चाँदनी हमाल

चाँदनी हमाल

रिपब्लिक मिडियाको तीज

बुधबार, १५ भदौ २०७३

देशारले तीजका भाकामा ‘मारुनी’, ‘जमाना खराब छ’ र ‘लत लाग्यो’ बोलका गीत पनि प्रस्तुत गरिन् । अर्की लोकगायिका रितु कँडेलले आफ्नो तीजैमा एल्बमको ‘धोको पुर्याईदेउ,रातो सारी सरक्क सरक्क सर्काउदै र झूठो माया जाल गितमा उपस्थित महिलालाई नचाइन् । गायिका अनिता चलाउनेले पशुपति शर्मासँग गाएको यसवर्षको तिज गित गित झ्याम्मै बरिलै र अघिल्लो वर्षको तिजगित नाँचिदेउ झिल्के भनेर भाखा मिलाईन् ।

गीत गाउँदै खेमराजको बिदाइ

सोमबार, १३ भदौ २०७३

संखुवासभाजस्तो पहाडमा जन्मे पनि उनीसँग गिटार कहिल्यै टुटेन। घरको पिँढी होस् वा गाउँको चौतारो। वरिपरि गाउँले जम्मा गरेर गित सुनाउन बसुन्जेल कहिले छाडेनन्। मनकामना मन्दिरमा मेला लाग्दा गाउँलेसँगै उनी गाउँथे 'वारि जमुना पारि जमुना।'

आँटिली ‘जुनकिरी'

शनिबार, ११ भदौ २०७३

नौ महिने गर्भको पेट। हिँड्डुल गर्न नसकिने अवस्था। हातमा धुँवा उडिरहेको चुरोट र मदिराको बोतल। एकान्त कोठामा जुनकिरीको बास। न कुनै आफन्त, न कोही उनको गर्भ भएकामा खुसी हुने मान्छे। धुँवा नै धुँवाजस्तै बेफिक्री उसको जीवन उडिरहेझैं लाग्थ्यो। एक्लै नितान्त एक्लै।

कला संरक्षण गर्ने कसले?

सोमबार, ०६ भदौ २०७३

चित्रकला ह¬न वा मूर्तिकला। नेपालका कला संस्कृति नयाँ प¬स्तामाझ जीवित राख्न सक्ने माध्यम हो। नेपालको ऐतिहासिकतासँगै बदलिँदो संास्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो। मठमन्दिर, ट¬ँडालमा छरिएका कला ह¬न वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु ने किन नहोस्।

जोखिम मोलेरै हनुमानढोका दरबार खुला

आइतबार, ०५ भदौ २०७३

नेपालको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको राजधानीको मुटुस्थित हनुमानढोका दरबार सर्वसाधारणको घुमफिरका लागि खुला गरिएको छ। २०७२ वैशाख १२ को महाभूकम्पले भत्किएर अलपत्र परेको दरबार क्षेत्रका केही क्षेत्र एक वर्ष ३ महिनापछि जोखिम मोलेरै सर्वसाधारणका लागि खुला गरिएको हो। वसन्तपुुर दरबारका नामले पनि चिनिने यो क्षेत्र विश्वसम्पदा सूचीमा समेत सूचीकृत छ।

कस्तो छ बोक्सीको घर?

शुक्रबार, ०३ भदौ २०७३

'आज मेरो बिहे गरिदिने रे, त्यो जुंगे दाईसँग,' घरमा आएका पाहुनातिर लक्षित गर्दै उसले पिपलको पातसँग कुरा गर्छे। 'आमा म बिहे गर्दिनँ, त्यो जुंगे दाइसँग त झन् गर्दै गर्दिनँ,' ऊ लाडे पल्टँदै बोल्छे, 'बरु त्यो रविसँग बिहे गर्दिनुस् न, मलाई सप्पै कुरा सिकाउँछ।'

अनि 'कान्छी' बनिन् शर्मिला

शनिबार, २९ साउन २०७३

२०४१ साल। रेडियो नेपालमा साँझको ५ बजे लगत्तै सुरु भयो बाल कार्यक्रमको धुन। कार्यक्रम चलाउने सुरसारमा थिए वासुदेव मुनाल। बीचमै बज्यो एउटा विज्ञापन। 'नेपाली फिल्म 'कान्छी'का लागि सोझी गाउँले अनुहारकी हिरोइन चाहिएकाले इच्छुक हुनेले सम्पर्क राख्नुहोला।'

