पवित्रा सुनार

पवित्रा सुनार

डन्डिफोरले अनुहार बिगार्ला है !

शनिबार, ०४ साउन २०७६

आजभोलि ‘पिम्पल’ नामले प्रचलित छ डन्डिफोर । यसलाई बोलीचालीको भाषामा उमेरको खटिरा पनि भनिन्छ । डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको असर आफैं हराएर जान्छ । तर उचित व्यवस्थापन भएन भने यसले अनुहारै कुरूप पनि बनाउन सक्छ ।

‘सिरिन्ज फोबिया’का बिरामी अस्पताल आउने क्रम जारी

बिहिबार, ०२ साउन २०७६

प्रहरी कार्यालयमा यतिखेर ‘सिरिन्ज आक्रमण’को उजुरी रोकिएको छ। तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने ‘सिरिन्ज फोबिया’का बिरामी दैनिकजसो उपचारका लागि पुगिरहेका छन्। प्रहरीले युवतीमाथि तीखो वस्तु प्रहार गर्ने व्यक्तिलाई असारको दोस्रो सातामै पक्राउ गरी कारबाही गरिसकेको छ। त्यही समयतिर बनेपामा युवतीले युवतीलाई सिरिन्जले घोचेको घटना सार्वजनिक भएको थियो। त्यसमा संलग्न रहेको आशंकामा पक्राउ परेकी युवतीलाई कुनै घटना गराएको आधार नभेटिएको भन्दै छाडिएको थियो।

वीरमा उपकरण बिग्रेकोबिग्रै

मङ्गलबार, ३१ असार २०७६

तीन महिनाको अवधिमा हप्तैपिच्छे उपकरण बिग्रिने समस्या देखिएपछि वीर अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको छ। अस्पतालका महत्त्वपूर्ण तथा महँगा दर्जनौं उपकरण यो अवधिमा बिग्रिसकेको अस्पतालले जनाएको छ।

भालु आक्रमणमा परेका जीवनको दृष्टि फर्कियो

शुक्रबार, २७ असार २०७६

तिलगंगा आँखा अस्पतालमा भएको पटकपटकको शल्यक्रियापछि उनको आँखामा दृष्टि आएको हो। सुनारलाई भालुले आक्रमण गर्दा दाहिने आँखा, देबे्र आँखाको बाहिरी भाग र अनुहारमा चोट लागेको थियो। घटनामा उनको दाहिने आँखा बाहिरै निस्केको थियो। सो आँखा भेटिएन। उनलाई छ महिनाअघि घरबाट दुई घण्टा टाढा जंगलमा निगालो लिन जाँदा भालुले आक्रमण गरेको थियो। छ महिनादेखि उनी काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पताल र तिलगंगा आँखा अस्पतालमा उपचार गराइरहेका छन्।

बिग्रियो वीरको इआरसिपी

मङ्गलबार, २४ असार २०७६

कहिले सिटिसक्यान मेसिन बिगे्रको छ, कहिले एमआरई त कहिले एक्सरे। मेसिन बिग्रेर बिरामीले सेवा नपाउने समस्या वीर अस्पतालको दैनिकी जस्तै बनेको छ।

अन्धविश्वासका पछि नलाग्न क्यान्सर विशेषज्ञको सुझाव

सोमबार, २३ असार २०७६

नेपालमा पछिल्लो पटक कतिपय बिरामीहरु हल्लाको पछि लागेर निको हुने क्यान्सर पनि छिप्पिएर मृत्युवरण गर्नु परेको घटना उनीहरुले औंल्याए।

भालुले निकालेको आँखा खोज्दै जीवन

शुक्रबार, २० असार २०७६

तर उनीहरूले जंगलतिरबाट आएको त्रासयुक्त आवाजलाई ‘भूत’ ठाने र भाग्न खोजे। महिलाहरूले भूत भनेको सुनेपछि जीवनले ‘म भूत होइन यो गाउँको जीवन हुँ, भालुले कोप-यो,’ भनेर कराए। त्यसपछि महिलाहरूले गाउँलेलाई गुहारे र गाउँलेहरू भेला भएर जुम्ला अस्पतालतिर लगे।

‘एन्टिवायोटिक आफैं किनेर नखानु’

बिहिबार, १२ असार २०७६

तपाईंलाई पेट दुखेको छ ?, रुघाखोकी लाग्यो ?, या यस्तै कुनै समस्या भयो । विश्वव्यापी रुपमा जीवाणु रेसिस्टेन्स भइरहेको अवस्था अर्थात् एन्टिवायोटिक औषधिले कुनै पनि रोग सजिलै निको नहुने समस्या बढिरहेको विषयमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । विज्ञहरुका अनुसार विशेष गरी विकासोन्मुख देश यस्तो समस्याबाट बढी प्रभावित भइरहेका उनीहरुले जनाएका छन् ।

