चाँदनी हमाल

चाँदनी हमाल

शिल्पीको मञ्चमा ‘ययाती’ कथा

मङ्गलबार, ०८ फागुन २०७४

यौन आसक्तिका कारण अकल्पनीय घटना घटिरहेका हुन्छन् । त्यस्ता घटना पौराणिक कालमा पनि घट्थे नै । राजा महाराजाका स्त्री आसक्तिका गाथा समेटिएका थुप्रै साहित्य लेखिएका पनि छन् । यस्तै कथामध्येको एक हो, राजा ययातिको कथा । महाभारतमा समावेस राजा ययातिको स्त्रीमोहलाई भारतवर्षमा थुप्रै लेखकले आफ्नो विषय बनाए । भारतीय साहित्यकार गीरिश कर्नाडले लेखेको ‘ययाति’ तिनै पुस्तकमध्ये एक हो।

मगर व्याकरण र शब्दकोश निर्माण

शुक्रबार, ०४ फागुन २०७४

मुलुक संघीय संरचनामा गइसकेको छ । प्रदेशमा बहुजातीय पहिचानयुक्त प्रशासनको प्रयास पनि थालिएको छ । नेपाली भाषा जनसम्पर्कको मुख्य भाषा रहे पनि मातृभाषाले अबको प्रादेशिक संरचनामा स्थान पाउन सक्ने व्यवस्था नेपालको संविधानले गरिसकेको छ ।

गीतमा हराउँदैछ संवेदना र भावना

बुधबार, ०२ फागुन २०७४

वि.सं. २००३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘यात्री’ कवितालाई श्रोताले रुचाए ।मानवीय संसारलाई भौतिवादका आँखाले हेर्ने राजनीतिज्ञ मोहनविक्रम सिंहले ‘यात्री’का बारेमा साहित्य संग्रहालयको एक आलेखमा लेखे, ‘यात्री कविताले मन्दिरमा गएर इश्वर खोज्ने धार्मिक सोचाइको विरोध गरेर मानिसको सेवामा जोड दिन्छ । देवकोटामा शरीरलाई नै विश्वको केन्द्रमा मान्ने जुन सोचाइ देखापर्यो त्यो भौतिक जगतसितको प्रत्यक्ष सम्बन्धको परिणाम थियो ।’

अनुवाद कलामाथि बहस

मङ्गलबार, ०१ फागुन २०७४

अमेरिकी कवि तथा कलाकार विल्ला सेनबरले हालै नेपाली साहित्यकारमाझ राजधानीमा भएको एक कार्यक्रममा पुराना चिनियाँ कवि वाङ वेको एउटा कविताको अनुवाद प्रस्तुत गरिन् ।

‘दलित संसद्’का १५ सपना

सोमबार, १५ माघ २०७४

यतिखेर मुलुक प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभा गठनको तरखरमा छ । यी सभाले देशका हरेक नागरिकको प्रतिनिधित्व दर्शाउँछ । हरेक सभामा मुलुककै पिछडिएका वर्गको सन्तोषजनक प्रतिनिधित्व हुन नसकेको गुनासो भने उस्तै छ । यस्तै गुनासाहरू चर्चाको विषय बनिरहँदा दलित समुदायले आफ्नो ११ औँ दलित संसद्को बैठक सकेको छ ।

लोककथाको नाट्य प्रस्तुति ‘सातुको कथा’

सोमबार, १५ माघ २०७४

एकादेशमा एउटा गाउँमा सेते जोगी बस्ने गथ्र्यो ... ... ...खुम केसीले सांरगीको र्याँइ र्याँइ अनि कमल ओलीको मादलको घिन्ताङसँगै गायत्री त्रिपाठीले गीत गाउन थालिन् । पाश्र्वमा देखा परे आफ्नै कुटीमा सेते जोगी । गाउँबाट सातु मागरे भर्खरै फर्केका उनी आराम गर्न बस्दा नबस्दै दृश्यमा लाहुरेको प्रवेश हुन्छ । उनीहरूबीच संवाद चल्छ । ‘विदेशमा के गथ्र्यौ त नि ?’ सेतेले सोध्छन् ।

