पवित्रा सुनार

पवित्रा सुनार

कुष्ठरोग निवारणमा समाज बाधक

शनिबार, ११ फागुन २०७५

झापाका ३० वर्षीय कमल नेपाली (नाम परिवर्तन)ले आफूलाई कुष्ठरोग लाग्ला भनेर सपनामा पनि सोंचेका थिएनन्। केही समयअघि शरीरमा फुस्रो दाग देखियो भने हातखुट्टाका नसाहरू पनि दुख्न थाल्यो।

सुरेश वाग्ले क्यान्सर केन्द्र निर्माण अलपत्र

बिहिबार, ०९ फागुन २०७५

दुई वर्षअघि नै त्रिवि शिक्षण अस्पतालमा निर्माण हुने भनिएको सुरेश वाग्ले क्यान्सर सेन्टर अलपत्र परेको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकै कार्यकालमा शिलान्यास भएको केन्द्रको भवनको निर्माण तीन वर्षमा पूरा गर्ने सम्झौता भए पनि हालसम्म निर्माण पूरा भएको छैन।

चार वर्षपछि अन्तरजातीय बिहे

बिहिबार, ०९ फागुन २०७५

आपसमा पे्रम बलियो भएपछि कुनै पनि बाधाले रोक्दैन भन्ने कुरा एक अन्तरजातीय जोडीले प्रमाणित गरेका छन्। विगत चार वर्षदेखि पे्रममा रहेका इटहरीका २७ वर्षे रमेश कार्की र भोजपुरकी २६ वर्षीया मनिता सेन्चुरीको हिन्दु परम्परा अनुसार भएको विवाहले यो प्रमाणित गरेको हो।

भाटभटेनीले टिचिङमा अर्को भवन बनाइदिने

मङ्गलबार, ०७ फागुन २०७५

दस वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको भाटभटेनी सुपरमार्केटले सोही अस्पतालमा अर्को भवन बनाइदिने भएको छ। अस्पतालको आकस्मिक कक्षसँग जोडिएको स्थानमा भाटभटेनीले नौतले भवन बनाउने तयारी गरेको अस्पताल प्रशासनले जनाएको हो। यस विषयमा भाटभटेनीसँग लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पतालका प्रशासक सूर्यप्रसाद अधिकारीले बताए।

अनुसन्धान नगर्ने ‘रिसर्च सेन्टर’को नियमन हुने

सोमबार, ०६ फागुन २०७५

नेपालमा निजी तथा सामुदायिक अस्पतालहरुले आफ्नो नाममा रिसर्च सेन्टर राख्ने गरे पनि अनुसन्धानको काम भने गर्ने नगरेको पाइएको छ। अस्पतालहरुले आफ्ना नामका पछाडी ‘रिसर्च सेन्टर’ लेखे पनि उनीहरुदे कुनै पनि अनुसन्धानको काम नगरेको तथ्य पाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्ले त्यस्ता संस्थाको नियमन गरी दायरामा ल्याउने भएको छ।

विकिरणयुक्त मेसिन क्यानाडा फिर्ता लगिने

मङ्गलबार, २९ माघ २०७५

क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ।

सामाजिक लाञ्छनाले एचआइभी संक्रमितको उपचारमा सकस

सोमबार, २८ माघ २०७५

एचआइभी संक्रमणलाई पनि अन्य रोगसरह लिनुपर्ने चिकित्सक तथा विश्व स्वास्थ्य संगठनले सुझाएको छ। समाजमा अहिले पनि एचआइभी संक्रमितलाई लाञ्छाना लगाइने प्रवृत्ति कायमै रहेकाले संक्रमितहरु उपचारको लागि आफ्नो बस्तीबाट टाढा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

सुरुमै थाहा पाए निको हुन्छ क्यान्सर

बुधबार, २३ माघ २०७५

सुरुकै अवस्थामा पत्ता लागेमा जुनसुकै क्यान्सर रोग निको हुने विज्ञ चिकित्सकले औंल्याएका छन्। नेपालमा जनचेतना तथा उपचारमा पहुँचको कमीका कारण क्यान्सर ढिला गरी पत्ता लाग्ने गरेको उनीहरुको भनाइ छ।

व्यवस्थित बन्दै वीर अस्पताल

मङ्गलबार, २२ माघ २०७५

कुनै समय ‘राम्रो उपचार हुँदैन, फोहोर छ’ भन्ने टिप्पणी सहन बाध्य वीर अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ। व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो।

अब टिचिङमा कलेजो प्रत्यारोपण हुने

शनिबार, १९ माघ २०७५

अब महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महिनाअघि सुरु हुने भनिएको प्रत्यारोपण सेवा कानुनी र प्राविधिक कठिनाइका कारण ढिलाइ भएको चिकित्सकहरूको भनाइ छ।

