पवित्रा सुनार

पवित्रा सुनार

रेबिजले दुई महिलाको मृत्यु

बिहिबार, २६ पुष २०७५

कुकुरले टोकेर रेबिज लागेका दुई महिलाको मृत्यु भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाए अनुसार दोलखाकी ३८ वर्षीया एक महिलाको बुधबार र वाराकी १९ वर्षीया फुलकुमारी चौधरीको मंगलबार मृत्यु भएको हो।

चिसोका कारण बिरामी हुने बढे

बुधबार, २५ पुष २०७५

दुई सातादेखि बढेको चिसोले बिरामी परेपछि राजधानीका विभिन्न अस्पतालमा बिरामी भर्ना भएका छन्। सिकिस्त बिरामीहरुको आइसियुमा भर्ना भई उपचार भइरहेको छ भने मध्यम स्तरको वार्डमा भर्ना गरी उपचार भइरहेको छ।

प्रसूति गराउँदा लापरबाही भएको भन्दै चिकित्सकविरुद्ध उजुरी

मङ्गलबार, १७ पुष २०७५

जनकपुरकी ३० वर्षीया पविता शाह प्रसूतिको लागि अस्पतालमा उपचाररत क्रममा चिकित्सकहरुद्वारा लापरबाही र दुव्र्यवहार भएको भन्दै शाकका पति दन्त चिकित्सक अजयकुमार शाहले उजुरी दिएका छन्। घटनाको छानबिन हुनुपर्ने तथा पाटन अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. शारदा श्रेष्ठलाई कारबाही हुनुपर्ने भन्दै उनले नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललगायतका निकायमा उजुरी दिएका हुन्।

यौन हिसांको मारमा यौनिक अल्पसंख्यक

बुधबार, ११ पुष २०७५

अन्य लैंगिक समूहको तुलनामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमा यौन हिंसा बढी हुने गरेको पाइएको छ। परिवार र समाजमै अपहेलनामा परेको कारण उनीहरुमाथि भएका सबै हिंसा बाहिर आउन सकेको छैन।

चिसोका कारण बिरामी बढे

बुधबार, ०४ पुष २०७५

सातादेखि बढेको चिसोका कारण अस्पतालहरुमा चिसोका बिरामी बढेका छन्। उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका रोग देखिएको अस्पतालका चिकित्सकले जनाएका छन्।

‘फेसबुक लाइभ’ डाक्टर

शनिबार, २९ मङि्सर २०७५

काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नाम चलेका चिकित्सक हुन्। उनी नेपालका अति व्यस्त डाक्टरमा पर्छन्। व्यवस्तताका बीच पनि एक वर्षदेखि उनले एउटा यस्तो स्वास्थ्य अभियान सञ्चालन गरिरहेका छन्, जसले उनको  चर्चा अझ चुलिएको छ।

घुमन्ते डाक्टर जोडी

शुक्रबार, २८ मङि्सर २०७५

सम्बन्ध बलियो बनाउनका लागि आपसी बुझाइ र साथ नै चाहिन्छ भन्ने कुराको नमुना जोडी हुन् डाक्टर सुधांशु केसी दम्पती। उनीहरुबीच धेरै कुरा भिन्न थिए जन्मठाउँ, हुर्कने तरिका र पेशा। तर, उनीहरु बीचमा समानता थियो बलियो प्रेम। त्यही प्रेमको डोरीले यो जोडीको २१ औं वैवाहिक जीवन सुमधुर रुपमा अघि बढिरहेको छ। संघर्ष, घुमफिर अनि कामसँगै जीवन यात्रा चलिरहेको छ।

घरेलु हिंसाको चपेटमा महिला

मङ्गलबार, २५ मङि्सर २०७५

काठमाडौंकी २५ वर्षीय अञ्जली श्रेष्ठको बाआमा उनी सानै छँदा बिते। त्यसपछि उनलाई एक एकदम्पत्तीले पालनपोषण गरे। समयक्रममा उनको विवाह भयो। तर सो सम्बन्ध लामो टिकेन। तीन वर्षअघि सिन्धुपाल्चोकका व्यक्तिसँग उनको दोस्रो विवाह भयो। तर दुर्भाग्य !

