पवित्रा सुनार

पवित्रा सुनार

राजधानीमा धुँवाधुलोको राज

सोमबार, ०८ कार्तिक २०७३

राजधानीमा बढ्दो धुलोधुँवासँगै विभिन्न एलर्जीजन्य रोगहरू बढेको चिकित्सकले जनाएका छन्। वीर अस्पताल मेडिकल विभागका अनुसार उपचारमा आएकामध्ये ४० प्रतिशत धुलोका बिरामी छन्। विभागमा दैनिक एक सय ५० देखि २ सयसम्म बिरामी आउँछन्।

मोबाइल एपमा झुम्मिँदै बालबालिका

मङ्गलबार, ०२ कार्तिक २०७३

'आफ्ना बालबालिकाले पढाइ बिगारेको, नसुतेको, समयमा नउठेको जस्ता समस्या लिएर अभिभावक आउँछन्। सबैको समस्याको केन्द्र मोबाइल एप नै देखिन्छ।'

अभावले छिप्पिएको क्यान्सर

बुधबार, १९ असोज २०७३

ललितपुर देवीचौरका ३७ वर्षीय बिक्रममान तामाङलाई छ महिना अघिदेखि पिसाव पोल्न थाल्यो। रोगले च्याप्दै गयो । तैपनि भनेको बेला अस्पताल पुग्न सकेनन् । कारण उनीसँग पैसा थिएन ।

उपचार गर्न छिँडीको बास

शुक्रबार, १४ असोज २०७३

राजधानीको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सर्जिकल वार्डबाहिर भुइँमा म्याटको ओछ्यानमा एक जना दुब्ली महिला घोप्टो परेकी छन्। उनी हुन् कैलाली फूलबारीकी ५५ वर्षीया गौरी चौधरी। एक साताअघि मिर्गौला उपचार गर्न गौरी दम्पती राजधानी आएका हुन्।

नेपाल चिकनगुनियाँको उच्च जोखिममा, यसरी बच्न सकिन्छ

बिहिबार, १३ असोज २०७३

छिमेकी मुलुक भारतमा चिकनगुनियाँको प्रकोप फैलिरहेको अवस्थामा नपाल पनि यसको उच्च जोखिममा रहेको विज्ञ चिकित्सकहरुले जनाएका छन्। चिकनगुनियाँ संक्रमित एडिस एल्वोपिक्टस र एडिस एजिप्टाई नामक लामखुट्टेले टोकेर अर्को व्यक्तिलाई टोकेमा चिकनगुनियाँ सर्छ।

सफाइ नपुगे सेप्सिस हुन्छ

बिहिबार, ३० भदौ २०७३

ज्वरो आउँछ, शरीर दुख्छ, हाच्छिउँ आउँछ वा यी मध्ये कुनै एकको लक्षण छ? छ भने तपाईंमा कुनै न कुनै संक्रमण भएको हुन सक्छ! बेलैमा सचेत हुनुहोस्। संक्रमण छिप्पिए सिप्सिस भएर ज्यानै जान सक्छ।

छिनमै गुमे दुबै खुट्टा

शनिबार, २५ भदौ २०७३

खोटाङ, वाकचोलका ५१ वर्षीय डिल्लीकेशर खत्रीले दुवै खुट्टा गुमाउनुपर्ला भनेर कल्पना पनि गरेका थिएनन् । तर, नसोचेकै भइदियो । भदौ पहिलो सातादेखि उनी अप्ठेरो जीवन बाँचिरहेछन् ।

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

बुधबार, ०८ भदौ २०७३

विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन् । बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ ।

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन्। बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ।

लापरवाहीले कर्मचारी नै जाेखिममा

बुधबार, ०१ भदौ २०७३

विद्युत प्राधिकरणको हाइभोल्टेज लाइन चुँडिएर मंगलबार बुटवल उपमहानगरपालिका, सुखवानीका दुई बालकको ज्यान गयो । प्राधिकरणकै लापरबाहीले दुर्घटना भएको यो पहिलो घटना भने होइन ।

धरौटी बुझाउन नसकेका बन्दीलाई छुट्न र सुध्रन सघाउँदै

शुक्रबार, २८ साउन २०७३

काठमाडौं– नैकापकी सुष्मा मगर (नाम परिवर्तन) का २२ वर्षे छोरालाई गत वैशाखमा चोरी अभियोग लाग्यो। जिल्ला प्रहरी कार्यालय ललितपुरले वैशाख २२ मा ४६ हजार धरौटी लिएर निकाल्ने भन्यो। उनको घरको आर्थिक अवस्था राम्रो थिएन। चिनेजतिसँग सापट मागिन्। तर पाइनन्।

