चाँदनी हमाल

चाँदनी हमाल

प्राचीन धरोहर छायाँचित्रमा

मङ्गलबार, ३० असोज २०७५

भारतवर्षको हिन्दु धर्मसँग जोडिएको स्कन्द पुराणको इतिहास निकै लामो छ । नेपालको इतिहासमा भने इस्वी संंवत ८१० मा उत्तरलिच्छवी लिपीमा लेखिएको स्कन्द पुराण अझै हेर्न र पढ्न पाइन्छ।

जीवन बुझेपछिको ‘उठान’

बिहिबार, २५ असोज २०७५

बत्तीले झलमल आर्ट काउन्सिलको कोठा। जहाँ स्कुले विद्यार्थीदेखि वृद्धसम्म क्यानभासमा रंग छर्दैथिए। उनीहरू मनैदेखिको उकुसमुकुस पोखे जसरी सेतो भित्ता रंगाउँदै थिए।

नाम, दाम र स्वाभिमान

बिहिबार, २५ असोज २०७५

नेपालको कुल जनसंख्याको ५१.५ प्रतिशत हिस्सा महिलाकै छ । जनसंख्यामा अघि रहेका महिला अन्य क्षेत्रमा भने निकै पछाडि छन्।

डुंगाको बिम्बमा इशानका चित्र

बुधबार, १० असोज २०७५

आफ्नो देशको विकास गर्न विदेशी सोच हावी भएको अनुभूति नेपाली समाजमा जोकोहीले गरेकै छन्। अनुदान र दानबाट आर्थिक जोहो गरिरहेको कतै छिपेको छैन ।

सात दलका महिला एउटै गठबन्धनमा

शनिबार, ०६ असोज २०७५

नेपाली राजनीतिमा यति बेला सत्तापक्ष र प्रतिपक्ष दलबीच छत्तीसको आँकडा छ। सत्तापक्षमा दुइतिहाइको घमण्ड र प्रतिपक्षमा सही विकल्प देखाउन नसक्ने अक्षमताका कारण सम्बन्ध सद्भावपूर्ण बन्न सकिरहेको छैन।

अरुपण कलामा रमाएका कलाकार खनाल

मङ्गलबार, ०२ असोज २०७५

कला समिक्षक रमेश खनाल उमेरले सत्तरीको उकालो लागिसके। शारीरिक उमेरले ७० नाघे पनि उनका हातले बनेका चित्र २५ वर्षे तन्नेरी झैं लाग्छ। जीवनको पहिलो कला प्रदर्शनी गर्दा उनी जति जवान थिए ।

सिद्धार्थमा सामूहिक कला प्रदर्शनी

आइतबार, २४ भदौ २०७५

४६ जना कलाकारको कला समेटिएको प्रदर्शनी राजधानीमा चलिरहेको छ। फरक फरक विषय र प्रस्तुति समेटिएको ‘अमालगम २०१८’ शीर्षकको कला प्रदर्शनीमा ४६ जना नेपालका कलाकारले चित्रका विविध रङ पस्केका छन्।

चित्रमा वीरका कथा

आइतबार, १७ भदौ २०७५

संघीय नेपालको अवधारणामा नेपाल अघि बढ्दै गर्दा इतिहासमा सिंगो नेपाल बनाउन योगदान गर्ने वीरहरूको सम्झना चित्रकला प्रदर्शनी सुरु भएको छ।

दाग देख्नुभयो भने मलाई प्रहार गर्नुहोस् : प्रधानमन्त्री

बिहिबार, १४ भदौ २०७५

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञसभा दुई सत्रको कार्यक्रम गर्दै मंगलबार सकियो । प्राज्ञ सभाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कवि हरिभक्त कटुवालको कविता ‘टाढैबाट जुनलाई हेर प्रिय, नजिकबाट दाग देखिन सक्छ’सुनाए ।

स्कुलबाट उदाउँदै चित्र

सोमबार, ११ भदौ २०७५

‘साहित्य, संगीत र कलाविहिन मान्छे पुच्छर नभएको पशु समान हुन्छ ’ हितोपदेशको वचनझै मानिसलाई मानिस भएको अनुभुत गराउने तत्व यिनै हुन् । प्रविधि हाबी भइरहेको समयका अहिलेका नयाँपुस्तामा नयाँ गुण भर्न साहित्य, कला र संगीतका कक्षा हरेक विद्यालयमा अनिवार्य गरिएको छ ।