सरकारी अस्पतालमै छैनन् पोषणविद

सोमबार, ०९ असार २०७६

डाइटिसियन अस्पताल र समु्दायको लागि अपरिहार्य जनशक्ति हुने विश्वभरको अभ्यास हो। अझ अस्पतालमा आउने बिरामीको लागि डाइटिसियन अनिवार्य सर्त हो। नेपालमा भने सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ। औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेको नेपाल डाइटिसियन संघले औल्याएको छ।

वीरको फार्मेसीमा आम्दानी घट्दै

सोमबार, ०९ असार २०७६

पछिल्लो तथ्यांकअनुसार जेठ महिनामा अस्पतालको औषधि बिक्री ८१ लाख ९ हजार ९ सय भएको थियो। यस हिसाबले मासिक ९ करोड ७४ लाख ९ हजार हुन आउँछ।

खानपानकाे असन्तुलनले नसर्ने राेग बढ्दै

बिहिबार, ०५ असार २०७६

खानपान नमिलेर नसर्ने रोग बढ्दै गएको निष्कर्षमा देशका डायटिसियनहरु पुगेका छन्। मुलुकका अस्पताल, स्कुल र समुदायमा डायटिसियन परिचालन नगरिएका कारण समस्या बढिरहेको उनीहरु बताउँछन्।

युवतीमाथि शृंखलाबद्ध प्रहार

बिहिबार, ०५ असार २०७६

तीन दिनअघि पकनाजोलकी एक युवती घरबाहिर निस्केकी थिइन्। मोटरसाइलमा आएका युवाले उनलाई पछाडीबाट ढाडमा तिखो वस्तुले घोचेर भागे। उनले न युवा देखिन् न त घोचेको कुरा नै देखिन्।

अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामी

मङ्गलबार, ०३ असार २०७६

चिकित्सकका अनुसार टाइफाइड र झाडापखाला भएर आउने बढी छन्। यी दुवै रोग दूषित पानी र दूषित खानाको कारणले हुन्छ।

शल्यक्रिया गर्दा आन्द्रामा प्वाल परेपछि बिरामीको ज्यान गयो

शनिबार, ३२ जेठ २०७६

ओम अस्पताल चाहबिलमा बिरामीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शन दोस्रो दिन पनि जारी रह्यो। शुक्रबार मृतकका आफन्तले दिनभर प्रदर्शन जारी राखेका हुन्। प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि ढुंगामुढा गरेको छ। ढुंगामुढा प्रहारका कारण बिरामीका आफन्तलाई चोटपटकसमेत लागेको बताइएको छ। शान्तिपूर्ण प्रदर्शनमा अस्पतालले घुसपैठ गरी ढुंगामुढा प्रहार गर्न लगाएको उनीहरूको गुनासो छ।

गंगालालमा सुविधा सम्पन्न नयाँ आकस्मिक कक्ष

मङ्गलबार, २८ जेठ २०७६

शहिद गंगालाल हृदय केन्द्रमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण भएको छ।

तीन प्रतिशत बाथरोगी मात्र उपचार पहुँचमा

सोमबार, २७ जेठ २०७६

नेपालमा करिब ३० लाख बाथरोगी भएको अनुमान छ। तीमध्ये एक लाख मात्र उपचारमा पुग्ने गरेका छन्।

गर्मी मौसममा लाग्ने रोगबाट कसरी बच्ने ?

शनिबार, २५ जेठ २०७६

गर्मी मौसम भन्नेबित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ ।

टिचिङमा कलेजो प्रत्यारोपण

आइतबार, १९ जेठ २०७६

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीको टोलीले भारतको एपोलो अस्पतालका चिकित्सकको सहयोगमा काठमाडौंका ५८ वर्षीय पुरुषमा शुक्रबार राति कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषमा उनकै ३३ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण गर्न १० घन्टा लागेको थियो। शल्यक्रियामार्फत कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। कलेजो बिग्रिएपछि उनलाई लिभर सिरोसिस भएको थियो। अस्पतालका अनुसार परिवारको आग्रहमा बिरामी र उनलाई कलेजो दिने छोरीको नाम गोप्य राखिएको छ।

सुर्ती सेवनका कारण प्रतिवर्ष २७ हजार नेपालीको मृत्यु

शनिबार, १८ जेठ २०७६

सार्वजनिक यातायात, सरकारी कार्यालय र स्वास्थ्य संस्थामा सुर्तीजन्य पदार्थ सेवन प्रतिबन्धित भए पनि अझै चियापसल, होटेल, रेस्टुराँलगायत अन्य सार्वजनिक स्थलमै सुर्तीजन्य पदार्थ सेवन रोकिएको छैन।

सुटुक्कै ज्यान लिने उच्च रक्तचाप !

शनिबार, १८ जेठ २०७६

एक साता अघि नेपाल डेभलपमेन्ट सोसाइटीले काठमाडौंमा गरेको रक्तचाप जाँच शिविरमा एक २७ वर्षीय युवक पुगे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad