पवित्रा सुनार

पवित्रा सुनार

लापरवाहीले कर्मचारी नै जाेखिममा

बुधबार, ०१ भदौ २०७३

विद्युत प्राधिकरणको हाइभोल्टेज लाइन चुँडिएर मंगलबार बुटवल उपमहानगरपालिका, सुखवानीका दुई बालकको ज्यान गयो । प्राधिकरणकै लापरबाहीले दुर्घटना भएको यो पहिलो घटना भने होइन ।

धरौटी बुझाउन नसकेका बन्दीलाई छुट्न र सुध्रन सघाउँदै

शुक्रबार, २८ साउन २०७३

काठमाडौं– नैकापकी सुष्मा मगर (नाम परिवर्तन) का २२ वर्षे छोरालाई गत वैशाखमा चोरी अभियोग लाग्यो। जिल्ला प्रहरी कार्यालय ललितपुरले वैशाख २२ मा ४६ हजार धरौटी लिएर निकाल्ने भन्यो। उनको घरको आर्थिक अवस्था राम्रो थिएन। चिनेजतिसँग सापट मागिन्। तर पाइनन्।

निजीमा रित्तिएपछि बिरामी वीरमा

बुधबार, २६ साउन २०७३

काठमाडौं-काठमाडौं नैकापका ६२ वर्षीय कृष्ण महर्जन दस वर्षदेखि बिरामी छन् । छिमेकीको कुरामा लागेर काठमाडौं नर्सिङ होम पुगे । त्यहाँ पित्तथैलीको शल्यक्रिया भयो । तैपनि रोग निको भएन । एक वर्षदेखि खाना खानेबित्तिकै बान्ता हुने समस्या आयो।

अस्पतालमै लडेर सात महिनादेखि अचेत

सोमबार, २४ साउन २०७३

पेट दुखेपछि रामेछाप, बेतालीका २३ वर्षीय विमल कार्की गत माघमा टिचिङ अस्पताल पुगे। केही दिन उपचारपछि घर फर्कन पाइने आशा थियो उनलाई। तर, सात महिना नाघ्यो, उनी अझै अस्पतालमै छन्, त्यो पनि अचेत अवस्थामा।

औषधी पसलेको भरमा गर्भपतन गराउँदा महिलामा जटिल समस्या

आइतबार, २३ साउन २०७३

काठमाडौं-तपाई गर्भपतन गराउन पर्ने अवस्थामा हुनुहुन्छ ? सावधान ! सिधै औषधी पसलको भरमा गर्भपतन नगराउनुहोस्। तपाई जोखिममा पर्न सक्नु हुन्छ।

न कारवाही न प्रतिवेदन

सोमबार, १७ साउन २०७३

काभ्रे होक्से-६ का १८ बर्षीय अजित ढकाल मिजारको मृत्यु घटना अनुसन्धानमा सम्वन्धित निकायहरुले ढिलासुस्ती गर्दै आएको खुलेको छ। मृतकका परिवार र दलित समुदायले मिजारको आत्महत्या नभएर सुनियोजित हत्या भएको भन्दै आएका छन्।

राजधानीमा कडा हङकङ फ्लु

शुक्रबार, १४ साउन २०७३

यस वर्ष मौसमी फ्लुका रुपमा परिचित इन्फ्लुएन्जा 'ए' र 'बी' भाइरस संक्रमण विगतभन्दा कडा पाइएको छ। राजधानी उपत्यकामा हङकङ फ्लु भनिने इन्फ्लुएन्जा 'ए' र बाहिरी जिल्लामा 'बी' भाइरसका बिरामी बढिरहेको चिकित्सक बताउँछन्।

'कहिले फकाउँथे, कहिले धम्की दिन्थे'

आइतबार, ०९ साउन २०७३

काभ्रे, होक्सेको मिजार बस्ती। काली मिजारको घरमा पहिलेजस्तो चहलपहल छैन। सबैका आँखामा आँसु छ, उदासी मात्र छ। मिजार घरीघरी सम्हालिन खोज्छिन्, आफन्त उनलाई एक्लै छाड्दैनन्। तर, जति प्रयास गरे पनि पीडा बल्भि्करहन्छ। लाउँलाउँ खाउँखाउँ उमेरको लक्काजवान छोरो गुमाउनुपर्दा एउटी आमाको मन थामियोस् पनि कसरी?