सम्पर्कमा छैनन् १५ हजार क्षयरोगी

सोमबार, २४ मङि्सर २०७५

नेपालमा क्षयरोगका रोगी तथा एचआइभीका सबै संक्रमितहरु सम्पर्कमा आउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। संसद्को स्वास्थ्य तथा शिक्षा समितिमा छलफल गर्दै विज्ञहरुले नेपालमा अनुमानित क्षयरोगी र एचआइभी संक्रमितमध्ये सबै उपचारको दायरमा नआइसकेको जनाए।

श्वासका बिरामीलाई जाडोमा जोखिम

शनिबार, २२ मङि्सर २०७५

श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ। यस्ता रोगीले यो मौसममा कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? नेपालमा श्वास–प्रश्वास एवं फोक्सोसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ? प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले काठमाडौंस्थित वीर अस्पतालको चेस्ट क्लिनिकका प्रमुख डा.अशेष ढुंगानासँग गरेको कुराकानीः

महिला स्वास्थ्य स्वयंसेविकाको प्रभावकारिता र भूमिका बढ्दो

बिहिबार, २० मङि्सर २०७५

१५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बुधवार बूढानीलकण्ठ नगरपालिकाकी कमला पन्त सम्मानित भइन्। उनी विगत पाँच वर्षदेखि महिला स्वयं सेविकाको रुपमा सक्रिय छिन्।

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

मङ्गलबार, १८ मङि्सर २०७५

तीन दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा जन्मिन नसकेर अप्ठ्यारोमा परेकी एक महिलाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ।

घट्दै एचआइभी संक्रमण

शनिबार, १५ मङि्सर २०७५

विश्वव्यापी स्वास्थ्य समस्याका रूमपा रहेको एचआइभी/एड्सका कारण हुने मृत्यु र संक्रमण फैलने दर नोपलमा पनि घट्दै गएको पाइएको छ। ३०आैं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार विश्व एड्स दिवस मूल समारोह समितिले सञ्चारकर्मी माझ यस्तो तथ्य सार्वजनिक गरेको हो।

निर्मलाका पिताको उपचार टिचिङकाे सिअाइसियूमा

बुधबार, १२ मङि्सर २०७५

चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त–२ की निर्मला पन्तका पिता यज्ञराज पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। उनमा मानसिक समस्याजस्तो लक्षण देखिएपछि उपचारका लागि राजधानी ल्याइएको थियो।

किन हुन्छ पिनास?

शनिबार, ०८ मङि्सर २०७५

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्।

नेपालमा ट्रकोमा निवारण

शनिबार, ०८ मङि्सर २०७५

आँखामा लाग्ने ट्रकोमा रोग निवारण गर्नेमा नेपाल दक्षिण पूर्वी एसियाको पहिलो राष्ट्र भएको छ।

बाह्र वर्षीय गर्भवती!

शुक्रबार, ०७ मङि्सर २०७५

दुवै नारीभरि चुरा, निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ वर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ। उनको व्यवहार पनि उनको उमेर जस्तै कलिलो छ। घरी अस्पतालको शड्ढयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु।

जथाभावी एन्टिबायोटिक नखानु

मङ्गलबार, ०४ मङि्सर २०७५

कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर हामी कहाँ जथाभावी एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति छ ।

वीरमा डिजिटल प्रविधीबाट दाँतको शल्यक्रिया

मङ्गलबार, ०४ मङि्सर २०७५

वीर अस्पतालमा नेपालमै पहिलो पटक डिजिटल्ली प्लान्ड अर्थोग्न्याथिक (कम्पयुटर सफ्टवेयरबाट गरिने शल्यक्रिया) सर्जरी सम्पन्न भएको छ ।

आफूखुसी एन्टिबायोटिक खाँदा ज्यान जान सक्छ!

शनिबार, ०१ मङि्सर २०७५

रुघाखोकी लाग्यो, ज्वरो आयो वा झाडापखाला भयो भने के तपाईं आफूखुसी मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ?

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।