चाँदनी हमाल

चाँदनी हमाल

आहा ! कति सुन्दर बागमती

बुधबार, १२ मङि्सर २०७५

बाघद्वारदेखि सुरु भएको बागमती नदीको काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य खण्ड चोभारको गल्छी हो। पहिले उपत्यका एउटा दह जस्तो थियो। बागमतीको अन्त्य हुने ठाउँ यही दह नै थियो। प्राचीन किंवदन्ती अनुसार चीनबाट आएका मञ्जुश्रीले चोभारको डाँडा काटेर गल्छी बनाइ यहाँको पानी बाहिर पठाएर मानव वस्ती विकास गर्न सघाए।

काव्यिक यात्रामा नेपाल–भारत

मङ्गलबार, ११ मङि्सर २०७५

राजनीतिक सम्बन्ध मात्र नभई साहित्यिक सम्बन्धलाई पनि प्रगाढ बनाउन यतिबेला भारतीय साहित्यकारको जम्बो टोली नेपाल आइपुगेको छ। गत शनिबार साँझ नेपाली साहित्यकर्मीसँग भेटेलगत्तै भारतीय टोली नेपाली साहित्यकर्मीसँग काव्यिक यात्रामा निस्किएको छ। डा. रामचन्द्र रायको नेतृत्वमा ४० भारतीय कवि कवियत्रीको टोली नेपाल आएको हो।

‘जाइलाग्नेभन्दा आइलाग्ने समस्या भोगें’

आइतबार, ०९ मङि्सर २०७५

सानैमा बाबु गुमाएपछि आमा पाल्ने जिम्मा उनकै थाप्लोमा आयो। अहिलेको जस्तो उसबेला महिलाका नाममा अचल सम्पत्ति दर्ता गरे छुट हुने समय पनि थिएन। उनका आमाले बुबाको भागको अंश पाउन जुग नै पर्खनुप-यो।

नेपाली ग्यालरीमा गन्धारा बुद्ध

बुधबार, ०५ मङि्सर २०७५

उत्तर–पश्चिम पाकिस्तान र पूर्वी अफगानिस्तानमा बिक्रम संवत कालखण्डको पहिलो शताब्दीमा गन्धारा शैलीका बुद्धमूर्ति बने । ग्रिक–रोमन शैलीसँग निकट रहेको गन्धारा शैलीमा निर्मित बुद्धको अस्तित्व वर्तमान समयमा अफगानिस्तानको इतिहासका पानामा सिमित छ । अफगानिस्तानमा भइरहने युद्धले गन्धारा बुद्धको कालखण्ड विलिन भैसकेका छन् । मुसलमान समुदायको बाहुल्यता रहेको अहिलेको समयमा त्यहाँ बुद्धको महत्व घट्दै गएको छ ।

प्रदर्शनीमा जोशीको पौभा ‘कलायात्रा’

आइतबार, ०२ मङि्सर २०७५

चारदशकदेखि पौभा कला कोर्न सक्रिय दिपक कुमार जोशीको पौभाको प्रदर्शनी सुरु भएको छ । गत मंगलबार संस्कृतिविद सत्यमोहन जोशीले ‘कलायात्रा’ शीर्षकको कला प्रर्दशनीको सुरुवात भएको थियो । मुख्य आयोजक नेपाल परम्परागत चित्रकला परिषदले सो क्रममा जोशीलाई चारलाख नगद, ताम्रपत्र तथा दोसल्ला सहित सम्मानसमेत गरेको थियो।

अमूर्तमा प्रमिलाका बिम्ब

शुक्रबार, ३० कार्तिक २०७५

अमूर्त चित्रमा बिम्ब हुने या नहुने विषयमा कलाकारबीच मतभेद हालसम्म कायमै छ। त्यहीकारण कोही बिम्बमा अमूर्तकला कोर्छन् त कोही रंगमात्र प्रयोग गरेर चित्र क्यानभासमा उतार्छन्। कलाकार प्रमिला गिरी पनि यही शैलीलाई पछ्याउँछिन् ।

प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा उल्टो अभ्यास

मङ्गलबार, २७ कार्तिक २०७५

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त रहेका पदमा विधान मिचेरै सरकारले नियुक्ति प्रक्रिया थालेपछि पद पाउन उम्मेद्वारको होडबाजी शुरु भएको छ।

ल्यान्डस्केपमा सुन्दर खोकना

बुधबार, २१ कार्तिक २०७५

पूर्वतिर काठमाडौं खाल्डो, दक्षिणमा फूल्चोकीको गुराँस फूल्ने चुचुरो, पश्चिमको हरियो हात्तीवन र चम्पादेवी डाँडा अनि उत्तरमा चोभारमाथि गणेश हिमाल झुल्कदै गरेको दृश्य। ललितपुरको खोकना बस्ती यिनै रमणीयस्थल बीचको फाँटमा बसेको छ।

