चाँदनी हमाल

चाँदनी हमाल

पिकासोका चित्र नेपालमा

शुक्रबार, ०८ भदौ २०७५

सन् १९०७ अघि पाब्लो पिकासोले कोरेका चित्र सामान्य थिए । उनले सुरुवाती समयमा कोरेका मोटा र भद्दा मानिसका थरिथरिका हाउ भाउ देखाउने तस्बिर यसको प्रमाण मानिन्छन् । यही समय आफ्ना चित्रलाई विशिष्ट देखाउन नीलो र गुलाबी रंगको अभियान पनि चलाए तर त्यसले पनि पिकासोको कलामा खास रौनक ल्याउन सकेन।

सविताका चित्रमा कपाल र काइँयो

बुधबार, ३० साउन २०७५

कुनै निर्जिव वस्तुमा जीवन खोजिनु कन्टेम्पोरेरी चित्रको विशेषता हो । चित्रकार सविता डंगोल त्यस्ता वस्तुसँग मानवका सोच प्रत्यक्ष जोडेर आफ्ना फरक धार बनाउन सफल छिन्।

आधुनिक कलाका सूत्रधार

बुधबार, २३ साउन २०७५

परम्परागत धारमा बगिरहेको नेपाली कलात्मक धारलाई आधुनिक धारमा डोेर्याउने पुराना कलाकारका कला यतिबेला ओझेलमै छन् । नब्बेको दशकमा आधुनिक धारको कला भित्र्याउन संघर्ष गर्नेहरु केही बिते।

‘प्रतिष्ठानमा हैन, प्राज्ञ नियुक्तिमा समस्या’

सोमबार, २१ साउन २०७५

नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायत सरहका प्रतिष्ठानलाई एउटै बनाउने घोषणाले कलाकर्मीमा तरंग सिर्जना भयो।

रंगोली सिर्जनाका आधुनिक आयाम

बुधबार, १६ साउन २०७५

रंगोली चित्रले भारतीय समाजको सिंगो संस्कृति बोकेको हुन्छ । गणेश चतुदर्शी होस् वा दिपावली रंगोली चित्र ढोकादेखि घरभित्र सजिएकै हुन्छ । त्यसरी बनाइने अधिकांश रंगोली विशेष पूजाआजामा शास्त्रअनुसार बनाइन्छ । अझ घर सजावटका लागि महिलाले मन परेका बुट्टा रंगोलीमा भर्छन्।

जोनलाई भीमसेन थापा स्मृति पुरस्कार

बिहिबार, १० साउन २०७५

यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा. जोन ह्वेल्प्टनलाई प्रदान गरिएको छ ।

फोहोरभित्रका कलात्मक सुन्दरता

बुधबार, ०९ साउन २०७५

घरायसी फोहोरका रूपमा रहेका प्लास्टिक, फलाम, कागज बिक्री गरेर आर्थिक आम्दानी गर्ने चलन आम मानिसका लागि नयाँ कुरा होइन । तर त्यस्ता फोहोरले सन्देशसँगै हजारौं नगद पनि आम्दानी गर्न सक्छ भन्ने कुराको पुष्टी कलाकर्मीले गरेका छन्।

कलामार्फत चुरे संरक्षण सन्देश

आइतबार, ०६ साउन २०७५

चुरे क्षेत्रको वन विनाशले तराई, मधेस र आसपासका क्षेत्रका मानव जीवन कठिनाइमा पर्दै गएको सर्वविदितै छ।

पानीबाट छचल्किएका रंगहरू

बिहिबार, ०३ साउन २०७५

पानी आफैंमा रंगविहिन हुन्छ । तर त्यो पानी नै हो जहाँ थरिथरिका रंग मिसिन्छन् । त्यो पानीले व्यक्त गर्ने भाव पनि रंगसरी नै अनगिन्ती हुन्छन्।

हिमवत् खण्डका कला साहित्यको चर्चा

आइतबार, ३१ असार २०७५

राजधानीमा शुक्रबारदेखि सुरु भएको हिमवत् खण्ड कला साहित्य सम्मिलनमा दोस्रो दिन कला साहित्यका विविध पक्षमाथि छलफल भएको छ।

