सुरेश यादव

इलाका प्रहरीसँगै रहेको नगरपालिका कार्यालयमा बम बिस्फोट

बिहिबार, ३० जेठ २०७६

इलाका प्रहरी कार्यालय धनुषाधाम र नगरपालिकाको कार्यालय करिब ४० मिटरको दुरीमा पर्छन्।

लोकसेवा आयोगको विज्ञापनविरुद्ध आन्दोलन

बिहिबार, २३ जेठ २०७६

लोकसेवा आयोगले स्थानीय तहका लागि नयाँ कर्मचारी नियुक्त गर्न सार्वजनिक गरेको विज्ञापनविरुद्ध प्रदेश २ आन्दोलित भएको छ। आयोगको उक्त कर्मचारी भर्ना प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री लालबाबु राउतले अस्वीकार गर्ने चेतावनी दिएपछि प्रदेश सत्तापक्ष समर्थक युवाहरू आन्दोलित भएका हुन्।

बालहिंसा बढ्दो, छिमेकमै हत्यारा

सोमबार, २० जेठ २०७६

घरनजिकै खेलिरहेको बेला करनलाई छिमेकमै डेरागरी बस्ने भारतीय नागरिक विकाश शर्माले फकाइफूलयाई वीरगन्जको घण्टाघरसम्म ल्याएपछि टेम्पुमा चढाएर अपहरण गरी लगेका थिए।

कृषिप्रधान प्रदेश बनाउने नीति

सोमबार, २० जेठ २०७६

‘प्रदेश २ लाई कृषि प्रधान प्रदेश कायम गर्ने उद्देश्य अनुरूप अगामी आर्थिक वर्षमा काम गर्ने प्रदेश सरकारको नीति रहेको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

बालबालिकाको खाजामा घोटाला

शनिबार, १८ जेठ २०७६

‘विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा खाजा वितरण त सुरु भयो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरियो।’

‘देवीलाई मनाउन बालकको बलि’

शुक्रबार, १७ जेठ २०७६

आरोपित शत्रुधन महतोले शक्तिशाली धामी बन्न चमैनीदेवी थानका नाममा अढाई वर्षीय बालकलाई काटेर बली चढाएको बयान प्रहरीलाई दिएका छन्।

प्रदेश २ मा ‘आचरण अनुगमन समिति’

बुधबार, १५ जेठ २०७६

प्रदेशसभा सञ्चालन भएको झण्डै डेढ वर्षपछि सांसदहरुको आचरण अनुगमन र नियमन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ।

प्रदेशबाटै एफएम–टिभीको फ्रिक्वेन्सी दिने तयारी

बिहिबार, ०२ जेठ २०७६

प्रदेश २ को सरकारले मातहतका जिल्लामा एफएम रेडियो र टेलिभिजन प्रसारणका लागि आफैँले अनुमति दिनेगरी कानुन निर्माण प्रक्रिया अघि बढाएको छ।

श्रीमती जलाउने मुकेश भाउजूसहित पक्राउ

शुक्रबार, २७ बैशाख २०७६

भाउजूसँग शारीरिक सम्बन्ध कायम राख्न दश महिनाअघि मात्र बिहे गरेकी श्रीमतीलाई जलाउने धनुषा सहिदनगरका मुकेश गोइतलाई प्रहरीले तीन सातापछि पक्राउ गरेको छ।

‘सत्ताको सिढी बनाए सखाप हुन्छ’

सोमबार, २३ बैशाख २०७६

दोस्रो जनआन्दोलनको अवतरणसँगै सुरु भएको मधेस विद्रोहबाट मधेसी जनअधिकार फोरम, नेपालको जन्म भयो। मधेस आन्दोलनको प्रभावले प्रथम संविधानसभा निर्वाचनमा फोरमको राम्रो स्थान आयो। त्यसपछि एमालेबाट विद्रोह गरेर गठन भएको संघीय समाजवादी पार्टीसँग एकीकरण भई संघीय समाजवादी फोरम बन्यो। मुलुकमा नयाँ संविधान जारी भएको करिब साढे तीन वर्षपछि नयाँ शक्ति पार्टीसंग एकीकरण भई समाजवादी पार्टी नेपाल गठन हुन पुगेको छ।

बिरख कुट्टीको ८४ बिघा अतिक्रमण जोखिममा

शुक्रबार, २० बैशाख २०७६

जनकपुर नगर क्षेत्रभित्रै ६ बिघा बहुमूल्य जग्गा हिनामिना भई कन्तबिजोग बनेको बिरख कुट्टी मन्दिरको स्वामित्वमा नगरबाहिर रहेको ८४ बिघा जग्गा पनि अतिक्रमणको जोखिममा परेको छ। विगतमा बिरख कुट्टी मन्दिरको नाममा दान गरिएको धनुषा, हंशपुर नगरपालिकास्थित ८४ बिघा जग्गा अतिक्रमणको जोखिममा परेको गुठी संस्थानको कार्यालय जनकपुर शाखाका सहायक रवीन्द्रकुमार रायले बताए।