निजीमा रित्तिएपछि बिरामी वीरमा

बुधबार, २६ साउन २०७३

काठमाडौं-काठमाडौं नैकापका ६२ वर्षीय कृष्ण महर्जन दस वर्षदेखि बिरामी छन् । छिमेकीको कुरामा लागेर काठमाडौं नर्सिङ होम पुगे । त्यहाँ पित्तथैलीको शल्यक्रिया भयो । तैपनि रोग निको भएन । एक वर्षदेखि खाना खानेबित्तिकै बान्ता हुने समस्या आयो।

अस्पतालमै लडेर सात महिनादेखि अचेत

सोमबार, २४ साउन २०७३

पेट दुखेपछि रामेछाप, बेतालीका २३ वर्षीय विमल कार्की गत माघमा टिचिङ अस्पताल पुगे। केही दिन उपचारपछि घर फर्कन पाइने आशा थियो उनलाई। तर, सात महिना नाघ्यो, उनी अझै अस्पतालमै छन्, त्यो पनि अचेत अवस्थामा।

औषधी पसलेको भरमा गर्भपतन गराउँदा महिलामा जटिल समस्या

आइतबार, २३ साउन २०७३

काठमाडौं-तपाई गर्भपतन गराउन पर्ने अवस्थामा हुनुहुन्छ ? सावधान ! सिधै औषधी पसलको भरमा गर्भपतन नगराउनुहोस्। तपाई जोखिममा पर्न सक्नु हुन्छ।

न कारवाही न प्रतिवेदन

सोमबार, १७ साउन २०७३

काभ्रे होक्से-६ का १८ बर्षीय अजित ढकाल मिजारको मृत्यु घटना अनुसन्धानमा सम्वन्धित निकायहरुले ढिलासुस्ती गर्दै आएको खुलेको छ। मृतकका परिवार र दलित समुदायले मिजारको आत्महत्या नभएर सुनियोजित हत्या भएको भन्दै आएका छन्।

राजधानीमा कडा हङकङ फ्लु

शुक्रबार, १४ साउन २०७३

यस वर्ष मौसमी फ्लुका रुपमा परिचित इन्फ्लुएन्जा 'ए' र 'बी' भाइरस संक्रमण विगतभन्दा कडा पाइएको छ। राजधानी उपत्यकामा हङकङ फ्लु भनिने इन्फ्लुएन्जा 'ए' र बाहिरी जिल्लामा 'बी' भाइरसका बिरामी बढिरहेको चिकित्सक बताउँछन्।

'कहिले फकाउँथे, कहिले धम्की दिन्थे'

आइतबार, ०९ साउन २०७३

काभ्रे, होक्सेको मिजार बस्ती। काली मिजारको घरमा पहिलेजस्तो चहलपहल छैन। सबैका आँखामा आँसु छ, उदासी मात्र छ। मिजार घरीघरी सम्हालिन खोज्छिन्, आफन्त उनलाई एक्लै छाड्दैनन्। तर, जति प्रयास गरे पनि पीडा बल्भि्करहन्छ। लाउँलाउँ खाउँखाउँ उमेरको लक्काजवान छोरो गुमाउनुपर्दा एउटी आमाको मन थामियोस् पनि कसरी?

‘यकिन तथ्यबिना अन्त्येष्टि गर्दैनौं’

बुधबार, ०५ साउन २०७३

काठमाडौं-हत्या आरोप लगाइरहेको अजित ढकाल मिजारको परिवारले यकिन तथ्यबिना शवको अन्त्येष्टि नगर्ने निधो गरेको छ।

छोराका हत्या भएको भन्दै छानबिन माग

मङ्गलबार, ०४ साउन २०७३

केही दिनअघि शव फेला परेका अजित ढकाल मिजारको योजनाबद्ध हत्या भएको परिवारले आरोप लगाएका छन्। पिता हरिभक्तसहितका आफन्तले सोमबार राजधानीको त्रिवि शिक्षण अस्पतालमा शव  पुनः पोस्टमार्टमसहित घटनाको निष्पक्ष छानबिन माग गरेका छन्।

हिंसा पीडितलाई वेभसाइट सेवा

शुक्रबार, ३१ असार २०७३

काठमाडौं– हिंसा पीडितलाई सेवाको जानकारी दिन महिला तथा बालबालिका मन्त्रालयले छुट्टै वेभसाइट निर्माण गरेको छ। ‘डब्लुडब्लुडब्लु.सेवा.मोउसिएसडब्लु.जिओभी.एनपी’ नामको वेभसाइट शुक्रबार सार्वजनिक गरेको हो। महिला तथा बालबालिका मन्त्रालयले शुक्रबार एक समारोहमा सार्वजनिक गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।