चाँदनी हमाल

चाँदनी हमाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

बुधबार, २० मङि्सर २०७४

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए । सोही अवसरमा आधा दर्जन गीतकारलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो।

भोट हाल्न सिकाउँदै कलाकार

बुधबार, १३ मङि्सर २०७४

यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको देशभर चटारो छ । पहिलो चरणको निर्वाचन सकेपछि दोस्रो चरणमा भोट हाल्न कलाकार पनि व्यग्र छन् । यस्ता कलाकार  कोही घरमा आएकासँग त कोही आफ्नै प्रयासले मतदान गर्ने विधि सिकिरहेका छन्।

६० हजार मुद्दाको छानबिन

मङ्गलबार, १२ मङि्सर २०७४

चितवनको माडीस्थित बाँदरमुढे बम विस्फोटका घाइते कृष्ण अधिकारीलाई न्याय पाइन्छ भन्ने आशा मरेको थिएन । तर असारदेखि सुरु भएको छानबिन प्रक्रिया निकै सुस्त हुँदा उनी निरासिए । ‘खै हाम्रो पालो कहिले आउला, पहिलो चरणकै काम सकिएको छैन भन्छन्,’ उनलाई सोध्ने अरू द्वन्द्वपीडितलाई उनी यस्तै जवाफ दिन्छन् । माडीको सो घटनामा ३८ जनाले ज्यान गुमाएका थिए । ७० बढी घाइते भएका थिए ।

सेरामिक्स प्रेमी गोपाल

शुक्रबार, ०८ मङि्सर २०७४

झण्डै २७ वर्ष अघि गोपाल कलाप्रेमीलाई भक्तपुरका कुमाले समुदायलाई तालिम दिन पठाइयो । त्यतिबेला गोपाल ललितकला पढ्थे र रत्नकाजी महर्जन उनका गुरु थिए । नेपालमा सेरामिक्स प्रवद्र्धन परियोजना सुरु भएको थियो । त्यसैमा महर्जनले गोपाललाई भक्तपुरका कुमालेलाई सेरामिक्सका भाँडा सिकाउने जिम्मेवारी दिएका थिए ।

बहसमा ‘शैव र शाक्त’ दर्शन

सोमबार, ०४ मङि्सर २०७४

स्त्रीत्वलाई महत्व दिने शाक्त दर्शन र शिव भाव बोल्ने शैव दर्शनबारे नेपालका दार्शनिकहरुले बहस गरेका छन् । पूर्वीय दर्शनका बलियो पात्रका रुपमा रहेका शाक्त र शैव दर्शनले नेपाली समाजको इतिहास र वर्तमानलाई समेत बलियो बनाउने दाबी उनीहरुको छ ।

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शुक्रबार, ०१ मङि्सर २०७४

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व परिवेशमा भइरहेका भूराजनीतिका उथलपुथलहरू पनि यसका उदाहरण हुन् । आणविक होड, शीत युद्ध, खाडी युद्ध, कोरिया संकटलगायतका घटनाहरू यीनै तीन तत्वहरूसँग जोडिएको छ ।

वेपत्ता भएकी ‘झ्यालिन्चा’

मङ्गलबार, २८ कार्तिक २०७४

युवतीलाई झ्यालिन्चा (गाइनेकिरा) एकदमै मनपर्ने । सानीछँदा युवती झ्यालिन्चा वरिपर खुब कुद्ने । पछि, उनका आमाबाले उनलाई झ्यालिन्चा नै भन्न थाले । सशस्त्र द्वन्द्व कालमा गाउँघरमा झ्यालिन्चाको धून र गतिलाई बमबारुदले छोपिदियो ।

बाल नाटक महोत्सव सुरु

मङ्गलबार, २१ कार्तिक २०७४

बालबालिकालाई अभिनयमार्फत समाज बुझाउने उद्देश्य स्वरुप सोमबारदेखि राजधानीमा ‘राष्ट्रिय एकल बाल नाटक महोत्सव’ सुरु भएको छ । अंकित राज मैनालीको ‘नारी’ शीर्षकको नाटकसँगै पहिलो एकल बाल नाटक शिल्पी थिएटरमा सुरु भएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा बालबालिकाको एकल अभिनय रहेका ३२ नाटक मञ्चन हुनेछन् ।

डायस्पोरिक कवितामा गुणस्तरको चिन्तन

सोमबार, ३० असोज २०७४

पछिल्लो समय नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई विश्व सामु चिनाउन डायस्पोरिक साहित्य एउटा माध्यम बन्दै गएको छ । राजधानीमा यतिबेला विदेशमा बस्ने नेपालीहरूको विश्वसम्मेलनको माहोल छ । यही माहोलकै बीच नेपाली डायस्पोराका कवितामाथि राजधानीमा बहस गरिएको छ।

रंगशाला बनाउन सहयोग

मङ्गलबार, २४ असोज २०७४

विदेशमा बसेर काम गर्ने गैरआवासिय नेपालीहरुले चितवनमा बन्न लागेको राष्ट्रिय स्तरको रंगशाला निर्माणमा हात हालेका छन् । उनीहरुले चितवन स्थित रंगशाला निर्माणका लागि प्रत्यक्ष आर्थिक सहयोग हातहातै दिन जुटेका हुन् ।

राजधानीमा ‘चराहरूको सम्मेलन’