घर फर्के रंगकर्मी पोखरेल

बिहिबार, २७ साउन २०७३

अचानक अचेत भएर नर्भिक अस्पताल भर्ना भएका रंगकर्मी सुनिल पोखरेल उपचारपछि घर फर्केका छन्। मंगलबार राति करिब एक बजे ललितपुर सुनाकोठीस्थित घरमा एक्कासि अचेत भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालको आइसियुमा उपचार गरिएको थियो।

नेपाली राष्ट्रिय गान विश्वमै उत्कृष्टमध्ये एक

बुधबार, २६ साउन २०७३

नेपाल देशको राष्ट्रगान नेपालीभुमीमा मात्र हैन विश्वका सुन्न लायक राष्ट्रगानहरुमध्येको एक मानिएको छ । नेपाली राष्ट्रगानको संगित र गीतमा उल्लेखित उत्कृष्ट भावहरुका कारण यो विश्वकै सुन्न लायक राष्ट्रगान बन्न सफल भएको हो ।

मण्डलामा आउँदैछ ‘बोक्सीको घर'

मङ्गलबार, २५ साउन २०७३

के बोक्सी साँच्चै हुन्छ वा जबरजस्ती समाजले बोक्सी बनाउँछ? यही कुरा पर्गेल्न खोजेको छ अनामनगरस्थित मण्डला थिएटरमा शुक्रबारदेखि प्रदर्शनमा आउने नाटक 'बोक्सीको घर'ले। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहने नाटकमा रंगकर्मी सरिता गिरीको एकल अभिनय गर्नेछिन्।

कहिले बन्ला सुन्दर बौद्ध?

आइतबार, २३ साउन २०७३

कलात्मक प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै हरेकको नजर बौद्धनाथ स्तुपको फेददेखि टुप्पोसम्म अवश्यै पुग्छ। तर अचेल त्यसरी नजर लाउने प्रश्न एउटै हुन्छ। कहिले बन्ला सुन्दर बौद्धनाथ? हरेक शनिबार सुन्दर बौद्ध हेर्ने चाहनामा पुग्छिन छुल्ठिम शेर्पा। ‘तर अहँ, १५ महिना हुन लाग्यो बनेन त बौद्ध,' उनी अचम्म मान्छिन्, 'बनाएको बनायै छन्, तर बनेको छैन।'

जब यायातिले छोरी दान दिए

शुक्रबार, २१ साउन २०७३

एउटी महिला कसैकी आमा हुन्छे। कसैकी पत्नी। अनि कसैकी प्रेमिका। यी भूमिकामा सदियौंदेखि हाम्रो समाजका नारी स्थापित छन्। तर उनीहरूले यी भूमिका निर्वाह गर्दा भोग्नुपरेका कठोरतम पीडाहरु अझै पनि उस्तै छन्।

दिव्य खालिङको स्मृतिमा स्वराञ्जली

सोमबार, २७ असार २०७३

संगीतकार दिव्य खालिङको निधन भएको दशौं वर्षको स्मृतिमा आइतबार राष्ट्रिय नाचघरमा गीतसंगीत पस्केरै स्रष्टाहरुले 'स्वराञ्जली' कार्यक्रम गरे। खालिङद्वारा लिखित तथा संगीतवद्ध गीत गाउँदै बजाउँदै कलाकारहरुले श्रद्धाञ्जलि दिए।

हरिओमको ‘ब्ल्याक भ्वाइस’ चित्र

आइतबार, १९ असार २०७३

काठमाडौं-मलाई मेरै रंग प्यारो छ मेरो ठाउँ प्यारो छ भेष प्यारो छ मलाई मेरै देश प्यारो छ म गर्व गर्छु मधेसी हुनुमा

संगीतज्ञ अम्बरको सम्झना

सोमबार, ०६ असार २०७३

संगीतज्ञ अम्बर गुरुङको निधन भएको १३ औं दिन शनिबार उनको निवासमा पुगेकाहरुले उनको संगीत क्षेत्रमा योगदान अतुलनीय रहेको चर्चा गरे। उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आफूले गुरुङको बारेमा पहिले नै कविता लेखेको कुरा बताए।

Ncell Footer Ad