मुख्यमन्त्रीले प्रदेश नामाकरणबारे प्रतिवेदन बुझे

बिहिबार, १९ बैशाख २०७६

प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि स्थान छनौट गर्न गठन गरिएको संवाद तथा सुझाव आयोगले बिहीबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ।

प्रदेश २ मा सरकार फेरिने चर्चा

बिहिबार, १९ बैशाख २०७६

पार्टी एकीकरणदेखि सत्ता साझेदारीसम्मको विषयमा संघीय समाजवादी फोरम र राजपाबीच दूरी बढ्न सक्ने सम्भावनाले प्रदेश २ को सरकार फेरिन सकिने चर्चा सतहमा आएको छ। मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा पनि नेकपाकै नेतृत्वमा सरकार बन्न सक्ने आशय व्यक्त गरेपछि यो चर्चाले व्यापकता पाएको हो।

संघ र प्रदेशबीच झनै तीक्तता

बुधबार, १८ बैशाख २०७६

संघीयता कार्यान्वयनसँगै गठन भएको प्रदेश सरकारले संघीय सरकारलाई ‘ओभरटेक’ गर्न थालेपछि दुई सरकारबीच सुरुदेखि नै टकराव देखिँदै आएको छ।

‘मन्दिरको जग्गा हडपेर निजी घर’

सोमबार, १६ बैशाख २०७६

प्राचीन मिथिलाको राजधानी जनकपुरले यति बेला प्रदेश २ को अस्थायी राजधानीको पहिचान पाएको छ। त्रेता युगदेखि नै धार्मिक पहिचान बनाउन सफल यो नगरले नेपालका सबै राजनीतिक परिवर्तनमा कुनै न कुनै योगदान दिइरह्यो। प्रदेशको नामकरण र भाषा सम्बन्धमा प्रदेशसभाले निर्णय गर्न त्यति सहज नभए पनि प्रादेशिक राजधानी जनकपुर तोकिँदा कसैले खुलेर विरोध गर्न सकेको छैन।

एसपी प्रदेश सरकार मातहत आउँछन् :  गृहमन्त्री थापा

शनिबार, १४ बैशाख २०७६

प्रदेश सरकारले आफ्नो छुट्टै जिल्ला प्रशासक राख्ने गरी विधेयक ल्याउन लागेको प्रति संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले आश्चर्य प्रकट गरेका छन्।

स्वर्गद्वारका सर्जक

बुधबार, ११ बैशाख २०७६

मारवाडी समुदाय भन्नेबित्तिकै उद्यमी–व्यापारी बुझिन्छ। यो समुदायको जातीय पहिचान नै व्यापार–व्यवसाय हो।

वैदेशिक रोजगारीले फेरिएको जीवन

बुधबार, ११ बैशाख २०७६

भान्छामा पाक्ने परिकारदेखि पहिरनसम्म फेरिइसक्यो । २० वर्षअघि १० कट्ठा जग्गा (खेत) हुने परिवारलाई बजारबाट अन्न किन्नु पर्दैनथ्यो । अहिले जग्गाको मूल्य सयौं गुणा बढिसक्यो । पाँच बिघा जग्गा हुने परिवारको भान्छामा पनि भारतबाट प्याकिङ भएर आउने चामल पाक्न थालेको छ ।

बारा–पर्साका हुरीपीडितलाई प्रदेश ३ को एक करोड सहयोग

बुधबार, ०४ बैशाख २०७६

बारा र पर्सामा गत चैत महिनामा आएको विनाशकारी हुरीपीडितलाई प्रदेश ३ सरकारले एक करोड सहयोग गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश २ सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेका हुन्।

तराईमा गर्मी छल्न ‘जुडशीतल’

मङ्गलबार, ०३ बैशाख २०७६

सोमबार तराई–मधेसमा जुडशीतल र सिरुवा पर्व मनाइएको छ। थारू समुदायमा सिरुवा र मधेसी समुदायमा जुडशीतलको नाम दिइएको यो पर्वको एउटै उद्देश्य हो– गर्मीबाट जोगिने प्रतिरक्षा। ‘जुड’ र ‘शीतल’ दुई शब्द मिलेर ‘जुडशीतल’ बनेको हो। जुडको अर्थ वरदान/आशीर्वाद हो भने शीतलको अर्थ हो– शीतलता।