पवित्रा सुनार

पवित्रा सुनार

देशभरका चिकित्सक सडकमा

सोमबार, १८ भदौ २०७५

सरकारले मुलुकी अपराध संहितामा राखिएका केही दफा संशोधनका लागि गरिएको आग्रहलाई सरकारले बेवास्ता गरेपछि आन्दोलित देशभरका चिकित्सकले आइतबार स्वास्थ्य सेवा प्रदान गरेनन्।

निजी अस्पतालमा नर्सको शोषणै शोषण

आइतबार, १७ भदौ २०७५

नारायणटार शंकरापुर अस्पतालमा कार्यरत नर्स सुनिता श्रेष्ठले काम थालेको एक वर्ष भयो । उनको तलब मासिक सुरुमा ९ हजार थियो अहिले १० हजार छ। पढाइमा हुने लगानी र श्रमअनुसार तलब सुविधा पुग्दो नभएको उनको अनुभव छ ।

बालबालिकामा देखियाे निमाेनिया र फ्लु

शुक्रबार, १५ भदौ २०७५

भदौ महिना सुरु भएसँगै बालबालिकामा निमोनिया र फ्लु फैलिएको छ। उपत्यका र उपत्यकाबाहिरका केही जिल्लामा श्वासप्रश्वासको संक्रमण बढेको देखिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

फैलियाे स्क्रवटाइफस संक्रमण

बुधबार, १३ भदौ २०७५

देशका विभिन्न भागमा विभिन्न सरुवा रोग फैलिएको छ । राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साता सबैभन्दा बढी स्क्रवटाइफस संक्रमणको तथ्याकं प्राप्त भएको छ । यो साता मात्र देशका विभिन्न भागमा गरी ४१ जनामा स्क्रवटाइफस फैलिएको तथ्यांक छ।

छारे रोगः किन लाग्छ, कसरी बच्ने ?

शनिबार, ०९ भदौ २०७५

‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ।

विदेशी अस्पतालमा कोमामा रहेकालाई ल्याइँदै

बिहिबार, ०७ भदौ २०७५

विभिन्न देशमा कोमामा (मस्तिष्क मृत्यु) मा पुगेका नेपालीलाई सरकारले स्वदेश फिर्ता ल्याउने भएको छ।

बालश्रम र बलात्कारका घटना बढे

मङ्गलबार, ०५ भदौ २०७५

समितिले प्रत्येक चार महिनामा देशभरी बालबालिका माथि भएका घटनाबारे तथ्य संकलन गर्दै आएको छ।

कस्ता बिरामीलाई हुन्छ रक्त क्यान्सर ?

शनिबार, ०२ भदौ २०७५

नेपालमा रगतसम्बन्धी विभिन्न रोग देखापरिरहेका छन् । केही गम्भीर रोग निश्चित समूहमा देखिन्छ भने केही रोग सबै खालका समुदायमा । आखिर रगतसम्बन्धी रोगहरू किन बढिरहेका छन् ? प्रस्तुत छ– रगतसम्बन्धी रोगका विषयमा नागरिककर्मी पवित्रा सुनारले सिभिल अस्पतालका हेमाटोलोजी विभाग प्रमुख (रगत रोग बिशेषज्ञ) डा. विशेष पौडेलसँग गरेको विस्तृत कुराकानीः

हिमाली जिल्लामा औलो फैलियो

बुधबार, ३० साउन २०७५

तराइको रोग भनेर चिनिने औलो केही वर्षदेखि यता हिमाली जिल्लाहरु मुगु र बाजुरामा फैलिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

तपाईंलाई पनि भिटामिन ‘डी’ को कमी त छैन?

शनिबार, २६ साउन २०७५

तपाईंलाई थकाइ लागेजस्तो हुन्छ ? शरीर दुख्छ ? धेरै रोग लागेजस्तो हुन्छ ? यदि त्यस्तो छ भने तपाईंलाई भिटामिन ‘डी’ को कमी भएको हुन सक्छ! भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्।

अब्बल बन्दै त्रिवि शिक्षण अस्पताल

बिहिबार, २४ साउन २०७५

एक दशकअघिसम्म मिर्गौला बिगे्रका बिरामीलाई कि धेरै खर्च गरेर विदेश जानुपथ्र्यो कि त उपचार नपाएरै मृत्यु कुर्नुपथ्र्यो।

डा. केसी रोए

बुधबार, २३ साउन २०७५

२७ दिनसम्म अनशन बसेर उपचार गराई मंगलबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी धुरुधुरु रोएका छन्।

चिकित्सा शिक्षा विधेयकमा छलछाम भए संघर्ष: डा. केसी

मङ्गलबार, २२ साउन २०७५

डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा छलछाम भएक कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारको लागि १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह टुंग्याउने क्रममा सरकारसँग भएको ९ बुँदे सहमति पालना हुने उनले विश्वास लिए।

उनले रक्सी खाए, रक्सीले कलेजो

शनिबार, १९ साउन २०७५

नुवाकोटका ४० वर्षीय राजेश तामाङ यतिखेर अस्पतालका भित्ताहरू हेरेर दिनरात काटिरहेका छन्।

आचार्यलाई झिकाउने पत्र परराष्ट्र पठाइयो

शुक्रबार, १८ साउन २०७५

कृष्णप्रसाद अधिकारीका हत्या आरोपी रुद्र आचार्यलाई नेपाल झिकाउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको छ।

वीर अस्पताल रंगाएर कहाँ हराए धुर्मुस ?

बिहिबार, १७ साउन २०७५

हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) वीर अस्पताल सफाइ र रंगरोगन सकेर बिनाखबर बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनका शुभचिन्तकहरु आश्चर्यमा परेका छन् ।उनले आफूले अस्तपालको रंगरोगनको काम सकेपछि अस्पताललाई औपचारिक रुपमा हस्तान्तरण गरेनन् नै । न उनी अस्पतालको १ सय २९ औं वार्षिकउत्सवमा देखिए । न त वार्षिकोत्सव कार्यक्रममा उनको कामको चर्चा नै भयो ।

भाइरसले आँखा पाक्ने प्रकोप फैलियो

बुधबार, १६ साउन २०७५

मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् ।

गुरुयोजना अघि बढ्यो

आइतबार, १३ साउन २०७५

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको सेवा भक्तपुरको बालकोटबाट विस्तार गर्ने परियोजना स्वीकृत गरेको छ।

नेपालमा इबोला भाइरसको जोखिम कायमै

शनिबार, १२ साउन २०७५

नियन्त्रणमा आइसकेको भनिएको इबोला भाइरसको संक्रमण केही दिनअघि मात्र कंगोको एमवान्डाका सहरमा फैलिएपछि यसको जोखिम नेपालमा पनि रहेको आशंका चिकित्सकले गरेका छन्।

शाकाहारीमा भिटामिन बी १२ को कमी

शुक्रबार, ११ साउन २०७५

नेपाली समाजमा मांसाहारी जति छन् त्यत्तिकै शाकाहारी पनि छन्। पछिल्लो समयमा मांसाहारी व्यक्तिको तुलनामा शाकाहारी व्यक्तिलाई भिटामिन बी १२ को कमी हुने गरेको पाइएको छ।