइट क्लियरको माग गर्दै एक महिनायता सरकारलाई तीनवटा पत्र लेखेको छ।

रेल ल्याउन अब तेस्रो भाका

बुधबार, ०७ फागुन २०७६

जनकपुर–जयनयगर–कुर्था खण्डमा चलाउन भारतबाट ल्याउने भनिएको रेलको दोस्रो भाका पनि गुज्रिएको छ।

‘साउदी उडें, घरको ख्याल गर्नू’ भनेको मान्छे पाँच महिनादेखि बेपत्ता

शुक्रबार, २४ माघ २०७६

२०७६ भदौ ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नविन राईले धरान, दुर्गापत–८ बस्दै आएकी पत्नी बबितालाई बाइबाई गर्दै भने– आफू र बच्चाको ख्याल गर्नू।

श्रम बजारमा दक्ष जनशक्ति अभाव, सिक्ने छैनन्

बिहिबार, २३ माघ २०७६

स्वदेश र विदेशको रोजगारीमा दक्ष जनशक्तिको अभाव भइरहेको बेला युवाको भने सीप सिक्नेतर्फ चासो देखिएको छैन।

दुई सातादेखि कतारमा शव अलपत्र

सोमबार, २० माघ २०७६

रौतहट, चन्द्रपुर–८ सन्तपुरका रोशनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदूतावासमा फोन गर्ने र काठमाडौंमा रहेका वैदेशिक रोजगारीसम्बद्ध निकाय धाउँदैमा बितिरहेको छ।

नेपालगन्जको नालीबेली

शनिबार, १८ माघ २०७६

नेपालगन्ज चिरपरिचित सहर हो। प्राचीन सहर, गर्मीको सहर तथा विभिन्न सम्प्रदाय बसोबासको सहर जस्ता उपनामले धेरैको मन–मस्तिष्कमा नेपालगन्ज कतै नै कतै आइहाल्छ।

सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब

मङ्गलबार, १४ माघ २०७६

सिद्धबाबा बाहेक नागढुंगा–नौबिसे र काठमाडौं–तराई–मधेस दु्रतमार्गमा पनि सुरुङमार्ग निर्माणको काम हुँदैछ।

११ प्रतिशतले खर्चमा कमी

सोमबार, १३ माघ २०७६

सरकारले चालु आर्थिक वर्षलाई आर्थिक समृद्धि र विकास निर्माणको रूपमा व्याख्या गरे पनि भौतिक पूर्वाधारको महत्वपूर्ण हिस्सा ओगटेको सडक विभागको प्रगति भने घटेको छ।

रोजगारीका मुद्दा टुंगो मिलापत्रबाट

शुक्रबार, १० माघ २०७६

अहिलेसम्म फौजदारी अपराध मानिँदै आएको वैदेशिक रोजगारीका उजुरी अबदेखि मिलापत्रबाट टुंग्याइने भएको छ।

वैदेशिक रोजगारी, एजेन्ट खारेजी, ठगी उस्तै

मङ्गलबार, ०७ माघ २०७६

सरकारले अघिल्लो वर्ष एजेन्ट खारेज गरे पनि वैदेशिक रोजगारीमा जानेलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ।

विकासको साझेदार

शुक्रबार, ०३ माघ २०७६

नेपालमा अझै पनि केही व्यक्तिले रोजगारी सिर्जना गर्ने भन्दै विकास निर्माणका काममा उपकरणको साटो श्रमिकलाई प्रयोग गर्न चाहे पनि त्यस्तो सोच परम्परावादी भएको उनको भनाइ छ।

१५ सय पुललाई ११ अर्ब अपुग

बिहिबार, ०२ माघ २०७६

विकास बजेट कम खर्च हुनुको कारणमा खर्च गर्नसक्ने आयोजनाले बजेट नपाउने र काम नहुने आयोजनामा बजेट थुप्रनुलाई लिइएको छ।

खाडीमा १० लाख नेपाली प्रभावित

बिहिबार, २४ पुष २०७६

संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

माघ तेस्रो सातादेखि सञ्चालन हुने

मङ्गलबार, २२ पुष २०७६

जनकपुर–जयनगर–कुर्था खण्डमा आउँदो माघ तेस्रो सातादेखि (फेब्रुअरी पहिलो साता) रेल सञ्चालन हुने भएको छ। नयाँ रेल बनाउने जिम्मा पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले दोस्रो पटक संशोधन गरिएको सम्झौता अनुसारको मितिमा बनाएकाले माघ तेस्रोदेखि सञ्चालनको तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

जापान रोजगारी, मार्चदेखि परीक्षार्थी कोटा बढ्ने

शुक्रबार, १८ पुष २०७६

जापान रोजगारीका लागि लिइने परीक्षार्थीको संख्या बढ्ने भएको छ। जापान रोजगारीमा इच्छुक संख्याको तुलनामा निकै कमले मात्र भाषा र सीप परीक्षामा सहभागी हुन पाइरहेको बेला जापान फाउन्डेसनले आउँदो मार्चदेखि परीक्षामा सहभागी हुनेको संख्या बढाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

आठ हजार बढी उजुरी ‘पेन्डिङ’

बिहिबार, १७ पुष २०७६

देश संघीयतामा गएसँगै विभाग र न्यायाधीकरणका संयन्त्रलाई स्थानीयकरण गर्नुपर्ने आवाज उठिरहेको बेला संघमै रहेका निकायमा समेत स्रोत–साधन, जनशक्तिको अभाव हुँदा तत्काल त्यस्ता समस्या समाधान गर्नुपर्ने देखिएको छ।

अनलाइनबाटै विदेशको काम खोज्न सकिने

सोमबार, ०७ पुष २०७६

वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? हो भने वैदेशिक रोजगार विभागको वेबसाइट भिजिट गर्ने गर्नुस्, जहाँ तपाईंले आफूलाई उपयुक्त हुने कामको सम्पूर्ण सूचना भेट्न सक्नुहुन्छ। विभागले आफ्नो वेबसाइटमा यस्तो जानकारी राख्न थालिसकेको छ।

निर्णय भयो कार्यान्वयन खै ?

शुक्रबार, ०४ पुष २०७६

गन्तव्य मुलुक र प्रदेश तहबाट पुनः श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन भए तत्कालै साढे दुई लाखभन्दा बढीले आफू अनुकूल स्थानबाट पुनः श्रम स्वीकृति लिन पाउँछन्।

Ncell Footer Ad