सन्दुक रुइतका उकाली ओराली

शुक्रबार, १२ माघ २०७४

ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाको डाँडापाखा बाल्यकाल बिताएको स्थल। तमोर खोलाको सिरानमा गाउँ भएकाले तमोरको सुसाई उनको मानसपटलमा गहिरो छाप बनेको छ । डाँडाको भन्ज्याङमा बसेको सानो गाउँमाथिको गुम्बा उनले देखेको पहिलो भगवानको मन्दिर थियो। ‘एकातिरको डाँडामा गाउँ, बीचमा तमोर खोला अर्कातिरको डाँडामा खुब गुराँस फुल्थे,’ बाल्यस्मृतिको मिठो पल सम्झनाले उनको मुहार मधुर हाँसोले उज्यालियो, ‘अझ हिउँदमा हिउँ पर्दा सेतै भएका डाँडामा उफ्रदै कुद्दै रमाउँदाको आनन्द नै बेग्लै ।’

चित्रमा नेपाल कोरियाका संस्कृति र सभ्यता

बिहिबार, ११ माघ २०७४

नेपाल तथा कोरियाको कला, संस्कृति तथा सभ्यता दर्शाउने कला प्रदर्शनी नेपाल कला परिषद्मा शनिबारदेखि सुरु भएको छ । नेपाल र कोरियाका कलाकारले बनाएका चित्रको संयुक्त चित्रकला प्रदर्शनीलाई ‘इन्टररिफ्लेकसन’ नाम दिइएको छ । प्रदर्शनीमा उही थिममा नेपाल र कोरियाका चित्रकारले कोरेका चित्रमा पाइने समानता तथा विविधता आकर्षणका परूमा रहेको छ ।

उपमेयर भन्छन् : ‘काम गर्ने केन्द्र, गाली खाने हामी’

सोमबार, ०८ माघ २०७४

‘सडक राम्रो बनाउन स्थानीयकै माग हुन्छ, अनि सडक बढाउन जग्गा नदिने समस्या त्यहीँ हुन्छ, त्यस्तोमा नारा जुलुसको तनाव हामीले भोग्नुपर्छ, निर्णय र काम केन्द्र सरकारको हुन्छ ।’  विन्दु पुडासैनी सिंखडा, उपमेयर, कागेश्वरी मनहरा नगरपालिका

आकाशमा धुलो धुवाँको संगीत

आइतबार, ०७ माघ २०७४

​ गार्इ पाल्यो रेलीमाई बनको बाघलाई छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई...

अझै पास भएन ललितकला आर्थिक नियमावली

बिहिबार, २७ पुष २०७४

२०६८ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल सुरु भयो । त्यस बेलाको प्राज्ञ र परिषद्को सिंगो सभाले कर्मचारी नियमावली र आर्थिक नियमावली बनाएर सम्बन्धित निकायमा पठायो । कर्मचारी नियमावली सामान्य प्रशासन मन्त्रालयबाट पारित भएर आयो । प्राज्ञहरूको एक कार्यकाल चारवर्षको रहने गर्छ । तर अर्थ मन्त्रालयमा पुगेको नियमावली दोस्रो कार्यकाल सकिन लाग्दासमेत पारित भएर आएको छैन ।

ओझेल हुँदै राष्ट्रिय गीत

सोमबार, २४ पुष २०७४

नेपाल सरकारले आफ्नो राष्ट्रिय नीतिमै देशको कला, संस्कृति, गीत संगीत जस्ता राष्ट्रिय धरोहरलाई अनुत्पादक विषयवस्तु भनेर राखेको छ ।कला अन्तर्गत गीत संगीतभित्र पर्ने राष्ट्रिय गानलाई त झन् कला संगीतको बजारले नै अनुत्पादक घोषणा नै गरेको अवस्था छ ।

प्रदर्शनीमा सुवालको ६० वर्षे कलायात्रा

बुधबार, १९ पुष २०७४

कलाकार शंकरराज सिंह सुवालले आफ्नो ६० वर्षे कलाकारिमा कोरेका कलाकृतिको दोस्रो संस्करणको प्रदर्शनी सुरु गरेका छन् । राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको ‘६० वर्षे सृजनशिल यात्रा’ शिर्षकको कला प्रदर्शनीले उनका कलाको पुनरावलोकन गरेको छ ।