कुरुवाले पिटे अस्पतालका महिला सुरक्षा गार्ड

बिहिबार, १७ माघ २०७५

अस्पतालको सुरक्षामा खटिएकी वीर अस्पतालकी सुरक्षा गार्ड कुटिएकी छिन्। मंगलबार वीर अस्पतालको पेइङ वार्ड बाहिरको ड्यिुटीमा खटिएकी २३ वर्षीया निर्मला कालिकोटेमाथि कुटपिट भएको हो। अस्पतालको नियमानुसार अनुमति पत्र देखाएर मात्र भित्र जान अनुरोध गरेको कारण आपूm माथि कुटपिट भएको निर्मलाले बताइन्। उनलाई मंगलबार सञ्जु लामा र उनीसँगै आएका एक पुरुषले कुटपिट गरेको अस्पतालले जनाएको छ।

पायल्स उपचारमा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी

मङ्गलबार, १५ माघ २०७५

रोल्पा लिवाङकी ४० वर्षीया गीता आचार्यको एक साताअघि आयुर्वेद चिकित्सालय नरदेवीमा पायल्सको शल्यक्रिया भयो। उनी आइतबार डिस्चार्ज भएकी छिन्। उनका पतिले यो अस्पतालमा पायल्सको राम्रो उपचार हुने सुनेपछि गीतालाई उपचारका लागि पठाएका थिए। अस्पताल पुगेपछि चिकित्कले शल्यक्रिया गर्ने बताए। उनी एक साताअघि अस्पतालमा भर्ना भइन्।

१८ जिल्लामा कुष्ठरोगी

सोमबार, १४ माघ २०७५

सन् २०१० मा मुलुकमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगी बढ्दै गएको पाइएको छ। विश्व ६६औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले आइतबार सार्वजनिक गरेको तथ्याँकले नेपालमा पछिल्ला वर्षहरुमा कुष्ठरोगीको संख्या बढ्दै गएको देखाएको छ। तथ्यांकअनुसार १८ वटा जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन।

यसरी फेरियो अनुहार

शनिबार, १२ माघ २०७५

रामेछापको रामेछाप नगरपालिका–३ का २७ वर्षीय मानबहादुर प्रधानको यतिबेला अनुहारै बदलिएको छ। च्यापु चटक्क परेको छ भने दाँत टम्म मिलेका छन्। नेपालमै पहिलोपटक वीर अस्पतालमा सफलतापूर्वक सम्पन्न डिजिटल्ली प्लान्ड अर्थोग्नेथिक(कम्प्युटर सफ्टवेयरबाट गरिने शल्यक्रिया) सर्जरीबाट उनको जीवनमा यो खुसी ल्याउन संभव भएको हो। वीर अस्पतालको दाँत विभागले गत कात्तिकमा उक्त प्रविधिबाट शल्यक्रिया गरी प्रधानको अनुहार सुन्दर बनाइदिएको हो।

जीवित हुँदै अंगदान गरे प्रभावकारी

बुधबार, ०९ माघ २०७५

मरेपछि आँखा दान गरे बाँचेकाले जीवन पाउँछन् भन्ने धेरैलाई थाहा छ र पछिल्लो समय आँखाको नानीदान गर्ने चलन पनि बढेको छ। मस्तिष्क मृत्यु हुने क्रममा रहेको आफ्नो शरीरको मुटु, कलेजो, मिर्गौला, फोक्सो र आन्द्रा पनि दान गर्न मिल्छ। यो दान गरेका अंगबाट अरुले नयाँ जीवन पाउँछन् भन्ने कुरा सबैलाई थाहा छैन।

डा. केसी गणेशमान भवनमा

मङ्गलबार, ०८ माघ २०७५

चिकित्सा शिक्षा सुधारको माग १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स वार्डबाट गणेशमान भवनमा सरेका छन्। डा. केसीको आग्रहअनुसार पहिले अनशन बस्ने गरेको गणेशमान भवनमै उनलाई सारेको केसीका भाइ किशोर केसीले बताए।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चलाइयाे एन्टिबायोटिक औषधि

शनिबार, ०५ माघ २०७५

विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ। इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गएिको छ।

डा. केसीको स्वास्थ्य विग्रिएपछि विशेषज्ञ टोली इलाम हिँड्यो

बुधबार, ०२ माघ २०७५

गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचारको लागि चिकित्सक टोली इलाम जाने भएको छ।

मौसमी इन्फुलुन्जाले ज्यान लिन सक्छ !

मङ्गलबार, ०१ माघ २०७५

एकै छिनमा इन्फुलुन्जा सर्नसक्छ र यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ। सतर्क हुनुहोस् है ! चिसो मौसममा फैलिरहेको मौसमी ‘इन्फुलुन्जा एचवान एन वान’को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ।

कृत्रिम खुट्टाले दिएको खुसी

सोमबार, ३० पुष २०७५

तीन वर्षअघि सडक दुर्घटनामा एउटा खुट्टा गुमाएकी पाँच वर्षीया बालिकाले कृत्रिम खुट्टा पाइन्। खुट्टा पाएकी उनी राजधानीको नर्भिक अस्पतालको हाताभित्र यताउता हिँडिन्। आफ्नो हिँडाइ देखेर उनी खुसी भइन्। उनीसँगै उनका आफन्तहरु पनि खुसी भए। उनलाई काठमाडौंको नर्भिक अस्पतालमा आयोजित एक कार्यक्रममा जयपुर फुट तथा लिम्वले निःशुल्क कृतिम खुट्टा प्रदान गरेको थियो।