सोमबार, २३ असोज २०७४

शरद ऋतु, दसैं र तिहारको समय । यो ऋतु चराका लागि पनि सुखद हुन्छ । यही ऋतु चलिरहँदा कुनै चरा तराइतिर बसाई सर्ने मेसोमा हुन्छन् भने तराइका चरा पहाड सर्ने । तर, काठमाडौंमा भने फरक देश र भूगोलका चरा नेपालका ताल तलैया र जंगलबीच सम्मेलन गर्ने सुरमा छन् । यो सम्मेलनको दृश्य हो राजधानीस्थित शिल्पी थिएटरमा चलिरहेको नाटकको । सुगा, ढुकुर, कोइली, भंगेरा, हाँस, मयुरसँगै थरी–थरीका चरा एकै थलोमा भेला भएका छन् ।

आचार्य पढ्न छाडेर हिरो

आइतबार, २२ असोज २०७४

संस्कृत शिक्षाको उच्चतम् विन्दु आचार्य पढ्न छाडेर म्युजिक भिडियोको छायांकार हुँदै फिल्ममा ‘हिरो’ बनेका आयुष पछिल्लो समय ‘चित्रपट’ कार्यक्रममार्फत् भिजे बनेका छन् । बहुप्रतिभाशाली ‘हिरो’को परिचय बनाएका आयुष चाँडै फिल्म निर्माणमा सक्रिय हुने सोचमा छन् ।

तीन स्रष्टालाई पद्यमश्री सम्मान

शुक्रबार, २० असोज २०७४

पद्यमश्री साहित्य पुरस्कार २०७३ कवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराइलाई प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको सो पुरस्कारको पछिल्लो संस्करण कविता संग्रहलाई प्रदान गरिएको हो ।

सेलिब्रेटीको फेस्टिभल फेसन

बिहिबार, १९ असोज २०७४

यो वर्षको दसैंले लगभग नेटो काटेको छ । दसैंको रौनक सेलिब्रेटीमा छाएकै छ । दसैंतिहारका बेला परिवारसँग घुलमिल हुने मात्र हैन, नयाँ डिजाइनका कपडामा ठाँटिएर फोटो सेयर गर्न उनीहरू पछि पर्दैनन् ।

छक्कापञ्जा २ : एकसातामै ५ करोड

बुधबार, १८ असोज २०७४

यो दसैंको फूलपातीदेखि हलमा भित्रिएको नेपाली फिल्म ‘छक्कापञ्जा २’ ले एकसातामै पाँचकरोड कमाइ गरेको निर्माण पक्षले दाबी गरेको छ । फुलपातीको दिन पहिलो दिनमै फिल्मले १ करोड ६३ लाख रुपैयाँका कमाइ गरी एक दिनको सर्वाधिक कमाइमा कीर्तिमान कायम गरेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले बताइन् । उनले वितरकको हवाला दिँदै कुनै पनि नेपाली फिल्मले यसअघि यति कमाइ नगरेको दाबी गरिन्।

दसैंका गीतमा पीडा

मङ्गलबार, १० असोज २०७४

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो । तर, अहिले यो गीत विरलै सुनिन्छ । संगीत र प्रविधिमा आएको परिवर्तनले दशैं र तिहारका गीतमा माया पिरती, दुःख, व्यथाका भावले स्थान पाएका छन् ।

महिलामाथि हमलै हमला

सोमबार, ०९ असोज २०७४

दरबारमार्गमा भएको कार्यक्रमको रिपोर्टिङ सकेर रातको साढे नौ बजेतिर कोठामा फर्कंर्दै थिएँ । नक्साल हुँदै जाँदा बढी अँधेरो हुने हुँदा केशरमहल हुँदै लैनचौरतिर जाँदै थिए । रातको समय ट्याक्सीबाहेक अरू नपाइने समस्या छँदै थियो । उत्तरढोका हुँदै म आफ्नो गुँडमा पुग्नु थियो ।

दक्षिणा महात्म्य

शनिबार, ०७ असोज २०७४

दक्षिणामा पहिले–पहिले नगद बढी दिइन्थ्यो भने अचेल जिन्सी पनि दिन थालिएको छ । दक्षिणाको साटो पहिले धेरैले पहेँलो जमरा दिँदै आशीर्वाद दिने समेत गर्थे । अचेल भने दक्षिणामा समेत प्रतिस्पर्धा बढ्न थालेको छ । सहरमा त यो फेसनजस्तै बन्न थालेको छ ।

शृंगारिक चितवन

शनिबार, ३१ भदौ २०७४

गजलकार प्रेमविनोद नन्दनले पछिल्लो समय लेखेको गजल हो यो । अहिले उनी ८२ काट्न लागिसके तर उनलाई प्रेमिल गजल नै प्रिय लाग्छ, उनलाई साहित्यको शृंगार रस मनपर्छ ।

कामसँगै नाम

शनिबार, ३१ भदौ २०७४

धादिङकी दिविसा बस्यालले राजधानी काठमाडौंमा बसेर ब्युटिपार्लर चलाएकै दुई वर्ष भयो । सधैँ अरुलाई सुन्दर बनाएर सिँगार्ने उनी गत साता भने आफैँ सिँगारिएर ¥याम्पमा उत्रिन् । यसरी आफैँ सिँगारिएर सार्वजनिक हुनु उनका लागि जीवनकै नौलो अनुभव बन्यो । चमकधमकसहितको ¥याम्प अनि चारैतिर धेरै मान्छेको हुटिङले उनीमा नयाँ उत्साह भरियो ।

Ncell Footer Ad