चाँदनी हमाल

चाँदनी हमाल

मुकुन्डोका एक्ला सारथि

शनिबार, २४ भदौ २०७४

७१ वर्षे कलाकार पूर्ण चित्रकार भने साना कुची रङमा चोपल्दै मुकुन्डोलाई आकार दिन व्यस्त भेटिन्छन् । कसैले बोलाए टाउको उठाएर जवाफ दिने फुर्सद उनलाई छैन । उनी टाउको निहुराएरै निरन्तर देवीका मुकुन्डोमा रङ भरिरहन्छन् ।

छोरी हैन, कुशल बुहारी

बुधबार, २१ भदौ २०७४

सिन्धुपाल्चोककी पार्वती (नाम परिवर्तन) दुई छोरीकी आमा हुन् । पहिलो छोरी जन्मेलगत्तै उनलाई छोरा पाउन सासु ससुरा, आफन्त र श्रीमानकै पनि निकै दबाब बढ्यो । अर्को प्रयत्नमा पनि छोरी जन्मिएपछि छोराका लागि सौता हाल्ने कुरा चल्न थाल्यो । त्यसपछि छोरी पढाउने दायित्व सम्झेर उनी काठमाडौँ आइन् । उनलाई श्रीमान्ले फोन गर्दै फकाउन थाले । एक वर्षअघि जेठमा श्रीमान्ले फोनमा फकाए, ‘हेर.. यो पाला त हुन्छ, मैले देउता भाकेको छु, घर फर्केर आइज नत्र मेरो अर्को बिहे गर्दिन्छन् ।’ पार्वतीले जवाफ दिइन्, ‘दुइटा छोरी पढाउन कमाउन पनि त पर्यो, अर्को जन्माउदा फेरि छोरी नै भयो भने के गर्ने ? म सक्दिनँ अब ।’

तीजको विकृतिमा बहस

मङ्गलबार, ०६ भदौ २०७४

अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित मानिएको छैन। श्रीमान्का लागि मात्र हैन, महिलाहरू आफंै अघिबढ्ने माध्यमका रूपमा पनि यसलाई लिइन थालिएको छ। पछिल्लो समयमा तीज भड्किलो हुँदै गएको गुनासो बढिरहँदा तीजका राम्रा कुराहरू अंगाल्दै यस्ता कुरीतिलाई हटाउनुपर्ने पनि आवाज उठ्न थालेका छन्।

थरिथरि भाका, थरिथरि सन्देश

शनिबार, ०३ भदौ २०७४

तीज आउन अझै केही दिन बाँकी छ। तर, तीजका गीत भने महिनाअघि नै घन्किन थालिसकेका छन्। महिनाअघि घन्किन थालेका तीज गीतको चर्चा पनि उस्तै छ। पछिल्लो समय पुरानो पुस्ताका मात्र होइन, भर्खरै गायकी थालेकाले पनि तीज गीत रेकर्ड गराएका छन्। यसपाली थरिथरि भाका र सन्देश दिने गीत बजारमा आएका छन्।

देश चिनाउने पौभा कला

बुधबार, २५ साउन २०७४

७३ वर्षमा टेक्दै गरेका कलाकार प्रेममान चित्रकार कला सामग्री हातमा खेलाउँदै हुर्के । बाजेदेखि बाबुसम्मको पुस्ताको पेशा नै चित्र बनाउने भएपछि उनलाई पनि अन्य पेशातिर ध्यानै गएन । बावु र बाजेले कोरेको चित्र हेरेरै हुर्किएका उनी चाहिँ बाबुबाजेभन्दा पृथक किसिमको रंगमा चित्र कोर्न थाले । ‘खानी रंगका लागि ढुंगा पिँध्दै हैरान हुन्थ्यो,’ प्रेममानले सम्झे, ‘वनस्पतिको रंग, काठलाई उमालेर, रूखका पात, फूलको केशरी घोलेर नयाँ रंग निकाल्ने कोशिश गर्थें ।’ उनले विगतका ती रंग निर्माण विधिबारे पुस्तक पनि लेखेका छन् ।