दक्षिण एसियाली क्यानभासमा नेपाल बिम्ब

बिहिबार, २८ असार २०७५

अफगानिस्तानका कलाकार मोहम्मद युसुफ यो समयमा पहिलो नेपाल भ्रमणमा छन् । नेपालको नाम सुनेदेखि नै नेपाल हेर्ने उनको धोको साउथ एसियन इन्टरनेसनल आर्ट क्याम्पले पूरा गरिदिएको छ । नेपाल यात्रामा उनले पूरै नेपाल नघुमे पनि बुधबारबाट राजधानीमा सुरु कला कार्यशालामा उन सिंगो नेपाल झल्काउने कलालाई क्यानभासमा उतारे।

बजारको झमेलामा थांका र पौभा

सोमबार, २५ असार २०७५

सरकारले बजेटमार्फत सन् २०२० लाई भ्रमणवर्षको घोषणा गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने योजना बनाइरहँदा कलाकारमा भने भ्रमण वर्षको सदुपयोग कसरी गर्ने भन्ने चिन्ता सुरु भएको छ।

ब्रसेल्समा नेपाली कलाकारका कला

शुक्रबार, २२ असार २०७५

चित्रकार विजय कोइरालाले बनाएका महिला संवेदना दर्शिने चित्र बेल्जियममा प्रदर्शनी हुने भएको छ।

‘थोपाहरू’ भित्र विधाताका सिर्जना

बुधबार, २० असार २०७५

कलाकार विधाता केसी पानीका थोपासँग नभई रंगका थोपासँग खेल्न रुचाउँछिन् । उनी रंगका थोपाभित्र मानवीय भाव केलाउन मनपराउँछिन्।

जो चर्चामा आउँदैनन्

शनिबार, १६ असार २०७५

साहित्यफाँटमा कुनै समय यस्तो थियो । जुन बेला खोजी खोजी साहित्यिक रचना पढिन्थ्यो । सकेसम्म भेला भएरै नभए लेखेर ति सिर्जनाको राम्रा र कमजोर पक्ष केलाइन्थ्यो । जसले नयाँ लेखनी र लेखकको धार तिखाथ्र्याे । आगामी सिर्जना राम्रो बनाउन प्रेरणा र दबाब दुवैका लागि ऊर्जा बन्थ्यो।

पौभा अन्तर्राष्ट्रियकरण गर्नै सकस

शुक्रबार, १५ असार २०७५

पहिचानको कुरा कुनै जाति विशेषमा मात्र हैन कुनै स्थानीय तहको कला र संस्कृतिका लागि पनि उत्तिकै महत्वपूर्ण राख्छ ।

ककसको सकस

बिहिबार, १४ असार २०७५

संघीय संसद्मा विभिन्न समूह र समुदाय मिश्रित ककस गठनमा कडाइ गरिएको छ। यसअघि गठन भएको महिला सांसदको ककसले महिलामैत्री कानुन ल्याउन सहयोग गरेको दाबी पूर्व सांसद र अधिकारकर्मीहरू गर्छन् ।

मिथिला र मण्डनाभित्र नेपाल भारतको छवि

सोमबार, ११ असार २०७५

नेपालको तराई भेगबाट उत्पत्ति भएको मिथिला कला र भारतको गुजरातको मण्डना कलाको इतिहास झन्डै समान छ । मिथिला कला तराई क्षेत्रको संस्कार र संस्कृतिको जग हो । त्यस्तै गुजरातको गन्धर्वपुरमा मण्डना घरघरै देख्न पाइन्छ । यी दुई कलाको संगम यतिबेला राजधानीको नेपाल कला परिषद्मा देख्न पाइन्छ।

‘तीन एकेडमी एक हुँदैनन्’

आइतबार, २० जेठ २०७५

कानुन न्याय तथा संसदिय मन्त्री शेरबहादुर तामाङले नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एकै स्थानमा नगाभिने बताएका बताएका छन्।

‘एकेडमी गाभ्ने निर्णय जनआन्दोलनको मर्म विपरित’

बिहिबार, १७ जेठ २०७५

सरकारले बजेटमार्फत भाषा साहित्य, गीतसंगीत, नाटक र कलाको प्रवर्द्धन गर्न स्थापित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र अन्य सांस्कृतिक प्रतिष्ठानलाई गाभेर प्रभावकारी संस्था बनाउने घोषणा गरेपछि कलाकर्मी आक्रोशित भएका छन्।

Ncell Footer Ad