‘यकिन तथ्यबिना अन्त्येष्टि गर्दैनौं’

बुधबार, ०५ साउन २०७३

काठमाडौं-हत्या आरोप लगाइरहेको अजित ढकाल मिजारको परिवारले यकिन तथ्यबिना शवको अन्त्येष्टि नगर्ने निधो गरेको छ।

छोराका हत्या भएको भन्दै छानबिन माग

मङ्गलबार, ०४ साउन २०७३

केही दिनअघि शव फेला परेका अजित ढकाल मिजारको योजनाबद्ध हत्या भएको परिवारले आरोप लगाएका छन्। पिता हरिभक्तसहितका आफन्तले सोमबार राजधानीको त्रिवि शिक्षण अस्पतालमा शव  पुनः पोस्टमार्टमसहित घटनाको निष्पक्ष छानबिन माग गरेका छन्।

हिंसा पीडितलाई वेभसाइट सेवा

शुक्रबार, ३१ असार २०७३

काठमाडौं– हिंसा पीडितलाई सेवाको जानकारी दिन महिला तथा बालबालिका मन्त्रालयले छुट्टै वेभसाइट निर्माण गरेको छ। ‘डब्लुडब्लुडब्लु.सेवा.मोउसिएसडब्लु.जिओभी.एनपी’ नामको वेभसाइट शुक्रबार सार्वजनिक गरेको हो। महिला तथा बालबालिका मन्त्रालयले शुक्रबार एक समारोहमा सार्वजनिक गरेको हो।

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

बुधबार, २९ असार २०७३

काठमाडौं–संसदमा छलफलका लागि दर्ता भएको अपांता सम्वन्धी बिधेयक समयमै पारित गर्न राष्ट्रिय अपांग महासंघ आग्रह गरेको छ । छलफलका लागि असार २० मा संसदमा दर्ता भएको छ भने मंसिरमा नै बिधेयक पठाइएको थियो ।बुधवार राजधानीमा पत्रकार सम्मलेन गरी यस्तो आग्रह गरेका हुन् ।

राजधानीमा हैजाका जीवाणु

बिहिबार, २३ असार २०७३

काठमाडौंमा पखालाका बिरामीमा हैजा प्रजातिकै नयाँ जीवाणु देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ। मनसुनयता झाडापखाला लागेर आउने बिरामीको दिसा परीक्षण गर्दा यस्तो जीवाणु पाइएको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।

आफूखुसी औषधि छाडे जोखिम

आइतबार, १९ असार २०७३

काठमाडौं-चावहिलका ५० वर्षीय भरत न्यौपाने कोलस्ट्रोलसम्बन्धी समस्याले ग्रस्त थिए। उनी मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको सिफारिसमा औषधि प्रयोग गर्दै थिए । दैनिक १० किमि अनिवार्य हिँड्न थाले।

पाठेघर खसेको तीस वर्षपछि उपचार

मङ्गलबार, १४ असार २०७३

लितपुर, चौघरेकी ६६ वर्षीया सुकुमाया थिङको २९ वर्षअघि नै पाठेघर खसेको थियो । उनले यो समस्या न कसैलाई भनिन् न त उपचारमै गइन्। मिर्गौलामै समस्या आएपछि केही दिनअघि मात्र उनी सुमेरु अस्पताल भर्ना भइन्।

नेपालमै विद्युतीय भ्यान उत्पादन

मङ्गलबार, ०७ असार २०७३

एक नेपाली कम्पनी र नेपाली इन्जिनियरकै पहलमा नेपालमा पहिलोपटक अटोरिक्सा (विद्युतीय मोटर) उत्पादन भएको छ। धनगढीस्थित एलएलबी इन्टरनेसल प्रालिले उक्त विद्युतीय मोटर उत्पादन सुरु गरेको हो।

भुल्न नसकेको उसको मृत्यु

बुधबार, ०८ बैशाख २०७३

जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो। कति मृत्यूहरु सहज लाग्छन् कति कठिन। शायद कारण सहितका मृत्यहरु मान्छेले सजिलै स्वीकार्न सकिन्छ।

Ncell Footer Ad