जसले बकिंघममा ओपेरा गाइन्

सोमबार, २३ साउन २०७४

‘मलाई त्यस दिन धेरैले मार्क गरे, बकिंघम प्यालेसको गायन मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो,’ रिसोर्टमा चित्र कोर्दै गरेकी उनले भनिन्, ‘मैले गाइसकेपछि रानी एजिलाबेथले हात मिलाएर प्रशंसा गरिन्, जुन मलाई अहिले भर्खरैजस्तो लाग्छ ।’

वीरमा सावरकरको सञ्जीवनी

शनिबार, २१ साउन २०७४

सन् १९८९ मा भारत सरकारले वीर अस्पतालको भित्तामा चित्र कोर्ने जिम्मा दियो, कलाकारद्वय नरिनाथ र सावरकरलाई। उनीहरूलाई आदेश थियो, परैबाट देखिने चित्र कोर्ने। वीर अस्पतालमा म्युरल (भित्तामा कोरिने चित्र) आर्ट गर्ने अवसर पाएका उनीहरूले कस्तो चित्र बनाउने भनेर छलफल गरे। केही दिनको छलफल र मननपछि उनीहरूले  सञ्जीवनी बुटी बोकेका हनुमानको चित्र कोर्ने निधो गरे।

तीज गीतमा विकृति

बिहिबार, १९ साउन २०७४

गायिका मिना निरौलाको स्वर र गीतकार चेतन कार्कीको रचना रहेको यो तीज गीतमा महिलाका आन्तरिक भावना अभिव्यक्त भएको।  झोरा भाकामा बनेको यो गीत सुन्दा धेरैलाई रमाइलो लाग्छ।

सकियो सार्क आर्टिष्ट क्याम्प

बुधबार, १८ साउन २०७४

चार दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा चलेको ‘सार्क आर्टिष्ट क्याम्प’ सोमबार सकिएको छ। सार्कसँगै विभिन्न देशबाट आएका कलाकारले बनाएका कलाको प्रदर्शनी गर्दै क्याम्पको समापन गरिएको हो।

दलितमाथि विभेदै विभेद

आइतबार, १५ साउन २०७४

भोजपुरकी ११ वर्षीया बालिकाको जबरजस्ती करणी भयो । गत पुसमा गाउँकै २० वर्र्षीय दुर्गाबहादुर श्रेष्ठले जबरजस्ती करणी गर्दा उनी गर्भवती भइन् । ६ महिनापछि यही साउन पहिलो साता घटना सार्वजनिक भयो ।

साउने सरगम

शनिबार, १४ साउन २०७४

स्थायी बनेपछि बाँकी धुन तयार गर्न नारायणगोपाल लागे। जंगमलाई अन्तरा के लेख्ने भन्ने समस्याले पिरोल्यो। 'नारायणगोपालदाइ गीत मन परेन भने गीतकारकै अघि च्यातिदिनुहुन्थ्यो,' जंगम भन्छन्, 'त्यसको एक–दुई दिनमा अन्तरा लेखेँ– बाफिएर आज हिमाल किन रोएछ, कताकता मनभित्र घाउ दुखेछ।'

क्यानभास नेपाली, कुची विदेशी

शनिबार, १४ साउन २०७४

राजा र रानी हामीले जस्तै चित्र कोर्छन्, त्यसले हामीलाई झनै हौसला मिलेको छ। यसअघिका राजाले भने परम्परागत थांका र बुद्धका चित्रकलालाई मात्र जोड दिएकाले अन्तर्राष्ट्रिय स्तरमा भुटानको कला पुग्न सकेको थिएन।

लोप हुँदै मादलको ताल

शुक्रबार, १३ साउन २०७४

नेपालमा मात्र बजाइने मौलिक लोक बाजा मादलको ताल र बोल लोप हुँदै गएकामा संगीतकर्मी चिन्तित भएका छन्। मादल बजाउनेको कमी भएसँगै यसका लोकधून लोप हुन थालेकोमा संगीतविज्ञले चासो प्रकट गरे।

अधुरै रह्यो डिनाको सपना

बिहिबार, १२ साउन २०७४

कला इतिहासविद् डा. डिना वाङदेलको निधनले नेपाली कला क्षेत्र शोकमग्न बनेको छ। कलाकार लैनसिंह वाङदेलकी एक्ली छोरी डिनाले बाबुकै बाटो पछ्याउदै कलाकारितामा अघि बढेकी थिइन्।

ह्विलचेरबाटै समाज हल्लाउनेहरू

शनिबार, ०७ साउन २०७४

‘म ह्विलचियरबाटै स्विमिङका लागि डाइभ हान्छु। मानिसहरू अचम्म मान्छन्, हातैले चालेर सग्लासँग प्रतिस्पर्धा गर्छु।’

इन्जिनियर नायिका

शुक्रबार, ०६ साउन २०७४

लामा स्केल र पेन्सिल बोकेर इन्जिनियरिङको कक्षामा बसिरहँदा उनी साँचिरहन्थिन् अर्कै सपना । उनलाई लाग्यो, ‘एक दिन न एक दिन कसो सपना पूरा नहोला र ?’

पच्चिस वर्षपछि चेतनको तीज गीत

बिहिबार, ०५ साउन २०७४

तीजको यो गीत नसुन्ने नेपाली कमै होलान्। तीजका बेला रेडियो–टेलिभिजनजतातै यो गीत बज्छ। तीजका सयौं गीत बने पनि यो जत्तिको कालजयी गीत अरु बनेनन्।

भिसेन्टको चित्रमा मनिषाको मन

सोमबार, ०२ साउन २०७४

यो सवाल–जवाफ हो अभिनेत्री मनिषा कोइराला र कला समीक्षक रमेश खनालबीचको। गत साता एक चित्रकला प्रदर्शनीको उद्घाटनमा पुगेकी मनिषा औपचारिक कार्यक्रम नसकिँदै चित्र हेर्न हतारिएपछि खनालले उनलाई थुमथुम्याइरहेका थिए। कार्यक्रम सकिएपछि मनिषा ग्यालरी घुम्न थालिन्।

जबरजस्ती करणी : आर्थिक क्षतिपूर्ति प्रक्रिया झन्झटिलो

आइतबार, ०१ साउन २०७४

करणीमा परेका बालिका, किशोरी वा महिला त्यसै पनि शारीरीक, मानसिक रुपमा बिछिप्त हुन्छन्। पीडीतले नै आरोप प्रमाणित गर्ने प्रमाण, साक्षी आफैं खोज्नुपर्छ। पीडितबाट भराइने आर्थिक क्षतिपूर्तिका लागि पनि पीडितले पीडकको सबै सम्पत्ति पत्ता लगाएर प्रमाणित गरी अदालतमा बुझाउनुपर्ने झन्झटिलो व्यवस्था छ। अदालतबाट न्याय मिले पनि आर्थिक क्षतिपूर्ति पाउन पीडक स्वयं लर्खराउँदै हिँड्नुपर्ने अवस्था छ।

मिथिलामा मधुश्रावणी

शनिबार, ३१ असार २०७४

मधुश्रावणीमा नवदुलहीको जाँघमा तातो दियो वा मैनबत्तीले डाम्ने चलन पनि छ । यसको विरोध भएपछि अहिले भने चिसो दियोेले मात्र डाम्ने चलन सुरु भएको दयालले बताए । मैथिल ब्राह्मण, कायस्थ र देव जातिले मधुश्रावणी पर्व मनाउँछन् ।

Ncell Footer Ad