आँखा देखाउने विकटका डाक्टर

मङ्गलबार, १८ पुष २०७४

ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाको डाँडापाखा बाल्यकाल बिताएको स्थल । तमोर खोलाको सिरानमा गाउँ भएकाले तमोरको सुसाई उनको मानसपटलमा गहिरो छाप बनेको छ । डाँडाको भन्ज्याङमा बसेको सानो गाउँमाथिको गुम्बा उनले देखेको पहिलो भगवानको मन्दिर थियो । ‘एकातिरको डाँडामा गाउँ, बीचमा तमोर खोला अर्कातिरको डाँडामा खुब गुराँस फुल्थे,’ बाल्यस्मृतिको मिठो पल सम्झनाले उनको मुहार मधुर हाँसोले उज्यालियो, ‘अझ हिउँदमा हिउँ पर्दा सेतै भएका डाँडामा उफ्रदै कुद्दै रमाउँदाको आनन्द नै बेग्लै ।’

हल नपाउँदा सेवाग्राहीलाई सास्ती

शुक्रबार, १४ पुष २०७४

दुई वर्ष अघिको भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण गत असारदेखि चलिरहेको छ । पुनर्निर्माणका कारण सभाहल बन्द हुँदा सभाहलमा हुने ठूला कार्यक्रममा प्रत्यक्ष असर परेको छ । ‘प्रतिष्ठानको सभाहलमा स्कुलको वार्षिकोत्सव गर्नलाई हल बुक गर्न आएको खाली हात फर्किनुप¥यो,’हल बुक गर्न भनि आएका सुरेश कर्णिकारले भने, ‘अब अर्को हल कहाँ खोज्न जानु ।’ उनीजस्तै कार्यक्रम गर्न खोज्नेहरू यसरी नै प्रतिष्ठानबाट निराश फर्कने गरेका छन् ।

कार्यविधिबिना चल्छ ललितकला

बुधबार, १२ पुष २०७४

सरकारी वा गैर सरकारी निकाय संविधान, ऐन, नियम, कार्यविधि र निर्देशिका आधारमा चल्नुपर्ने प्रावधान छ । तर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यसम्पादन कार्यविधी र निर्देशिका भन्दा ठिक उल्टो छ । ऐन नियमसँग नबाझिने गरी हरेक निकायले कार्यविधि र निर्देशिका बनाएर कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

आइतबार, ०९ पुष २०७४

रातुको बगरमा ढुंगा खोज्ने निचुले कान्छाले एकदिन हरियो ढुंगा फेला पार्छ । देखिरहेको ढुंगाभन्दा फरक ढुंगाले निचुलाई कौतुहल बनाउँछ । उसले त्यो ढुंगा आफ्नी श्रीमतिलाई देखाउँछ । पालैपालो सबैले हेर्छन् । ढुंगालाई कसैले हिरा भन्छन् त कसैले यसलाई अमूल्य वस्तु भन्ठान्छन् ।

संक्रमणकालीन न्याय पनि सकियो ?

मङ्गलबार, ०४ पुष २०७४

संक्रमणकालीन न्यायको सिद्धान्तअनरूप गठन भएको सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद आउँदो माघ २६ गते सकिँदै छ । कामभन्दा बढी समय तलबमात्र लिएर समय बिताएका आयोगका पदाधिकारीहरू समय लम्ब्याउने ध्याउन्नमा छन् । केहीले त द्वन्द्व पीडितलाई आयोगको समय बढाउन धर्ना दिन आउनुस्समेत भन्न भ्याइसकेका छन् । केही भने नयाँ आयोग गठन गरेर काम थाल्नुपर्छ भन्नेमा छन् ।

जीवनको खुशी खोज्दै नम्रता चित्र

सोमबार, ०३ पुष २०७४

प्रविधिमा व्यस्त भएर मानिस आफैलाई भुल्न थालेका छन् । आफू वरिपरिको मनोरम प्रकृति र आफ्नै जीवनका सुन्दर अनुभूतिलाई बिर्संदै गएको अवस्था सम्झाउन कलाकार नम्रता सिंहले कला प्रदर्शनीकै बाटो रोजेकी छन् । ललितपुरको नेवा छेँ आर्ट ग्यालरीमा शनिबारदेखि सुरु उनको दोस्रो एकल कला प्रदर्शनी ‘फ्र्यागनेन्स अफ लाइफ’ मा नम्रताले जीवनका स–साना खुशीलाई चित्रमा उतारेकी छिन् ।

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

बुधबार, २७ मङि्सर २०७४

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको ‘सेड्स अफ ह्युस’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा रानीसहित नेपाल–भारतका झण्डै दुई दर्जन कलाकारका कला राखिएका छन् ।

Ncell Footer Ad