योञ्जनका संगीतले भिजे रिन्छेनका आँखा

आइतबार, १० भदौ २०७५

संगीत साधक गोपाल योञ्जनलाई सम्झने पारखीको ललितपुरस्थित हार्ट फाउन्डेसनको हलमा शनिबार दिउँसो भीड लाग्यो।

पिकासोका चित्र नेपालमा

शुक्रबार, ०८ भदौ २०७५

सन् १९०७ अघि पाब्लो पिकासोले कोरेका चित्र सामान्य थिए । उनले सुरुवाती समयमा कोरेका मोटा र भद्दा मानिसका थरिथरिका हाउ भाउ देखाउने तस्बिर यसको प्रमाण मानिन्छन् । यही समय आफ्ना चित्रलाई विशिष्ट देखाउन नीलो र गुलाबी रंगको अभियान पनि चलाए तर त्यसले पनि पिकासोको कलामा खास रौनक ल्याउन सकेन।

सविताका चित्रमा कपाल र काइँयो

बुधबार, ३० साउन २०७५

कुनै निर्जिव वस्तुमा जीवन खोजिनु कन्टेम्पोरेरी चित्रको विशेषता हो । चित्रकार सविता डंगोल त्यस्ता वस्तुसँग मानवका सोच प्रत्यक्ष जोडेर आफ्ना फरक धार बनाउन सफल छिन्।

आधुनिक कलाका सूत्रधार

बुधबार, २३ साउन २०७५

परम्परागत धारमा बगिरहेको नेपाली कलात्मक धारलाई आधुनिक धारमा डोेर्याउने पुराना कलाकारका कला यतिबेला ओझेलमै छन् । नब्बेको दशकमा आधुनिक धारको कला भित्र्याउन संघर्ष गर्नेहरु केही बिते।

‘प्रतिष्ठानमा हैन, प्राज्ञ नियुक्तिमा समस्या’

सोमबार, २१ साउन २०७५

नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायत सरहका प्रतिष्ठानलाई एउटै बनाउने घोषणाले कलाकर्मीमा तरंग सिर्जना भयो।

रंगोली सिर्जनाका आधुनिक आयाम

बुधबार, १६ साउन २०७५

रंगोली चित्रले भारतीय समाजको सिंगो संस्कृति बोकेको हुन्छ । गणेश चतुदर्शी होस् वा दिपावली रंगोली चित्र ढोकादेखि घरभित्र सजिएकै हुन्छ । त्यसरी बनाइने अधिकांश रंगोली विशेष पूजाआजामा शास्त्रअनुसार बनाइन्छ । अझ घर सजावटका लागि महिलाले मन परेका बुट्टा रंगोलीमा भर्छन्।

जोनलाई भीमसेन थापा स्मृति पुरस्कार

बिहिबार, १० साउन २०७५

यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा. जोन ह्वेल्प्टनलाई प्रदान गरिएको छ ।

फोहोरभित्रका कलात्मक सुन्दरता

बुधबार, ०९ साउन २०७५

घरायसी फोहोरका रूपमा रहेका प्लास्टिक, फलाम, कागज बिक्री गरेर आर्थिक आम्दानी गर्ने चलन आम मानिसका लागि नयाँ कुरा होइन । तर त्यस्ता फोहोरले सन्देशसँगै हजारौं नगद पनि आम्दानी गर्न सक्छ भन्ने कुराको पुष्टी कलाकर्मीले गरेका छन्।

कलामार्फत चुरे संरक्षण सन्देश

आइतबार, ०६ साउन २०७५

चुरे क्षेत्रको वन विनाशले तराई, मधेस र आसपासका क्षेत्रका मानव जीवन कठिनाइमा पर्दै गएको सर्वविदितै छ।

पानीबाट छचल्किएका रंगहरू

बिहिबार, ०३ साउन २०७५

पानी आफैंमा रंगविहिन हुन्छ । तर त्यो पानी नै हो जहाँ थरिथरिका रंग मिसिन्छन् । त्यो पानीले व्यक्त गर्ने भाव पनि रंगसरी नै अनगिन्ती हुन्छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।