कलाकारलाई दसैं : कसैलाई रमाइलो, कसैलाई खल्लो

बुधबार, ०७ कार्तिक २०७५

दसैं केही कलाकारका लागि रमाइलो भयो त केहीले पुरानो दसैं सम्झेर चित्त बुझाए । फिल्म, गीत संगीतका कलाकारलाई आम मानिसले झैं दसैं मनाउने चाह हुन्छ । तर धेरैका लागि कमाउने अवसर पनि । कार्यक्रमको चापले चाडवाडकै बेलामा छोप्ने गर्छ।

प्राचीन धरोहर छायाँचित्रमा

मङ्गलबार, ३० असोज २०७५

भारतवर्षको हिन्दु धर्मसँग जोडिएको स्कन्द पुराणको इतिहास निकै लामो छ । नेपालको इतिहासमा भने इस्वी संंवत ८१० मा उत्तरलिच्छवी लिपीमा लेखिएको स्कन्द पुराण अझै हेर्न र पढ्न पाइन्छ।

जीवन बुझेपछिको ‘उठान’

बिहिबार, २५ असोज २०७५

बत्तीले झलमल आर्ट काउन्सिलको कोठा। जहाँ स्कुले विद्यार्थीदेखि वृद्धसम्म क्यानभासमा रंग छर्दैथिए। उनीहरू मनैदेखिको उकुसमुकुस पोखे जसरी सेतो भित्ता रंगाउँदै थिए।

नाम, दाम र स्वाभिमान

बिहिबार, २५ असोज २०७५

नेपालको कुल जनसंख्याको ५१.५ प्रतिशत हिस्सा महिलाकै छ । जनसंख्यामा अघि रहेका महिला अन्य क्षेत्रमा भने निकै पछाडि छन्।

डुंगाको बिम्बमा इशानका चित्र

बुधबार, १० असोज २०७५

आफ्नो देशको विकास गर्न विदेशी सोच हावी भएको अनुभूति नेपाली समाजमा जोकोहीले गरेकै छन्। अनुदान र दानबाट आर्थिक जोहो गरिरहेको कतै छिपेको छैन ।

सात दलका महिला एउटै गठबन्धनमा

शनिबार, ०६ असोज २०७५

नेपाली राजनीतिमा यति बेला सत्तापक्ष र प्रतिपक्ष दलबीच छत्तीसको आँकडा छ। सत्तापक्षमा दुइतिहाइको घमण्ड र प्रतिपक्षमा सही विकल्प देखाउन नसक्ने अक्षमताका कारण सम्बन्ध सद्भावपूर्ण बन्न सकिरहेको छैन।

अरुपण कलामा रमाएका कलाकार खनाल

मङ्गलबार, ०२ असोज २०७५

कला समिक्षक रमेश खनाल उमेरले सत्तरीको उकालो लागिसके। शारीरिक उमेरले ७० नाघे पनि उनका हातले बनेका चित्र २५ वर्षे तन्नेरी झैं लाग्छ। जीवनको पहिलो कला प्रदर्शनी गर्दा उनी जति जवान थिए ।

सिद्धार्थमा सामूहिक कला प्रदर्शनी

आइतबार, २४ भदौ २०७५

४६ जना कलाकारको कला समेटिएको प्रदर्शनी राजधानीमा चलिरहेको छ। फरक फरक विषय र प्रस्तुति समेटिएको ‘अमालगम २०१८’ शीर्षकको कला प्रदर्शनीमा ४६ जना नेपालका कलाकारले चित्रका विविध रङ पस्केका छन्।

चित्रमा वीरका कथा

आइतबार, १७ भदौ २०७५

संघीय नेपालको अवधारणामा नेपाल अघि बढ्दै गर्दा इतिहासमा सिंगो नेपाल बनाउन योगदान गर्ने वीरहरूको सम्झना चित्रकला प्रदर्शनी सुरु भएको छ।

दाग देख्नुभयो भने मलाई प्रहार गर्नुहोस् : प्रधानमन्त्री

बिहिबार, १४ भदौ २०७५

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञसभा दुई सत्रको कार्यक्रम गर्दै मंगलबार सकियो । प्राज्ञ सभाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कवि हरिभक्त कटुवालको कविता ‘टाढैबाट जुनलाई हेर प्रिय, नजिकबाट दाग देखिन सक्छ’सुनाए ।

स्कुलबाट उदाउँदै चित्र

सोमबार, ११ भदौ २०७५

‘साहित्य, संगीत र कलाविहिन मान्छे पुच्छर नभएको पशु समान हुन्छ ’ हितोपदेशको वचनझै मानिसलाई मानिस भएको अनुभुत गराउने तत्व यिनै हुन् । प्रविधि हाबी भइरहेको समयका अहिलेका नयाँपुस्तामा नयाँ गुण भर्न साहित्य, कला र संगीतका कक्षा हरेक विद्यालयमा अनिवार्य गरिएको छ ।

योञ्जनका संगीतले भिजे रिन्छेनका आँखा

आइतबार, १० भदौ २०७५

संगीत साधक गोपाल योञ्जनलाई सम्झने पारखीको ललितपुरस्थित हार्ट फाउन्डेसनको हलमा शनिबार दिउँसो भीड लाग्यो।

Ncell Footer Ad